भृकुटी नेपाल चीन सम्बन्धकी सेतु !

बिहिबार, कार्तिक २५, २०७३

loading...


थान्का र पौवा कलामा हरित तारा भृकुटीलाई हरिततारा पनि भनिन्छ । उनको विवाह १६ वर्षको उमेरमा तिब्बतका राजा स्रङचङ गम्पोसंग सन् ६३९मा भएको थियो । उति बेला तिब्बत अशिक्षित र अविकसित रहेको र त्यसको कारण धर्म र शिक्षाको अभाव रहेको हुँदा बौद धर्मको विकासमा सहयोग हुने बचन लिएर मात्रै उनले विवाहको मन्जुरी दिएकी थिइन ।

त्यस प्रयोजनको निम्ति आफू तिब्बत जाँदा साथामा प्रकाण्ड बौध भिक्षु शीलमंजु सहित सयौं भिक्षु लिएर गएकी थिइन् । नयाँ रानीले धर्मको विशाल क्षेत्र खुला गरिदिइनु (सिल्भा लेभी) । उनी आफै बौध बाङ्गमयमा पारंगत र ठूली विदुषी थिइन् । त्यहाँ जाँदा उनले अक्षोभ्य बज्र ९बुद्धको बाल्य कालिन एक प्रतिमा रु १०, मैत्रेय बुद्ध, गोशीर्षको श्रीखण्डले बनेको स्वेत ताराको प्रतिमा र बुद्धको भिक्षा पात्र पनि लिएर गएकी थिइन ।

बुद्धको बाल्य कालिन प्रतिमालाई शुरुमा ल्हासा स्थित जोखान मन्दिरमा राखिएको थियो । जोखान मन्दिर पोटला राजप्रसाद पछिको दोश्रो प्रशिद्ध मन्दिर मानिन्छ । अहिले उनले ल्याएको उक्त प्रतिमा नजिकैको रामोचे मन्दिरमा राखिएको छ । भनिन्छ भृकुटीले तिब्बतमा जोखन सहित तिनवटा र भुटानमा एउटा मन्दिर बनाएकी थिइन । यी सबै मन्दिरको मूलद्वारको मोहडा नेपाल तर्फ सोजिएको छ । माइतीप्रतिको प्रेमलाई अभिव्यक्त गर्न त्यसो गरिएको हो भनिन्छ ।

सन् ६४१मा स्रङचङ गम्पोले थाङ्ग बंशीय सम्राट ताई९सोङ्गकी छोरी वेनचन गंचुसंग दोश्रो विवाह गरे । उनी पनि बौध मार्गी थिइन् । दुबैको सम्बन्ध जीवन पर्यन्त दिदी बहिनीको जस्तै रह्यो । भृकुटीको यस सम्वन्धले नेपालको चीनसंगको सम्वन्धमा कोशे ढुंगाको काम गर्यो ।

उनको विवाहको ४ वर्षमै नरेन्द्र देवको पालामा पहिलो पटक ई–पिआओको नेतृत्वमा चिनियाँ सरकारी प्रतिनिधिधि मण्डलले नेपाल भ्रमण गर्यो । नेपालको चीनसंगको कुटनीतिक सम्पर्क यसै बेलादेखि भएको हो । सन् ६४७ र ४८मा वाङ्ग ह्वेन–सेको नेतृत्वमा अर्को प्रतिनिधि मण्डल आयो ।

यस प्रतिनिधि मण्डलको नरेन्द्र देवले ठुलो खातिरदारी मात्रै गरेनन्, यो मण्डल भारत जाने क्रममा त्यहाँ हर्ष ९वर्धन रु०को गद्दी खोसेर लिने विद्रोहीहरुको आक्रमणका कारण तिनका धेरै सुरक्षाकर्मी मारिएको या बन्दि बनाइएको हुँदा त्यो नेपाल फर्की कारवाहीको निम्ति सहयोग मागेको हुँदा नेपाल सरकारले ७००० घोडचढी दिएर मदत गरेको र तिनलाई हायल कायल बनाएको थियो ।

यस गुनले चिनियाँ राज प्रसादमा नेपालको ठुलो प्रतिष्ठा बढ्न गएको थियो । भृकुटीको दाम्पत्य जीवन धेरै टिक्न पाएन । विवाह भएको ११ वर्षमै राजा स्रङचङ गम्पोको निधन भयो । तै पनि राजपाटमा उनको दखल भने रही रह्यो । सन् ६५९मा बन्न सुरु गरेको पोटला प्यालेसको निर्माणमा पनि उनको ठूलो हात छ भनिन्छ । उक्त प्यालेसको निर्माणमा नेपाली कालिगढ़ र कला कृतिको प्रचुर प्रयोग भएको देखिन्छ  ।

(कार्कीको फेसबुकबाट)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank