सप्तरी घटनाको जिम्मेवार गृहमन्त्री निधि !

ब्लग

मङ्लबार, फाल्गुन २४, २०७३

loading...

- अनमोल अविनाश



हाम्रो मेची -महाकाली अभियानको तयारी हुँदै गर्दा गृहमन्त्रीले एक कार्यक्रम मार्फत एमाले माथि आक्रमणमा उत्रिन निर्देशन दिनु कतिको जायज थियो ? गृहमन्त्रीको काम देशमा शान्ति , सुरक्षा कायम गर्नु हो, देशमा मुठभेड निम्त्याउनु र त्यस्ता खाले निर्देशन वा भाषण गर्नु पक्कै होइन ।


हामीले इतिहासका बडो कष्ठकर समयलाई छिचोल्दै प्रजातन्त्र बहालीका लागि ठुलो त्याग गर्यौ । अन्तत २०१५ को आम निर्वाचनमा बहुमत ल्याएको नेपाली काँग्रेसले सत्ताको मातमा प्रजातन्त्र तत्कालीन राजालाई सुम्पियो । २०४६ सालको जनआन्दोलन होस् या २०६२ /६३ को जन आन्दोलन होस् जनताको हक, हित र स्वतन्त्रता संगै राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनता संगै राष्ट्रिय सार्वभौमीकता रक्षाका लागि थिए तर प्रजातन्त्रलाई त्यो बेला शिसु प्रजातन्त्र भन्दै अस्थिरता पैदा गर्नेहरू जो आज आफूलाई लोकतन्त्रको ठेकेदार सम्झिन्छन् यस्तैबाट आज संक्रमणकालीन अबस्थाको नाममा गणतन्त्रलाई नै संकटमा पार्दैछन् । र यिनीहरू बाटै गणतन्त्रलाई सबैभन्दा बढी खतरा छ ।
मुलुक यतिबेला निर्वाचनको माहोलमा तात्दै छ । साँच्चै भन्नुपर्दा यतिबेला देश जनताको बहुदलीय जनवादको मार्गदर्शनबाट ओलिज्म भएको छ । यसैले पनि सत्ता पक्ष निर्वाचन भन्न साथ लकलक काँप्दैछ तर पनि देशलाई राजनीतिक अस्थिरता र संक्रमणकालीन अबस्थाबाट मुक्त गराउन एउटा मात्र विकल्प निर्वाचन भएकोले बाध्यताले दाँतबाट पसिना काडि सरकारले निर्वाचन मिति घोषणा गर्यो । अब हुने निर्वाचनको मतपरिणामले धेरै उथुलपुथुल ल्याउने निश्चित छ । सत्ताको लागि विदेशी ऐजेन्ट बन्नेहरू बढारीनेछन् , जनताको मन मस्तिष्कमा बसि देश र जनताको हितमा काम गर्नेहरू र देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गराई देशलाई समुन्नत र सुदृढ बनाउनेहरूलाई जनताले बहुमतमा जिताउनेछन् ।

एमालेको मेची- महाकाली अभियानले मधेसमा आफू विरुद्ध फैलाएका भ्रम मात्र चिरेन कि माओवादी, कङ्ग्रेस र मोर्चाका कार्यकर्तालाई हजारौँको संख्यामा पार्टी प्रवेश गरायो । यही देखि राजनीतिक विचलित भएको सरकारले बढो षडयन्त्र पूर्वक सप्तरीमा मोर्चा संग मिलि घटना घटायो । एमालेको कार्यक्रम विथोल्न मोर्चाले हरकत देखाएपछि हामीले पूर्व निर्धारित ठाउँबाट मंञ्च सार्यौ र आफ्नो कार्यक्रम संचालन गर्यौ ।


एमालेको शान्तिपूर्ण कार्यक्रममा मोर्चाले बम राख्ने, जनतालाई लाठी भाला बोक्न बाध्य पार्ने जस्ता अराजनीतिक , अराजक, टोले दादागिरी देखायो । यस्ता गतिविधि राजनीतिक असन्तुष्ट हुन्छ कि आतङ्ककारीको रूप हुन्छ ?


हजारौँको संख्यामा ओर्लिएको एमालेको जनसागरलाई रोक्न ठाउँ -ठाउँमा मोर्चाका कार्यकर्ता बसे पनि हामीले त्यस्ता अबरोध छिचोल्दै अगाडि बढेर कार्यक्रम सफल बनायौँ । कार्यक्रम सकिएपछि मोर्चाले प्रहरीमाथि नै पेट्रोल बम हानेपछि प्रहरी र मोर्चाका कार्यकर्ता बीच झडप भएको हो । प्रहरीले मोर्चाका कार्यकर्तालाई तितर बितर पार्न हवाई फाएर गर्यो, दर्जनौँ अश्रु ग्यास हान्यो तर पनि मोर्चाका कार्यकर्ताले प्रहरीलाई घेरा हालि पेट्रोल बम हान्ने, ढुङ्गामुडा बर्साउने कार्य थालेपछि प्रहरीले दोस्रो टिकापूर घटना घट्न नदिन् आफ्नो आत्म सुरक्षाका लागि गोली चलाउन बाध्य भएको हो ।

लोकतन्त्रमा कुनै दलले निष्फिक्रि रूपमा नेपाल अधिराज्यभर संवैधानिक ब्यबस्थामा रहेर आफ्ना निति तथा कार्यक्रम जनता माझ लान पाउँछ कि पाउँदैन ? जनताको मुल्य तोकेर आन्दोलन गर्ने केही कथित मधेसी मोर्चाको पेवा हो मधेस ? लोकतन्त्रमा निषेधको राजनीति अर्थात सिन्डिकेटको राजनीति हुन्छ ? एमाले ले आफू विरुद्ध छरिएको भ्रम चिर्नका लागि सुरु गरेको १५ दिने अभियानमा मोर्चाले किन अबरोध गर्यो ? एमालेको शान्तिपूर्ण कार्यक्रममा मोर्चाले बम राख्ने, जनतालाई लाठी भाला बोक्न बाध्य पार्ने जस्ता अराजनीतिक , अराजक, टोले दादागिरी देखायो । यस्ता गतिविधि राजनीतिक असन्तुष्ट हुन्छ कि आतङ्ककारीको रूप हुन्छ ?

सप्तरीको घटनामा हामी दुखी भएका छौँ । हाम्रो शान्तिपूर्ण मेची महाकाली अभियानमा जुन घटना घट्यो यसको जिम्मेवार गृहमन्त्री र मोर्चा हुन् र हुनुपर्छ । हाम्रो मेची महाकाली अभियानको तयारी हुँदै गर्दा गृहमन्त्रीले एक कार्यक्रम मार्फत एमाले माथि आक्रमणमा उत्रिन निर्देशन दिनु कतिको जायज थियो ? गृहमन्त्रीको काम देशमा शान्ति , सुरक्षा कायम गर्नु हो, देशमा मुठभेड निम्त्याउनु र त्यस्ता खाले निर्देशन वा भाषण गर्नु पक्कै होइन ।

लोकतान्त्रिक प्रणालीमा कसैले आफ्ना कुरा शान्तिपूर्ण तरिकाले जनताका सामु राख्न पाउँछन् र राख्न पाउनु पर्दछ । त्यसमा अवरोध गर्नु संविधान, मौलिक अधिकार र मानव अधिकार विरुद्धको कार्य हो । त्यस प्रकारका कार्यपद्धती राजनीतिक हुन् नसक्ने भएकोले हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । सप्तरीमा जुन असोचनीय घटना यट्यो यसप्रति हाम्रो पार्टी दुख ब्यक्त गर्दै मधेसका जनतालाई अराजक , गैरराजनीतिक गतिविधिमा नलागि राष्ट्रिय एकता , आफ्नो र अरूको मौलिक अधिकार रक्षा संगै सामाजिक संहिष्णुताको पक्षमा लाग्न हार्दिक अनुरोध गर्दछौँ ।

तत्कालीन परिस्थितिलाई मध्यनजर गरि हामीले हाम्रो मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरेका छौँ । हाम्रो यो राष्ट्रिय अभियान ३ दिनपछि हेटौँडाबाट सुरु गर्नेछौँ । यथार्थमा तराईका रैथाने जनताको मुल्य तोकेर भारतीय भित्राउने खेल र तराईका रैथाने जनताको हक , अधिकार कटौती गरि अङ्गीकृत नागरिकलाई खुसी पार्ने माग कुनै हालतमा तराईका जनताको माग होइन ।

लेखक एमालेका कार्यकर्ता हुन ।

684 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank