बटुवाहरु !

शनिबार, साउन ४, २०७६

loading...

- दिपक दाहाल



बटुवाहरु :

करिब एक  सेकेन्डमा ३ जना , १ घन्टामा ३६०० जना अनि १ दिनमा ८६४०० जना बटुवाहरुको यात्रा तय हुन्छ ।उद्गम स्थलमा त सबै बटुवाहरु निष्कलङ्क र पवित्र हुन्छन् तर उडान भर्न पखेटा हाल्दै गर्दा तागत समान भए पनि  विद्यमान वर्गीय र सांस्कृतिक विभेदका कारण कसैका पखेटा छोटा र कसैका पखेटा लामा हुन्छन् । जब सबै बटुवाहरु वैचारिक लडाइँमा विचार नै बन्दुक,  मनमष्तिकबाट निस्कने शब्द गोली,  घाइते हुदा उपचारको लागी आत्मविश्वास,  थुप्रै नदि साथीहरू, शिक्षाको बाटो  हुँदै गन्तव्यस्थल समुन्द्र पार गर्ने बनाएर निस्कन्छन् ।

विडम्बना कति वटुवाहरु बिचमै अलपत्र पर्छन् । थोरै मात्र पुग्छन् समुन्द्रपारी । सबै बटुवाहरुको बीच बाटोमै बन्दुक भित्रको गोली हान्ने तागत नै सकिन्छ । ठिकै छ ! तागत त सबै बटुवासँग कुनै न कुनै ठाँउमा पुगेर सकिएला …… तर बटुवासँग आत्मविश्वासको औषधी त छ नि । विडम्बना प्राय बटुवाहरु औषधी खान नै बिर्सन्छन् । खाएपनी सहि समयमा खाँदैनन् । अनि बिर्सन्छन् -आफ्नो सथी र बाटो । सपना सपनामै सिमित बानाइदिन्छ । धेरै बटुवाहरुको यात्रा त्यही थन्किन्छ । कति बुज्रुक बटुवाहरु धेरै बलिया बन्न एकैपटकमा खाइदिन्छन् सबै औषधी  र थन्कन्छ तिनीहरुको पनि यात्रा । कति बटुवाहरु औषधी मिलाएर समयमा खान्छन् तर बिर्सन्छन् आफ्नो साथी र नदिलाइ । साथी र नदिलाइ नै बिर्सिएपछी के समुन्द्र भेट्न सक्लान् त ?

केहि बटुवाहरुले नचाहँदा नचाहँदै  साथीहरुलाई भुल्न पुगेका हुन्छन् – आफ्नै जिब्रोको कारणले । सबै बटुवाहरु अव्यक्त शब्दका मालिक हुन् तर ती शब्दहरुको नोकर स्वयम् बटुवाहरुको जिब्राबाट चिप्लिएका थिए ।

एकदमै थोरै बटुवाहरु उकाली, ओराली ,भोक, प्यास,औषधी, साथी अनि आफ्नो बाटो हुदै पार गर्छन् – समुद्रको यात्रा । एक दिनमा तय भएका ८६४०० जना बटुवामध्ये एक  जना बटुवा पनि आफ्नो गन्तव्यस्थल पुग्न यति किन धेरै गाह्रो छ ? पुगेका बटुवा र बिचैमा अलपत्रपरेका बटुवाहरुले उपभोग गर्न पाउने अधिकार एउटै नै थियो नि ! हैन र ? सबै बटुवासँग समान सामग्री र आधारहरू बाँडफाँड  गरिएन र ?

किन बीच बाटोमै अलपत्र परे धेरै बटुवाहरु ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata