भ्रष्टाचारीहरू र राष्ट्रविरोधी टोपी लगाउने वर्ग कै छन

आइतवार, पुस १७, २०७३

loading...

- अनिता यादव



पुरुष ले लगाउने पहिरन महिलाई पटक्कै सुहाउंदैन । कतै तपाइँ श्रीमती, आमा, बहिनी, दिदी, फुपु आदिले तपाईंले जस्तो यो पुरुषको टोपी लगाएर जोकर त भई रहेका छैननु? फेरी हामी महिलाले गुन्यू चोली दिवस मनाए भने पुरुष हरुले गुन्यू चोली लगाएर हिड्न त मिलेन ।

टोपी संसारमा धेरै देशका मानिसले लगाउँछन । टोपी पनि थरी थरीका छन । नेपालमै पनि भादगाऊले टोपी, ढाँका टोपी, बिर्खे टोपी र छतरे टोपी आदि…। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ मिथिला टोपी लाई ‘पाग’ भनिन्छ । अब भन्नुहोस, कुन चाँही टोपी दिवस मनाउने ? कसैको टोपी लाउने बानि होला, कसैको संस्कार होला, कसैको राष्ट्रियता झल्केला आफ्नो ठाउमा छ । खै मैले त बुझ्नै सकीनँ किन यो बेमौसम अचानक टोपी र धोतिको जुहारी हुदैछ ?

 झुठो ,खोक्रो ,अन्धविश्वास र मतभेद हुने धोती, टोपी हाक्कू पोटासी, पटुका, सामायानफुंग, छुबा, टककटूंग , लुंगी बख्खु दिवस मनाएर राष्ट्रियताको खिल्ली नउड़ाउँ ।

नेपाल को इतिहासमा सवैभन्दा ठुला पदमा वस्ने भ्रष्टाचारीहरू र राष्ट्रविरोधी सन्धी सम्झौता गर्नेहरू पनि सवै टोपी लगाउने वर्ग कै छन । एक दिन टोपी लगाएर राष्ट्रवादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो । एक दिन को राष्ट्रवादले देशलाई कँही लादैन ।

समानताको कुरा गर्न र ब्यवहारमा उतार्न सजिलो छैन आज राज्यले टोपी दिबस मनाउला भोली अरु जात जातीले हाकुपटासी, पटुका , सामायानफुंग, छुबा, टककटूंग लुंगी, धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान, खै कसरी भयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कछाड तराई पहाड हिमाल समेट्ने पोशाक हुनुपर्छ ! टोपीले मात्रा समबेशिता देखाउदैन । प्रतीकवादी, अस्तित्ववादी भन्दा पनी यथार्थबादी बन्न सिकौं ।

सबभन्दा पहिले टोपी, हाकुपटासी, पटुका, सामायानफुंग, छुबा , टककटूंग लुंगी , धोती, गुन्यू चोली, बख्खुको लाज बचाउ, देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी रोजगारको लागि बाटो बनाउ र स्वदेशी उत्पादित बस्तु विदेशमा बेच्ने वातावरण बनाउ , ज्ञान, विज्ञान, शिक्षा, सीप तालिम, आधुनिक प्रविधि, उद्योग र कृषि विकासको लागि उल्लेखनीय काम गरेर देखाउ। यो झुठो ,खोक्रो ,अन्धविश्वास र मतभेद हुने धोती, टोपी हाक्कू पोटासी, पटुका, सामायानफुंग, छुबा, टककटूंग , लुंगी बख्खु दिवस मनाएर राष्ट्रियताको खिल्ली नउड़ाउँ ।

न्यू इयर इभ को पार्टीमा कोट, पाइन्ट, टाइ लगाएर, बिदेशी रक्सी पीयर मनाउने अनी त्यसको भोलीपल्ट टोपी लगाएर राष्ट्रियता देखाउने देखि सावधान रहने बेला आएको छ । कतै यो डलर कमाउनेहरुको खेल त होइन ? हिमाल, पहाड र तराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नालाग्नु होला ।

जे भए पनी टोपी दिवसको शुभकामना । मेरो शरीरमा एकसरो बस्त्र भएपनी, नभएपनी म नेपाली थिए, नेपाली छू र नेपाली रहन्छु । सही बिचार र कर्मले नेपाली बनौं । टोपी लगाउदै मा राष्ट्रिबादी र नलगाउदैमा राष्ट्र बिरोधी हुदैन । चर्को राष्ट्रवाद ! खोक्रोे राष्ट्रवाद ! थोत्रो राष्ट्रबाद भन्दा सानो सक्ने कामले पहिचान बनाऊ । आवश्यक परे यो मेरो देश नेपाल को राष्ट्रियता, अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छू ।

लेखक यादव सामाजिक कार्यकर्ता हुन ।

4184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv