‘बर्ड फ्लु’ एभियन इन्फ्लुएन्जाका सम्बन्धमा आवश्यक तथ्य तथा जानकारी

बुधबार, बैशाख ४, २०७६

loading...

- डा.केदार कार्की-वरिष्ठ पशु चिकित्सक



- डा.केदार कार्की-वरिष्ठ पशु चिकित्सक

केहि दिन बर्ड फ्लुका कारण काठमाडौं उपत्याका भित्र तीन सय भन्दा बढी काग मरेको समाचार बाहिरीए ।बर्ड फ्लुका कारण पशुपन्क्षी मात्र नभएर मानिस समेत यसको जोखिम रहेका छन् ।   यो भाइरसजनित पंक्षीहरुको रोग हो । जुन मुख्यतः जङ्गली पंक्षीहरुमा स्वभाविक रुपमा पाइन्छ । बर्ड फ्लु कुखुराको कडा खाले संक्रामक रोग मानिन्छ । संक्रमित पंक्षीको सम्पर्कमा आउनाले यसको संक्रमण मानिसमा फैलिन्छ ।

यो अत्यन्तै संक्राम भाइरस रोग हो । जसको कारण कुखुरा पालन व्यवसायलाई ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ । मानिसमा खास गरी बच्चा बुढाहरु रोगी पंक्षीको विष्टा, प्वाँख, ¥याल, सिँगानको सम्पर्कमा आए यिनमा रोग फैलन सक्छ । मानिसमा बर्ड फ्लुको लक्षण साधारण फ्लुसँग मिल्दो जुल्दो हुन्छ । जस्तो कि सास फेर्न गाह्रो हुने, तीव्र ज्वरो, रुघाखोकी, नाक बग्ने यस्तो सिकायत भए नजिकको स्वास्थ्य संस्थामा यसको सूचना दिनुपर्छ । सामान्यत बर्ड फ्लु भाइरस ७० डिग्री सेल्सियसमा नष्ट हुन्छ । कुनै ठाउँमा बर्ड फ्लु भएको पुष्टी भएमा अण्डा र कुखुराको मासु ७० डि.से. माथि पकाएर खादा कुनै जोखिम हुदैन।

यसबाट डराउने हैन सावधान हुनुस्ः
रोगी कुराको सिधा सम्पर्कमा नआउनुस पंजा तथा सुरक्षा साधन प्रयाेग गर्नुपर्छ । रोग पंक्षीको प्वांअ श्लेपमा र बिष्टा नहुनुस छोइएमा सावुनपानीले तुरुन्त सफा गर्नुपर्दछ । कुखुरालाई खोरमा राखेर पालनु पर्छ संक्रमीत कुखुरालाई मारेर निसंक्रमीत हुने गरी सुरक्षित किसीमले गाडेर तह लगाउनु पर्छ । बिरामी तमरेका पंक्षिबाट नजिकको पशुचिकत्सालयमा तुरुन्त खबर गर्नुस् । यस्तो गर्नु जनस्वास्थ्यको लागि आवश्यक छ ।

कुखुरालाई संक्रामक रोगहरुबाट बचाउने महत्वपूर्ण उपाय

पंक्षीहरुलाई रानीखेत गवारो र बर्डफ्लु जस्ता धेरै रोगहरु लाग्न सक्छ । यी रोगहरु एक पंक्षिबाट अर्कोमा दुवित दाना पानीबाट अथवा प्रभवित पंक्षिको मलमुत्र प्वाख आदिको माध्यमबाट पुरा बथानलाई तेजीले प्रभावित गर्न सक्छ । कुखुरा पालनसँग जोडीनु भएको नाताले तपाई राम्रो सँग जान्नु हुन्छ कि आफ्नो पंक्षिहरुलाई यी रोगहरुबाट बचाउनु कति महत्वपूर्ण हुन्छ ।

कुखुरा फार्म सुरक्षित राख्ने :
आफ्नो कुखुरा खोरमा राखेर फाल्ने मात्र आफ्नो फार्ममा काम गर्ने कामदारलाई मात्र कुखुरा नजिक जान दिने । अनावश्यक मानिसलाई कुखुरामा पस्न नदिने आफ्नो कुखुरालाई अन्य पंक्षी, पशु, जंगली जनावरको सम्पर्कमा आउन नदिने भिन्न भिन्न प्रजातिका चरा एक ठाउँमा नराख्ने ।

सरसफाई राख्ने:
पंक्षीको खोर त्यसको वरीपरीको सर–सफाइ आवश्यक हुन्छ । यसरी जीवाणु र विषाणुहरुबाट बच्न सकिन्छ । पंक्षिको खोरलाई सफा सुग्घर राख्नुस, आफ्नो कुखुरा फार्म खोरलाई नियमित रुपले चुना अथवा किटनाशक औषधि छरेर संक्रमण मुक्त गरीर राख्नु पर्छ ।

आहार र पेय जल व्यवस्था :

पंक्षीहरुलाई स्वच्छ एवं शितल पेय जल तथा सन्तुलित ताजा दाना दिने, पंक्षीको दाना तथा पेय जल रोजान्य बदलिने साथै दाना पानीको भाडा नियमीत सर–सफाइ गरी राख्ने ।

आफ्नो कुखुरा फार्ममा रोगहरु प्रवेश गर्न रोक्ने :

आफै तथा बजार वा अन्य कुखुरा फार्ममा अन्य पंक्षी फार्मको सम्पर्कमा आउने हरेक चीज सफा राख्नुस नयाँ चरालाई कम से कम ३० दिन रोक्न र बचाउनका लागि कुखुराको सम्पर्कमा आउन पहिले र पछि आफ्नो हाथ लुगा, जुत्ता धुने र संक्रमण मुक्त राख्ने ।

बिरामी कुखुरा न किन्नुस :
यदि अन्य कुखुरा फार्मबाट उपकरण या पंक्षि ल्याउनु हुन्छ भने आफ्नो स्वस्थ्य कुखुराको सम्पर्कमा आउनु भन्दा पहिले राम्रो सीत सफाइ गर्ने र संक्रमण मुक्त गर्ने, अनावश्यक मानिस वा अरु फार्ममा काम गर्ने कामदार तथा वाहनहरुलाई आफ्नो फार्ममा प्रवेश गर्न सकिने ।

रोगको लक्षण पहिचान गर्ने :

आफ्नो कुखुरा निगरानी राख्नुस यदि कुखुराको आँखा, घाटी वरिपरि सुन्नीएको भएर आँखा नाकबाट पानी चुहिएको छ कि, सिउर लोती खुट्टा निलो भइ राखेको छ कि, अचानक कमजोरी प्वाख खस्ने बढेका तथा पंक्षिको व्यवहारमा कमी आएको, दाना कम खाने फूल कम पार्ने र असाामन्य भन्दा मर्न थालेको छ कि बेलैमा अवलोकन गर्नुस यो तपाईको परिवारको स्वास्थ्यको लागि नोक्सानदेह हुन सक्छ ।
पंक्षि बिरामी भएको सुचना:
आफ्नो पंक्षिको प्रत्येका बिरामी र मरेको सुचना तत्कालै नजिकको भेटेरीनरी संस्था सरकारीमा गर्नुपर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata