अलिकती स्वार्थी भैदिए म पनि, सबै अनुहार डिलिट गरिदिए

बुधबार, पुस २०, २०७३

loading...

- जुनी भण्डारी

juniत्रीपुरेस्वर टेकु कालीमटी कलन्की उसले एकै सासमा आफ्नो रूटबारे भट्याइरहेको थियो,रातभरि घोकेर कण्ठ पारे झै गरी । मैले हातले इशारा गरे गाडी रोक्नको लागि, ११-१२ बर्षको जस्तो देखिने त्यो फुच्चेले स्वार्‍र्‍रर माइक्रोको ढोका खोल्यो । म बसिसकेपछी पनि उस्को भट्ट्याउने क्रम एकछिनसम्म चलिरह्यो । गाडी टम्म भरिएपछी आफ्नो रुटमा हानियो । म कलङ्की बस स्टप झरे ।

त हजारौ समस्यामा रुमलिएकी छु कसैले सोचेको छ त मेरो बारेमा ? यो समय अरुको बारेमा सोचेर खेर फल्ने समय होईन! अलिकती स्वार्थी भैदिए म पनि

पश्चिम बाट आउने गाडीमा मेरो लागी आएको पार्सल रिसिव गर्नुथ्यो,गाडी आइपुगेको थिएन,एक्छिन अझै कुर्नुपर्ने भो । पोखरा पोखरा “दिदी कहाँ जाने ? ” सित्तैमा लैजाला झै गरी सोध्यो छड्के टोपि,कानमा चादिको मुन्द्रा लगाएको एउटा जिग्री ले । मैले ” कही होईन” भने । फेरी अर्को मुन्द्रे आयो -“बैनी बिराटनगर हो ? बस्नुस सिट खाली छ”, कोहलपुर हो ? ” जनकपुर हो ?” उफ्, होईन भन्ने जवाफ दिदा दिदा थाकिसकेकी थिए, एउटा ९,१० बर्षको जस्तो केटोले पानी बेच्दै आयो मेरो अघिल्तिर , दिदी पानी लिने ?” मलाई तिर्खा लागेको थिएन तर त्यो बच्चाको माया लागेर आयो अनि किनिदिए एउटा पानी ।

फेरी एउटा मरन्च्यासे “घडी घडि” भन्दै ठिङग मेरो अगाडी आएर उभियो, उसले बोकेका सुनझै पहेलै घडी देखेर मेरो मन पग्लियोस अनि मैले त्यो किनु यही थियो होला उसको मनसाय, तर त्यसो भएन र उ अन्तै हिड्यो ।

फेरी एउटी महिला काखमा कुपोषण लागे जस्तो बच्चा च्यापेर हात फैलाउदै मेरै अगाडी लम्किइन्, उफ्, कस्तो गाह्रो, ५ मिनेट बस स्टपमा बस्नु भन्दा त बरु रातको १२ बजे मशानघाटमा बस्न सजिलो हुन्थ्यो होला । यत्तिकैमा बस आयो म आफ्नो सामान रिसिव गरेर फर्किए ।

केहि पर सडक पेटिमा दृस्टिबिहिन हरुले मादल बजाएर आफ्नो कृयटिभिटी प्रदर्शन गर्दै पैसा कमाइरहेका थिए, त्यही सडक पेटिमा दुबै खुट्टा नभएका बृद्द घस्री रहेका थिए, मुख छोप्न लगाएको मास्क खोलेर आखा छोपेर हिड्न मन लाग्यो,त्यस्ता दर्दहरु देख्न नपरे हुन्थ्यो जस्तो भयो,फेरी मानस्पटल मा त्यो बालकको चित्र दोहोरियो जस्ले किताबका पाठहरु घोक्नुपर्ने बेलामा गाडिको रुट घोक्नुपरेको थियो, त्यो पानी बेच्ने बालकको तस्विर अनि उसका ति मैला भरिएका तर कालीला हातका नङ्हरु आखामा घुमिरहे,अनी घुमिरह्यो ति महिलाले बोकेको कुपोशण बालकको निस्कपट निर्दोश अनुहार ।

यि त ट्रेलर मात्र हुन्,यस्ता दृस्य लाखौ देखिन्छन हेर्दिन भन्दा पनि देखिन्छन्,सोच्छु मात्र यिनिहरुको बारेमा , फील गर्छु यिनिहरुको दर्दलाई,तर गर्न के पो सक्छु र ? ह्य्या यो सब सोच्ने मेरो ठेक्का हो र ? फेरी कस्को हो त, राज्यको ? कि नेताको ? अह° कसैको होईन, यहाँ कसैले कसैको बारेमा सोच्दैन, आफैले सोच्नुपर्छ आफ्नो बारेमा , जे गर्नुछ आफ्नै लागी गर्नुछ,आफैले ।

म पनि त हजारौ समस्यामा रुमलिएकी छु कसैले सोचेको छ त मेरो बारेमा ? यो समय अरुको बारेमा सोचेर खेर फल्ने समय होईन! अलिकती स्वार्थी भैदिए म पनि, अनि बटोमा देखेका सबै अनुहार हरुलाई डिलिट गरिदिए मस्तिस्क्बाट ।

1149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank