स्ववियु निर्वाचन : समस्या र समाधान

शुक्रबार, पुस १५, २०७३

loading...

- बिकास रेग्मी



  फागुन १४ मा त्रि.बिले स्ववियु निर्वाचनको   घोषणा गरेको कुरा धेरै संचार माध्यमबाट सुन्नमा आयो । तर बिभिन्न संघठनको आ-आफ्नो स्वार्थका कारण निर्धारित समयमै निर्वाचन हुने संभावना धेरै नै न्यून छ ।

९ बर्षसम्म निर्बाचन नहुँदा क्यापस प्रतिनिधि बिहिन छ । जसको फाइदा क्यापस प्रशासनले उठाई विद्यार्थीहरुको अधिकार माथि बञ्चरो हान्ने काम भोइरहेको छ । यी सबै घटना र सत्यलाइ आत्मासात गर्दै अब हामी परिवर्तनशिल विद्यार्थीहरु एक जुट हुने बेला आएको छ ।

म बिए.एल.एल.बि तेस्रो बर्षमा अध्यानरत पृ पृथ्वी नारायण क्याम्पस, पोखराको विद्यार्थी भएको नाताले सबै विद्यार्थी संघठनका नेता साथीहरु र विद्यार्थी साथीहरु माझ आफ्नो बिचार प्रस्तुत गर्दछु । हामी २१ औ शताब्दीका लोकतन्त्रवादि, परिवर्तन र बिकासका पक्षधर विद्यार्थीहरु भएकाले लोकतन्त्रको एउटा अभिन्न पाटो निर्वाचनलाई मान्नु हामी सबैको कर्तव्य हो । निर्वाचन लोकतन्त्रको आधार हो ।

निर्वाचन बिनाको लोकतन्त्रको कुनै अर्थ हुदैन । जब हामीले जन आन्दोलनबाट लोकतन्त्रको स्थापना गरौं तर त्यसलाई व्यवारमा लागू गर्न आज १२ बर्ष बितिसक्ता पनि हामी सकिरहेका छैनौं । यो दुःखका साथ भन्नु पर्छ र यो सत्य पनि हो कि नेपाल व्यवारमा लोकतान्त्रिक मुलुक होइन । क्याम्पस एउटा शिक्षित व्यक्तिहरुको जमात हो ।

यहाँ सिकाउने र सिक्ने काम हुन्छ । तर बिडम्बना यही जमातमा लोकतन्त्रको बलत्कार गरिन्छ । देशका शिक्षितहरुको भिडमा त लोकतन्त्रको अभ्यास हुँदैन र लोकतन्त्रको आभास हुँदैन भने देशका गाऊँ बस्तीहरुमा कहिले आउछ लोकतन्त्र ?
देशका विद्यार्थी संघठनहरु आफ्नो आन्तरिक बिबादमा फस्नु , विद्यार्थीको हित भन्दा आफ्नो संघठनको हितमा केन्द्रित हुनु, सरकारले निर्वाचन हुने वातावरण नबनाउनु, र त्रि।बिको लापरबाइ, निर्वाचन नहुनुका मुख्य कारणहरु हुन् । वर्तमान अवस्थामा सरकारको मुख्य कार्यदिशा भनेको संबिधान कार्यनयनका लागि स्थानय निकायको निर्वाचन र विद्यार्थीका शैक्षिक मुद्दाका लागि स्ववियु निर्वाचन हो ।

तर सरकार दुइटै कामलाई बेवस्ता गर्न लागि परेको छ । संविधान कार्यनयन हुन नपाइ संसोधनको मुद्दा अघि सारेर निर्वाचनबाट सरकार टाढा भाग्दै छ । यता विद्यार्थी संघठनहरुमा गुट र उपगुटको बिबाद चरम उचाईमा पुगेको छ । केहि संघठनमा आफु निर्वाचनमा गए पराजय हुने देखेपछि निर्वाचन नै हुन नदिन लागि परेका छन् ।

निर्वाचनबाट डराउनु लोकतन्त्रको धोजी उडाउनु हो । त्रिबि निर्वाचन गर्न मिति त तोक्छ तर निर्वाचन गर्न पहल गर्दैन । यी सबै समस्याबाट जुधै तोकिएको समयमा निर्वाचन गर्नु अहिलेको अबस्थामा फलामको चिउरा चवाउनु जस्तै भएको छ ।

अहिले चर्चामा आएको बिषय उमेरको हकबन्दी लाउने नलगाउने भन्ने पनि छ । विद्यार्थीको मुद्दा सधै क्याम्पस आई रहने नेताले मात्र बुझेको हुन्छ । नेता हुनको लागि क्याम्पस कुर्ने परिपाटी अहिले विद्यार्थी राजनीतिमा हाबी छ । पढ्न भन्दा पनि राजनीति गर्नका लागि क्याम्पस छिर्ने जमात छ ।

राजनीति गर्नका लागि क्याम्पस नछोड्ने  र उमेरले डाँडा काट्दा पनि विद्यार्थी राजनीति   नछोड्ने संस्कारको अन्त्यकालागि पनि उमेकोको हकबन्दी आवस्यक छ । क्याम्पस गेट बस्ने नेता होइन अबको आबस्यक कक्षा भित्र पस्ने नेता हो । अबको स्ववियु निर्वाचनमा उमेरको हकबन्दी लागू गरियोस् ।

फागुन १४ मा स्ववियु निर्वाचन गर्न यही अबस्तामा निकै मुस्किल छ । तर बिद्यार्थी संघठनले आफ्नो हट त्याग्ने र सरकारले उचित वातावरणको श्रीजना गर्ने हो भने सम्भव छ । निर्वाचन गर्न नसक्ने हो भने संघठनका वर्तवान नेतृत्य र वर्तवान सरकार माथि कालो दाग लाग्ने निश्चित छ ।

    इलाम, हाल  पोखरा

676 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom