चौथो छोरीको जन्म र दिदीको पीडा

शनिबार, साउन ७, २०७४

loading...


आज कुरा गर्ने क्रममा साथीले एउटा लेख पढ् त भनेर भायीबरमा म्याशेज आयो के रहेछ त भनेर अफिसको काम सकेर मोबाईल खोलेर पढ्दै गए । त्यो पुरूषोत्तम अधिकारीजी को “ती भर्खर जन्मिएकी छोरी..” लेखले म बिएसी पढ्दाको म्यटेर्निटी वाडको पोस्टिङ को याद दीलायो ।

आज भन्दा कारिब ८ बर्ष पहीला पनि एस्तै घटना भएको थीयो अझै पनि छोरीको जन्मलाई किन एस्तो मनिन्छ भनेर आफैमा प्रश्न गर्न थाले ।
सधैझै प्रसुती ग्रीहमा प्रसब ब्यथाले आउने सन्ख्या तेस दिन पनि धेरैनै थीयो । मेरो डीउटी डेलिभरी रूम मा परेकोले हतार हतार लुगा फेरेर साथीसँग हन्ड्वोभर लिन लागे । बिहानि डीउटी थीयो त्यसमाथि पनि प्रसुती वार्डमा सबै काम हामीले नै गर्न पर्ने भएर चनाखो र सधै लगन्सिल भएर लागिन्थ्यो ।

त्यस दिन पनि धेरै डेलिभरी भए । सबैजना हाम्रो समुहको साथीहरु मिलेर नै काम गरीयो । रीता दिदी मलाई भन्दै हुनुहुन्थ्यो ” जाउ त बाहीर गएर बच्चाको लुगा र आमालाई तातो दुध र बिस्कुइत ल्याउन भन त” । म हतार हतार गरेर बाहिर कुरेर बस्नुभएको कुरुवसँग समान मगाँए । फेरी आफ्नो काम म हतारिदै अएपुज्ञे । सबै जना आफ्नो आफ्नो काम्मा ब्यस्त थीयौ । कसैलाई केहि अपत परे सबै सहयोग गर्न हर्पल तत्पर पनि थेयौ । कहेलरी आम कहेलरी बच्चाको रेखादेख्मा लागि रहेक थीयौ ।

बिहान को ११ बझेको थीयो । ” सिस्टर सिस्टर बेड रेअडी गर्नु है नयाँ प्यासीएन्ट आउँदै छ” भनेर खबर पायीयो । हामी पनि रेडी थीयौ । व्हील्चीएरमा एक जना दिदिलाई प्रसब ब्यथामा ऐया ऐया गर्दै हुनुहुन्थ्यो । हामी हतार गरेर बेडमा राख्यौ र सर्सर्ती जाच गर्यौ । दिदिको नाम रमिला महत रहेछ । ३० बर्ष मात्र हुनुभएको रहेछ । घरमा ३ जना छोरी रहेछन् । छोरीको कुरा गर्दानै दिदी तेती खुशी देखिनुभएको थिएन । तेयो देख्दानै मेरो मन अ्मीलो भयो । दिदिलाई ब्यथा लग्न थलेको थीयो । हामी साथ दिदै थीयौ । डेलाईभरी लिने म नै थीए ।

चौथो बच्चा भएकोले धेरै समय लगेन । बाटुलो अनुहार भएकी पुक्क परेकी छोरीलाई आमाको छातिमा राखिदिऐँ । कतै बाट “छी” भन्ने शब्द मेरो कानमा पर्‍यो । कस्ले भनेछ भनेर दाँया बाँया हेर्न थालेँ । साथी मलाई हेर्दै थीयी र रमिला दिदीलाई पनि हेर्दै थीयी । दिदिको अनुहार अशिना र पानी हावाहुरी आउने बेलाको कालो बदल मडारिदै आएको जस्तो कालो नीलो रातो देखियो । मेरो मनमा चिसो पस्यो । हामी दुबै दिदिलाई अनेक नारीहरुको गाथा सुनाउँदै थियौ । हामी पनि छोरीनै हो नि हेर्नुस त सबै कम हामीले नै गरेका छौँ, आफ्नो खुट्टामा आफै उभिदै छौँ भन्दै सम्झायौ । दिदी भने छिछी दुर्दुर गर्दै हुनुहुन्थ्यो । हामी अझै पनि सम्झौदै थीयौ । एक्छिन पछी को कुरा हो,,,, रमिला दिदिले मलाई खुसुक्क बोलाउनु भयो ” सिस्टर यहाँ आउनु त” । म नजिकै गए ।

मलाई नजिकै बोलएर कानमा ” सिस्टर यहाँ बच्चा सट्न पाएिन्छ हो ? ” यो शब्द सुन्ने बित्तिकै मेरो होसनै हरायो । कहिले पनि नारीसाउने म एक्कासि रिसको पारो डबल भयो । मेरो कान राता राता भएर आएछन् । भाउन्निदै साथी नजिकै पुगेछु पत्तो नै भएन ।” ओइ तलाई के भयो ? सन्चो भएन हो ?” साथीले घचघचाउदै सोधेपछी मात्र मेरो होस आएछ । साथीलाई त्यो शब्द सुनाएर म छोरी बोकेर हिड्एँ रमिला दिदिको बेड नजिकै ।

“दिदी हजुरलाई यी नानी नचाहिने रहेछ है म लीएर जान्छु मेरो घर ।” साथी मलाई वल्ल परेर एकटकले हेरीरहेकी थीयी,, म नानी लीएर एस्सो हिंड्न के लागेको थिएँ दिदी एक्कासी भक्कानो छोडेर रुनथल्नु भयो । “सिस्टर मलाई अब पनि छोरी जन्मियो भने घर नआऊनु भनेका छन् परीवारले भन्दै रुन थल्नु भयो । “मेरो बाबा मलाई दिनुहोस भन्दै नानीलाई आङलोमा राखेर मुई खानुभयो । “मलाई माया कहाँ नलग्ने हो र” भन्दै आशुका बलिन्द्र धारा खसाल्नु भयो ।

हामी २ जनाको आँखा रसएर आयो । एक्कारी आशुका धारा खसे । मनलाई समहल्दै दिदिलाई सम्झायौ । घर परिवरको मान्छेलाई पनि राम्रोसँग सम्झायौ । डीउटी सकेर घर आउँदा त्यस छेण झाल्झाल्ती आँखा वरिपरी घुमेरहेयो । केहि खान पनि मन लागेन । सोचेरहे किन छोरीलाई यस्तो मनिन्छ । म पनि छोरी नै हु । आमालाई त आफ्नो सन्तान जे भएपनी माया हुदोरहेछ । यो समाजले पो सबै खेल खेलेको रहेछ ।
अझै पनि हाम्रो समाजमा किन एस्ता घटना दोहोरिन्छन ? को जिम्मेवार त एस्को लागि ? किन एस्तो छोरा र छोरीको भेदमा अझै पनि छलफल भइरहन्छ ? एस्तै अनेक अनेक प्रश्न अझै पनि मेरा मन मस्तिकमा आई रहन्छन ।
(नामहरु परिवर्तन गरिएको)

946 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank