सरकार धरहरा निमार्ण गर्नु भन्दा पहिले उपत्यकामा सार्वजनिक शौचालय पो बनाउने हो कि ?

सोमवार, जेष्ठ १४, २०७५

loading...

- संझना पौडेल



- संझना पौडेल

तपार्इ बिहानै कहिल्यै जमल रतनपार्क कलंकि या अन्य कुनै बाटो निस्कनु भएको छ भने तपार्इलाई पक्कै पनि वान्ता हुन्छ होला, किनकि काठमाडौंको यस्तो र्दुदशा र हालत देखेर । जताततै दिशानै दिसा पिसाव र रक्सि बियरका बोतल बढि भेटिन्छन । महानगरपालीकामा जस्तो ठाउँमा छैन् सडक छेउमा सार्वजनिक शौचालय । सडकमा हिड्ने वटुवा होस वा जनताको सेवाका लागि खटीएका कर्मचारी जसलाई जतिवेला पनि शौचालयको आवश्यकता पर्न सक्छ ।

तर काठमाडौंका सडक छेउ कतै सार्वजनिक शौचालय देखिदैन । जथाभावी दिशा पिसाव गर्दा वातावरण समेत दुर्घन्धित हुन्छ ।शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि मानव जीवनशैली र सरसफाईका लागि चर्पीको आवश्यक्ता अपरिहार्य रहेको छ । चर्पीको प्रयोग आधारभुत आवश्यकता पर्दछ ।

नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोंचहरूमा सार्वजनिक शौचालय प्राथमिकतामा पर्न सकेको छैन । काठमाडौं उपत्यका जस्तो महानगरपालिका खुल्ला दिशामुक्र क्षेत्र घोषणा नहुनु अत्यन्तै लजास्पत विषय भएको छ ।

त्यसैले सरकारले धरहरा निमार्ण गर्नु भन्दा पहिले वातावरण सफा राख्नका लागि शौचालय निमार्ण गर्न जरुरी देखिन्छ । विश्वमा २ अर्ब ४० करोड मानिस शौचालयविहीन छन् । अझै पनि विश्वका लगभग अढाई करोड मानिसले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ ।

१० मध्ये एकले अझैपनि शौचालयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनले देखाएको छ ।सुरक्षित चर्पी तथा खानेपानी अभावमा झाडापखाला जस्तो सामान्य रोगबाट मृत्यु हुने बालबालिकाको दर उच्च छँदैछ । सर्वसाधारणले ब्यतिगत सरसफाइमा ध्यान दिने हो भने फोहोरबाट सिर्जित रोगबाट सजिलै बच्न पनि सकिन्छ ।

शौचलयको प्रयोगका लागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक वहिष्कारसम्म गर्ने ह्वीम श्रृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले व्यापक भूमिका खेलेका छन् । तर अझै पनि कतिपय परिवारले शौचालय बनाउन सकेका छैनन् । बनाएकाले पनि सही प्रयोग गर्न सकेका छैनन् । सबै नेपालीमा आधारभूत सरसफाई पु¥याउने अभियान चलिरहेको छ ।

दिगो खानेपानी र सरसफाइ विकासको कार्यक्रमले नेपालमा रोजगारीको अवसरलाई अझै खुला गर्नेछ भने सरसफाइको क्षेत्रमा भएको प्रगतिले मानिसको उत्पादन क्षमतामा वृद्धि गर्नेछ । कमजोर सरसफाइको कारणले हुने सबै प्रकारका हानि—नोक्सानीहरूलाई घटाउन सबै लाग्नु पर्दछ ।

411 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank