कांग्रेसका नयाँं सबै एमालेमा, पुराना राप्रपामा

कांग्रेसका कारण ४० लाख युवा खाडीमा

बिहिबार, बैशाख २१, २०७४



- योगेश भट्टराई

अहिले स्थानीय चुनावको चर्चासँगै नेकपा एमाले र राप्रपाबीचको तालमेलका विषयमा निकै चर्चा सुनिन्छ । एमालेले तालमेल किन गर्र्यो ? त्यसमा व्यक्तिगत रुपमा पार्टीभित्र पनि फरक–फरक मत हुन सक्लान । तर, यो एउटा आन्दोलन हो । एउटा मुद्दा हो । एमालेले अहिले दुईवटा हिसावले चुनावी तालमेल गरिरहेको छ । चुनावी तालमेलका क्रममा एमालेले सत्रु पहिचान गरेको छैन एमालेको कोही पनि सत्रु छैन । तर प्रतिस्पर्धी भने एमालेको पक्कै पनि हुन्छ । एमालेको मुख्य प्रतिस्पर्धी अहिले नोपाली कांग्रेस हो । एमालेलाई रोक्नका निम्ति अहिले चौतर्फी मोर्चाबन्दी भइरहेको छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । एमालेले एजेण्डा र सवाल मिल्ने शक्तिसँग तालमेल गरेर त्यो चौतर्फी आक्रमण रोक्न सबै प्रयास गरिरहेको छ । एमालेको तालमेल त्यो चौतर्फी आक्रमण हो ।

भारतसँग एमाले प्रष्ट माओवादी कांग्रेस मौन
राप्रपासँग किन गरेको भन्ने विषयमा कुनै अनौठो मान्नु जरुरी छैन । सूर्यबहादुर  थापाको नेतृत्वमा को गएन ? लोकेन्द्रबहादुर चन्दसँग सहकार्य कसले गरेन ? हिजो सिन्धुपाल्चोकमा कमलथापासँग कसले सहकार्य गरेको हो ? आफु लसपस गर्ने अनि अहिलदे एमालेको तालमेलका विषयमा प्रश्न उठाउने ? कुनैपनि पार्टी कुनै बेला सकारात्मक भूमिका खेलेको हुन्छ कुनै बेला नकारात्मक भूमिका खेलिरहेको हुन्छ । सकारात्मक कुरा मात्रै गरियो भने त्यो सही दृष्टिकोण हुँदैन र नकारात्मक दृष्किोण राखेर मात्रै पनि हुँदैन । २०६२ ०६३ को आन्दोनलनमा नेपाली कांग्रेसले सकारात्मक भूमिका खेलेकै हो ।

आज ४० लाख युवाहरु विदेशमा छन् । ती मध्ये २५ लाख युवाहरु कांग्रेसका कारण विदेशमा छन् । जनकपुर काराखाना कसले बन्द गर्यो ? बाँसाबारी छाला जुत्ता, चिनी कारखाना, जुटमिल कारखाना, हेटौडा कपडा उद्योग, हेटौडा धागो उद्योग लगायतका दर्जनौ उद्योग धन्दा कसले सिध्यायो ? हरेक कारखानामा एक हजार प्रत्यक्ष र एकलाख भन्दा बढी अप्रत्यक्ष रोजगारी थियो ।

कांग्रेसले सहयोगी भूमिका नखेलको भए संविधान जारी पनि हुने थिए । तर आजको अवस्थामा आईपुग्दा नेपाली कांग्रेसले ठीक त्यसको विपरित अवस्थामा छ । आजको मुख्य एमालेको प्रतिद्धन्दी कांग्रेस नै हो । माओवादी र कांग्रेस प्रतिक्रान्तिकारी शक्ति हुन । आजको क्रान्ति भनेको के हो भने संविधान संविधान जोगाउनु पर्ने हो । संविधान कार्यान्वयन को कुरा हो । फैसला गर्नुपर्ने के थियो भने छिमेकीसँगको सम्बन्ध र नीति हो । खासगरि भारतसँग पारस्परीक हितको आधारमा समान हैसियतको आधारमा सम्बन्ध हुन्छ की हुन्न ? भन्ने कुरा आजको क्रान्तिको मुख्य पक्ष हो ।

एमाले त्यसको वकालत गर्छ कांग्रेस र माओवादी त्यसमा मौन बस्न चाहान्छ । आज हामी हिमाल, पाहाड तराई, सबै जातजातीलाई मासन हैसियतमा लैजानुपर्छ भन्नेमा छौ तर एकल सह–अस्तित्वका आधारमा जानुपर्छ भन्नेहरुसँग कांग्रेस माओवादी लहसीदै छ भने त्यो कसरी क्रान्तिकारी ? अहिले राजनीतिका दलालहरु हावी छन् जबसम्म राजनीतिका विचौलियाहरु समाप्त हुँदैनन तबसम्म स्थायीत्व हुँदैन । ती दलाहरुलाई एमालेले चिनेको छ परास्थ गर्न अब जनताको साथ चाहिन्छ ।

स्थानीय आबश्यकता र चुनावको सुनिश्चिताका आधारमा तालमेल
अहिले माधव नेपाल र गिरिजाप्रसाद कोइरालाले रत्नपार्कमा पेलेटीकसेको फोटो राखेर एमालेले राप्रपासँग तालमेल गकिन गरेको भनेर चर्चा गरिदैछ । त्यस्तो गिरिजाप्रसाद कोइरालाई त्यो तातो पिचमा एमालेले कसरी ल्यायो ? एमालेले कति पापड पेल्यो ? माले मसाले मण्डले एउटै भन्ने गिरिजाप्रसादसँग त्यति बेला एमालेले तालमेल किन गर्यो ? अहिले किन गरिरहेको छैन ? यसलाई बुझ्नु जरुरी छ । किनभने कांग्रेसले नीति, एजेण्डा मुद्दा सबै छाडीसक्यो । अब एमालेको मुख्य लडाई कांग्रेससँग नै हो । कमल थापा एजेण्डामा प्रष्ट छन् । उनले राजतन्त्र, राष्ट्रियता, धर्मका केही एजेण्डा प्रष्ट ढंगले अघि सारेका छन् । अरु मुद्दामा विमति छ तर राष्ट्रियतामा हामी नजिक छौ । जहाँ हामीविरुद्ध मोर्चाबन्दी हुन्छ, त्यहाँ हामीले तुलनात्मक रुपमा देशभक्त शक्तिसँग तालमेल गरेर जान्छौं ।

यस्तो कुरा दुनियाँमा जहाँ पनि हुन्छ, माओत्सेतुङले च्याङकाइसेकसँग तालमेल किन गरे ? अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरकोरियाका नेतासँग किन वार्ता गर्न खोज्दैछन् । आबश्यकताको सिद्धान्तले निर्धारण गर्न । हामी पनि स्थानीय आबश्यकता र चुनावको सुनिश्चतताका आधारमा सबै शक्तिसँग तालमेल गरेर जान्छौ । अब हिजोका कांग्रेसहरु राप्रपा र आजका कांग्रेसहरु एमालेमा आए हुन्छ । किनभने हिजो कांग्रेसले उठाउने एजेण्डा आज राप्रपाले बोकेको छ अनि समाजवादको एजेण्डामा एमाले अगाडी लम्कि रहेको छ । म आह्वान गर्छु कांग्रेसका नयाँ विचार बोक्नेहरु एमालेमा आऊ पुरा एजेण्डा बोक्नेहरु कमलथापा तिर जाऊ ।

कांग्रेसका कारण ४० युवा विदेशमा
आज ४० लाख युवाहरु विदेशमा छन् । ती मध्ये २५ लाख युवाहरु कांग्रेसका कारण विदेशमा छन् । जनकपुर काराखाना कसले बन्द गर्यो ? बाँसाबारी छाला जुत्ता, चिनी कारखाना, जुटमिल कारखाना, हेटौडा कपडा उद्योग, हेटौडा धागो उद्योग लगायतका दर्जनौ उद्योग धन्दा कसले सिध्यायो । हरेक कारखानामा एक हजार प्रत्यक्ष र एकलाख भन्दा बढी अप्रत्यक्ष रोजगारी थियो ।

उखु खेती गरेर हजारौले काम पाइरहेका थिए, सुर्तीको खेतीमा त्यत्तिकै आवद्ध थिए, गाउँ गाउँमा छाला जुत्ताका लागि छालाको कच्चा पदार्थको जोहो गर्दै थिए । ती सबै समाप्त भए । रोजगारी जति सबै समाप्त पार्ने अनि अहिले रोजगारीको ठूलो कुरा गर्ने ? सबै उद्योग, कारखाना कौडीको भाउमा बेचेर राखे अनि मान्छेहरु कहाँ जान्छन् । अहिलेको युगमा २ हजार डलर प्रतिव्यक्ति आय भएपनि केही मान्छे विदेश जान्छन् रोक्ना सकिदैन । तर २० देखि ३० लाख मान्छे कांग्रेसका कारण नै विदेशीएका हुन् । अध्यनले गरेपनि त्यही पुष्टि हुनेछ । अब कांग्रेसपार्टीको औचित्य यो मुलकमा छैन ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख भट्टराइले धुम्बाराहीमा बिहीबार प्रचार भेलमा ब्यक्त गरेको बिचारको सम्पादित अंश

4350 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank