स्ववियु निर्वाचनमा उमेर हद विवाद औचित्यहिन

बिहिबार, माघ ६, २०७३

loading...

- कृष्ण भट्टराई



- कृष्ण भट्टराई

त्रिभुवन विश्वविद्यालयको सीनेट बैठकले फागुण १४ गते  त्रिभुवन विश्वविद्यालय अन्र्तगत केन्द्रीय क्याम्पससहित सम्पुर्ण क्याम्पसहरुमा स्ववियु निर्वाचनको मिति तय गरेसंगै अहिले विद्यार्थीहरुबीच आसन्न स्ववियु निर्वाचनको विषय चर्चामा छ । त्यस मध्य पहिलो पटक त्रिवीले लगाएको उमेर हदका कारण कतिपय विद्यार्थी संगठनहरुले त्यसको विरोध गरिरहेका छन् भने कतिपय समर्थनमा देखिन्छन् । यो आलेखमा उठाउन खोजिएको विषय पनि उमेर हदसंगै सम्बन्धित छ ।

 

 

पहिलो कुरा त झण्डै आठ वर्षपछी स्ववियु निर्वाचनको मिति तय हुनु आफैमा सुखद पक्ष हो, विद्यार्थी राजनीति गर्नेहरुका लागि ।  तर अहिले आम विद्यार्थीहरु उमेर हद विवादका कारणले कतै यसअघि जस्तै अन्तीम घडीमा निर्वाचन नै स्थगीत हुने त होईन भन्ने संसय उत्पन्न गराएको  छ । अहिलेको सन्दर्भमा हेर्दा नियमित बिद्यार्थीहरुका लागि निर्वाचन महत्वपुर्ण विषय हो । तर उमेर हदलाई कारण देखाउँदै बिद्यार्थी राजनीति, त्यसमा पनि स्ववीयुजस्तो निकायलाई पेण्डुलम बनाइएमा हाम्रा शैक्षिक एजेण्डाहरु कमजोर बन्दै जाने निश्चित छ । त्यसैले पनि बिद्यार्थी आन्दोलनको हित चाहाने जो कोही पनि निर्वाचनको पक्षमा उभिन जरुरी छ ।
दोश्रो, सीकाईको कुनै उमेर हद हुदैन भन्दै नेपाल बिद्यार्थी संघको तर्कलाई सम्मान गर्दै निर्वाचनका सन्दर्भमा उम्मेदवार बन्न पाउने उमेर हदका विषयमा केही बुुझ्न जरुरी छ । सामान्यतया एउटा नियमित बिद्यार्थीका लागि २८ वर्ष काफी समय हो । तर जीवनभर विद्यार्थी राजनीतिलाई पेशा बनाउँदै पचास वर्षसम्म पनि कयाम्पसको गेट कुर्नेहरुको रवैया कम गर्न उमेर हद स्वभाविक कार्य हो ।
२८ वर्ष भन्दा माथिका बिद्यार्थि मतदाता बन्न पाउने तर उम्मेदवार बन्न नपाउने व्यवस्थाले   उच्च शिक्षा अध्ययन गर्न चाहानेहरुलाई कुनै रोकावट गरेको देखिदैन । यसले त खाली क्याम्पसहरुमा हुने चर्को राजनीति, त्यसको आडमा गरिने गलत क्रियाकलापहरुलाई मात्र रोक्न खोजेको देखिन्छ । त्यसैले उम्मेदवार बन्ने योग्यता भए मात्र मतदाता वा बिद्यार्थी भईन्छ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ ।
हाम्रो देशमा मतदाता बन्न १८ बर्ष उमेर पुगे हुन्छ भने उम्मेदवार बन्न २५ वर्ष उमेर पुगेको हुनुपर्ने कानुुनी प्रावधान छ । यसले पनि स्पष्ट बनाउँछकी, सबै मतदाताहरु उम्मेदवार बन्ने योग्यता हुुुनुुपर्छ भन्ने बाध्यकारी व्यवस्था कतैपनि छैन । उदारहणका लागि एकजना मतदाता सांसदको उम्मेदवार बन्न २५ वर्ष उमेर पुरा गरेकै हुुनुपर्छ तर मतदाताको हकमा भने १८ वर्ष पुरा भएपछी उसले मतदान गर्ने पुर्ण अधिकार प्राप्त गर्दछ । त्यसैले २८ वर्ष भन्दा मुनिका बिद्यार्थीहरुलाई मात्र मतदाता मान्नुपर्छ भन्ने तर्क न्याय संगत मान्न सकिन्न ।
राजनीति केवल राजनीतिका लागि मात्र की राजनीति जीवन परिवर्तनका लागि ? यो प्रश्न अहिले बडो जोडतोडका साथ उठिरहेको छ । अहिले बिद्यार्थी राजनीतिमा रहेकाहरुले यो कुरा नबुुझेसम्म हाम्रो शैक्षिक आन्दोलन पनि सशक्त बन्न सक्दैन । जीवनभर बिद्यार्थी राजनीति गर्ने तर पेशा नभएकाहरुले कसरी जीविकोपार्जन गरिरहेका छन् ? उनीहरुको आम्दानीको स्रोत के हो भन्ने कुरा सार्वजनिक हुन जरुरी छ । शिक्षा भनेको जीवन परिवर्तनको मुख्य आधार हो ।
त्यसैले संधै क्याम्पसको बिद्यार्थी भएर मात्र वा बिद्यार्थी राजनीति गरेर पाउने फाईदा के हो ? उमेर हद नलगाएको खण्डमा विद्यार्थी नेताहरुको जीवन त चौपट हुन्छ नै, स्ववियुमा उसले निर्वाचन जीतेमा उसको जीवीका धान्ने आधार समेत त्यही संस्था बन्न जान्छ । यसले शैक्षिक संस्थाहरुमा थप आर्थिक अराजकता निम्त्याउने खतरा संधै रहिरहन्छ ।
विगत ८ बर्ष देखी त्रिवीमा निर्वाचन हुन नसक्नुका विभिन्न कारणहरु छन् । तर त्यही आठ वर्ष निर्वाचन नभएको विषयलाई आधार बनाएर झण्डै चार दशक उमेर पुरा गर्दै गरेका नेताहरु फेरी पनि बिद्यार्थी राजनीतिमा आउनुपर्छ भन्ने कुरा गलत छ ।  हिसाव गर्दा यो आठ बर्षको अवधीमा क्याम्पसहरुबाट करिब तीन ब्याचले विदा लिईसके । २०६५ सालमा प्रवेशिका पास गरेको बिद्यार्थी पनि स्नातकोत्तर पास गर्ने अन्तिम विन्दुमा छ ।
अझ स्ववियु निर्वाचनको २ बर्ष पछि मात्र क्याम्पस तहको अध्ययन प्रारम्भ गरेका बिद्यार्थिहरुले समेत आफ्नो अध्ययन सकिसकेका छन् । यसको ज्वलन्त उदाहरण म स्वयम नै हुँ ।  मैले २०६७ सालमा मात्र उच्च माध्यामिक तह पास गरेको हुँ ।  २०६७ सालमानै स्नातक तहमा भर्ना भएँ र  हाल म स्नातकोत्तरको अन्तिम सेमेस्टरमा अध्ययनरत छु । यस्तो अवस्थामा मैले राजनीति गर्नका लागि मात्र क्याम्पसमा बसिरहन मिल्छ ?
विद्यार्थि राजनीतीमा लामो समयदेखि अनवरत रुपले सहभागी भई विद्यार्थीहरुको  हक हितका लागि लडिरहनु भएका सवै विद्यार्थी नेताहरुप्रति  मेरो उच्च सम्मान छ ।  तर अब समय तपाईहरुले विद्यार्थी राजनीतीलाई थप एक कदम अगाडि बढाउन आफ्नो व्यत्तिगत स्वार्थ र सांगठनिक स्वार्थ बाट माथि उठेर सोच्नु पर्ने समय आएको छ ।

 

अव नयाँ पुस्ताको  काँधमा विद्यार्थी राजनीतीलाई हस्तान्तरण गर्ने समय आएको छ । मलाई आशा एवम् बिश्वास के छ भने स्ववियु निर्वाचन बिना विद्यार्थि राजनीतीको कुनै अर्थ रहदैन भन्ने कुरा तपाई हामी सबैले बुुझ्नै पर्दछ । त्यसकारण विद्यार्थी राजनीतीको अस्तित्व बचाउन र स्ववियु निर्वाचनलार्ई सफल बनाउनसबै विद्यार्थी संगठनका नेताहरुले आफ्नो व्यत्तिगत एवम् सांगठनिक स्वार्थलाई त्यागी समग्र विद्यार्थीहरुको हक र हितका पक्षमा लाग्न आवश्यक छ ।

 
भट्टराई पुर्वाञ्चल विश्वविद्यालय अन्र्तगत कान्तिपुर सीटि कलेजमा स्नातकोत्तर तहको आम संचार तथा पत्रकारिता विषयको अन्तिम सेमेष्टरमा अध्यनरतछन् ।

835 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank