यसरी बन्न सक्छ बडिमालीका केवलकार ?

सोमवार, जेष्ठ २८, २०७५

loading...

- मीनप्रसाद जैशी



- मीनप्रसाद जैशी

बाजुरा जिल्लामा रहेको प्रसिद्ध धार्मिक तिर्थ स्थल एवं पर्यटकिय क्षेत्र वडिमालीका नेपाल कै एक उत्कृष्ट गन्तव्य हो । समुन्द्र सतह देखि १४ हजार फिट उचाइमा अवस्थित वडिमालीका माताको मन्दिर, उक्त स्थानवाट देखिने मनमोहक दृष्य, ठुलठुला घाँसे मैदान तथा पाटन, विभिन्न थरीका जंगली फुल तथा जडिवुटीहरु, उच्च हिमाली क्षेत्रमा पाइने वन्य जन्तुको अवलोकन यस क्षेत्रको मुख्य आकर्षणका केन्द्र हुन् ।

 

सतियुगमा भगवान शिवले सतिदेवीको मृत शरिर वोकेर संसार परिक्रमा गर्ने क्रममा यस क्षेत्रमा सतिदेवीको वाँया कुम पतन भएर शक्ति पिठ वनेको किम्वदन्ती रहिआएको र वडिमालीका माताको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पुरा हुने जनविश्वास भएकोले हाल वर्षको एक पटक श्रावण सुक्ल त्रयोदशी दिन भव्य मेला लाग्ने गर्दछ जसमा नेपाल तथा भारतका विभिन्न स्थानहरुवाट हजारौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । यातायातको असुविधा, कठिन तथा लामो यात्रा, कतिपय स्थानमा खानवस्नको स्वयं आफैले व्वस्था गर्नुपर्ने भएको कारण धेरै जसो व्यक्तिहरु जान चाहेर पनि जान नसक्ने अवस्था भएकोले जसोतसो वर्षमा एक पटक उक्त मेला लाग्ने वेलामा मात्र अवलोकन भ्रमण गर्न पाईने र बडिमालीका माताको दर्शन गर्न पाईने अवस्था छ ।

a

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

देशको समृद्धिको यात्रामा धार्मिक पर्यटन एक महत्वपुर्ण आधार वन्न सक्छ यही सन्दर्भमा वाजुरा जिल्लाको बडिमालीका लाई वर्षै भरीको गन्तव्य वनाउन सके यसका कारण समग्र वाजुराको विकासमा टेवा पुग्नुका साथै रोजगारीको सृजना भई यस क्षेत्रमा वस्ने व्यक्तिहरुको जीवनस्तरमा समेत सुधार आउने कुरा निश्चित छ ।

 

 

 

 

 

 

वडिमालीका धार्मिक आस्थाको केन्द्र भएकै कारण यहाँ जान खोज्ने मानिसको कमी छैन मात्र यहाँ सम्म पुग्न सहज र सजिलो वाटो चाहीएको छ सवैलाई । यसको विकल्पहरुमा सडकको पहुँच पुर्याउने, हेलीप्याडको प्रयोग गर्ने र केवलकार संचालन गर्ने । यी विकल्पहरुमा हेली प्याडको प्रयोग महङ्गो हुने भएकोले सवैका लागि पहुँच योग्य छैन । अर्को सडक पुर्याउने कुरा आवश्यक हो तर कठिन पहाड तथा चट्टान भएका कारण निर्माण गर्न कठिन, लामो समय लाग्ने, यात्राको जोखिम हुने तथा उच्च हिमाली क्षेत्र भएकोले हिमपातका कारण ४ देखि ५ महिना वाटो अवरुद्ध हुन सक्ने जोखिम वढी छ । त्यसैले हाम्रो देशमा सफल देखिएको र सवैको आकर्षण भएको केवल कारको राम्रो सम्भावना रहेको पाईन्छ बडिमालीका क्षेत्रका लागि ।

b

 

 

 

 

 

 

 

 

 

 

 

अन्य यात्राको तुलनामा सुरक्षित, भरपर्दो, छिटो र तुलनात्मकरुपमा सस्तो र नयाँपन पनि हुने भएकोले बडिमालीकामा केवलकारको राम्रो सम्भावना भएको कुरामा दुईमत छैन । केवलकार निर्माणका लागि यसको सम्भावव्यता अध्ययन गरी कुल लागत स्टिमेट तयार गर्न सकेमा लगानीका विभिन्न स्रोतहरु जुटायर निर्माण कार्यमा अगाडि वढ्न सक्ने अवस्था रहेकोले छिटो भन्दा छिटो उक्त कार्य सम्पन्न गर्नका लागि नेपाल सरकारको तर्फवाट रकम विनियोजन गरी सम्भाव्यता अध्ययनलाई टुङ्गोमा पुर्याउन आवश्यक छ ।

d

हाल हाम्रो देशमा ठुलो लगानी लगायर निर्माण गर्न लागिएको पुर्वाधारहरुमा सेयर मार्फत हाईड्रोपावर निर्माणको कार्य सफलरुपमा अगाडी वढिरहेको पाईन्छ र शेयर लगानी कर्ताको पनि अधिकतम ईच्छा र चाहना रही आएको छ ( उदाहरणका लागि माथिल्लो तामाकोसी हाईड्रोपावरको राष्टसेवक कर्मचारीका लागी सेयर विक्रिको आव्हान गर्दा १ हजार कित्ता खरिदका लागि पेश गरेको दरखास्तमा जम्मा ९६ कित्ता मात्रै पाईएको थियो भने वाँकि ९०४ कित्ता वरावरको रकम फिर्ता गरिएको थियो । त्यस्तै सानजेन र रसुवागढी हाईड्रोपावरको शेयर विक्रिमा समेत आव्हान गरेको शेयर रकम भन्दा ५ गुणा वढीको मागआवेदन परेको थियो )। यसैलाई आधार मान्ने हो भने लगानि सुरक्षित हुने वातावरण सृजना गरी सार्वजनिक निजी साझेदारी अवधारणा (Public Private partenership model ) मा बडिमालीका केवल कार प्रा.ली. स्थापना गरी लगानी जुटाउन सकिने अवस्था रहेको छ यसका लागी पुरै सरकारको मुख ताकेर मात्रै यो योजना पुरा हुन सक्दैन ।

f

बाजुराको पहिचान सँग जोडिएको यो योजना पुरा गर्नमा सवै बाजुरावासीको भरपुर सहयोग, समर्थन र दृढ ईच्छाशक्ति आवश्यक देखिन्छ र जिल्लावासि सवैको यसमा स्वामित्व, अपनत्व, लगानीका साथै हरेक क्षेत्रका विज्ञहरुको आवश्यक अन्य रचनात्मक सहयोगलाई अधिकतम उपयोग गर्दै बाजुराको लगानी, बाजुराकै समृद्धिू भन्ने अभियानका साथ बाजुराको गौरवको आयोजनाकारुपमा आधार तयार गरी निर्माणको सुनिश्चितता गर्न सकेमा करिव २ अर्व ५५ करोड वरावरको लगानी जुट्न सक्ने आधार देखिन्छ भने सम्भाव्यता अध्ययन पश्चात कुल लागतको अनुमानित विवरण आएमा सो रकममा अझै थप लगानी वढ्न सक्ने आधार प्रयाप्त भएका कारण लगानीको अभावमा नारामा मात्रै सिमित राखिनु हुँदैन अव बडिमालीका केवल कार ।

h

सम्पुर्ण बाजुरावासीलार्इ लगानीका लागि अाव्हान गर्दै वाजुरा वासीको प्रत्येक घरको शेयर, शिक्षक कर्मचारी लगायत वैतनिक राष्टसेवक तथा गैर सरकारी क्षेत्रमा कार्यरत कर्मचारी को लगानी, राजनीतिकर्मि लगायत स्थानिय जनप्रतिनिधिको लगानी, वैदेशिक रोजगारीमा रहेका युवाहरुको लगानी, स्थानिय तहको लगानी, जिल्ला स्थित सम्पुर्ण समुह, सहकारी तथा वन उपभोक्ता समुहको लगानी, निर्माण व्यवसायी, व्यापारी, उद्योग व्यवसायीहरुको लगानी, वडिमालीका मेलामा केवल कार संचालनका लागि पर्यटन कर तथा सहयोग संकलन ,बडिमालीका गुठीको लगानी, प्रत्येक वाजुरावासीको तर्फवाट रु १० चन्दा अभियान ,वडिमालीका माताका नाममा धार्मिक महेत्सव तथा यज्ञ संचालन गरी सो वाट रकम संकलन, संसद विकास कोष अनुदान मार्फत लगानी जुटाउन सकिन्छ भने अपुग रकमका लागी शेयर निस्कासन गरी विक्रि गर्ने, वैंक तथा वित्तिय क्षेत्रको लगानी जुटाउने र वाँकि रकम केन्द्र तथा प्रदेश सरकारलाई लगानीका लागि अव्हान गर्ने हो भने यो योजनाको निर्माण कार्य शुरु भई करिव ५ वर्षमा सम्पन्न भई सुचारु हुन सक्दछ ।

j

यसको निर्माण पश्चात आन्तरीक पर्यटन मार्फत यहाँका वासीन्दाको आम्दानीमा वृद्धि, रोजगारीको सृजना तथा बाजुराको पहिचान स्थापित हुनुका साथै यदि यो मोडेलमा यस केवलकारको निर्माण गर्न सकेमा देशका अन्य विशेष ठाउँहरुमा समेत यो अवधारणा मार्फत विकासका ठुलठुला पुर्वाधारहरु निर्माण हुन सक्ने अवस्थाको सृजना हुने देखिन्छ । यो परियोजना नितान्त शेयरमा आधारीत लगानी भएकोले यसको प्रतिफल वितरण समेत न्यायोचित हुने हुँदा सवैको हित तथा समृद्धि जोडीने गरी निर्माण गरिने हुनाले लगानीको वातावरण तयार हुने देखिन्छ ।

परियोजना निर्माण पश्चात दैनिक औसत ३५० जनाले मात्रै यात्रा गरेमा वार्षिक अनुमानित करिव १ लाख २६ हजार जनाले यस क्षेत्रको भ्रमण गर्ने देखिन्छ (केवलकार मार्फत बडिमालीका दर्शन गर्न पाईने भए करिव ५० हजार भक्तजनले श्रावण सुक्ल त्रयोदशी मा लाग्ने मेलामा मात्रै केवलकार चढ्ने छन् त्यसैले यो संख्या न्युनतम संख्या मात्रै हो) । यसरी अनुमानित भाडादर रु १२५० प्रतिव्यक्ति कायम गर्ने हो भने पनि प्रत्यक्षरुपमा टिकट विक्रिवाट वार्षिक रु १५ करोड ७५ लाख आम्दानी हुने देखिन्छ साथै अप्रत्यक्ष रुपमा प्रति यात्रु रु २० को भेटीको मात्रै हिसाव गर्दा २५ लाख २० हजार भेटी संकलन हुने त्यसैगरी प्रति यात्रु पुजा सामग्री तथा फुल, फलफूल, पानी, खाना, खाजा, दुध, दही, चिया, कफि लगायत आवश्यक कुराको उपभोग गरे वापत रु ५०० मात्रै खर्च गर्ने हो भने वार्षिक न्युनतम ६ करोड ३० लाख वरावरको व्यापार हुने सामान्य तथ्यांकले देखाउछ ।

e

यसरी सरसर्ति मात्रै हिवास गर्ने हो भने पनि वार्षिक २५ करोड वरावरको आम्दानी हुने, करिव ५०० जनाको स्थायी रोजगारी सृजना हुने र १० हजार घरपिरवारको अप्रत्यक्ष रोजगारी सृजना हुने अवस्था छ । जिल्लामा उत्पादित स्याउ लगायतका फलफुल तथा तरकारीको विक्री, फापर, सिमी लगायतका स्थानिय उत्पादनको वजारीकरण हुनुका साथै पशुजन्य उत्पादन दुध, दही, घ्यु, मासु लगायतका उत्पादनको सजिलै विक्रि हुनुका साथै फुल खेतीको माध्यमवाट आम्दानीमा वृद्धि गर्न सकिने सम्भावना भएकै कारण बाजुराको लगानी, बाजुराकै समृद्धि भन्ने अभियानलाई आत्मसाथ गर्दै यस सँग सम्वन्धित सवैलाई यसै लेख मार्फत छलफलका लागि यो एउटा सामान्य अवधारणा पेश गरेको छु ।

l

 

यो लेख मार्फत बडिमालीका केवलकार निर्माणका विषयमा छलफल, विचार विमर्स, अन्तरक्रिया र सार्वजनिक वहस होस र यही अवधाणामा आधारीत भएर बडिमालीका केवल कार निर्माण प्रक्रिया टुंगोमा पुगोस भन्दै सुझाव तथा सल्लाहको अपेक्षा गर्दछु साथै सम्पुर्ण पाठक ज्यूहरुलाई एउटा विज्ञको रुपमा नभई सामान्य नागरीकको मनमा उठेको विचार र योजना हो भन्ने वुझिदिन आग्रह गर्दछु ।लगानी जुटाउन सकिने क्षेत्रहरुलाई तालीकामा प्रस्तुत गरिएको छ ।

kebal kar

 

 

 

 

 

 

 

 

 

 

 

 

 

kable

 

 

लेखक : मीनप्रसाद जैशी  राष्ट्रसेवक कर्मचारी हुनुहुन्छ ।

913 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank