एमाले–माओवादी एकता जति ढिलो भयो, त्यति नै जोखिम बढ्छ

बिहिबार, बैशाख २०, २०७५



- युवराज ज्ञवाली उपाध्यक्ष, नेकपा एमाले

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता नभइ सुख छैन । देश, जनता नेता तथा कार्यकर्ता सवैको आवश्यकता भएकाले एकता ढिलोचाँडो हुन्छ । माथिका लागि माथि नै र तलका लागि तलनै एकताको आवश्यकता छ । तल्लो कमिटीदेखि माथिल्लो कमिटीसम्मका सवै नेताहरुको आवश्यकता र शीर्ष नेताहरूको पनि आवश्यकता भएकाले एकता नभइ सुखै छैन् ।

एकीकरण भएन भने नेपालको राजनीति फेरि ०५२ सालमा फर्कन्छ । प्रतिगमनतिर जान्छ । ठूलो दुर्घटनामा जान्छ, मुलुकको समृद्धि, विकासको कुरा सपनामा मात्र रहन्छ र अस्थिरताको घनचक्करमा देश फस्छ । यो कुरा हाम्रा हरेक नेताहरूले बुझ्नुभएको छ ।

पराजित भएका राजा पनि मौका पर्खेर बसेका छन् । देश अस्थिरतामा जाला र आफू सक्रिय हुन पाइएला भन्ने देशी विदेशी विकास र समृद्धि नचाहनेहरूको कामना छ । विकास विरोधी तत्वहरू कम्युनिष्ट एकता नहोस र मुलुक फेरि अस्थिरतामा जाओस भन्नेमा छन् । त्यसकारण पछि हामीले छिटो पार्टी एकता गर्नुहुन्छ । जति ढिला भयो त्यति नै जोखिम बढ्छ । तसर्थ एकता छिटो गर्नमै बेस हुन्छ ।

दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरणपछि देशले राष्ट्रव्यापी रुपमा जनतामा आधारित ठूलो कम्युनिस्ट पार्टी प्राप्त गर्नेछ । त्यो कम्युनिस्ट पार्टी नै मुलुकको अग्रगति र विकासको केन्द्रबिन्दु हुनेछ । त्यसले देशमा विकास–निर्माणको मुहान फुटाउनेछ । मुलुकको सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियाले तीव्रता पाउनेभने अस्थिरता सँधैका लागि अन्त्य हुनेछ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँगको विशेष अन्तर्वार्ता 

त्याग र निष्ठाको राजनीति भाग ६

नेता पक्राउ परेको पीडामा खाना समेत नखाई सुत्यौँ

5462 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank