नारालाई अव व्यवहारमा उतार्नुपर्छ

बुधबार, फाल्गुन ३०, २०७४



- यज्ञराज सुनुवार

समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र आवश्यक

वास्तवमा ठूलो सपनाका साथ नेपाली जनताले पहिलो पटक कम्युनिष्टलाई दुई तिहाई बहुमत नजिक पुर्याए । सरकार संचालनको म्याण्डेट वाम गठबन्धनलाई दिए ।  तीन चौथाइ सांसदको समर्थन प्रधानमन्त्री केपी ओलीलाई छ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकलाई समृद्ध बनाउन ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई अव व्यवहारमा उतार्नुपर्छ । समाजवादको यात्रालाई तीब्र गतिका अगाडि बढाउनुपर्छ । नेतृत्वले जनताको चाहनालाई गम्भीर रुपमा लिएर ढिलो नगरी काम थाल्नुपर्छ ।
……..
अव सरकार स्पष्ट दृष्टिकोणका साथ देशलाई समाजवादतर्फ लैजाने काममा लाग्नुपर्छ । त्यसका लागि सवैभन्दा पहिला समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण आवश्यक छ । तीनै तहको निर्वाचनसँगै संविधान कार्यान्वयन भएको छ । अव संविधानको मर्म अनुसार आर्थिक समृद्धि कायम गर्दै देशलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्छ ।
……..
विद्युतमा धनी देश नेपालमा झोलामा खोला राखेर कम्पनीहरु बस्ने अनि जनता अध्याँरोमा बस्नुपर्ने परिस्थिति छ । त्यसको अन्त्य गर्नुपर्छ । उद्योगधन्दा संचालनका लागि पनि विद्युतीकरणको आवश्यकता पर्छ । सडक सुरक्षित र पहुँच सहज बनाउनुपर्छ । विद्युतीकरण, सडक र कृषिमा आधुनिकीकरण प्राथमिक विषय हो । यसका साथै पर्यटनको विकासमा पनि विशेष ध्यान दिनुपर्छ ।
……..
सुशासन युक्त र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नुपर्छ । भ्रष्टाचारकै कारण देशमा विकास निर्माण अवरुद्ध जस्तै छ । कमिसनविना कामै नहुने अवस्थाको अन्त्य गर्दै सुशासनयुक्त मुलुक निर्माण गर्नुपर्छ । राजनीतिले नै मुलुकलाई समृद्धि बनाउने हो । त्यसका लागि नेतृत्वले दृढ इच्छाशक्ति र पारदर्शी ढंगले काम गर्न सक्नुपर्छ ।
……..
किसानहरुलाई व्यापक मात्रामा सहुलियत दिन सकियो भने मात्रै पनि लाखौँ युवाहरु कृषिमा लाग्छन् । कृषि क्रान्तिविना देशको विकास सम्भव छैन । व्यवसायिक खेतीप्रणालीमा जाने र सरकारले सहुलित दिने वितिकै विदेशमा रहेका हजारौँ नेपाली स्वदेश फर्कन्छन । कृषिमा लगानी गर्छन, आफ्नै देशमा घरपरिवारसँग बसेर विदेशमा गरेको जति आम्दानी गर्न सक्छन । युवाहरु स्वरोजगार हुन्छन ।

1233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank