लोकमान कसरी योग्य थिए, जवाफ चाहियो खिलराज !

सोमवार, पुस २५, २०७३

loading...

- डा. गोविन्दबहादुर थापा



लोकमान सिंह कार्की अख्तियार जस्तो शक्तिशाली र पबित्र निकायको प्रमुख जस्तो गरिमापूर्ण पदमा नियुक्त हुन योग्य व्यक्ती होईनन भन्ने कुरा उन्लाई नियुक्त गर्ने काममा संलग्न ब्यक्तीहरुलाई थाहा नभएको कुरा थियन । उस्लाई सबै भन्दा पहिले प्रस्ताबित गर्ने ब्यक्ती पुकदा (पुुष्पकमल दाहाल) हुन ।

तर सुरुमा उनले त्यो प्रस्ताव स्वीकृत  गराउन नसकेकाले केहि समय त्यो प्रस्ताब सुशुप्त अवस्थामा रह्यो । पछी खिलराज रेग्मिलाई चुनावी सरकारको नेतृत्व गर्न लगाइयो र उनले निर्वाचन गराउने हो भने लोकमान लाई अख्तियारको प्रमुख बनाउनु पर्दछ भन्ने शर्त राखे । यो सबै भारतद्वारा रचिएको साजिस थियो । र्, त्यस्लाई पुकदा र खिलराज मार्फत कार्यान्वयन गराइएको थियो ।
खिलराजलाई लोकमानलाई अख्तियार प्रमुख बनाउने शर्तमा सरकार प्रमुख बनाइएको थियो, जुन उनले नेताहरुको सहयोगमा सफलता पूर्वक सम्पन्न गरे ।यस अर्थमा पुकदा र खिलराज उताको निर्देशनमा काम गर्ने गरेका ब्यक्ती रहेछन भन्ने कुरा छर्लङ हुन्छ ।

नेपालमा भारतले कसरी हस्तक्षेप गर्दछ र नेताहरुलाई भारतले कसरी आफ्नो चाहना अनुसार लतार्दछ र हाम्रा नेताहरु कसरी निरिह बन्दछन भन्ने कुराको यो एउटा ज्वलन्त उदाहरन हो । अहिलेको संविधान संशोधनको मामिलामा पनि भारत त्यसरी नै लागेको छ ।

 पुकदा र देउबा त्यसरी नै निरिह बनेर लतारिएका छन, प्रधान मन्त्री बन्ने लोभमा । सर्बोच्च को आजको फैसलाले भारतको हार जस्तो देखिएतापनी नेपालका नेताहरुलाई एक्स्पोज गर्न र नेपालको राजनीतिक वातावरणलाई केहि समय धमिल्याउन भारत सफल भएको छ ।

807 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv