युवा उद्यमशीलता आजको सन्दर्भ

शनिबार, जेष्ठ १०, २०७७



यति बेला कोरोना भाइरस कोभिड-१९ ले गर्दा विश्व निकै आक्रान्त भइरहेको अवस्था छ । त्यस मध्य नेपाल पनि अछुतो रहेन । यति बेला लाखौँको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौँ व्यक्तिको रोजीरोटी गुमेको अवस्था छ । यसबाट नेपाल पनि अछुतो रहेन । लाखौँ युवा यति बेला वैदेशिक रोजगारीमा रहेका छन् ती सबै युवाहरू नेपाल फर्कने अवस्थामा रहेका छन् । सरकारले यस विषयमा ध्यान दिन जरुरी छ ।  सबै युवाहरूको ज्ञान सीप दक्षता अनुसार रोजगारी दिन सक्नु नै आजको आवश्यकता हो । आजको नेपालको आर्थिक विकासको एउटा खम्बा भनेको उद्यमशीलता को नै हो । आजको २१ औ शताब्दीमा पनि अब हरेक युवा उद्यमी बन्नु पर्दछ र सरकारले पनि सक्दो सहयोग गर्नुपर्दछ । अर्काको जागिर खाने भन्दा पनि आफूले केही गर्ने मानसिकतामा अब नेपाली युवामा हुनुपर्दछ । आफ्नो ज्ञान सीप दक्षता जोस यही धर्तीमा खन्याउनु पर्दछ। उद्यमी बन्न चाहने युवाले हरेक कुरा ध्यान दिएर अगाडी बढ्नुपर्ने देखिन्छ र प्रदेश सरकार र स्थानीय सरकारले पनि यश विषयमा ध्यान केन्द्रित गर्न जरुरी छ । आज विश्व अर्थतन्त्र ध्वस्त भएको बेला र नेपालको पनि आर्थिक अवस्था धराशायी बनेको अवस्थामा अब यही बिन्दुबाट सुरु गरियो भने केही न केही परिणाम देखिन्छ । यस कार्यक्रमको लागि विभिन्न निकायको पनि कामकारबाही देखिन्छ चाहे राष्ट्रिय युवा परिषद् होस या युवा मन्त्रीलाई होस या अरू । अब यस विषयमा सबैले ध्यान दिनुपर्दछ र मैले यति वर्ष युद्ध गरे मैले यो पद पाउनुपर्छ मैले यति वर्ष यो गरे त्यसैले मैले यो पद लिनुपर्छ भन्ने मानसिकताबाट अगाडी बढियो भने देश पुन पुरानै शैलीमा फर्कन्छ र अगाडी बढ्न सक्दैन । अब युवाको सीप ज्ञान दक्षताको आधारमा अगाडि बढाइनुपर्दछ ।

१) पूँजीको व्यवस्थापन :

हरेक युवालाई व्यवसाय सुरु गर्दा seed money अर्थात् बीउ पूँजीको व्यवस्था गरिनुपर्दछ । त्यो पनि नसके सरल ऋणको व्यवस्था गर्नुपर्दछ । हाम्रो घर गाउँमा चलेको चलन थियो बाख्री दिने त्यसबाट जन्मेको एउटा पाठा वा पाठी चाहिँ फिर्ता दिनुपर्ने त्यस अनुसार कार्यक्रम ल्याइनुपर्दछ । अनुदानको हकमा कि सिधै प्रत्यक्ष सम्बन्धित निकायकोमा पुग्नु पर्दछ जस्तै सामाजिक सुरक्षा भत्ता जस्तै हैन भने अनुदान पुरै बन्द गरिनुपर्दछ । भन्नुको तात्पर्य व्यवसाय गरिसकेपछि उसको नाफाबाट कमाएको पहिलाको पुजि फिर्ता गरिनुपर्दछ । आजको नेपालको उद्यमशीलताको समस्या भनेको पुजिको हैन सोचको कमी हो । अब हरेक स्थानीय तहले fund तयार गरी हरेक वडामा १० -२० जनालाई पुग्ने गरी उद्यम गर्ने व्यक्तिलाई पुजिको व्यवस्थापन गर्नुपर्दछ । सोचको कमी नगरौँ स्रोत आफै छ ।

२) Idea बैङ्क स्थापना :

अब सरकारले युवा उद्यमशीलताको लागि idea बैङ्क को स्थापना गर्नुपर्दछ र त्यसलाई व्यवहारिक रूपमा लागु गर्नुपर्दछ । देशको हरेक कुना र काप्चामा रहेका नयाँ सोच innovation लाई ल्याइ बैङ्क स्थापना गरी त्यसलाई आवश्यकता पुजि र जनशक्ति स्थापना गरिनुपर्दछ ।

३) व्यवसाय र जग्गाको वर्गीकरण :

उद्यमशीलताको लागी व्यवसायको र वर्गीकरण हुन जरुरी छ । जस्तै उद्योगमा सम्भावना भएका ठाउँमा उद्योग सञ्चालन र स्थापना गरिनुपर्दछ । जस्तै हेटौँडालाई औद्योगिक छेत्र बनाइएको छ । बाग्मती प्रदेश फलाम खानीको सम्भावना छ । सिमेन्ट उत्पादनको लागि चुनढुङ्गा पनि यही छ । जडीबुटी जलस्रोत गिट्टी बालुवा पनि यही छ । काभ्रे धादिङ र मकवानपुरको तरकारी बाहिर पठाउन सकिन्छ । सिन्धुपाल्चोक चितवन काभ्रे पोखरा पर्यटकीय हिसाबले उच्च छ । यसलाई कानुन नै बनाएर दूरगामी प्रभाव पार्ने काम गरिनुपर्दछ ।

४) जनशक्ति निर्माण :

उद्यमशीलतालाई अगाडि बढाउनुको निम्ति दक्ष जनशक्ति आवश्यक पर्दछ । हामी सँग विभिन्न कलेज लाखौँ विद्यार्थी उत्पादन गर्छौ र विदेश पलायन गर्छौ । अब हरेक लाई यही लगाइनुपर्दछ । उद्यमी र सीप विकासका ढाँचा हेर्दा हाम्रा अभ्यासहरू हेर्दा पुरानै छन् । हामी सँग विभिन्न खानी जडीबुटी पर्याप्त छ त्यसलाई refine गरेर निर्यात गर्ने जनशक्ति हामी सँग छैन । अब प्राविधिक उत्पादन गरेर आफ्नै देशमा लगाइ आर्थिक उपजको निम्ति खटाइनुपर्दछ । अब देशबाट फर्किएका युवाको सीप ज्ञान दक्षताको वर्गीकरण गरी उनीहरूलाई यही लगाइनुपर्दछ । हामीसँग हरेक वैदेशिक युवाको सीप तालिमको आधिकारिक सूचना र प्रणाली अझ विकास गरेनौ । अब यश विषयमा ध्यान दिन जरुरी छ ।

५) प्रशासनिक सुधार :

जब उद्यमशीलताको लागि युवा प्रशासनभित्र प्रवेश गर्छ त्यस निवेदन प्रक्रिया देखी नै उ ढिला सुस्तीको सिकार बन्छ । उ त्यस बेला देखिनै कमिसनको सिकार बन्छ । उसले आफू सँग भएको घर खेत झिटी झाम्टा सबै बेच्नुपर्ने हुन्छ । जबसम्म यश प्रक्रिया सुध्रिँदैन तबसम्म युवा उद्यमशीलता विकास सम्भव छैन । उसले पाउनु पर्ने सेवा सुविधा आवश्यक कागजात प्रक्रियामा ढिलासुस्ती हुने काम नगरिदिने र मानसिक पीडा उसमा पर्दछ । प्रशासनिक सुधारको खाँचो धेरै छ त्यस कारण यो विषयमा कसरी प्रशासनिक तहलाई जिम्मेवार बनाउन गम्भीर हुन जरुरी छ ।

६) Research & development :

आजको देशको मुख्य आवश्यकता भनेकै खोज र अनुसन्धान हो । जबसम्म रिसर्च र innovation मा लगानी गरिँदैन तबसम्म उद्यमशीलता कठिन छ । हामीकहाँ ठुलो समस्या भनेकै कुनै नयाँ काममा वा ठाउँमा लगानी गर्न पर्‍यो भने त्यसको गहिरो रूपमा अनुसन्धान हुने गरेकै छैन । जसले गर्दा प्रतिफल आउन कठिन भइराखेको छ । नयाँ सोच नयाँ प्रविधि नयाँ सीप नयाँ तरिका आइ सकेको हुन्छ हामी उहीँ पुरानै तरिका अपनाइरहेको हुन्छौ । त्यस कारण सम्बन्धित निकाय यश विषयमा चनाखो हुन जरुरी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments