भविष्यमा अल्झिएको आज !

मङ्लबार, जेष्ठ २०, २०७७

loading...

- पुनम सापकोटा(आरोही)



हिजोको आज अनि आजको भोलिलाई हामी भविष्य भन्ने गर्छौ। हामी हर समय भविष्यकै चिन्तामा रुमलिएका हुन्छौ। हामी हाम्रो लक्ष्य तयार गर्छौ । भविष्यको लागि हरेक वर्तमान बाँचेका हुन्छौ । भविष्यको लागिआशा भरोसा जिम्मेवारी अनेक अनेक कुरालाई पहिले हामी हाम्रो भविष्य सङ जोड्ने गर्छौ।

स्मरणमा बालापन
एक अबोध बालकलाई उ ३/४ वर्षको हुँदा सोध्ने गरिन्छ कि बाबु तिमी भविष्यमा के बन्छौ ? अथवा के गर्छौ ? जबकि त्यो बालकलाई भविष्य भन्ने कुराको अर्थ पनि बुझेको हुँदैन र एक न एक कुरा भनिदिन्छ म यस्तो बन्छु उस्तो गर्छु भनेर । त्यसको परिणाम उ युवा अवस्थामा हुँदा फरक पर्न पनि सक्छ । किनकि त्यो अबोध बालकलाई मैले के भनेको छु ।  बालापनमा हुँदा, अनि म के गर्दै छु भन्ने कुराको अन्तर सायद ज्ञात हुँदैन । हामी कहिले पनि ती साना बालबालिकालाई यो कुरा भन्ने गर्दैनौ कि तिम्रा हरेक कर्मले तिम्रो भविष्यको बाटो बनाइरहेका हुन्छन् ।  तिम्रा कर्महरू सदैव तिम्रै भविष्यको बाटो तर्फ लम्किरहेका हुन्छन् । त्यसैले तिमीले गर्ने हरेक कार्य तिम्रो भविष्यको सूचक हो । तिम्रो बाटो सधैँ सुमार्ग पहिल्याउने खालको हुनुपर्छ । साथै बाबु आमाका कर्मले पनि उसले गर्ने कार्यमा असर गर्ने भएकाले उसका बाबु आमा पनि कत्तिको सचेत छन् र सच्चा कर्मशील छन् भन्ने कुराको जानकारी प्राप्त हुन्छ । किनकि सबै भन्दा बढी बालापनको समय उसले आफ्नो परिवार आफन्त सङ खर्चिएको हुन्छ ।  धेरै कुराहरू आफ्नै घरपरिवार बाट सिक्छ । जान्दछ ।  त्यसैले उसका हरेक कार्य सँग परिवार स्कुल अनि समाजको महत्त्वपूर्ण भूमिका हुन्छ। साथै उसका कर्महरू पनि तिनै सँग जोडिएको हुन्छ र उसले भनेको जस्तो नबन्न पनि सक्छ त्यसको निर्धारण त केवल उसले गर्ने कर्मले गर्छ।

भविष्य साँचै भन्ने हो भने हरेक आजका कार्यको सकारात्मक अथवा नकारात्मक परिणाम हो। किन कि आज मैले कस्ता काम गरिरहेछु ।  मेरो जीवन यात्रामा मैले रोजेको बाटो कस्तो छ । यदि त्यो सत्य छ अनि सकारात्मक छ भने त्यसले भोलिको परिणाम पनि सुखद नै ल्याउँछ । नभए मात्रै फरक पर्न सक्छ । त्यस कारण आज म के गर्दै छु ।  यसको परिणाम कस्तो हुन्छ भनेर हरेक कार्यको केही मात्रै अनुमान गरेर गर्ने हो भने भविष्य सँग यसरी त्रसित हुनुपर्ने आवश्यकता थिएन सायदै ।

हामी जो कोही पनि हाम्रो भविष्य सुखद होस भनेर सोच्छौ
तर यो सोच्दैनौ कि हाम्रो भोलि सुखद अनि सोचे जस्तो बनाउनलाई आज के गर्दै छौ। अनि फेरि जे गरिरहेका छौँ । त्यसले हाम्रो भोलि सुखद बनाउला त! खै सोचेको यदि हामीले आजलाई नै भोलि सम्झेर हरेक काम निर्धारण गर्ने हो भने त्यो नजानेको नसोचेको साँचै डर लाग्दो भोलि सँग आत्तिनु पर्दैनथ्यो। किन कि नदेखेको भोलि भन्दा भोगिरहेको आजलाई बढी महत्त्व दिने हो भने सबै भोलि हामीले चाहे जस्तै बन्न सक्छ। आजका हरेक कार्यले भोलिको परिणाम निर्धारण गरिदिन्छ। भनिन्छ नि भोलि कसैले पनि देखेको हुँदैन तर सबै मान्छे भोलिको लागि चिन्तित छन्, दुखी छन्, त्यसकै लागी आजको खुसी पनि धरापमा राखेका हुन्छन्।

हरेक बाबुले आफ्ना सन्तानको भविष्यको लागि आफ्ना सारा खुसीहरूलाई तिलाञ्जली दिएको हुन्छ। अनि हरेक आमाले आफ्नो छोराछोरीको खुसीको लागि आफ्ना इच्छा तथा चाहानालाई मनभित्रै बलिदान गरिदिएकी हुन्छिन्। एक परदेशी छोरो भोलि बा आमा र आफ्ना परिवारको खुसीको लागि आफ्नो शरीर दाउमा राखेर परदेशमा काम गरिरहेको हुन्छ। एक लगनशील विद्यार्थी भोलि भविष्यमा एक सुनिश्चित कामको लागि आजको राम रमाइलो त्यागी दिन्छ,, भनेपछि यो भविष्य साँचै हाम्रो मानसिकताको निकै जड बस्तु भन्दा पनि केही फरक नपर्ला! अझै भनौ शरीरको कुनै अभिन्न अङ्ग नै हो जुन बिना शरीरका अन्य पार्ट पुर्जा काम गर्नै सक्दैनन्।

कहिलेकाहीँ मन मनै सोच्ने गर्छु। साँचै भविष्य डर लाग्दो अरूले भने जस्तै कठिन ! सोचे भन्दा निकै फरक छ त ? तर फेरि मनैले मनैको प्रश्नको जवाफ दिन्छ अहँ त्यस्तो कदापि छैन। भविष्य त्यस्तै हुन्छ जसलाई म आज निर्धारण गर्दै छु। आजका मेरा हरेक कार्य नै भोलिको दर्पण (ऐना) हो। जब आजै मेरा कार्यमा शुद्धता र सत्यता छैन भने मेरो भविष्य सुखद छैन भनेर बुझ्दा फरक पर्दैन।

भविष्य प्रति आफैमा मनन गरिरहँदा यस्तो लाग्यो:- भविष्यले मलाई निर्धारण गर्दै छ कि म भविष्यलाई निर्धारण गर्दै छु….

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments