सङ्कटको बेला मात्रै कृषिमा ध्यान !

बिहिबार, जेष्ठ ८, २०७७

loading...

- नबिना डंगोल



हाम्रो देश कृषि प्रधान देश हो । यहाँका करिब ८४ प्रतिशत जनसङ्ख्या कृषि पेसामा आबद्ध छन्। कृषिमा व्यवसायिकरण भन्दा पनि निर्वाहमुखी परम्परागत कृषि प्रणाली कारण  खाद्यान्नको ठुलो हिस्सा आयातमा निर्भर रहनु परेको कुरालाई कसैले नकार्न सकिँदैन। अधिकांश गाउँ बस्तीका युवाहरू रोजगारीको नाममा र अध्ययनको नाममा सहरी क्षेत्र र विदेश जाने प्रवृत्ति रहेको पाइन्छ। जब उनीहरूको गाउँघरबाट सहर विदेश पस्छन् त्यसपछि आफू हुर्केको गाउँको माटो धुलो हिलो फोहोर लाग्छ । घाँस दाउरा,मेलापात अनपढ व्यक्तिगतले गर्ने काम हो भन्ने मानसिकता राख्दछन् र आफूलाई शिक्षित सम्भ्रान्त भएको महसुस गर्दछ।

जब देशमा सङ्कटको अवस्था (प्राकृतिक दैविक प्रकोप विपत्ति रोगब्याधी)को सृजना हुन्छ । उनीहरू आफ्नो थातथलाे गाउँघर फर्किन बाध्य हुन्छन् । सहरी वातावरणमा हुर्किएर त्यतै घुलमिल भइसकेको उनीहरूलाई घरको हजुरबुवा/बुबा,आमाको अर्ती उपदेश किचकिच लाग्छ । चौतारीको भेला होइन उनीहरूलाई इन्टरनेटको खेला रमाइलो लाग्छ ।  परिवारसँग सामीप्य होइन सामाजिक सञ्जाल भित्रको भ्रममा रमाउन चाहाउन्न।ऊर्जावान् समय इन्टरनेटको दुनियाँमा अनावश्यक साइटहरूमा रम्नमा खर्च गर्छन्।हुन त इन्टरनेटको फाइदा र महत्त्व नभएको होइन। यसले विश्वलाई नै एउटा सानो गाउँको रूपमा नजिक बनाएको छ ।  यसबाट केही राम्रो सदुपयोग गरेर राम्रा_राम्रा काम गरेर छन् जसले गाउँ समाज राष्ट्रलाई नै सकारात्मक परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ तर हामी कहाँ यसको सदुपयोग भन्दा अनावश्यक प्रयोग(दुरुपयोग) गर्नेको जमात बढी देखिन्छ।

अर्को तर्फ,
घरमा बुढा बा आमालाई खेतबारीको सधैँ चटारो र हतारो हुन्छन ।  तर सहरबाट फर्केका छोरा छोरीलाई त्यसको कुनै मतलब हुँदैन । उनीहरू गाउँ छोडेर गएपछि थोरै कमाउछ्न तर उनीहरूमा खोक्रो आडम्बर भने बढी नै झल्किन्छ। गाउँघरको माटो ढुङ्गा चलाउँदा आफ्नो सम्मान गुमाउन पुगे जस्तो भान गर्छन्।  पढ्ने बित्तिकै कृषि कार्य नै तुच्छ लाग्न सुरु गर्छन । अधिकांश युवा शिक्षित युवा वर्गलाई तर यो बिर्सिन्छन् कि, त्यही गाउँ त्यहीको माटो हावा पानीले नै उनीहरूलाई सहर सम्म जान सक्ने र केही गर्न सक्ने बनाएको हो। उनीहरू सहरमा बहाल तिरेरै भए पनि स्वतन्त्र रूपमा आफ्ना मालिक आफै बनेर बसेका छोरा छोरी बुहारीहरू गाउँघरमा आमा बुबा वा आफ्ना अभिभावकको आज्ञा निर्देशन बोझिलो महसुस गर्छन् तर सहरमा कसरी छाक टार्ने,दैनिकी चलाउने भन्ने जिम्मेवारीबाट मुक्त हुन पाएको महसुस कहिल्यै गर्दैनन्।

हुन त सहर या विदेश गएका युवाहरू अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ ज्ञान सीप सिकेर आफ्नै गाउँ ठाउँमा फर्केर कृषि तथा पशुपालन व्यवसाय गर्नेहरू पनि छन्।  तर यो सङ्ख्या निकै कम  मात्रामा रहेको छ। यसरी आफ्नै ठाउँमा फर्केर कृषि पशुपालन व्यवसाय गर्नेहरूलाई उत्साह र हौसला त यस्तै हो  । उनीहरूलाई हेयको दृष्टिकोण हेर्ने गरिन्छ। पढेर के_के न गर्ला भनेको त त्यही खेतबारीको काम गर्ने त रहेछ नि फलानोले पढेर पनि खेतबारीको काम गाई भैँसी बाख्रा पाल्ने काम गर्छ भनेर हाम्रो समाज कुरा काट्न पछि लाग्छन । तर फलानोले पढेर पनि कृषि पेसा अपनाएर आफ्नै माटोमा काम गरेर समाजमा उदाहरणीय काम गर्दै छ भन्न हिचकिचाउँछन्।

प्रत्येक वर्ष सरकारका नीति तथा कार्यक्रममा कृषिलाई व्यवसायीकरण आधुनिकीकरण गर्ने युवाहरूलाई कृषि क्षेत्रमा रोजगारीको वातावरण सृजना गर्ने भन्ने कुरा भाषण र कागजमा सीमित रहने र आम युवाहरूको कृषि व्यवसायलाई अनपढ व्यक्तिले गर्ने व्यवसाय भन्ने मानसिकता राक्दछ । हाम्रो देश कृषिमा आत्मनिर्भर बन्न सक्दैन। यदि साँचै नै देशलाई आत्मनिर्भर बनाउने हो भने आम युवाहरूको त्यस्तो संकिण मानसिकता त्याग्नु पर्दछ । आफूसँग अन्य अन्य काम गरेर बचेको समय पनि कृषिमा लगाउनुपर्छ । साथै राज्य/सरकारबाट पनि कृषि पशुपालन व्यवसाय गर्न युवाहरूलाई उत्साहित गराउन सरल रूपमा सहुलियत ब्याजदर ऋण तथा अनुदान प्रदान गर्ने उन्नत जातका बिउ बिजन उपलब्ध गराउने,आधुनिक मेसिन औजारहरू सरल र सहज रूपमा उपलब्ध गराउनु पर्ने देखिन्छ।

जब हामी कृषिमा अाधुनिकरणका साथै व्यवसायी रूपमा रमाउन सक्छाै तब मात्र कृषि क्षेत्रकाे मुहार परिवर्तन हुनेछ । उर्जाशील युवा जनशक्ति जब सम्म कृषि पेसा अात्मसाथ गर्न सक्दैनन । तब सम्म हामी आयातित वस्तुमा निर्भर भइरहनु पर्ने छ । बाँझाे  जमिन हराभरा बनाउन कृषिमैत्री याेजना आवश्यक देखिन्छ । कुन माटाेमा कुन खेति उपयुक्त हुन्छ । त्यसका लागि कृषि बैज्ञानिकहरूले पनि त्यसमा ध्यान दिन जरूरी छ । अहिलेकाे अध्याधुनिक जमाना भनेकाे परम्परागत कृषि प्रणाली नभइ व्यवसायिक कृषि हाे भन्रे जान्र र बुझ्र र बुझाउन जरूरी देखिन्छ ।  श्रमशक्ति कम लागत कम र मुनाफा बढि कसरी ल्याउन सकिन्छभन्रे तर्फ ध्यान जान जरूरी देखिन्छ ।

विश्वमा पटक पटक देखा पर्ने प्राकृतिक विपतीका कारण विदेशीका युवाहरू स्वदेशमा ल्याउन पहल गर्दै उनीहरूकाे सीप, विकास र क्षमता कृषिमा कसरी लगाउन सकिन्छ भन्रे कुरा राज्यले बेलैमा साेच्र जरूरी छ । अन्यथा संकटकाे बेला मात्र अनेकाैं लाेकप्रिय नारा ल्याएर कृषि क्रान्ति हुन सक्दैन । मानाे खाएर मुरी आर्जेन बेला मात्र नभएर वर्षभरी नै कृषिमा प्राथमिकता दिनुपर्दछ । युवा वर्गहरू साँच्चिकै कृषिमा जाेश जाँगर र उमंगका साथ लाग्ने हुन भने कृषिमा आमूल परिवर्तन हुन सक्छ । तसर्थ कृषिमा संकटकाे अबस्थामा मात्र नभइ बाह्रै मास उत्पादनमुखी बनाउँदै निर्यातकाे बातावरण सिर्जना हुन जरूरी देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments