लोकतन्त्र, देउवा र गगन थापा

बुधबार, चैत्र ९, २०७३

loading...

- दीपेन्द्र पाण्डे



- दीपेन्द्र पाण्डे

गगन थापाः

लोकतन्त्रको आडमा उदाएका रहस्यमयी पात्र माननीय स्वास्थ्य मन्त्री गगन थापा असहमतिको राजनीति गर्दै नेपाली राजनीतिमा स्थापित हुँदै छन् । नेविसंघको राजनीति गर्दै लोकतन्त्र र गणतन्त्रको आवाज उठाउने गगनको अतित कलेजको स्ववियु सभापति हुँदा निर्माणको नाममा गरिएको फजुल खर्चको हिसाब किताबले धुमिल थियो भन्ने कुरा कमै मानिसको जानकारीमा थियो ।

शायद तिनै फजुल खर्चीबाट शिक्षा लिदै वर्तमानमा आफ्नो धुमिल छवि पखाल्न स्वास्थ्य मन्त्रालय समाल्न राजी भए भन्नेहरुको तर्कलाई अन्देखा गर्न मिल्दैन । स्वास्थ्य क्षेत्रमा भएका बेथितिलाई रोक्ने उद्घोषमा समर्थन गर्न पुगेका मन्त्री थापा भीआइपीहरुलाई उपचारको नाममा दिइने आर्थिक सहयोगलाई नियन्त्रण गर्ने हेतुले स्वास्थ्य मन्त्रालय मार्फत आर्थिक सहायताको कार्यविधि बनाउने हतारो पुरा गर्दै थिए ।

पुँजीवादी सिद्धान्तलाई अंगिकार गर्ने मन्त्री थापा स्वास्थ्य क्षेत्रमा सर्वसाधारण जनताको पहुँच हुनुपर्ने कुरा त गर्दथे तर पुँजीवादी मुल्य र मान्यताले ती काम गर्न कति तगारो हाल्छन भन्ने कुरा कदापी बताउँदैनथे । ‘मोही माग्ने तर ढुङग्रो लुकाउने’ नेपाली उखानलाई राम्रोसँग बुझेका मन्त्री थापा राज्यको संविधानले अंगिकार गरेको निजी,सहकारी र सरकारी माध्यामबाट जनतालाई दिइने सेवा र सुविधा केवल कागजी मात्र हुन, व्यवहारमा हैन भन्ने कुरा जनतालाई कहिलै बताउँदैनथे ।

अनि तिनै निजी हस्पिटललाई दश प्रतिशत उपचार गरिब जनताको नाममा निःशुल्क सेवा गर्नु पर्ने प्रावधानको स्टन्टबाजी गर्दै सेवा नगरे लाइसेन्स नविकरण नगर्ने धम्की मिडिया मार्फत प्रसारित गराउँथे । देशैभरि चार्दा पनि नपाइने मृगौलाको डाइलिसिस सित्तैमा भन्दै समाचार पस्कन्थे । सारा दुनियाँलाई थाहा छ । निजी संस्थाको मुलमन्त्र नै आफ्नो लागि धन्दा गर्नु हो न कि गरिब जनताको लागि । अर्थशास्त्रले यहि भन्छ, निजी संस्थाले उठाएको जोखिमको प्रतिफल नै उनीहरुको नाफा हो । गगनको धम्कीले आफ्नो प्रतिफल घटाउन र बाँड्न को तयार छ ? नयाँ नेपालमा ।

तुलसी गिरीको मागलाई लत्याउँदै आर्थिक सहयोगको कार्यविधी मार्फत ठूलावडालाई दिने अधिकतम १५ लाखे आर्थिक सहयोगको गगन कार्यविधिको हत्या आफ्नै मन्त्री मण्डलले गर्दा पनि तुच्छ मन्त्री पदमा आसिन भइ राख्नुले उनको उपादयता करिब करिब समाप्त भैसकेको संकेत मिल्दैछ । हुनत उनलाई राम्रैसँग थाहा थियो, अधिकतम १५ लाख आर्थिक सहयोगको कार्यविधि पारित हुनै सक्दैन । कथम कदाचित पारित भए पनि ठूलावडाहरुले उनको लोकप्रिय कार्यविधीलाई आत्महत्या गर्न बाध्य पारिन्थ्यो । 

 हिजोका उनका भाषणले हिन्दी फिल्म नायकमा अनिल कपुरले देखाएको क्रियाशीलता र नतिजाको अपेक्षा राख्ने जमात अझै पनि उनको सम्पत्ति विवरण पढ्न नपाउँदा मर्माहत छन् । संसदिय राजनीति माथि विश्वास गर्ने मन्त्री थापा आफ्नो कार्य क्षमता र नतिजाले तडपिदैछन् । उनीबाट ठूलो अपेक्षा राख्ने जमात उनकै कछुवा गतिको कार्यक्रम पनि पुष्पकमल सरकारले लागु नगर्दा बडो धर्म संकटमा छन् ।

तुलसी गिरीको मागलाई लत्याउँदै आर्थिक सहयोगको कार्यविधी मार्फत ठूलावडालाई दिने अधिकतम १५ लाखे आर्थिक सहयोगको गगन कार्यविधिको हत्या आफ्नै मन्त्री मण्डलले गर्दा पनि तुच्छ मन्त्री पदमा आसिन भइ राख्नुले उनको उपादयता करिब करिब समाप्त भैसकेको संकेत मिल्दैछ । हुनत उनलाई राम्रैसँग थाहा थियो, अधिकतम १५ लाख आर्थिक सहयोगको कार्यविधि पारित हुनै सक्दैन । कथम कदाचित पारित भए पनि ठूलावडाहरुले उनको लोकप्रिय कार्यविधीलाई आत्महत्या गर्न बाध्य पारिन्थ्यो । आफ्नै मन्त्रालय अन्तर्गत देश भरका सरकारी हस्पिटलमा सरकारी समयमा ओपीडी खोल्ने उनको सामान्य आदेशको पालना नभइरहेको अवस्थामा समेत फगत एक तुच्छ मन्त्री पदको लागि आफ्ना सबै स्टन्टबाजीलाई कुर्वानी दिन तयार मन्त्री थापाले राजिनामा नदिनुको मतलबलाई शायरबाज यसरी बताउँछन्,

एक रास्ता यहभी है,
मञ्जीलो को पानेका ।
कि सिख लो तुम भी हुँनर
हाँ मे हाँ मिलानेका…।।

नेपाली लोकतन्त्र
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ भन्दै जनताका घरघरमा पुग्ने नेताहरुको विश्वासमा कहिले प्रजातन्त्र त कहिले लोकतन्त्रको लागि आफ्नो ज्यानको प्रवाह नगरी निरकुश सत्ताको विरुद्ध जनता सडकमा आउनुनै लोकतन्त्र आगमनको प्रमुख कारण थियो । व्यक्तिगत इच्छा, आंकाक्षा, सपना र आवाश्यकतालाई कुल्चदै देश र जनताको निम्ती मर्न र मेटिन तयार राजनैतिक नेतृत्वप्रति आशावादी जमात नेपालमा थियो र छ भन्नेहरुको संख्यामा आजकल थियो भन्ने तिर नै तराजु ढल्कीदैछ । नेपाली लोकतन्त्रले वर्तमान नेतृत्वप्रति औंला खडा गर्ने स्थिति किन र कसरी आयो ? उनीहरुबाट अलोकतान्त्रिक कार्यहरु के के भए भन्नुपर्ने बाध्यता नेपालको लोकतन्त्रलाई आइलागेको छ, अहिले ।

जीवनमा आर्थिक उपार्जनको कुनै काम नगरेका दशौं वर्ष जेलनेल भोगेका हाम्रै लोकतन्त्रवादी नेताहरु ०४६को परिवर्तनपछि जोगी हुन राजनीति गरेको हो र ? भन्ने आँट गर्नुमा राजनीतिले बाटो बिराउँदैथ्यो भन्ने बुझिन्छ । लोकतन्त्रको निम्ती जेल बस्दा जोगी हुन पुगेका नेताले लोकतन्त्र प्राप्तिपछि राजनीतिलाई सेवाबाट पेशा बनाउनुले आजको बेथितिको जग बसाए भन्न जो कसैले सक्ने भइहाले । पेशागत काम गर्ने मानिस सेवामुखी कदापी नहुने पुँजीवादी मान्यता अनुसार उनीहरु डियुटीमुखी र पैसा मुखी हुने कुरा सबैले महसुस गरेकै हुन । नेपाली लोकतन्त्रले बाँडेको सबै सपना पुरा गर्ने ल्याकत, आर्थिक सामथ्र्य र योजना विहिन नेतालाई जनताले स्वीकार गर्न बाध्य हुनुनै आजको बेथितिको प्रमुख आधार हो भन्ने मान्नु पर्छ ।

देश निर्माण र सेवाको बहानामा २४० वर्षे शासन गर्न सफल शाह वंशको राज्य दोहन भन्दा चर्को ०४६ देखि ०७३ सम्मको लोकतन्त्रिक दोहन कति भयावह छ भन्ने कुरा उपचारको नाममा हाम्रा भूपति, करोतपति, लखपति, अनि सडकपतिसम्मको लोकतान्त्रिक नेताले राष्ट्र ढुकुटी ताक्ने लज्जास्पद हर्कत नेपाली लोकतन्त्रको आयु छोट्याउने कारण बन्दैछ । यो कस्तो लोकतान्त्रिक व्यवस्था ? उपचार खर्चको अभावले टिचिङ हस्पिटलमै आत्महत्या गर्न बाध्य पार्ने, श्रीमानको कुटाई खाँदै आर्थिक अभावको कारणले ढिलो उपचार पाउनाले प्राण त्याग्न बाध्य हुनुपर्ने, सुदूरपश्चिम नेपालमा सिटामोल र जीवनजल खान नपाइ काठमाडौंका सत्ताधीसको निम्ती मरिदिनु पर्ने, रगत अभावले सुत्केरीले जीवन त्यागी दिनुपर्ने ।

के लोकतन्त्र कुलिन सभ्रान्तहरुको लुटी खाने भाँडो हो ? के लोकतन्त्रमा नैतिकता भन्ने कुराले कुनै अर्थ राख्दैन ? हुन त नैतिकता भनेको नितान्त व्यक्तिगत कुरा हो । यसलाई कुनै नीति, नियम, पथ, तन्त्र वा वाद लाएर नियन्त्रण गर्न खोज्नु झन अनैतिक हुन्छ भन्ने मेरो मान्यता रहिआएको छ । आफूलाई कुन रुपमा प्रस्तुत गर्ने भन्ने कुरा नितान्त निजी कुरा हुन । नैतिकवान मानिसहरु समाज, परम्परा, मूल्य, मान्यता र आवश्यकतालाई पनि मानसपटलमा राखेर काम गर्ने गर्दछन । बिडम्बना नै हो । हाम्रा लोकतान्त्रिक नेताहरु हुँडार बन्दै जनताद्वारा गरिएको शिकारको मजा लिदै छन । जनता भने भोक भोकै बस्न र रोगी हुँदै मर्न विवश छन् । यस्तैमा लोकतन्त्रलाई दोहन गर्ने र सो दोहनलाई विरोध गर्दै आफ्नो चुलो बाल्ने सुजाता र गगन कलाले बजार तताएकै छ । आफ्नो जीवनका उर्वर समय विदेशी श्रीमानसँग जर्मनीमा बिताएकी गिरिजा पुत्री सुजाताको स्वदेश आगमन नेपाली लोकतन्त्रको लागि उत्साहजनक रहेन ।

सुजाताको क्यान्सरको उपचार नेपाली लोकतन्त्रको निम्ती क्यान्सर हुने स्थिति आउनुको प्रमुख कारण उनको मजबुत आर्थिक हैसियतमा आएको लालचीपनले गर्दा नै हो । सारा गरिब जनताले आफू बाँच्न भौतिक सम्पत्ति बेचेर उपचार गर्न हुने सुजाताले रोग लाग्दा पनि कमाउनु पर्ने उनको लालचीपनले गर्दा उनीमाथि सहानुभूति दर्शाउने बेलामा पनि औंला ठड्याउनु पर्ने स्थिति आइ लागेको छ, जनता सामु ।

जनताले करिब करिब भुल्ने स्थितिमा पुगेको लाउडा काण्ड, धमीजा काण्डमा अर्को एक काण्ड ५० लाखको स्तन उपचार काण्ड थपिनुले हाम्रो लोकतन्त्रको अनुहार झन झन कुरुप हुँदैछ भन्नु हाम्रो बाध्यता नै हो । लोकतन्त्र एक लामो प्रक्रिया हो । यसको अनुहार सुन्दर बनाउन अनी शरीर तन्दुरुस्त राख्न नेपालले धेरै कुर्वानी दिनु पर्ने संकेत लोकतन्त्रकै नाममा लोकमान स्वीकार गर्दा नै महसुस भएकै हो । बालक लोकतन्त्रलाई जवान बनाउन जर्बरजस्तीवादका नायक डा. केसीको भष्मासुर शैली, गगनको स्खलीत छवी र सुजताको रोग बेहोर्न बाध्य हुनु पनि लोकतान्त्रिक अनिवार्यता सम्झन्छन, लोकतन्त्रवादीहरु । नेपाली लोकतन्त्रलाई ग्रहण लगाउने नेताहरुको उपचार काण्डको संयोग बडो विचित्रको छ ।

देउवाको आदेशमा निर्माण गरिएको सुजाता उपचार काण्डको एम्बुस होस कि, आउँदै नआएका चिनियाँ राष्ट्रपतिलाई दिने भनिएको सार्वजनिक बिदाको सकेटबम होस साथै कसैले जिम्मेदारी नलिने अंगिकृत नागरिकलाई दिने भनिएको संवैधानिक पदसहितको संविधान संशोधनको मस्यौदाको सार्वजनिकिकरणकुकरबमलाई डिसमिस गर्न नसक्ने निरिह प्रधानमन्त्री पुष्पकमल दाहाल कसका निम्ती र कुन प्रयोजनका लागि लोकतन्त्रको धमिरा बन्दै नैतिकताको किरा खाँदैछन् । बुझ्न कठिन छ, नेपाली लोकतन्त्रले ।

कुनै समयमा टाउकाको मोल तोक्ने देउवाजीको ठाडो आदेश, निधीजीको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल तोक आदेशको भित्री कथालाई सबै भन्दा बुझ्ने देउवा नै हुन भन्छ, हाम्रो लोकतन्त्रले । माओवादी ध्वंशको समयमा आंतककारी पुष्पकमलको टाउकाको मोल र लोकतान्त्रिक व्यवस्थामा रोगी सुजाताको शरीरको मोल ५० लाख तोकाउने देउवा कलाले सबैभन्दा मर्माहत नेपाली लोकतन्त्र भए पनि वर्तमान राजनीतिमा देउवा तिरका तीन सिकार सुजाता, गगन थापा, र पुष्पकमल हुनुले हाम्रो लोकतन्त्रको माटो अति नै कच्चा छ भनेर मान्नु पर्ने हुन्छ ।

देउवाको आदेशमा निर्माण गरिएको सुजाता उपचार काण्डको एम्बुस होस कि, आउँदै नआएका चिनियाँ राष्ट्रपतिलाई दिने भनिएको सार्वजनिक बिदाको सकेटबम होस साथै कसैले जिम्मेदारी नलिने अंगिकृत नागरिकलाई दिने भनिएको संवैधानिक पदसहितको संविधान संशोधनको मस्यौदाको सार्वजनिकीरणको कुकरबमलाई डिसमिस गर्न नसक्ने निरिह प्रधानमन्त्री पुष्पकमल दाहाल कसका निम्ती र कुन प्रयोजनका लागि लोकतन्त्रको धमिरा बन्दै नैतिकताको किरा खाँदैछन् । बुझ्न कठिन छ, नेपाली लोकतन्त्रले ।

राजनैतिक उचाईमा पुडका, आर्थिक रुपमा लुब्धा र स्वतन्त्रताको उपभोग गर्ने काममा जो हुकुम शैलीका नेताहरु हाम्रो देशका सम्पत्ति हुन । यिनै शीर्ष नेताले उपचारको नाममा खोलेको पाण्डोरा बाकस कहिल्यै बन्द नहुने र नगर्ने नियतको पछिल्लो कडी हो, सुजाता प्रकरण । गरिब, निमुखा, असहाय र पीडित मानिस जो सुकै हुन उपचार उनीहरुको जन्म सिद्ध अधिकार हो, लोकतान्त्रिक व्यवस्थामा । कोइको घरमा डाक्टरको चाकरी, कोइ त मर्छन अस्पताल नहेरी भन्ने गीत सुनेका क्रान्तिप्रेमी जनताहरु लोकतन्त्र जोगाउन र लुटतन्त्र सदासदाको लागि बन्द गर्न फेरि पनि गीत कै शैलीमा मरे भनि सुतेका जुरुजुरु उठदछन् भन्ने गीतलाई पुनः एकपटक सम्झन बाध्य छन् । खराबीलाई सहनु भनेको खराबलाई संस्थागत गर्ने लाइसेन्स दिनु हो भन्ने कुरालाई मनन गर्दै लोकतन्त्रको नाममा देश लुट्ने यी जनघातीहरुलाई तह लगाउन ढिला भैसकेको छ । देशको एउटा रात्री क्लबमा आगो लाग्दा राजीनामा दिने रुमेनियाको लोकतान्त्रिक प्रधानमन्त्री भिक्टर पोण्टा जस्ता नेता जन्माउन पनि फेरि एकपटक लोकतन्त्रको शुद्धिकरण चलाउन ढिला भैसकेको छ ।

लोकतन्त्रको नाममा पुष्पकमल, निधी जस्ताको अपराधलाई सहदै बस्नु अनी आफ्ना एजेण्डालाई बिर्सदै कुर्चीमा जुका झैं टाँसीएर बस्ने गगन थापालाई फेरि पनि स्याल हुँइया गर्न दिनु भनेको नयाँ तानाशाहलाई स्वागत गर्नु हो । प्राध्यापक वाङले लोकतन्त्र र आफ्नो वचनको निम्ती किरा खाए । हाम्रो लोकतन्त्रलाई खाने किराहरु बेलैमा चिन्न नसकेमा देशलाई खोक्रो बनाउने लोकतान्त्रिक धमिराहरुको कामलाई यो शायरीले जति न्याय कसले गर्ला र !

मै बचाता रहा दिमक,
से घर अपना ।
और चन्द कुर्सी के किडे,
पुरा मुल्क खा गये ।।

पुरानो लेख नेपालपाटी आरकाइभबाट

1497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank