भरतपुरमा चुनावको नाममा जनतालाई ढाट्ने दुस्प्रयास भयो भन्दै सरस्वती सूब्बा र शान्ता चौधरीले जाारी गरे यस्तो अपिल

आइतवार, जेष्ठ २१, २०७४

loading...


भरतपुरको १९ नम्वर वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयपछि त्यसको विरोधस्वरुप सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन यसै क्रममा एमाले नेतृ शान्ता चौधरीले सरस्वती सूब्बासँग मिलेर संयुक्त अपिल जारी गरेका छन् जुन यस प्रकार रहेको छ ।

पुस्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवालाई हाम्रो अनुरोध स्थानीय तहको चुनाव चुनाव मात्रै नभएर स्थानीय सरकार गठ हो यसमा हामी सबै नेपाली जनताको भाग्य र भरोसा जोडीएको छ!त्यसैले जनतालाई ढाट्ने दुस्प्रायास नगरौ नेता बन्न सजिलो छ!तर देश चलाउन निकै कठिन छ!देश चलाउन सत्ता मात्रै भएर हुदैन शक्ति पनि जरुरी छ!त्यसैले चितवनको भरतपुरमा चुनावको नाममा जनतालाई ढाट्ने दुस्प्रयास भयो यसको हामी एक सच्चा नागरिकको हैसियतले घोर भत्सर्ना गर्छौ!

1 मतपत्र च्यात्नेलाइ सम्मानका साथ बिदाइ गर्ने र जनताले दिएको अमुल्य मतको अपमान गर्दै पुन चुनाव घोषणा गर्नु यो कस्तो धर्म हो! 2 शक्तिको आडमा मतपत्र च्यातेर अपराध गर्ने!अनि अपराध लुकाउन पुन चुनाव गर्ने घोषणा गर्नु अर्को अपराध हो!यस्तो अपराधमा संलग्न तपाईहरुलाइ कसरी नेता मान्नु!

3 चितवनको भरतपुर तपाई दुबै जनाको पेवा होइन हामी सबैको साझा ठाउ हो!मन लाग्दा चुनाव गर्ने हार्ने निश्चित भएपछि मतपत्र च्यात्ने यो कस्तो दादागिरी हो!हामी त भन्छौं लोकतान्त्रिक गणतन्त्रको ब्यैजती हो!

4 सत्तामा बस्ने पनि तपाईहरुनै मतपत्र च्यात्ने पनि तपाईहरु आफै मतपत्र च्यातेर चुनाव घोषणा गर्नु कांग्रेस, माओवादी यो कस्तो संस्कार हो!

5 सत्ता र शक्ति जनताको हातमा छ!पुन चुनाव गरेर जनतालाई दु:ख दिनु जंगली पन हो!

6 होसियार हुनुहोस् सत्ता सधैको पेवा हुदैन दोस्रो चरण निर्वाचनमा जनता सामु जाने बाटो राख्नुस जनता जनार्दन हो भन्ने नबिर्सनुस!

7 होसियार बन्नुस एमालेलाई पासो थाप्दा आफै पर्नु होला एमालेको बिनास गर्न खोज्दा आफ्नै सर्वनास होला होसियार बन्नुस!

8 पुन चुनाव गरेर जनतालाई दिने दु:खको अन्त्य गरौं चुनाव नाटक होइन यथार्थ हो!

9 शक्तिको आडमा दादागिरी गरेर जनतालाई दु:ख दिने दुस्प्रायासको अन्त्य गरौं यसमा सबैले बिचार गरौ एकपटक कुनै पाटी नभनी शक्तिको आडमा हुने दादागिरीको अन्त्य गरौं हाम्रो अनुरोध!

शान्ता चौधरीको फेसबुकवालबाट

7765 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank