विद्या तिमीलाई निर्वाचनको शुभकामना !!!

बुधबार, कार्तिक १३, २०७६

loading...

- सीता ओझा अध्यक्ष- महिला अध्ययन केन्द्र



 पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकार   पदमा बहाल रहेकै बेला एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा  परि वि स २०७५ फागुन १५ गते उनी सहित ७ जनाको  ताप्लेजुङमा  उनको निधन भयो । उक्त अकल्पनीय, अप्रत्यासित र दु:खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति भयो । यस्तो घटनाको  गहिरो दु:ख र शोक घडीमा धैर्य गर्न आव्हान गर्दै सरकारले दिवंगत आत्माको चीर शान्ति र  शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना,सहानुभूति र एकदिनको शोक विदा गर्दै पोखराको देवीघाटमा राजकीय सम्मानका साथ  अन्त्येष्टि गर्यो ।  उनी  नेकपाका निकै लोकप्रिय ,कामकाजी युवा नेताको रूपमा चिनिन्थे ।

रविन्द्र अधिकारी कास्कीबाट लगातार र निकै चुनौतीपूर्ण अवस्थामा निर्वाचन जित्ने जनप्रतिनिधि र पात्र थिए । उनी दिवङ्गत भएपछि कास्कीको दुई नम्बर क्षेत्र  प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको छ । त्यस्तो देशका अन्य भागमा पनि  विभिन्न कारणले  स्थानिय, तथा अन्य तहका विभिन्न पदहरू रिक्त भएका कारण पद पुर्तिकालपुर्तिकालागि निर्वाचनको तिथि मिति पनि  तोकिसकिएको अवस्था छ । यसरी रिक्त अन्य क्षेत्र जस्तै कास्कीको क्षेत्र नम्बर दुईको  रिक्तताको पुर्तिका लागि कास्की जिल्लाको पाटीले जनताको भावनाको सम्मान गर्दै वि स २०५६ मा राजनीतिक रूपले विवाह बन्धनमा बाँधिएकी  रविन्द्रकी पत्नी पुर्व विद्यार्थी नेता विद्या भट्टराईको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरि प्रदेश कमिटीमा पठायो । अहिले नेकपाले विद्या भट्टराईको नाम प्रस्ताव गरेर रविन्द्र अधिकारीको राजनीतिक योगदानको कदर त गर्यो नै सगैं विद्या भट्टराईको पुर्व राजनीतिक पृष्ठभूमिको नेतृत्व क्षमतालाई पनि सम्मान गर्यो । यस्तो समसामयिक , जनभावना केन्द्रीकृत निर्णय गर्ने नेकपाको कास्की जिल्ला कमिटीलाई विशेष धन्यवाद दिदै विद्या भट्टराईलाई निर्वाचनमा विजयी हुने शुभकामना !

विद्या भट्टराईको राजनीतिक पृष्ठभूमि : –

 विद्या भट्टराईले पञ्चायत काल  वि स २०४२ तिर अनेरास्ववियुको आयोजनामा हुनेगरेका विद्यालय स्तरका  सरसफाई, वक्तृत्वकला, हाजिरी जवाफ वृक्षारोपण जस्ता जनचेतना जगाउने  कार्यक्रममा सहभागी हुनेगर्थिन् । वैचारिक नाता भित्र रगतको नातामा भन्दा खँदिलो र गाढा विश्वास , समर्पण , भावनात्मक एकताको शक्ति देख्ने विद्या भट्टराईले काठमाडौको पसुपती मित्र मा वि चावहिल र पद्मकन्या माध्यमिक विद्यालय डिल्ली बजारका शिक्षक तथा सहपाठीहरूसगँ सहयोगी,शिष्ट र मित्रवत व्यवहार गर्दै  विद्यार्थी संगठन (अनेरास्ववियु) तिर लाग्न अभिप्रेरित गर्ने गर्थिन । त्यति कलिलो  चौध / पन्ध्र वर्षको उमेरदेखि राजनीतिक सुझबुझ सहित पाटीका अनेकौं कार्यक्रमका सुचनापत्रहरू आदानप्रदान गर्ने, जनताको दुख,मर्म र भावनामा आँच आउने कुनै पनि कार्य गर्न  हुन्न भन्ने मान्यता बनाएर भुमिगत रहेका नेताहरूको खानपानमा सहयोग पुर्याउन परिवारलाई सुचना नदिइ सयौं पटक नेतृ सानू मिश्रको अगुवाइमा श्रमदान गर्न गाउँ गाउँमा गएको कुरा अझै नेकपाका पुराना कार्यकर्ताहरूले सम्झने गर्छन ।

विद्यालयको अनुसासनलाई  मर्यादा पुर्वक पालना गर्ने उनले विद्यार्थीको नेतृत्व गरिरहदा आफुलाई पढाइ र सांगठनिक काममा अब्वल  दर्जाको नेतृत्व गर्ने,सचेततापुर्वक,समयभित्र, इमानदार भएर कामलाई  पूरा गर्ने गर्थिन् । चावहिल क्षेत्रमा बालबालिकालाई सान‌देखि राजनीतिक र सामाजिक कामसगँ सम्बन्ध जोड्दै राजनीतिक कामलाई विस्तार गर्ने उदेश्य  मित्र वाचनालय मार्फत आफू र आफ्ना उमेर समुहका साथीहरूलाई सम्पर्क गर्ने,राजनीतिक भावना जागृत गराउने राजनीतिक सम्पर्कका अन्य साथीहरूलाई पठन पाठन लगायत अन्य सीप सिकाउदै माथिल्लो कमिटीका नेतृत्वहरूलाई सम्पर्क गराउने गर्थिन् । विद्या विद्यालयमा हुने र विद्यार्थीले नै आयोजना गर्ने अनेकौं कार्यक्रमको योजना बनाउने र नेतृत्व गर्दै सहज व्यवस्थापन गर्ने  कुरा  महत्त्वपूर्ण भुमिका खेल्थिन् भन्ने कुरा तात्कालिन विद्यालयका शिक्षक तथा सहपाठीहरूले अहिले पनि  बताउने गरेका छन ।

वि स २०४५ सालको पेट्रोलियम पदार्थको समस्याबाट सिर्जना भएको भारतीय नाकाबन्दीमा विद्यार्थीको नेतृत्व गर्दै काठमाडौ विभिन्न विद्यालयमा अनेरास्ववियुको तर्फबाट गरिने सचेतता अभियानकी सकृय अभियान्ताको रूपमा पनि विद्या भट्टराई अझै परिचित छन् ।वि स २०४६ सालको पञ्चायत व्यवस्था विरोधी आन्दोलनमा अनेमसंघ, पाटीको युथ कमिटी मार्फत सकृय सहभागि बनिन् ।

सांस्कृतिक अभियानमा : –

दलिय व्यवस्था र राजनीतिक स्वतन्त्रताको माग गरेर भुमिगत रूपमा जनतालाई संगठित गर्ने कुरा त्यति सजिलो विषय थिएन ।  राजनीतिक कामहरूलाई सजिलोसँग जनताको घरदैलोमा पुर्याउन देशै भरि विभिन्न नामका सयौं संगठनहरू निर्माण हुनेगर्थे। त्यस ताका निर्माण हुने  त्यस्ता संगठनहरू मध्ये सांस्कृतिक संगठनहरूले चाहिँ जनता माझ दर्बिलो सम्बन्ध कायम गाराउने गर्थ्यो । त्यस्तै प्रकृतिको सृजना सांस्कृतिक परिवारमा संगठित भएर काठमाडौका गाउँहरूमा सांस्कृतिक जागरणका रातदिन नभनि सांस्कृतिक अभियानका कार्यक्रम मार्फत  अनेमसंघको उत्तरपूर्वी इलाका मार्फत विशेष भुमिका खेलेको कुरा अहिले पनि उनका त्यस बेलाका सहकर्मिहरूले  सम्झिरहेको अवस्था छ ।
विद्यार्थी क्षेत्रको नेतृत्वसगै पाटीको संरचनामा

नतिजा प्रकाशित भएपछि वि स २०४६तिर उनी उच्च शिक्षा अध्ययनको क्रममा पद्मकन्या कलेजमा भर्ना भइन् । कलेजको भर्ना सगैं अनेरास्ववियुको क्याम्पस  प्रारम्भिक कमिटीकी सदस्य बनेकी विद्या  अनेरास्ववियु १०औं राष्ट्रिय सम्मेलनको प्रतिनिधिको रूपमा सहभागी हुने अवसर पाइन् । १०औं राष्ट्रिय सम्मेलन पश्चात् उनको सकृयता र क्रियाशीलताले अनेरास्ववियु काठमाडौ जिल्ला कमिटी सदस्यमा निर्वाचित हुन पुगिन् । वि स २०४७ सालमै नेपाल कम्युनिस्ट पाटी मालेको सदस्यता पाएकि भट्टराईले नेकपा मालेको सांगठनिक कामको सुरूवात काठमाडौ महानगरीय वडा कमिटीको सदस्य भएर सुरूवात गरिन् । त्यसबेला उनी  अनेमसघंको जिल्ला कोषाध्यक्ष  र विद्यार्थीको जिल्ला कमिटीको जिम्मेवारी पूरा गररहेकी थिइन् ।

विद्यार्थी र भुगोलको राजनीतिक काम सगैं आफ्नो पढाइलाई नियमित राख्दै  वि स २०४८ पोखरामा सम्पन्न ११ औं  राष्ट्रिय सम्मेलनमा जिल्ला कमिटीबाट प्रतिनिधित्व गरिन र  अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य निर्वाचित भइन् । वि स २०५० सालमा अनेरास्ववियु केन्द्रीय महिला विभाग प्रमुख भएकै समयमा वि स २०४९ पहिलोपटक र बीस २०५१ मा दोस्रोपटक  पद्मकन्या कलेज स्ववियु सभापतिको उमेदवार बनिन् । वि स २०५५ को सम्मेलनबाट अनेरास्ववियुको केन्द्रीय सचिव बनेकी विद्या भट्टराईलले वि स २०५६मा अनेरास्ववियुबाट विदा लिएर  तात्कालिन आवश्यकतालाई मध्यनजर गर्दै अनेमसघं केन्द्रीय सदस्य तथा कार्यलय सचिवको विषेश जिम्मेवारी समाल्न पुगिन् ।

उच्च शिक्षा,पेसा र बुद्धिजीवीबीचको सम्पर्क सम्बन्ध

क्रियाशील मानिसको राजनीतिक जिम्मेवारी,व्यक्तिको पेसा,व्यवसाय र उमेरसगंसगै परिवर्तन भइरहन्छ र हुनुपर्दछ ।  विद्या भट्टराईको सकृयता र राजनीतिक लगावका कारण बिस्तारै  जिम्मेवारी र संगठन पनि परिवर्तन पनि हुदैगयो । हिजोको विद्या विद्यार्थी र महिला अधिकारको पक्षमा काम गर्थिन तर अबको उनको राजनीतिक काम पाटी,जन संगठनहरूतिर विस्तारित भएर गयो ।  उनी हिजो विद्यार्थी थिइन् र विद्यार्थीको नेतृत्व गरिन । अध्ययनको सफलताले बिस्तारै उनलाई  प्राध्यापन पेसातिर तान्यो । वि स २० ५८ देखि उनी ग्रामीण आदर्श कलेज र केही समय पश्चात् सगरमाथा कलेजमा अध्यापन गर्न थालिन् ।

पारिवारिक जिम्मेवारी र पेसागत सम्बन्ध

महिलाको हरेक काम,पेसा र जीवन विवाह भएपछि पति र घरसगँ जोडिने गर्दछ ।  त्यसमा पनि राजनीतिक सहकर्मी सहधर्मि भएपछि त जतिसुकै क्षमता भएपनि महिलाको राजनीतिक हराउछ र पुरूष सहकर्मिलाई सहयोग गर्नु,घरपरिवारको व्यवस्थापन गर्दै आर्थिकसामाजिक दायित्व निर्वाह गर्नु पर्ने बाध्यता सृजना हुने गर्दछ । त्यहि कारण विद्या र रविन्द्रले आफ्नो पारिवारिक व्यवस्थापनका लागि एक जनाले राजनीति गर्ने र अर्कोले अन्य व्यवस्थापन गर्ने निधो गरे । विद्यार्थी राजनीतिबाट भुगोलको राजनीतिकामको जिम्मेवारी पाएका सहधर्मिसगैं विद्याले काठमाडौको अध्यापन पेसा छोडेर पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्दै रविन्द्रको राजनीतिक कामलाई सहयोग गर्न थालिन् । त्यस बेला उनलाई भुगोल,पेसा ,राजनीति काम , नाता सम्बन्ध र साथीहरू सबै नयाँ भए र थिए । विस्तारै उनी सबैसगँ घुलमिल हुँदै नयाँ तर दिगो सम्बन्ध विस्तार गर्न सफल भएर सबैकी प्रिय भाउजु र बुहारी बनिन् ।  बिस्तारै उनले पेसागत दक्षतालाई अध्ययन अनुसन्धानको काममा लगाइन् । वि स २०५८ देखि विभिन्न अनुसन्धानात्मक काममा नेतृत्वदायी भुमिका खेलिन् । अध्ययन र पारिवारिक जिम्मेवारीको कारण विद्या  पुनः काठमाडौं आइन् ।

वि स २०६२/०६३ सालको गणतन्त्रको आन्दोलनमा उनी पेसाक्षेत्रबाट सक्रिय सहभागी थिइन् । उनले काठमाडौ फफर्किएपछि नेकपा एमाले उपत्यका महिला विभागको सचिव ,२०६४ मा नेकपा एमाले संघिय मामिला केन्द्रीय विभाग सदस्य २०६७ देखि  ७०   सम्म सार्क स्तरीय महिला र वेजिङ्ग महिला सम्मेलन पश्चात्का महिला मुद्दामा वकालत गर्ने संस्था वियोण्ड कमिटीको कार्यक्रम संयोजक ,२०६७ देखि महिला अध्ययन केन्द्रको संस्थापक सचिव र सल्लाहकारको जिम्मेवारी समालिन् समालीन् । त्यस्तै प्राज्ञिक क्षेत्रतिर २०६० देखि ० ६४ सम्म उच्चशिक्षा पाठ्यक्रम निर्माण समिति सदस्यको रूपमा काम गरिन् ।
पछिल्लो अवधीमा हिजोको आफ्नो नेतृत्वको उचाइलाई सांगठनिक अनुशासन र पाटी पद्धतिभित्र समायोजन गर्दै २०६६ देखि नेकपा एमाले  प्रध्यापक इलाका कमिटी उपाध्यक्ष बनिन् । आठ वर्ष सामुदायिक कलेजमा प्राध्यापन  विद्याले सगँसगैँ  पृथ्वीनारायण क्याम्पस पोखरा र रन्नराज्य कजेज काठमाडौमा प्राध्यापन गर्दै २०७२ मा त्रि वि समाजशास्त्र विषयमा एम फिल र हाल त्रि वि सेवा आयोगबाट खुल्ला प्रतिस्पर्धाबाट उप प्राध्यापक पेसामा प्रवेशको पनि दुई वर्ष नांघिसकेको अवस्था छ ।

विद्यार्थी संगठन,महिला अधिकारको क्षेत्र तथा  अन्य कामसगँ जोडिँदा उनले अन्तर्राष्ट्रिय  स्तरका विभिन्न  सभा सम्मेलनमा  देशको प्रतिनिधित्व गर्दै हङकङ,क्वुवा, मलेसिया,पाकिस्तान ,भारत, चिन,रूस,बङ्लादेशमा गोष्ठी पत्र,कार्यपत्र ,अवधारणा पत्र आदि पेस गरेको कार्यानुभव समाली सकेकी छन ।

हाल रविन्द्र अधिकारी प्रतिष्ठानकि अध्यक्ष र समाजशास्त्र सघंको केन्द्रीय सदस्य रहेकी अनेरास्ववियु, अनेमसंघ पेसागत क्षेत्रका  विभिन्न संगठन मार्फत आधारभूत कमिटीदेखि केन्द्रीय निकाय सम्म विभिन्न जिम्मेवारी निर्वाह गरेको अनुभव पटुलेकी काठमाडौकि छोरी ,पोखराकि बुहारीको रूपमा परिचित समाजशास्त्रकि उप प्राध्यापक विद्या भट्टराई अहिले कास्केली जनताकी प्रिय उमेदवारको रूपमा नेकपाले प्रस्तुत गरेको सुन्दा निकै खुसी लागेको छ । यस्तो निर्णयले रविन्द्र अधिकारीको राजनीतिक ,सामाजिक क्रियाशिलतालाई सम्मान गर्दै शोकलाई  शक्तिमा रूपान्तरण गर्न खोजेको जस्तो देखिन्छ । १२ वर्षको उमेरदेखि  २३ वर्षको उमेर सम्म् प्रत्येक्ष र सकृय नेतृत्वदायी कार्यमा संलग्नता रहदै राजनीतिक यात्रामा प्रवेश गरेकी विद्या भट्टराई हाल पेसागत क्षेत्रमा संगठित भएर राजनीति कार्यमा सक्रिय रहिरहेको अवस्थामा कास्कीको  उमेदवारीको चर्चाले सामाजिक सञ्जाल रङ्गिएको देखिन्छ । यहि चर्चा र लोकप्रियताको साथमा राजनीतिभित्र,स्वच्छ ,इमानदार ,सरल मानिसहरूको प्रवेशले राजनीति र दलिय विश्वास बढोस् । प्रत्यक्ष निर्वाचनमा सबैको साथ ,सहयोग र शुभकामना बढोस् । विद्या ! तिमीलाई निर्वाचनको  शुभकामना !!

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata