लकडाउन खुकुलो हुँदैमा मास्क नखोलौँ

आइतवार, जेष्ठ ३२, २०७७

loading...

- पासाङ तामाङ



 विश्व कोरोनाको महामारीबाट आतङ्कित मात्र हैन यसले विस्तारै विस्तारै विश्वलाई नै शिथिल बनाउँदै लगिरहेको छ ।  मानवीय क्षति सँगसँगै, आर्थिक सामाजिक क्षति पनि ध्वस्त हुँदैछ । चीनको वुहान प्रान्तमा डिसेम्बरको अन्तिम दिन अर्थात् डिसेम्बर ३१, २०१९ बाट सुरुवात भएको कोरोना भाइरसले महामारीको रूप लियो सुरुवाती क्षणमा जब चीन (कोभिड -१९ )को विरुद्धमा लड्दै थियाे ।  हजाराैं सङ्ख्यामा सङ्क्रमित बढ्दै थिए । सयौँको ज्यान ज्यादै थियो । विश्वले कुनै पनि चासो दिएन पूर्व तयारीमा जुटेन । धेरै देशहरू रमिते बनेर बसे हाम्रो जस्तो मुलुकको के कुरा गर्नु विश्वको शक्तिशाली राष्ट्र भनौदाहरुले बरु उल्टै यसलाई चिनी भाइरसको संज्ञा दिँदै मजाक उडाउन व्यस्त रहे । कतिपयले त चिनिया खान पानको कारणले फैलिएको हाे भनेर पनि दाबी गरे । यो भाइरसले आजको रूप लिन्छ भनेर कसैले आँ ।कलन गर्न नै सकेन अन्ततोगत्वा यो भाइरस विश्वको हरेक कुना कुना फैलिए हाम्रा घर दैलोमा समेत आई पुगे महामारीको रूप लिए मानव सभ्यताको इतिहासमा कहिले नदेखिएको विकराल प्रकोपको सामना गर्न बाध्य बनाइरहेकाे छ ।

अहिलेकाे मिति सम्म विश्वभर ७८,८४,८८९ सङ्ख्यामा सङ्क्रमित पुगिसकेको छ भने ४,३२,६३८ जना मृत्युको मुखमा पुगिसकेको छ । नेपालको सन्दर्भमा ५३ सय भन्दा बढि  सङ्क्रमित साथै १९ जनाले  ज्यान गुमाउन बाध्य बनेका छन । हजारौँको सङ्ख्यामा जीवन र मृत्युको संर्घष गरिरहेको लाखौँको सङ्ख्यामा दिनमा दुई गुणा रातमा चौ गुना सङ्क्रमण फैलिरहेको छ ।

संसारलाई  धाेस्त  बनाउने मिसाइल बनाउन  सक्ने शक्ति शाली राष्ट्र पनि आज कोरोनाको अघि घुँडा टेक्न बाध्य छन । विश्वभरका वैज्ञानिकहरु कोरोना महामारीको औषध पत्ता लगाउन अहोरात्र खटिरहेका छन । तर पनि औषधी पत्ता लाग्न सकिरहेको छैन ।  आखिर शक्तिशाली भन्रे राष्ट्रहरूले पनि मान्छेको विनाश प्रकृतिको विनाशमा मात्र प्रतिस्पर्धा गर्ने बाहेक अरू के रहेछ भन्ने छर्लङ्ग जस्तै भएकाे छ । ।नत्र विनाशकारी मिसाइल बनाउनेहरू कोरोनाको औषधि पत्ता लगाउन कहाँ चुके ? आज विज्ञानलाई समेत चुनौतीकाे विषय काेराेना भएको छ ।औषधिको अभावमा लाखौँ लाख मानिस मृत्युको मुखमा पुगे । घर भित्र लुक्न बाध्य  बने अरूलाई समेत घरभित्र नै बस्ने सुझाव सल्लाह दिए ।

कोराेनाले सम्पन्नको विपन्न,  शक्तिशालीको शक्तिहीन सबै जना आफ्नो ज्यान जोगाउन घर भित्र लुक्न पर्ने अवस्था सिर्जना गराएकाे छ ।   यसको अरू औषधि छैन घर बाहिर ननिस्किनु बेला बेला साबुन पानीले मिचिमिची हात धुनु , मास्कको उचित प्रयोग , सेनिटाईजरको प्रयोग अनि सामाजिक दुरी कायम राख्नु भन्ने जस्ता कुराहरू प्रयोगमा आए । तर यतिले मात्र कोरोनाको निदान सम्भव नभएर होला आखिर संसार भर कुना कुना सम्म आज यो महामारीको रूपमा फैलिएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको यो महामारीले तुलनात्मक रूपमा अरू देशहरूलाई धेरै क्षति गरे किनकि ती देशहरूले चीनले जति सुरुवाती क्षण देखी नै सावधानी अपनाएनन । जब सुरुवात उदाउँदै पहिलो ,दोस्रो स्टेज मा नै ध्यान नदिएको कारणले सङ्क्रमितको सङ्ख्या चौतर्फी बढेपछि अनियन्त्रित रूपमा अघि बढेकाे देखिन्छ । भौतिक पूर्वदारहरू पर्याप्त भएको शक्ति सम्पन्न देशहरूले पनि लाखौँको सङ्ख्यामा मानवीय क्षति बेहोर्नु परेको दृश्यहरू हाम्रो आँखा अगाडि जग जाहेर नै छ । अर्कोतिर जुन जुन राष्ट्रहरूले सङ्क्रमणको सुरुवात देखी नै सतर्कता अपनाए नागरिकलाई न्यूनतम आवश्यकताको कुराहरू पुरा गर्दै लकडाउनको पूर्ण पालना गर्न अभिप्रेरित गरे नागरिकले पनि सरकार ले दिएको निर्देशलाई आफ्नो दायित्व सम्झँदै परिपालना गरे ती देशहरूले अप्रत्याशित घटना बेहोर्नु परेन ।

तर आज हाम्रो मुलुकमा कमजोर संरचनाको बाबजुद न राज्यको भूमिका प्रभावकारी देखियो न नागरिकको नै त्यसैको परिणामस्वरूप आजको यो सङ्क्रमणको गति तीव्र देखिन थालेको छ यदि यहीँ गतिले निरन्तरता पाउँदैन जाने हो भने हाम्रो मुलुक पनि उच्च मानवीय क्षति बेहोर्नु पर्ने सुचीमा अग्र स्थानमा पर्न धेरै दिन कुर्नु नपर्ने देखिन्छ ।

अहिलेसम्म यो महामारी यसको मुख्य औषधि भन्नु नै यसलाई फैलिन नदिनु हो । व्यक्ति व्यक्तिबीच सामाजिक दुरी राख्नु , बेला बेला साबुन पानीले मिची मिची हात धुनु , सेनिटाईजरको प्रयोग गर्नु ,मास्कको उचित प्रयोग गर्नु हो भनेर सम्बन्धित विषय विज्ञले दिएको सुझाव र सल्लाह बाहेक अरू विकल्प देखिएको छैन ।

हिजो एउटा सङ्क्रमित देखिँदा प्रभावकारी लडाउन गर्दै गरेको सरकार आज सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहँदा विविध कारणवश लकडाउन खुकुलो गर्ने निर्णय गरिसकेको छ ।   हिजो एक जना सङ्क्रमित हुँदा भाग दौड गरेर गाउँ पस्ने त्रसित भएर घर भित्र बस्ने त्यहीँ जनता आज लकडाउन खुकुलो हुने सङ्केत पाउन साथ सामाजिक दुरीको त कुरा छोडौँ भएको मास्क पनि खोलेर सलबलाउन थालिसकेका देखिन्छन । वास्तवमा यो दुवै आचरण हाम्रो लागी घातक हुन सक्छ ।

हामी हिजो एक जना सङ्क्रमित हुँदा जसरी गम्भीर भएको थियौ ।  आज हजारौँको सङ्ख्यामा सङ्क्रमित बढिरहँदा मृतको सङ्ख्या दिनदिनै थपिँदै गर्दा हाम्रो सतर्कता कमजोर हुँदै जाँदै छ ।  मानिस सबैभन्दा चेतनाशील र विवेकी प्राणी भनिन्छ । तर हामी किन छोटो मेमोरी भएको प्राणीमा दर्ज हुँदै छौँ । यो नै आज गम्भीर चुनौतीको प्रश्न हामीसँग अनुत्तरित छ ।

त्यसैले लकडाउनको उलङ्घन गर्दै नगरौँ मास्क खोल्ने दिन आएको छैन । अब चाहिँ झन् लगाउने दिन आएको छ ।  त्यसैले मास्क लगाउने , सामाजिक दुरी कायम गर्ने सेनिटाईजर को प्रयोग गर्ने जस्ता जति पनि विज्ञहरूबाट आएको सुझाव र सल्लाहलाई आत्मसाथ गर्नु नै हाम्रो भोलिको लागी सुनौलो दिनको अवसर हुन सक्छ । यदि हामी त्यसको विपरीत जाने हो भने हामीले परिकल्पना नै नगरेको दुर्घटना हुन सक्छ हामीलाई भोलि पश्चात्ताप गर्ने मौका समेत हुने छैन ।

वास्तवमा संक्रमणकाल घडीमा सरकार अनि जनता दुवैको भूमिका सराहनीय र सकारात्मक भए मात्र हामी महामारीसँग जोगिन सक्छौ । यदि दुबैमध्ये कुनै एकको भूमिका कमजोर भएमा त्यसको दुस्परिणाम हामी सबैले भोग्न सिवाय अरू कुनै विकल्प हुँदैन । त्यसैले हामी सबैले परिस्थिति अनुसारको आचरण गरौँ आफू पनि बचौँ । अरूलाई पनि बचाऔं। लकडाउन खुकुलो हुँदैमा हामीले सम्बन्धित स्वास्थ्य विज्ञले दिएको सुझाव र सल्लाहलाई अवलम्बन गर्दै यसको पूर्ण पालना गरौँ । सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ त्यसैले हामी सतर्कता पनि अझै बढाऊ।

लेखक- पासाङ तामाङ
सूर्योदय नगरपालिका -३ इलाम

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments