गिरिजालाई पछारेका गगनसंग कसरी जित्लान देउवा ?

शनिबार, चैत्र ५, २०७३

loading...

- कृष्ण भट्टराई



- कृष्ण भट्टराई

बुढेसकालमा पुगेकी सासुलाई राजदुत पद उपहार दिने,इमान्दार कार्यकर्तालाई पाखा लगाएर पैसामा राजनीतिक नियुक्ती बेच्ने, क्षेत्रियताका आधारमा प्रहरी संगठनभित्र लिगलिगे दौडको कुसंस्कारलाई नजिर बनाउन भुमिका खेल्ने र खल्तीबाट मन्त्री छान्ने देउवा थापासंग डराएको कुरामा विवाद छैन । अन्त्यमा देउवाले एउटा कुरा ख्याल गरेकै राम्रो, गिरिजाले चलाए जसरी अब उनीबाट मात्र काँग्रेस चल्दैन । गिरिजासंग जुधेर स्थापित थापालाई देउवाले कसरी ठेगान लगाउन सक्लान ?


 

केहीलाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसको राजनीति गर्ने नेताका लागि केन्द्रिय तहमा सयौँ जुत्ता र भोटाहरु फटाउनु पर्छ । दाह्री, कपाल फुल्नु पर्छ । यो नै उनिहरुको योग्यताका पहिलो आधार मानिन्छ । तीनै अपवादका पात्रहरु मध्यका एक पात्र हुन, कांग्रेसका युवा नेता एवम् स्वास्थ्य मन्त्री गगन थापा । त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य, सचिव र सभापति हुदै नेबि संघको केन्द्रीय राजनितीमा प्रवेश गरेका उनी २०५९ सालमा नेबि संघको महामन्त्री बने ।
गणतन्त्रका पक्षमा उठाएको सशक्त आवाजका कारण त्यसको आठ वर्षपछी २०६७ साल असोज १ देखि ५ गते सम्म काठमांडौमा सम्पन्न नेपाली कांग्रेस १२ औ महाधिवेसनमा थापाले कांगे्रसका स्थापित नेताहरुलाई पाखा लगाउदै सबै भन्दा लोकप्रिय मतका साथ केन्द्रीय सदस्य पदमा निर्वाचित भए ।

गणतन्त्र र गगन काँग्रेसभित्र एक किसिमको थेगो नै बनेको थियो कुनैबेला । तत्कालिन शक्तीशाली पार्टी सभापति गिरिजाप्रसाद कोईरालालाई चुनौती दिदै गणतन्त्रको नारा बोकेर काँग्रेभित्रबाट पहिलो पटक सडकमा उत्रिएका गगन एउटा व्यक्ती मात्र होइनन्, आन्दोलन नै हुन । राजा ज्ञानेन्द्रको शासनमा राजतन्त्रका विपक्षमा बोल्न समेत डराउने काँग्रेसीहरुका माझमा गगन साच्चिकै अपवाद हुन । तर तीनै गगन वीपी वंशका अगाडी कमजोर भए । महामन्त्रीमा पराजित भए

काठ्माडौँका गुण्डा नाइके कुमार घैँटे प्रहरीको इन्काउन्टरमा मारिएपछी त्यसको वात उनलाई पनि लाग्यो । उनका हजारौँ शुभचिन्तकहरुलाई दुखित तुल्यायो । गगनका विरुद्ध सामाजिक संजालदेखी मिडयासम्म बहस भयो । उनलाई पनि पुरानै संस्कारमा हुर्किएका नुवाकोटे नेताका ज्वाईमा मात्र सीमित गर्न खोजिए जस्तो देखियो । यो स्वभाविक पनि थियो । लोकले गगनलाई एउटा गुण्डाका पक्षमा वकालत गर्ने अनुमति दिएको थिएन । उनले त्यो दायरा नाघेको जस्तो देखिएपछी एकाएक उनका लागी मौसम प्रतिकुलतामा परिणत भयो । त्यसैको परिणामस्वरुप सामाजिक संजालमा लोकप्रिय मानिने गगन त्यसबाट तल झरे । सार्वजनिक चिया चौतारीमा समेत उनको आलोचना सुरु भयो, ‘नयाँ बोतलमा पुरानै रक्सी’ । त्यही खस्किएको शाखलाई फर्काउने एउटा बलियो कडी बन्यो उनले नै आलोचना गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको मन्त्री । त्यो पनि स्वास्थ्य मन्त्री, जहाँ विकृतीका पोकाहरु मात्रै छन् भन्दै उनकै ससुरा त्यहाँ जान डराएर पछी हटेका थिए ।

मन्त्री बनेको दिन देखी हालसम्म जनपक्षिय निर्णयहरु गर्दै अघि बढ्दै गरेका यी युवा मन्त्रीका पक्षमा फेरी यसपटक सकरात्मक माहोल बन्यो । जनताको आधारभुत स्वास्थ्य अधिकारलाई प्रत्याभुत गराउन, वर्षौँ देखी डाक्टरको अनुहारसम्म पनि देख्न नपाएका दुर दराजका जनतासम्म डाक्टर पुर्याउन, स्वास्थ्य क्षेत्रमा रहेका अनेकौँ अनियमितताका जालाहरु फटाउन लागि परे । धेर थोर त्यसको परिणाम आउने क्रममा छ । उनले गरेका अधिकाँश निर्णयहरुबाट तत्कालै भन्दा पनि दीर्घकालिन रुपमा फल दिने किसिमका छन् । त्यसको अहिल्यै मुल्याङकन गर्नु मनासिव नहोला ।

एउटा युवा जो कुनै व्यक्तीगत स्वार्थ नराखी उत्साहपुर्ण ढंगले आफ्नो कर्तव्यमा लिन छ, उसैलाई मोहीमा परेको झिँगा जसरी टिपेर फाल्ने कोशिस उनकै पार्टीका सभापति शेरबहादुर देउवाबाट भयो । मन्त्री थापालाई एकाएक मन्त्रिबाट फिर्ता बोलाउने हल्लाले नेपाली सामाजिक सञ्जालका भित्ताहरु ताते । कतिपय नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले यदि थापालाई देउवाले फिर्ता बोलाए पार्टी नै छोड्नेसम्मको चेतावनी दिए । यो नै गगनको पुँजि हो ।

केही दिन यता सामाजिक सञ्जाल गगन थापाको प्रसंशाले भरिएको छ । मिडियाहरुले निरन्तर रुपमा उनले गरेका कामहरुको उजागर गरिरहेका छन् । आखिर यति लोकप्रिय मन्त्रीलाई किन फिर्ता बोलाएर काँग्रेस सभापति देउवाले कस्तो पार्टी र संस्कार सूरु गर्न लागेका हुन ? यो सबैको चासो र चिन्ताको विषय हो । एक नागरिकका हैसियतले देउवालाई यो प्रश्न सोध्ने अधिकार पुरापुर छ । गगनलाई मन्त्रीको कुर्सीमा बसेको नरुचाउने देउवाको आफ्नै विगत विडम्बनापुर्ण छ । संयोगले या परिस्थितीले पार्टीको नेतृत्वमा पुगेपनि देउवाको छवी गगनका अगाडी निकै होचो छ । कतै थापाको लोकप्रियतादेखी डराएर अत्तालिएर त देउवाले यस्तो निर्णय गर्न लागेका होइनन् ? प्रश्न निकै गम्भिर छ । यदी यो सत्य हो भने देउवाको भविष्य पनि त्यति धेरै सुन्दर छैन ।

थापालाई काँग्रेसभित्र अल्पमतमा रहेको समुहले भावी पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । यो सन्देश देउवा र उनको सानो कोटरीका लागि टाउको दुखाईको विषय बनेको काँग्रेसभित्रकै कतिपय नेताहरु बताउँछन् । यद्दपी उनलाई फिर्ता बोलाउने बिषयमा देउवाले अहिले सम्म मुख खोलेका छैनन । काँग्रेसमा सल्लाह भन्दा बढि हल्ला हुने कुरा फेरी कुनै नौलो घटना पनि होइन । हावा नचली पात त पक्कै पनि हल्लेको छैन तर हावा चाँहि कता चलिरहेको छ अझै पत्ता लाग्न बाँकी नै छ । तर यो हल्ला अझैसम्म देउवाको सचिवालयसम्म नपुगेको भने पक्कै छैन होला । तर अहिले सम्म देउवाले त्यो समाचारको खण्डन किन गरिरहेका छैनन् त ? यसले पनि यो समाचार पक्कै हल्ला मात्र होइन भन्ने कुरालाई प्रमाणित गरिरहेको छ ।

थापाले नेपाली काँग्रेस भित्र एउटा पुस्ताको प्रतिनिधित्व गरिरहेका छन् । १३ औँ महाधिवेशनबाट बनेको कृष्ण सिटौला समुहका एक मुख्य पात्र थापा हुन् । जसको लोकप्रियताल सो समुहलाई थप बलियो बनाईरहेको आँकलन देउवाको छ । बुढेसकालमा पुगेकी सासुलाई राजदुत पद उपहार दिने, इमान्दार कार्यकर्तालाई पाखा लगाएर पैसामा राजनीतिक नियुक्ती बेच्ने, क्षेत्रियताका आधारमा प्रहरी संगठनभित्र लिगलिगे दौडको कुसंस्कारलाई नजिर बनाउन भुमिका खेल्ने र खल्तीबाट मन्त्री छान्ने देउवा थापासंग डराएको कुरामा विवाद छैन । अन्त्यमा देउवाले एउटा कुरा ख्याल गरेकै राम्रो, गिरिजाले चलाए जसरी अब उनीबाट मात्र काँग्रेस चल्दैन । गिरिजासंग जुधेर स्थापित थापालाई देउवाले कसरी ठेगान लगाउन सक्लान ?

23831 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank