राज्यले बिर्सेको मोतियाफाँटामा नागरिक सचेतना केन्द्रले जगाएको आशाको किरण

बुधबार, कार्तिक १०, २०७३

loading...


कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका भित्रको बडा नं. २ मोतियाफाँटा राज्यले बिर्सेको बस्ती जस्तै बनेको छ । गुजुमुज्ज छाप्राको घनाबस्ती एक घरमा एक अर्को घर जोडिएको आँगन नै नभएको घर । घर पछाडी वारीको डिलमै विश्वकै दास्रो ठूलो भारतको दुदुवा नेश्नल पार्कको घना जंगल । अन्य गाउँ बस्ती भन्दा एकान्त । जंगली जनवारहरुको प्रकोप त्यत्ति कै छ । रोजगारीका लागि धेरै जसो भारत जाने हुँदा यहाँका बासिन्दाहरु आफ्नो गाउँलाई कलोनी भन्ने गर्छन् । यत्तिका बर्ष आई पुग्दा पनि एउटा सामुदायिक विद्यालय र विद्युतबाहेक राज्यले विकास निर्माणको कुनै भौतिक पुर्वधार उपलब्ध गराउन सकेका छ्रैन् । यहाँका १०८ घरधुरी सुकुम्बासी बस्ती मध्ये ७८ दलित परिवार बसोवास गर्छन् ।

२०६७ सालमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत मोतियाफाँटा नागरीक सचेतना केन्द्र स्थापना भए पछि गाउँका महिलाहरु यसका सदस्य भए । अति विपन्न र पछाडि परेका समुदायलाई सशक्तीकरण गदै सचेतना केन्द्रले जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत एक लाखको घुम्ती कोष स्थापना गरिदिए पछि गरिखाने अति विपन्न महिलाहरुलाई बरदान नै सावित भएको छ । २७ जनाको समूहका महिलाहरुले दश हजारको दरले पालै पालो ऋण लिएर तरकारी खेती, बाख्रा पालन, साना पसल कुनैन कुनै ब्यवसाय संचालन गरेका छन् । अहिले समूहमा ऋण असुली भएर पनि एकलाख पच्चिस हजार रुपैयाँ संकलन भईसकेको छ ।

हिजो भन्दा आज यहाँका महिलाहरु आय आर्जनमा सकृय हुदै गईरहेको छन् । बाहिरको मान्छेहरु विरलै पुग्ने यस ठाउँमा आज केहि नौलो मान्छे पुग्दा महिलाहरु चासो दिन्छन् र सकृय छलफल पनि गर्छन् । अहिले गाउँका सोझा महिलाहरु पनि गाउँका विकास निमार्णका, महिला हिंसा, बालबालिका तथा महिला स्वास्थ्य तथा सामाजिक समस्याको विषयमा खुलेर छलफल गर्ने र त्यसको समस्या समाधान गर्न तिर लाग्ने गरेको र यो कार्यमा सामाजिक परिचालिका सरस्वती बिष्टको सकृय रहेको नागरीक सचेतना केन्द्रकी सदस्य सुना मिझार बताउछिन् ।

हाम्रा जमिनको समस्या, गरिबी, हात्ति पीडितकोको समस्या सबैलाई उस्तै छ । कसैले हाम्रो लागि केहि गरिदिदैन् आफ्नो लागि आफैले प्रयास गरे मात्रै हाम्रो समस्या समाधान हुँने हामीले बुझ्यौं । अहिले हामी संगठित भएका छौं त्यसैले यहाँ छुवाछूत, भेदभाव पनि निकै कम भएको छ । वडा नं. २ कि वडा नागरीक मञ्चकी सदस्य देउरुपा नेपाली बताउछिन् ।
यसै सुकुम्बासी बस्तीमा प्रयास गरे सफल भईन्छ भन्ने २२ बर्षिय लक्ष्मी सुनारले सिद्ध गरेकी छिन् । तीन बर्ष पहिला लेवर मजदुरीमा हिड्ने गरेकी लक्ष्मी नेपालीको जिवन गाउँमा नागरीक सचेतना केन्द्र स्थापना भए पछि परिवर्तन आएको हो । समूहबाट ऋण लिएर सानो किराना पसल र त्यसैमा एउटा सिलाई मेसिन राखेर उनले मनमग्ये आम्दानी गरिरहेकी छिन् । त्यहि सानो पसलमा छिमेकी गाउँबाट सिलाई सिक्न पनि आउने गर्छन् । उनले अहिले सम्म ५ जना महिलालाई सिलाई सिकाई सकेकि छिन् र उनीहरु मध्ये केहिले अहिले सानो तिनो सिलाई पसल संचालन गरेकोमा गर्व गर्छिन लक्ष्मी सुनार । अब श्रीमानले भारतबाट कमाएर ल्याएको र आफुले बचत गरेको रकमबाट खोकाबाट सानो ईटा लगाएर पसल बढाएर यहि गाउँका दिदि बहिनीहरुलाई सिलाई सिकाउने योजना छ उनको ।

हिजो दुई चार रुपैया नभएर तडपिएर बस्नु पर्ने अवस्था थियो । तर आज आवश्यक परेको बेला दुई चार हजार निकाल्न सक्ने आफ्नो अबस्था भएको उनी बताउछिन् । गएको तीज र दशैंमा आठ दश हजार जति कमाई भयो भने अरुबेला महिनाको चार पाँच हजार कमाई हुँने खुशी हुँदै उनले भनिन् । जमिनको नाममा उनको सानो झुपडीले चर्चेको जमिन बाहेक एक वित्ता पनि छैन् । श्रीमान भारत छन् । आफ्नो र जेठाजुको परिवार गरी छ जनाको जिवन धानीरहेको छिन् व्याज पनि तिरिरहेकी छिन् । अहिले उनको जिवनको सुधार आएको छ । समाजमा पनि उनको मान सम्मान बढ्ेको स्थानीय तिर्था साकीले बताईन् ।

सबै सदस्यहरुले केहि समय छुट्याएर विगत तीन बर्ष देखि यस सचेतना केन्द्रले सामुहिक तरकारी खेती गर्दै आएको छ । यो बर्ष पनि काउली, टमाटर, बैगुन र खुर्सानी जातको तरकारी रोप्ने कार्यक्रम छ । २५ सय रुपैयाँको बिउ किनेर बेर्ना उमारी सकेका छौं । सचेतना केन्द्रले भूमिगत सिचाईको लागि दुईवटा बोरिगं अनुदानमा उपलब्ध गराए पछि सामुहिक तरकारी खेती र अन्य खेतीवाली उत्पादनमा बृद्धि भएको मोतियाफाँटा नागरीक सचेतना केन्द्रकी संयोजक पार्वती बुढाले बताईन ।

यो बर्षामा मोतियाफाँटाबाट खड्डा सम्म जाने बाटो विग्रिएर आवत जावत गर्न समस्या भएका कारण हाम्रो नागरीक सचेतना केन्द्रको पहलमा करिब १ कि.मि. बाटो मर्मत पनि गरेका छौं । अहिले बालबालिका विद्यालय जान आउन, बजार सम्म आवत जावत तथा कृषि प्रयोजनका लागि निकै सजिलो भएको बुढाले थपिन । यसरी सबै जात जातिका महिलाहरु एकै ठाउँ जम्मा भएर सामूहिक कार्यमा जोड दिदा सामाजिक एकता र सदभाव बजबुत हुँने वडा नं. २ का वडा नागरीक मञ्चका संयोजक बयोबृद्ध झम्कनाथ सुवेदी बताउनु हुन्छ ।

यहाँका अधिकांस पुरुषहरु भारत आप्रवासन गर्ने हुँदा यौन रोगको जोखिम अत्यन्त उच्च भएको हुँदा यस प्रति सजग गराउने अभियान नागरीक सचेतना केन्द्रले संचालन गर्नु पर्ने र जिविकोपार्जनका लागि जंगली हात्तिको समस्याले गर्दा केरा खेती यहाँ सम्भव नभएको तर तरकारी र बाख्रा पालनमा राम्रो सम्भावना रहेको छ । नजिकै रहेको बेतघारी त्यसै खेर गईरहेको हुँदा स्थानीयरुपमा उपलब्ध श्रोत साधनलाई परिचालन गरि लाभ लिन त्यसलाई पनि उपभोग गर्न सकिने संभावना देखिन्छ ।

अधिकारी, पुनर्वास नगरपालिका कार्यालय, कञ्चनपुरका कार्यक्रम अधिकृत हुन् ।

530 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank