स्वास्थ्य मन्त्रीज्यु,‘दक्ष नर्सलाई कति दिनसम्म विदेशिन दिइरहने ?

नेपाली नर्सका पीडा

सोमवार, चैत्र ७, २०७३

loading...

-  बिमला पौडेल



-  बिमला पौडेल

पछिल्लो समय नेपालमा नेपालमा नर्सिङ्घ पेशा महिलाहरुका लागि विषेश आकर्षणको क्षेत्र बनिरहेको छ । नर्सिङ अध्ययनका लागि प्रत्येक वर्ष एलएलसी परिक्षा सकिना साथ कलेजहरुमा भिड लाग्ने गर्दछ । यसका पछाडी केही विशेष कारणहरु छन् ।

पहिलो कुरा रोजगारीको सुनिश्चितता नै हो । आफ्नो भविष्यको सुरक्षाका लागि पनि युवा महिलाहरुले नर्सिङ पेशालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाईन्छ । सुरुवाती दिनहरुमा नेपाली समाजले नसिंङ पेशालाई हेयको दृष्टिले हेर्ने गर्दथ्यो । त्यतिबेला एउटा उखानै थियो, ‘छोरो बिग्रीयो कमर्शले छोरी नर्सले’ । तर अहिले समय बदलिएको छ । अभिभावकहरु नै छोरीलाई नर्सिङ पढाउन लालयित हुने गर्दछन् ।

नर्सिङ पेशाका विषयमा कुरा गर्दा आखिर को हो त पहिलो नेपाली नर्स ? कुनै पुस्तकमा ल्हामु अमात्य छ त कतै डा.उमादेवी दास । यसले लोकसेवाको समयमा पनि विद्यार्थीहरुलाई अलमल पार्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले पहिलो नर्स घोषणा गर्न लागेको वर्षौं भयो तर, विवाद टुंग्याउन सकेको छैन । यहाँ नाम चलेको ल्हामु अमात्य दाजिर्लिङमा जन्मिएर कोलकाताबाट नर्सिङ सुरु गरेको प्रमाण भेटिन्छ । राजदरबारसँग राम्रो हिमचिमले गर्दा पनि उनको नाम नेपाली नर्समा अगाडि देखिएको पाईन्छ । २००९ सालमा स्टाफ नर्स पढ्नका लागि उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठलाई भारत पठाइएको थियो । उनिहरूले अध्ययन पूरा गरेर नेपाल फर्किएपछि २०१३ सालमा डब्लुएचओको सहयोगमा सुरेन्द्र भवन, सानेपामा पहिलो नर्सिङ स्कूल सुरुवात भएको हो । उमा नै नेपालको नर्सिङमा पहिलो पीएचडी गर्ने महिला हुन् । त्यसपछि शुरु भएको नेपाली नर्सिङ २०१३ सालमा १० विद्यार्थीलाई लिएर नेपालमा औपचारिक रुपमा नर्सिङ अध्ययनको सुरुआत हुन पुग्यो । जसले सम्पुर्ण नेपालीहरुलाई स्वास्थ्यको पहुँच पु¥याउन सजिलो होस भन्ने रहेको थियो ।

विस २०२९ सालमा नयाँ शिक्षा योजना लागू भई सम्पूर्ण नर्सिङ स्कुल, कलेज त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा गाभिए । जापानी सहयोगमा बनेको नर्सिङ क्याम्पस खुल्यो । त्यसको पहिलो प्रिन्सिपल हुने संयोग पनि उमालाई जु¥यो । सन् १९७२ देखि १९८० सम्म नर्सिङ क्याम्पसको प्रमुख रहिन् । त्यसो त १९८५ सालमा चन्द्रशमशेरको पालामा विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई प्रसूति सेवा सम्बन्धी डेढ वर्ष तालिमका लागि भारत पठाइएको सरकारी अभिलेख पनि छ । त्यसअघि विदेशबाट नर्स झिकाएर राजपरिवार तथा विशिष्ट घरानाको सेवामा लगाउने चलन थियो । नर्सिङ क्याम्पसका प्रारम्भिक वर्षमा विद्यार्थी जुटाउनै मुस्किल भयो । यसरी छोरीलाई नर्सिङ शिक्षा दिन नमान्ने अभिवावकलाई पे्ररित गर्न निकै चुनौति रहेको थियो ।

नर्सिङप्रति जनमानस सकारात्मक भइसकेको थिएन । यो पेशा मर्यादित हो भनेर देखाउन राजा महेन्द्रले आफ्नी कान्छी बुहारी प्रेक्षा शाहलाई नै नर्सिङ पढ्न पठाए । जसले नेपाली समाजमा नर्सिङ पेशामा आम सर्वसाधारणका छोरीकालागी ढोका खोलिदिन मद्दत पुगेको देखिन्छ । २०१३ सालमा डब्लुएचओको सहयोगमा सुरेन्द्र भवन, सानेपामा पहिलो नर्सिङ स्कूल सुरुवात भएपनि त्यसपछि विभिन्न ठाउँमा सर्दै वीर अस्पतालमा महाबौद्ध नर्सिङ स्कुल सञ्चालन गरिएकोमा २०४२ सालमा त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सेवाका सम्पूर्ण कार्यक्रम आफ्नो मातहतमा लिई स्कुल अफ नर्सिङलाई महाराजगञ्ज नर्सिङ क्याम्पसमा परिणत गरिएको हो ।

हाल यस क्याम्पसमा पिसिएल नर्सिङदेखि स्नातक र स्नातकोत्तर (एमएन) सम्मको पढाइ सञ्चालन हुन्छ । यसका साथै यसअन्तर्गतका अन्य क्याम्पस जस्तैः पोखरा, वीरगञ्ज, नेपालगञ्ज आदिमा पनि यी कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्तै, सिटिइभिटीबाट सम्बन्धन प्राप्त क्याम्पसहरू, काठमाडौं विश्वविद्यालय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा विश्वविद्यालय आदिबाट पनि नर्सिङका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यी क्याम्पसले उत्पादन गरेका स्टाफ नर्स, कम्युनिटी नर्स, हस्पिटल नर्स, साइक्याट्रिक नर्सहरू विभिन्न अस्पताल वा सरकारी गैरसरकारी संघ, संस्थामा कार्यरत छन् ।

सन् २०१७ जनवरीसम्ममा नेपाल नर्सिङ परिषद्ले दिएको तथ्याङ्क अनुसार नेपालमा स्टाफ नर्स ३९ हजार सात सय ८६ जना, अनमी २७ हजार दुई सय ९६ र विदेशी नर्स आठ सय २३ छन् । पछिल्लो समय हरेक अभिवावकको सपना अनि विद्यार्थीको भविष्य बनेको छ नर्सिङ शिक्षा ।
हाल देशले धान्नै नसक्ने गरि यसको उत्पादन भएको छ । अहिलेका अधिकांश नर्सको सपना बिदेशिनु रहेको छ । ‘हिजोआज नर्सिङ भनेको त अस्ट्रेलिया र क्यानडाको भिसा जस्तो मात्र भन्दै गएको छ । नयाँ पुस्ताका नर्ससँग आम जनमानसले त्यति भरोसा गर्न सकिरहेका छैनन् । ‘नर्सिङ भनेको ड्युटीमात्र होइन, सेवा हो भन्ने भावना विकास गर्न सकिएको छैन । खुल्ला रुपमा सरकारले दिएको अनुमतिले नेपालमा आवश्यक भन्दा बढि नर्स उत्पादन भईरहेको छ । महँगो मुल्यमा पढ्न बाध्य नेपाली नर्सिङ नेपालमा भन्दा बाहिर जान हतारमा छन् । उनका अभिवावक पनि त्यहि चाहान्छ । अहिलेका नर्स बिरामीलाई भन्दा अरुलाई नै महत्व दिन्छन् । लोग्ने, छोराछोरी, पैसा, परिवारको तनावमा छन् । एकातिर अध्ययनमा लागेको खर्च, बिरामीको अत्याधिक चाप, आफुहरु भन्दा सिनियरको नराम्रो व्यवहार र विद्यार्थी नर्स अत्याधिक तर परिक्षण गर्ने प्रयोगशालाको अभाव ।

त्यसैले हालका नर्सहरुमा सैद्धान्तिक र व्यवहारिक ज्ञानमा कमी देखिन्छ र जनगुनासो बढेको पाईन्छ । अर्को तर्फ न्यूनतम पारिश्रमिक जसले कामप्रति गैरजिम्मेवार बनाएको छ । सन् १८५४ मा बेलायत–रुस युद्धको समय हुँदा इटालीमा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले टर्कीको मिलिटरी हस्पिटलमा मैनबत्तीको उज्यालो लिएर घाइते सिपाहीको सेवा सुश्रुषाले ठाकुरदासको मथिंगल हल्लाइदिएको थियो । उनको विशुद्ध सेवा भावनाको उच्च मूल्यांकन गर्दै बेलायत सरकारले ’नेसनल हिरोइन‘ को उपमा दियो र पछि गएर सारा विश्वकै आदर्श बन्न पुगिन् । यहि भावनाबाट शुरु भएको नर्सिङ पेसामा ब्यापारिकरण हुदा न त सरकारको लगानीको सदुपयोग हुन्छ, न कार्य दक्षतापूर्ण नर्सनै नेपालले प्राप्त गर्न सक्ने अवस्था रहन्छ ।

सरकारले निश्चित कोटामा कम मुल्यमा अध्ययनको स्थिती निर्माण गरिदिएको खण्डमा मात्र नेपाली उत्पादन नेपालमा प्रयागे गर्न सकिनेछ । नेपाली नर्स नेपालमा भन्दा बाहिर जाने चाहानाले नेपालमा नै नर्सको अभाव देखिन बेर लाग्ने छैन । जसरी नेपालले अन्य क्षेत्रमा आफुलाई विश्वमा चिनाउन सफल भएको छ, ठिक त्यसरी नै पहिले आफ्नो देशलाई पुग्ने दक्ष नर्सको परिपूर्ति गर्दै नेपालको कुल जनसंख्यामा एक जना नर्सले कति विरामी हेर्ने भन्ने निश्चित नितीको तर्जुमा गनर्’पर्ने आवश्यकता छ । त्यसपछि मात्र अन्य देशमा नेपाली नर्सलाई परिचालन गर्न सक्ने हैसियत बन्छ ।

1266 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank