चन्द्रागिरीको डाँडामामा हुने ठगी र मेरो चासो

शनिबार, पुस २, २०७३

loading...


चन्द्रागिरि हिल्स प्रालिको केबलकारमा यात्रा गर्ने मानिसहरु डाँडामा पुगेर कुन खाने कुरामा कति प्रतिशत बढी ठगिन्छन्, यो मेरो लागि कम चिन्ताको विषय हो। मेरो खास चासो चन्द्रागिरि हिल्सको एकाधिकारले देशले के पायो,त्यहाँका नागरिकले के पाए भन्ने हो।

चन्द्रागिरिलाई पदयात्राका लागि विशेष पर्यटकीय क्षेत्र बनाउने अथवा बाटोको स्तरउन्नति गरी चन्द्रागिरि आसपासका गाउँहरुलाई समेत जोड्ने गरी पूर्वाधार बनायो भने यसले त्यहाँका जनताको जिविकोपार्जनका लागि नयाँ ढोकासमेत खोल्थ्यो कि।

चन्द्रागिरि हिल्स प्रालिले ४० वर्षका लागि चन्द्रागिरिको ७ सय २० रोपनी जग्गा भाडामा लिएर केबलकार सञ्चालन गरिरहेको भनिएको छ। उसले त्यहाँ धमाधम होटेल, सिनेमा हल, रिसोर्ट लगायतका पूर्वाधारहरु पनि बनाइरहेको छ।

surendraमेरो पहिलो जिज्ञासा हो, एउटा निजी कम्पनीलाई त्यत्रो प्राकृतिक सम्पदा नितान्त व्यक्तिगत फाइदाका लागि सरकारले दिनुहुन्छ कि हुँदैन? त्यसै पनि केबलकार त्यहाँ पुगाउँदा र डाँडोमा पूर्वाधार बनाउँदा भएको जंगल फडानी र यसले दीर्घकालिन रुपमा पार्न सक्ने असरबारे कसले क्षतिपूर्ति गर्ने भन्ने बहस मैले कतै देखिदैन ।

समाचारअनुसार ७ सय २० रोपनी जग्गाको भाडास्वरुप कम्पनीले सरकारलाई वार्षिक रु १ लाख ८० हजार तिर्छ। त्यो भनेको महिनाको १५ हजार रुपैयाँ हो। काठमान्डुमा महिनाको १५ हजारमा एउटा सामान्य फ्ल्याट भाडामा पाइँदैन। सरकारले कसको रुचिमा त्यत्रो सिङ्गै डाँडो वन विनास गरेर एउटा कम्पनीलाई महिनाको १५ हजारको दरले भाडामा दियो?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank