हामीले खाने फुल शाकाहारी कि मांसाहारी ?

मङ्लबार, साउन ८, २०७५

loading...

- डा. केदार कार्की, वरिष्ठ पशु चिकित्सक



kedar karkaiगाजर घाँस समस्या र समाधानशाकाहारीले कुखुराको फुललाई आफ्नो आहार सुचीमा संलग्न गरेका छन् । यसलाई उनीहरुले शाकाहारीको श्रेणीमा राखेका छन् तर यो फुल कुुखुराले पार्दछ । अर्कोतर्फ मांसाहारीले यसलाई आफ्नो आहार सुचीको अभिन्न अंग मानेका छन् ।

फुललाई प्रोटिनको उत्कृष्ट श्रोतको रुपमा मानिन्छ । यस्को सुपाच्यताका कारण यो आर्दशका रुपमा सवै उमेर समुहका लागि सुहाउँदो मानिन्छ । फुलले शाहाकारी आहार सुचीमा बढ्दो रुपमा स्वीकार्यता पाउँदै गरेको देखिन्छ । खासगरी शहरी क्षेत्रमा जस्को परीणाम महानगर एंव शहरी एंव शहरउन्मुख क्षेत्रमा यस्को माग बढ्दो छ तीब्र रुपमा ।

कुखुराको फुलबिशिष्ट संरचनाबाट बनेको हुन्छ जसभित्र कुखुराको शरीर बाहीर भ्रुणको बिकास हुन्छ । प्रकृतिले फुलभित्रनै बिकसित हुँदै गरेको भ्रुणको लागि चाहिने सवै खाले खाद्य सामाम्रीको व्यवस्था गरेको हुन्छ । यसरी फूलले विकसित हुँदै गरेको भ्रुणलाई सुरक्षित गर्नुका साथै पूर्ण आहार उपलब्ध गराउछ । जुन चल्ला कोरली सकेपछिको ४८ घण्टाको लागि पुग्ने हुन्छ । पूर्ण विकसित फुलफूलको बोक्रा दुई (मेम्वरान) झिल्ली एलबुमिन वा सेतो भाग योल्क वा पहेलो भाग तथा जमिनले डिस्कबाट बनेको हुन्छ । शेल फूलको बाहिरको भाग मानिन्छ । यो र दुइ अरु झिल्ली मिलेर फूलभित्रका अन्य सामाग्रीहरुको लागि सुरक्षा कबच बनाउँछ । बोक्रामा हुने कुनै क्षतिले फूलभित्र भएको खान हुने भागको गुणस्तरमा ह्रास आउँछ । ओथारेको बेला फुलको बोक्रा बिकशित हुँदै गरेको भ्रुणको लागि कमालसीयमको आपूर्ति श्रोतको रुपमा काम गर्दछ । फूलको बोक्रामा हुने छिद्रा तथा झिल्लीहरूले फूलभित्र बाहिर ग्यासहरू सापफेर गर्न मद्दत गर्दछ जस्ले भ्रूणलाई स्वास प्रस्वास गर्न सजिलो हुन्छ । फूलको बोक्रा नाजुक तथा सजिलै फुट्ने खालका हुन्छन् । फूलको बोक्रा र झिल्ली मिलेर फूलको कूल तौलको ११ प्रतिशत भाग ओग्छ ।

फुललको बाहिरी र भित्रि झिल्ली हुने गर्दछ । भित्री र बाहिरी झिल्लीहरु क्रमशः
दुई वा तीन तह वा बढी एकै खाले असंगठित एक आपसमा गासिएका गुथिएका प्रोटिनका रेसाको संजालबाट बनेको हुने गर्दछ । यी झिल्ली धेरै पातलो त हुने गर्दछन् तर पनि एकदम कठोर र बलियो हुने गर्दछन् । यी झिल्लीहरू एव बोक्रा मिलेर फूलको भित्रि भागको सवल सुरक्षा गर्दछन् ।

फुलपार्ने वेलामा फुलमा कुनै वायु कोसिका हुँदैन । फुलभित्रको सामाग्रीहरूले फुलको बोक्रा पुरै ओगटेको हुन्छ । कुखुराको शरीरमा फुलकरीव ४० डिग्री सेन्टीग्रेण तापक्रममा रहेको हुन्छ । फुलपारी सकेपछि या क्रमश कम तापक्रममा उजगार भइरहेको हुन्छ । फुलजसै बाहीरी हावाको सम्र्पकमा आउँछ फुलको बोक्राको माथिल्लो परतको चिस्यान वाष्पीकरणका सारण सुकेर जान्छ । बाष्पीकरण तथा न्युन तापक्रमको सम्र्पकका कारण फुलमा चिस्याइलो प्रभाव पार्दछ । जस्ले फुलमा भएका भित्रिसामाग्रीहरू सुम्चिन पुग्दछन । बोक्रा भन्दा योक र अबलुमीन बढी सुम्चन्छन् । सामान्यतया फूलको फराकिलो भाग तीर बायु कोसिका अवस्थित हुन्छ ओथारोको अतीम आवश्थामा फूलभित्रको चल्लालाई सास फेर्न आवश्यक पर्छ चल्लाको चुच्चो यतै पट्टी फर्किएको हुन्छ ।

फुलको सेतो झिल्लीएलवुमेन, सफा पारदर्शी बेरँग चिपचिपे भाग पहेलो दाग सहितको हुने गदर्छ । सिलाई एलवुमेन स्किारण भनिन्छ कि यो पकाउदा दुध जस्तो निख्खर सेतो भएर गुजील्टीन्छ । सामान्यतया फलमा वाक्लो सेतो र तरल सेतो गरी यस्को प्रष्ट दुइ भाग हुने गर्दछ । अलवेमेनले कूल फुलको ५८ प्रतिशत तौल ओगट्छ जसमध्ये ३४ प्रतिशत बाक्लो र बाँकी पातलो सेतो भागले लिने गर्दछ ।

फुलको पहेलो भाग अबलुमेन भित्र संलग्न भएको पहेलो सामाग्री मानिन्छ । यो फुलको महत्वपूर्ण भाग मानिन्छ । यस्मा विकसित हुँदै गरेको भ्रुण तथा चल्ला कोरेली सकेपछिको केही दिनका लागि चाहिने महत्वपूर्ण पोषक तत्व हुने गर्दछ ।

बाँझो (बतासे) फूल
बाँझो बतासे फुलमा पोथीको प्रजनन नामिक भालेको शुक्रकिटाणुसँग समागम भई निषेचित भएको हुँदैन । यस्ता फुलहरू चल्ला उत्पादन गर्न असक्षम हुने गर्दछन् र निष्प्राण फुलमानिन्छन् । बतासे फुलमा अनुकूलतम ओथारोका बातावरण हुँदाहुँदै पनि जनन भ्रुण कोशीकाको विकास हुँदैन । यदि बाँझो बतासे फुलउत्पादन गरिने हो भने पोथीसँग भाले मिसाएर राखिनु हुन्न नत पोथीलाई कृत्रिम गर्भाधान गराउनुपर्छ । कहिले काही कृतिम गराएको कुखुराको बथानमा वा भाले लगाएकोमा पनि केहि प्रतिशत फुलबतासे बाँझो हुने गर्दछन् । यसैले यस्ता फूललाई शाकाहारी भनिन्छ ।

उर्बर फुल
यस्ता खाले फुलमा जनन कोसिकाहरू भालेको शुक्रकिटसँग समागम भई निषेचित भएको हुन्छ । यो निषेचन प्रकृया फुलपार्ने २५ घण्टा पहले हुने गर्दछ । निर्षचित भए लगत्तै प्रजनन नामिक बतासे फुलको भन्दा ठूलो हुन्छ । ओथारोमा राखेको २–३ दिन पछि उर्वर फुलपहिचान गर्न सकिन्छ जव फुलमा प्रकाश पठाई जाँच गर्दा विकसित हुँदै यो खैरो बोक्रा भएको फुलमा भन्दा सेतो वोक्रा भएको फूलमा सजिलै छुट्याउन सकिन्छ । यसरी अव हामी प्रष्ट हुन सक्छौ कुन फुल शाकाहारी श्रेणीमा प¥यो कुन मांशाहारीमा आजका व्यापारिक व्यावसायिक लेयर पालन यसै सिद्धान्तमा आधारित छन् ।

493 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank