कहिले आउँछ युवाको पालो ?

सोमवार, कार्तिक २७, २०७४

loading...


- दीपेन्द्र खड्का

भर्खरै मात्र युरोपको सम्पन्न देश अष्ट्रीयामा ३१ वर्षका सेबस्टप्न क्रुज संसारलाई नै चकित बनाउदै राष्ट्रपति बने । क्यानडामा ४० वर्षमै जस्टिन ट्रडयु प्रधानमन्त्री बन्न सफल भए भने फा्रन्समा ३९ वर्षीय इम्यानुयल म्याक्रो राष्ट्रपति । यदि अष्ट्रीया, क्यानडा र फ्रान्सका जनतामा सक्षम युवाप्रति सकरात्मक सोच नहुँदो हो त जस्टिन र म्याक्रोले देशको सर्वोच्च पदमा पुग्ने अवसर पाउने थिएनन् । तर नेपालमा भने त्यसको विपरित अवस्था छ ।


देश अहिले इतिहासको गम्भीर मोडमा छ । नयाँ संविधानले मार्गनिर्देश गरे अनुसार आगामी मंसिर १० र २१ गते संघीय प्रतिनिधीसभा र प्रदेश सभाको पहिलो पटक निर्वाचन हुदैछ । निर्वाचनको राततापले सिंगो देश नै तातेको छ । वाम र लोकतान्त्रिक गठबन्धनको सरगर्मी झन चाखलाग्दो बन्दैछ । दुई ठुला दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन हुँदै पार्टी एकतासम्मको घोषणा गरेपछि त्यसको प्रतिक्रियास्वरुप नेपाली काँग्रेसले दक्षिणपन्थी शक्तीहरुको लोकतान्त्रिक गठबन्धन बनाउने प्रयत्न गरिरहेको छ । तर यो महत्वपुर्ण घडिमा समग्र देशको हितका लागि आवश्यक युवा नेतृत्वलाई स्थापित गर्ने विषयमा भने खासै बहस भएको पाइदैन ।

अहिले वाम र गैर वाम दुवै गठबन्धन आगामी निर्वाचनमा युवा नेतृत्व स्थापित गर्ने सवालमा मौन छन् । केही आशालाग्दा युवा अनुहारहरु दलहरु भित्र हुर्किदै गएको कथित गुटबन्दीको शिकार भएपछि स्थानीय स्तरबाटै सिफारिसमा पर्न सकेनन् । सिफारिसमा परेकाहरु पनि टिकटका लागि पार्टी नेतृत्वको दैलो चहारिरहेका छन् । राजनीतिक दलहरुले धेरै पटक युवाको जोस र पाकाहरुको अनुभवका आधारमा नेतृत्व निर्माण गर्ने प्रतिबद्धता जनाए । युवालाई नेतृत्वमा ल्याउने नेताहरुको आश्वासन आफैमा फगत आश्वासनमा परिणत हुने सम्भावना सिर्जना हुन थालेको छ ।

अब युवाको स्थान कहाँ ?
यसपटक पनि देखिदैछ की २०४८ यता भएका पाँच वटा संसदीय र संविधानसभा निर्वाचनबाट सांसद भएको पुस्ता नै यसपटक पनि बढ्ता हावी देखिदैछ । झण्डै तीन दशक देशको नेतृत्व गरेको यो पुस्ताले अप्रत्यक्ष रुपले युवा नेतृत्वलाई अवसरबाट बन्चित गरेर राजनीतिलाई कार्टेलिङ र सिन्डिकेटिङ गर्दैछ । आन्दोलन र संघर्षका बेला सडक तताउन आवश्यक पर्ने युवाहरु अहिले उपेक्षामा छन् । बरु गुण्डादर्गीका नाइके, पैसावाल, म्यानपावर संचालक, ठेकेदार र राज्यलाई कर नतिर्ने व्यापारीहरुले ठुला पार्टीका तर्फबाट टिकट पाउदै छन् । एक किसिमले भन्दा लोकतान्त्रिक गणतन्त्र र इतिहासको मजाक हो ।

हिजो जनआन्दोलन र देश अप्ठेरोमा परेको बेला ज्यानको बलि दिने शहीद, टाउको फुटाउने र प्रहरीको लाठी खाने युवाहरुप्रतिको अपमान हो । जसले हिजो आन्दोलनका नाममा देशका लागि लड्ने युवाहरुको टाउकोमा लाठी र छातीमा बुट बर्सायो आज त्यही मान्छे टिकटको पहिलो हकदार बन्न पुगेको छ । हिजोका तिनै युवाहरु आज उपेक्षाका पात्र बनिरहेका छन् । दलहरुभित्र पैसा, गुण्डागर्दी र व्यक्तिगत स्वार्थ टिकटका लागि अति आवश्यक योग्यता बन्न पुग्यो । अध्ययन, सदाचार, देश निर्माण गर्ने भिजन र उम्मेदवारको विगत मात्र भनिने कुरा बन्न पुगे ।

राजनीतिक धुब्रिकरणका धेरै राम्रा पक्षहरु पनि छन् । राजनीतिक स्थायित्वका हिसावले विचार मिल्ने दलहरु एक ठाउँमा आउनु सकरात्मक कदम हो । तर गठबन्धनका नाममा पुरातन विचार र भ्रष्ट मानसिकताबाट ग्रसित अनुहारहरु यसपटक पनि दोहोरिने सम्भावना प्रबल छ । दलहरु बीच गठबन्धन निर्माण हुनु भन्दा अगाडि समानुपातिक रोजेका नेताहरु अहिले प्रत्यक्ष तर्फको चुनावी क्षेत्र दावी गर्न थालेका छन् । यो एक किसिमले भन्दा गणेश प्रवृक्ति र चरम अवसरवाद हो ।

नेताहरुले मैदान खालि गरिदिए भन्दै प्रत्यक्ष तर्फ चुनावमा प्रतिश्पर्धा गर्न तम्तयार भएका युवाहरु फेरी विस्थापित हुने अवस्था छ । अहिले टिकटका प्रतिश्पर्धीहरुलाई विश्लेषण गर्दा चालिस वर्ष मुनीका युवाहरुले ठुला राजनीतिक दलहरुबाट टिकट पाउने सम्भावना निकै कमजोर छ । यसको अर्थ हो देश र जनताको आकाँक्षा अनुसार युवाहरु नेतृत्वमा आउन बडो मुस्किल छ ।

युवाहरुले आगामी निर्वाचनमा बडा गम्भीरतापुर्वक सोच्नुपर्छकी, हामीलाई कस्तो देश चाहिएको हो ? वर्षौँ देखि आफुले भोट दिएका नेताहरुले हाम्रो भविष्यका लागि के गरे ? उनिहरुको व्यवहार कस्तो छ ? विकास र समृद्धिका लागि उनिहरुसंग के योजना छ ? भ्रष्टाचारका सन्दर्भमा उनिहरुको विचार के हो ? पुरानै अनुहारलाई पटक पटक भोट दिदा के पाइयो ? 


देशले ताजा अनुहारहरु पाउने अपेक्षा विपरित पुरानो पुस्ताको नेतृत्वले त्यसमाथी तुषारापात गर्दैछ । यो एक किसिमले भन्दा विकास, समृद्धि र देशको भविष्यलाई थप अन्धकारता तर्फ धकेल्ने कुचेष्टा हो । पुरानो पुस्ताको सोच्ने तरिका, विकास र समृद्धि प्राप्तिका लागि आवश्यक योजना मात्र नभएर सदाचारप्रतिको प्रतिबद्धता हामिले पटक पटक व्यहोरि सकेका छौँ । यो राजनीतिमा सक्षम र देशभक्तीपुर्ण भावनाले ओतप्रोत युवाहरुको प्रवेशलाई सुनिश्चितता गर्दै सकरात्मक सन्देश प्रवाह गर्ने अवसर हो ।

एक किसिमले भन्दा यो खाडी मुलुकको चर्को गर्मिमा पसिना चुहाएर देशको अर्थतन्त्रको २९ प्रतिशत रेमिट्यान्स पठाएर देशलाई टाट पल्टिनबाट बचाउने युवाहरुमा आशा जगाउने र देश निर्माणमा उर्जा थप्ने सुनौलो अवसर पनि हो । यसका लागि युवाले प्रदेश र संघ दुवै तहमा आफ्नो प्रवेशलाई सुनिश्चित गर्न आवश्यक छ ।

युवा जनमत कसरी सदुपयोग गर्ने ?
भर्खरै मात्र युरोपको सम्पन्न देश अष्ट्रीयामा ३१ वर्षका सेबस्टप्न क्रुज संसारलाई नै चकित बनाउदै राष्ट्रपति बने । क्यानडामा ४० वर्षमै जस्टिन ट्रडयु प्रधानमन्त्री बन्न सफल भए भने फा्रन्समा ३९ वर्षीय इम्यानुयल म्याक्रो राष्ट्रपति । यदि अष्ट्रीया, क्यानडा र फ्रान्सका जनतामा सक्षम युवाप्रति सकरात्मक सोच नहुँदो हो त जस्टिन र म्याक्रोले देशको सर्वोच्च पदमा पुग्ने अवसर पाउने थिएनन् । तर नेपालमा भने त्यसको विपरित अवस्था छ । नेपालको जनसंख्याको अनुपातलाई हेर्ने हो भने बहुमत मतदाता चालिस वर्ष मुनिको उमेर समुहका छन् । यो उमेर समुहले जसलाई मतदान गर्छ त्यही व्यक्ती वा दलले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्छ । अर्थात युवाको मतले नै देशको भविष्य निर्धारण गर्छ ।

विगतमा संकिर्ण मानसिकता वा सचेतनाको अभाव जे जस्ता कारणले युवा उम्मेदवारलाई मत नदिए पनि यसपटक त्यसलाई दोहोरिन दिनु हुन्न । युवाहरुले आगामी निर्वाचनमा बडा गम्भीरतापुर्वक सोच्नुपर्छकी, हामीलाई कस्तो देश चाहिएको हो ? वर्षौँ देखि आफुले भोट दिएका नेताहरुले हाम्रो भविष्यका लागि के गरे ? उनिहरुको व्यवहार कस्तो छ ? विकास र समृद्धिका लागि उनिहरुसंग के योजना छ ? भ्रष्टाचारका सन्दर्भमा उनिहरुको विचार के हो ? पुरानै अनुहारलाई पटक पटक भोट दिदा के पाइयो ? यि प्रश्नहरुको उत्तर खोज्न युवाहरुलाई सक्षम बनाउनु पर्छ ।

धेरैको अपेक्षा थियो, दलहरुले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार नभएपनि मुख्यमन्त्रीको उम्मेदवार तोकेरै निर्वाचनमा जान्छन् । यसो गर्दा विवादित तथा आउटडेटेड भन्दा स्वच्छ छबिका युवाहरुले मुख्यमन्त्रीको उम्मेदवार बन्ने अवसर पाउने छन् । यसो गर्दा चुनाव जित्न पनि परिक्षण हुन बाँकी चर्चित पात्रहरुलाई अघि सार्न दलहरुलाई दवाव पर्छ । 


अब जाती, धर्म, भुगोल र कुनै निश्चित राजनीतिक विचारप्रतिको आग्रहबाट ग्रसित भएर भन्दा पनि उसको योजनाका आधारमा मत दिने वातावरण निर्माणमा लाग्नुपर्छ । देशको लागि केही गर्न सक्ने युवा उमेरका मानिसहरुलाई उम्मेदवार बनाउन दवाव सिर्जना गर्दै जिताउने काममा एकतावद्ध भएर लाग्नुपर्छ ।

किन प¥यो मुख्यमन्त्रीको पद उपेक्षामा ?
अझ रोचक त के भने संघीयताको बखान गर्दै हिडेका नेताहरुले मुख्यमन्त्रीको पद तर्फ हेर्ने चाहाना वा आँट पनि गरेनन् । यसले गर्दा यो पदको अवमुल्यन हुने खतरा छ । छिमेकी भारतमा गुजरात प्रान्तको मुख्यमन्त्रीबाट नरेन्द्र मोदी प्रधानमन्त्री बने । बेलायतको लण्डन र जापानको टोकियो सिटिका प्रायजशो युवा मेयरहरु एकैपटक देशको प्रधानमन्त्री बनेका प्रशस्त उदारहणहरु छन् ।

तर नेपालमा संघीयता भित्र समृद्धिको जग बसाउनु पर्ने बेला आफुलाई भिजनरी दावी गर्ने युवाहरु यसबाट पाखा लागे । जनताले आशा गरेका युवाहरु समेत यो पदलाई उपेक्षा गर्दै संघीय संसद तर्फ आकर्षित हुँदा यसको गरिमा झनै घटेको छ । यसले गर्दा प्रदेश सरकारलाई संविधानले देखाउने संरचनाका रुपमा मात्र अघि सारेको भान जनतामा पर्न गएको छ । यो केन्द्रीकृत मानसिकताको उपज हो । यसमा दलको नेतृत्व मात्र नभएर युवाहरु पनि दोषि छन् ।

धेरैको अपेक्षा थियो, दलहरुले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार नभएपनि मुख्यमन्त्रीको उम्मेदवार तोकेरै निर्वाचनमा जान्छन् । यसो गर्दा विवादित तथा आउटडेटेड भन्दा स्वच्छ छबिका युवाहरुले मुख्यमन्त्रीको उम्मेदवार बन्ने अवसर पाउने छन् । यसो गर्दा चुनाव जित्न पनि परिक्षण हुन बाँकी चर्चित पात्रहरुलाई अघि सार्न दलहरुलाई दवाव पर्छ । तर मुख्य दलहरु यसतर्फ अग्रसर हुन चाहेनन् । यसका पछाडि अहिले हालिमुहाली गरिरहेका नेताहरुमा रहेको भयले काम गरेको देखिन्छ ।

तत्काल माथिल्लो संरचनामा हस्तक्षेप गर्न नसकेपनि मुख्यमन्त्रीका रुपमा उनिहरुले आफ्नो छबी निर्माण गर्न सकेको देखिएन । कम्तिमा पनि अहिले सात प्रदेशका मुख्यमन्त्रीमा योग्यतम युवाहरुले प्रवेश पाउन सक्ने हो भने त्यसले भोली पक्कै पनि सिंगो देशको राजनीतिमा प्रभाव जमाउने नै छ । एउटा मात्रै सक्षम युवाले प्रदेशको मुख्यमन्त्रीका रुपमा नमुना काम गरेर देखाउन सक्ने हो भने पनि भावी दिनमा युवा नेतृत्व स्थापित गर्न सहज हुन सक्छ । तर अहिले असक्षम मानिसहरुको हातमा प्रदेशको संरचना सुम्पिदिने हो भने स्वास फेर्न नपाउँदै संघीयताप्रति नै जनतामा वितृष्णा जाग्न सक्ने खतरा हाम्रो अगाडि छ ।

138 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv