व्यवस्था परिवर्तन भयो अवस्था उहि

सोमवार, पुस १७, २०७४

loading...

- दिपकराज जोशी



जनताको विकास समग्र नेपालको विकास आदिका लागि तत्काालिन अवस्थाका शासन प्रणालिलाई परिवर्तन गरि विद्यमानको व्यवस्था सम्म आइपुग्दा करिब तिन करोड नेपाली जनताले न विकासलाई अनुभुति गर्न पाएका छन न त आत्म सम्मान । २०४७ बहुदल व्यवस्था आयो । राजाले एकतन्त्रिय शासन चलाउदा पनि धेरै दिन टिक्न सकेन । जनता धेरै परिवर्तन र महत्वाकाक्षि बन्दै गए ।

छिमेकि राष्ट्र चिन र भारतले छोटो समयमा जनता लाई अनुभुति दिईने गरि राज्यले दिएको सुविधा पश्चिमेली राष्टने गरेको विकास प्रतिको फड्को नेपालि जनताले देख्न त पाए तर नेपालमै त्यो अनुभुति गर्नका लागि व्यवस्था परिवर्तनका लागि सधै आन्दोलित भईरहे । नेपाल को २३४ वर्ष देखि राजाको छोरालाई नेपालको मालिक बनाउनेदेखि ,पहुचबाला राजनितिक नेतृत्वलाई राज्यको विद्यमान शासन प्रणालि सम्म नेपालि जनताको आन्दोलन हरु उल्लेखनिय रहदासम्म पनि अनुभुति हुने गरिएको विकास समृदि अझै खोजेर ल्याउनु पर्नेको अवस्थालाई पर्खि बस्नुको विकल्प देखिन्न ।

देशमा आन्दोलिन र क्रान्तिका भरमा विकास र समृदि नहुने सङ्केत देखियो ।नेपालमा उत्पिडन क्षेत्रका वर्गहरुले पनि विकासका प्रति धेरै सचेत त, छन तर व्यवहारिक कार्यान्वयन धेरै जटिलता छ ।अहिले सम्म राज्यले गरेको लगानि कागजि लगानिमा बाहेक देखिएको जस्तो छैन ।

अब प्रत्येक नागरिक “ विशेष गरि सचेत नागरिक” नेपालि नागरिक स्वयँम आफैबाट परिवर्तन हुन जरुरि छ । मानसिक रुपमा सामाजिक रुपमा सहभागिताका रुपमा हामि तयार भएनौ भने २१ औ शताब्दीको विश्वले विकास प्रति देखाएको गतिशिलताले विद्यमान नेपाल कछुवाको गतिमा हुने छ । म यहानेर जोड्न चाहान्छु विकास र समृदि लाई पैसा चाहिन्छ भन्छौ । र पैसाकै खोजि गर्न दिन गन्ति गरेर बसेका हुन्छौ ।

विद्यमान नेपालमा राज्यले गरेको कागजी लगानी वास्तविक र सहिरुपमा प्रयोग गरे धेरै भौतारिनु र दातृ हेरेर बस्नु पर्ने थिएन । वर्तमान का गाउपालिका र नगरपालिका मा राज्यले गरेको लगानिको हिसाब किताबमा त धेरै नै छ । व्यवस्थाले त प्रत्येक स्थानिय तहलाई कमाउ र खर्च गर पनि भन्दिएको छ । व्यवस्था परिवर्तन गर्नमा सरिक भएका हामि अब व्यवहार रुपमा परिवर्तन हुनका लाई उपस्थित रहनु पर्दछ ।

शिक्षित , विकासी र समृदि का चेतनाधारि हामि मात्र व्यवहारिक रुपमा तयार भयौ भने मात्र पनि सम्भव देखिन्छ कुशल परिवर्तन ।२०७४ को स्थानिय तहमा जनप्रतिनिधि प्रदेश सभाका जनप्रतिनिधि प्रतिनिधि सभाका जनप्रतिनिधिहरु मात्र पनि मानसिक रुपमा समृद्धि र विकासका लागि बलियो उपस्थिती देखाउनु पर्ने हुन्छ । पदमा पुग्नका लागि गरिएको तत्परताको शैलिलाई नागरिकको अवस्था परिवर्तन सम्म लागु गरिएन भने सम्भव छैन विकास र समृदि तपाई र हाम्रो जिवन मा खान त अहिले चाहिन्छ भने, हामि रुख अहिले नै काट्ने तर रुख रोप्नमा ध्यान नदिने । पोसिलो खाना खान समेत प्रदेश र विदेश जानुपर्ने हाम्रो विडम्बना आशा गरेको जनप्रतिनिधिहरुबाट परिवर्तनका लागि पर्खि बसेका छन् जनता ।

विकासका आधारभुत क्षेत्रमा बझाङ जिल्लामा अवस्था तपशिलका शिर्षकमा यस्तो देखिन्छ ।

शिक्षा :

जब सम्म मान्छे शिक्षा पाउदैन तब सम्म अरुलाई गालि गर्न पनि सक्दो रहेनछ । अरुबाट शिक्षा ग्रहण गरि आफुले प्रयोग गर्ने चिज हो शिक्षा । हामिले पाएको शिक्षा सदुपयोग गरेनौ भने सिक्नेले के सिक्छ र ? बझाङ जिल्लाका ८५ प्रतिशत सामुदायिक विद्यालयका शिक्षकका सन्तति निजि स्कुलमा छन् । जो तिनै शिक्षक हुन समाजका अगुवा पनि हामि हौ भन्छन् तर आफु कार्यरत सामुदायिक विद्यालयमा आफ्नै वशं भित्रका केटाकेटीलाई न पढाउदैन भने अरुका केटाकेटीलाई कस्तो शिक्षा दिईरका छन । विश्व परिवेशमा अकल्पनिय कुरा तपाई र हाम्रो छ यहाँ । सामुदायिक विद्यालयमा नेपाल सरकारका शिक्षकहरुले आफ्नो विश्वास आफैलाई छैन , विश्वास भए त त्यहि विद्यालयमा आफ्ना केटाकेटी पढाउथेँ होला । कस्तो परिवेश नेपालमा सचेत हौ भन्ने नागरिक छन आफ्ना केटाकेटिको पढाईमा अब्बल बनाउन लागि नौ कक्षासम्म प्राईभेट स्कुलमा दशको परिक्षा सामुदायिक विद्यालयमा ।नेपालको विद्यमान अवस्थामा लोकसेवा आयोगले लिने परिक्षा भन्दा अरु कुनै पनि निकायको परिक्षा व्यवस्था जनतालाई विश्वास नलाग्ने छ ।

श्रमशोषणमा परेका प्राईभेटका स्कुलका शिक्षकको गुणस्तरले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरको साख जोगिएको छ । कसरि भन्दा जग बलियो बनाउने निहुमा प्राथमिक ,निम्नमाध्यायिक तहको शिक्षा प्राईभेट मा १० कक्षामा सामुदायिक विद्यालय ,अब यो रोग कक्षा १२ सम्म आईपुग्छ ।तर नेपालको पछिल्लो आकडामा ८० प्रतिशत सामुदायिक विद्यालयबाट शिक्षा हासिल गरेका राज्यको उपल्लो निकायमा पुगिरहेका छन् ।घर आगनमा भएको सामुदायिक ,,विद्यालयको गुणस्तर वृदि नगर्ने तर त्यहि स्कुलमा जागिरका लागि शिक्षक बन्ने अभिभावक सघका ,व्यवस्थापन समितिका पधाकिारि बन्ने ।लिखित हस्ताक्षर गर्न नआउनु औठा छापले बजार बढि रहेका बेला तत्कालिन राज्य धमाधम साविकका गाविस साक्षर घोषण गरिएका थिए ।

यातायात :

सदरमुकाम सम्म जोड्ने ओटासिल पिच भएको सडक खण्डले वाहिरका जिल्लासगँ जोडिएको छ । खाल्डाखुल्डि र कुलो र नहरको उचित व्यवस्थापन नै नगरि यात्रुले हरेक पल्ट यो सडकको हालत त“ हेर” भन्दाभन्दै गन्तव्य पुग्दछन् । उपभोक्ता समिति गठन गरेर जयपृथ्वि सडक खण्ड बाहेकका ग्रामिण सडक एवंम नगर सडक खण्ड उपभोक्ता समिति मुख्य पधारिकारि हरुको कमाउ धन्दा बनेका छन्।

उर्वर बोटविरुवा कुलो, नहर, खानेपानि र समुदायलाई वास्तै नगरि डोजर आतङ्क बनाई भुक्षयको उच्च जोखिमलाई यातायातको नाममा माटो खनिएको अवस्थामा सिमित मान्छे सरोकारवाला समुदाय ,वस्ति, सरकारि निकायसगँ, सामुदायिक वन, वन कार्यालय, सडक कार्यालय ,सिचाई,कृषि,भुक्षय कार्यालय आदि सगँ समन्वय नै नगरि दातृ ,निकायको पैसाको आडमा जमिन, जगंल,जल ,जन समुदायको फडानि गरिदै आई,रहेको परिस्थित छ । हवाईजहाज मैदान हुदाहुदै पनि हवाईजहाज अवतरण नहुनुले एरर्पोट घासेमैदान बनेको छ ।

स्वास्थ्य :

प्राईभेट मेडिकलमा पाउने औषधिको प्रभावकारिताले ,विरामि आर्कषण भईरहेको परिवेशमा सरकारका निकायको औषधिहरु प्रभाव घटिरहेको छ । सामान्य किसिमका ,विरामिहरुलाई ,,जिल्ला वाहिर ,रिफर गरिनु परिवार नियोजनका स्थायि एवंम अस्थायि साधनको राम्रो प्रभाव भईरहेका बेला गुणस्तरीय औषधि र जनसमुदायको चेतनाको स्तरलाई राज्यले आर्कषण नगरिकन स्वास्थ्यका तथ्याकंको समेत अवमुल्यन भईरहेका छन् ।अन्य प्रदेश वा विदेशमा केहि हप्तामामात्र बस्दा पोसिलो र राम्रो ज्यान वनाएर आउनु यहि जिल्लामा वसिरहे निन्याउरो खान लगाउन पनि नपाएजस्तो हुनुपर्ने ।

सञ्चार:

विश्व परिवेश सबैको हातहातमा यति नजिक विश्व छ ,कि यातायातमा टाढा छ सारा सँसार सञ्चारले गर्दा नजिक छ । विद्यमान वझाङमा भने सिमित क्षेत्रमा बाहेक इन्टरनेटको पहुच छैन । ४ जि को समयमा पनि २ जि को इन्टरनेट सुलभ तरिकाले प्रयोग गर्नबाट वञ्चित भईरहेका छन् । प्रत्येक वस्ति धषष् वा भरपर्दो मोबाईल इन्टरनेट, प्रभावकारि हुलाक सेवा प्रत्येक स्थानिय तहमा कुरियर सेवा पनि ओझेलमा छन् ।

विद्युत:

ग्राहकको आवश्यकता अनुसार विद्युत आपुर्ति नगरिएको कुनै पनि स्थानिय तहमा उज्यालोको नाममा दिउसोको घामलाई पर्खिनुपर्ने बाध्यता छ । इलोक्ट्रोनिक साधनको चार्जको सुविधाका लागि कामचलाउ गरि प्रयोग गरिनु , ढुक्कका साथ चार्ज गर्नुपर्ने वाताबरण सिर्जनाका लागि कामचलाउ घामनै पर्खिनु पर्ने ।ग्रामिण भेगका साना जलविद्युत योजनाले पुरा समय सेवा दिन सकिरहेका छैन्न ।

कृषि:

पोसिलो खाना खान समेत प्रदेश वा विदेश वा बजारमा जानुपर्ने स्थानिय रुपमा उपलब्ध भएका खाद्य,तरकारि ,दलहनलाई उपयोग गर्न चेतना नआउनुले आर्यातितलाई प्राथिमकता दिईनु । कृषिजन्य पदार्थमा भटमास र प्याज र आलु थोरै मात्रामा पैसाको आम्दानिको श्रोत भएको छ । घरेलु बजारमा १० प्रतिशत मात्र उत्पादन भईरहेको छ ।

खानेपानि:

तथ्याङ्कमा अधिकतम मान्छे शुद्द खानेपानि पिउने छन् ।एक घर एक धाराको अबधारणा आईपुग्दा समेत पर्याप्त खानेपानिका लाई वर्षायाम पर्खनुपर्ने । पुरातात्विक ढुङगेधारालाई सरक्षण नगरि मुहानको दोहन भईरहेका छन ।

वन:

कार्बन व्यापारिकरण भई रहेका बेला सडक खन्दा बोट काटिनु भूक्षय र तिब्र जनसख्ंया वृद्दिका कारण शोभायााम जङ्गल नाङ्गा डाडा र वस्तिमा परिणत भईरहेका छन् ।वोटबिरुवा सगंै घरको परिकल्पना समेत नगरि अक्सिजन खोज्न कुन दिन अन्तै जानुपर्ने हो थाहा छैन । वन कार्यालयबाट ,सामुदायिक वन बाट अनुमति वा पुर्जि लिई सुकेका रुखकटान को लागि मात्र नियम भएपनि सडक खन्दा कतैबाटपनि अनुमति नलिई धमाधम बोट नष्ट गरिदै आईरहेका छन् ।

रोजगार:

राजनितिक पार्टिको विजयजुलुस ,उम्मेदवार प्रचार प्रसार का बेला मान्छेको भिडले त वर्षायामको नदिको भेल समेत रोक्न सक्ने देखिन्छ । विडम्बना जुन दिन मतदान गर्यो त्यसको केहि दिनमा विजय जुलुसमा सरिक भईयो त्यस पछाडि त विजयि उम्मेदवार रोजगारि बन्ने नै भए तर आम मतदाता पलायन हुन्छन् ,कोहि विदेश कोहि प्रदेश ।लोक सेवा आयोग मार्फत शिफारिस गरिएका बाहेकका कर्मचारि हुन या शिक्षक हुन नियुत्ति गरिएको सार्वजनिक हुन्न । जसको पहुच छ क्षमतालाई अवमुल्यन गरिन्छ ।

सुशासन:

सार्वजनिक निकाय , उपभोत्ता समिति भनेकाहरुमा पारदर्शिता कतै पनि हुन्न । सुचना लुकाएर काम सम्पन्न हुने गरेका परिवेशमा आफुले पाएको शिक्षा र चेतना मान्छे प्रकट गर्न किन नसकेको होला । वैधानिक ढङ्गबाट सुशासनको स्थापना गर्नु ,निति नियम निर्माण गरिनु ।कागजमै पढ्न पाईन्छन ।स्यमं जनप्रतिनिधि र पहुचवाला, सार्मथ्यवान व्यक्तिको शासन को गतिशिलताममा पूर्णविराम लागेको छ । अझ हामि समृदि बनेन छ ?विकास हुनेछ ,शान्ति हुनेछ ,सुशासन हुनेछ ।अनि म राम्रो बन्ने छु मेरो समुदाय बन्ने छ ।मेरो समुदाय बन्ने छ मेरा सेवाग्राहि सेवा लिनेछन भनेर म हालनिर्वाचित जनप्रतिनिधि राज्यका राष्ट्रसेवक,सचेत हौ भन्ने तपाई हामि नागरिक परिवर्तन भएनौ भने ,परिकल्पना गरेको बझाङ समृदि बन्दैन ।सम्भव पनि छैन । २०७४ का सबै तहका चुनावका निर्वाचित जनप्रतिनिधि चुनिएपनि आजका दिन सम्म कुशल परिवर्तनको कुनै पनि सकेंत नदेखिनुले विद्यमान अवस्था माथि खिन्नता उत्पन्न भईरहेको छ । यो निराशाजनक प्रकट लाई जिम्मेवारि पाईएकोबाट समाधान गरियोस् ।

दिपकराज जोशी

बझाङ

र्इमेल : [email protected]

398 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank