युवा संघमा रहँदा तिता मिठा अनुभवका चाङ

शुक्रबार, बैशाख ७, २०७५

loading...


दिलकुमारी पन्त
निवर्तमान उपाध्यक्ष
युवा संघ नेपाल केन्द्रीय कमिटी
युवा संघ नेपाल मेरो राजनैतिक जिवनको महत्वपूर्ण कालखण्ड व्यतित भएको प्यारो संगठन हो । किशोरावस्थामा राजनैतिक चेतना भएको मेरो परिवारको प्रेरणाले कम्युनिष्ट पार्टीमा क्रियाशील हुने अवसर/परिस्थितिको सृजना गराएको थियो । जव म राजनीतिका प्रारम्भिक खुड्किलो उक्लने कोसिसमा थिएँ त्यस वेला तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालबाट मेरो औपचारिक सांगठनिक राजनीति शुरू भएको थियो ।

जीवनका ऊर्जाशील करिव ३ दशक समय मैले मेरो विवेक र क्षमताले भ्याएसम्म नेपाली युवा आन्दोलनमा समर्पण गरेको छु । मेरो प्यारो पार्टी नेकपा एमाले र युवा संघको स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म क्रियाशील बन्न सकेकोमा मलाई गौरवबोध बाहेक कुनै पश्चात छैन । जीवनका बाँकी समय न्यायपूर्ण समतामूलक समाज निर्माणका निम्ति व्यतित गर्नेमा कुनै दुविधाभाष छैन ।

युवा संघ नेपालमा आवद्ध भै अगाडि बढीरहँदा मसंग थुप्रै तिता मिठा अनुभवहरुका चाङ छन । कठिन समस्याहरू संग जुध्दा होस या कतिपय समयमा सहयोद्धाहरुका पेचिला शब्दबाँड, रूखो ब्यबहार झेल्दा होस मैले आफुलाई संघकै हितमा उभ्याउने कोशिश गर्दै आईरहेँ । यद्यपि युवा संघमा न्याय, बिधि, बिधान र युवा आन्दोलनको हितमै काम गर्ने प्रयत्न म बाट हुदै आईरहेको छ । व्यक्तिगत हितमा आफुलाई केन्द्रित गरि स्वार्थ अनुकूल सम्झौता गरेको भए राजनीतिका अनेक अवसर उपभोग गर्ने मौका प्राप्त हुने सम्भावना विच पनि यस्ता कदम मेरा लागि कहिल्यै रूचिको विषय बनेन र बन्ने पनि छैन ।

आज आफुले मेहनत र लगानी गरेको युवा संघबाट औपचारिक विदा लिने निर्णय गर्दा राजनैतिक जीवनको फ्ल्यास ब्याक आँखा अगाडि नाचिरहेको छ । युवा संघको उपाध्यक्ष सम्मको हैसियतमा उभिएर पछाडि हेर्दा निलो र रातो पृष्ठभूमिमा चम्किलो तारा अंकित झण्डा साह्रै प्यारो महशुस गरिरहेको छु। मलाई विश्वास छ संघको आगामी जीवन थप प्रभावकारी एवं गतिशील बन्ने छ ।

अन्तमा युवा संघमा रहदा सबैखालका सहयोग उपलब्ध गराएर मलाई निरन्तर क्रियाशील हुन प्रेरित गर्नुहुने पार्टीका श्रद्धेय नेता कमरेडहरू, अभिभावकत्व प्रदान गर्नुहुने संघका पुर्व एवं वर्तमान नेता कमरेडहरू, केन्द्र देखि स्थानीय स्तर सम्मका असंख्य नेता कार्यकर्ता कमरेडहरूलाई धेरै धेरै आभार सहित धन्यबाद ब्यक्त गर्दछु ।

साथै नयाँ जिम्मेवारी प्राप्त गर्नुहुने अध्यक्ष कमरेड रमेश पौडेल लगायत सबै कमरेडहरूलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

462 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank