मानवरुपी पशुलाई फाँसी दे सरकार !

मङ्लबार, फाल्गुन १०, २०७३

loading...

- कृष्ण भट्टराई



- कृष्ण भट्टराई

हरेक दिनजशो त्यो दिन पनि म बिहान साढे पाँच बजे उठेर फेसबुक खोलेर  न्युज फिड चेक गरिरहेको थिएँ । तर अन्य दिन भन्दा त्यो दिन  एउटा समाचारले मेरो ध्यान केन्द्रीत गर्यो । डिजिटल दैनिक कट कम नामक अनलाईन ले ‘६ वर्षिय बालिकाको बलात्कार पछि हत्या ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । बिहानै पढेको त्यो समाचारले मेरो मानसपटलमा धेरै गहिरो प्रभाव पार्न थाल्यो ।

krishana-bhattaraiरुपन्देहीको चन्द्रौटामा स्थानिय बिद्यालयमा शीशु कक्षामा अध्ययनरत ती ६ वर्षिय बालिकाको बलात्कार पछि हत्या गरि स्थानिय जवई खोलामा फालिएको अवस्थामा भेटिएको रहेछ । एक ६ बर्षिय बालिकको बलात्कार पछि हत्या गर्ने सम्मको काम के सामान्य मानिसले गर्न सक्ला   ? पक्कै पनि त्यो मानिस नभएर मानवरुपी पशु हो ।

यो त केबल एउटा प्रतिनीधी घटना मात्र हो ।  दिनहुं जसो नेपालका विभिन्न भुभागमा भई रहेका बलात्कारका घटनाहरुका बारेमा पढ्दै र सुन्दै आएको लामो समय भैसकेको छ । दैनिकजशो बलात्कार र बलात्कार पछि हत्याका घटनाहरु बढ्दै गईरहेका छन् । तर सरकार भने यस्ता घटनाहरु बारे बेखबर झै गरिरहेको छ । के यस्ता घटनाहरु सामान्य प्रकृतिका हुन् ? दिनानु दिन बढ्दो क्रममा रहेका यस्ता घटनाहरु बारेमा किन मौन छ सरकार ? अब नेपालमा बलात्कार सम्बन्धि पुरानै कानुनले काम गर्ने वा बलात्कारलाई नियन्त्रण गर्ने अवस्था देखिदैन ।

आज हाम्रो देश कहाँ जादैछ ? अर्चना पनेरु जस्ता नारी पात्रहरु पनि छन् । जो खुलेआम आफ्नो अस्मीता बेच्ने घोषणा गर्दै हिड्छन् भने कतिपय नारी भएर जन्मेको कारण नै सानै उमेरमा बलात्कारको शीकार भई ज्यान गुमाउन बाध्य छन् । हाम्रो देशमा कोहि बलात्कारी कानुनको दायरमा नै आउदैनन् भने कोहि शक्ती केन्द्रको आडमा छुटिहाल्छन् । केहि अपराधीहरुले भने आजिवन कारावासको सजाय पनि भोगिरहेका छन् । तर यि सबै कुराहरुले समाजमा बलात्कारिलाई निरुत्साहित भने गर्न सकिरहेका छैन ।

नेपालको बलात्कार सम्बन्धि कानुनि व्यवस्था नै कमजोर भएकोले  दैनिकजशो यस्ता प्रकृतिका घटनाहरु घट्नुको सट्टा झन् झन् बढ्दै गईरहेका छन् । यसको प्रमुख दोेषीको त सरकार, कानुनी व्यबस्था वा समाज ? हाम्रो समाजले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न अपराधीहरुलाई किन सामाजिक बहिस्कार गर्न सकिरहेको छैन ?

किनभने हामिले त्यस्ता अपराधिहरुलाई हाम्रा सामान्य आँखाले नरहेर उनिहरुलाई हाम्रा सामाजिक बन्धनको दृष्टिकोणले हेरिरहेका छौँ । । यदि हामिले वास्तविक रुपमा नै समाजबाट बलात्कार को अन्त्य चाहान्छाँै भने हामिले बलात्कारिहरुलाइ अब पारिवारिक एवम् सामाजिक बन्धनलाई नाँघेर उनिहरुलाई केवल एक अपराधिको रुपमा मात्र हेर्नु जरुरी छ । जवसम्म हामिले बलात्कारीहरु प्रतिको व्यवहार र दृष्टिकोण परिवर्तन गर्न सक्दैनौ, तबसम्म समाजमा बलात्कारीहरु निरुत्साहित हुदैनन् । कतै हाम्रो मौनताले अपराधिहरुलाई थप उर्जा त दिइरहेको छैन ?

अब साँच्चिकै फेरी पनि अर्की ६ बर्षिय बालिकालाई बलात्कृत हुनबाट जोगाउने हो भने अब सरकारले बलात्कारिलाई फाँसिको सुलिमा चढाउन मिल्ने कानुन बनाउन जरुरी छ । नेपालमा कसैलाई पनि फाँसिको सजाय दिने व्यवस्था छैन तर अब त्यो व्यवस्था बनाउनु जरुरी छ । यसले गर्दा अरुको जीवन माथि धावा बोल्नु भन्दा अगाडि आफ्नो जीवनको कष्टपुर्ण अन्त्य पनि सोचोस ।

यदि सरकार ले बलात्कारीलाई फाँसिको सजाय दिन सक्ने कानुनी व्यवस्था गर्न सक्दैन भने सरकारले नेपालमा पनि रेडलाईट क्षेत्रको व्यबस्था गरोस् । जसले गर्दा केहि हदसम्म भएपनि बलात्कारजन्य घटनामा कमि आउन सक्दछ । रेडलाईट क्षेत्र यो समस्या समाधानको उचित उपाय भने कदापि होईन । यसले केहि हदसम्म भएपनि यसमा कमि भने पक्कै ल्याउन सक्दछ ।

समग्रमा बलात्कारी लाई समाजमा निरुत्साहित पार्नको लागि समाजले यस्ता अपराधिहरु लाई सामाजिक बहिस्कार गर्ने र कानुनले बलात्कारका सबै घटना एकै दृष्टिकोणमा नहेरी यसको प्रकृतिका आधारमा हेरिनु जरुरी छ । सरकारले यस्ता घटानाहरुलाई समाप्त गर्न एक अधिकार सम्पन्न न्यायालय स्थापना गर्नु जरुरी देखिन्छ ।

भट्टराई पुर्वाञ्चल विश्वविद्यालय अन्र्तगत कान्तिपुर सीटि कलेजमा स्नातकोत्तर तहको आम संचार तथा पत्रकारिता विषयको अन्तिम सेमेष्टरमा अध्यनरतछन् । 

1304 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank