महिला अधिकारमा पूर्व र पश्चिमको द्वन्द

सोमवार, अशोज १५, २०७५



- गीता कार्की

आजको विश्व समान अधिकार र समावेशी व्यवहार हुन पर्छ भन्ने धारणा प्रतिवद्ध छ । कुनै समय यस्तो पनि थियो कि घरको होस् कि देशको मुली होस् उस्कै मुख ताक्ने सिद्धान्तलाई समाजको एक मात्र आदर्श मानिन्थ्यो । सबैले एउटाले भनेको मान्यो भने त्यो समाज अनुशासित र मर्यादित ठहरिन्थ्यो । सबैले बडाले जे गरे पनि सर्वसहमत मान्नु पर्छ भन्ने सोच राख्दथे ।

ठुलाले जे ग¥यो काम त्यो हुन्छ सर्वहमत भन्ने आदर्श नीतिलाई त्याग्यो भने समाज भाडिन्छ र लोग्ने मान्छेहरु भडुवा हुन्छन् र महिलाहरु छाडा हुन्छन् अनि राजनीति र समाज अराजक स्थितिमा भासिन्छ भन्ने चिन्ताको विषय बनाइन्थ्यो तर परिस्थिति यस्तो रहेन हामीले कुनै एक ठूलाको खटनपटनमा किन चल्ने ? यसबाट समाजमा प्रगति सम्भव हुँदैन जस्तो प्रकृति बहुँरंगको छ बिचार पनि अनेक थरिका हुन्छन् र सबैको सोचलाई एक ठाउँमा ल्याएर आम सहमतीबाट अघि बढ्नु पर्छ भन्ने अग्रगामी सोचलाई अहिले सामाजिक, राजनैतिक क्षेत्रले मूल मुद्दा बनाएको छ । आम सहमती एवं सर्व सहमत सोचका साथ अगाडी समाजमा द्वन्दलाई समाधान गर्न सकिन्छ भन्ने आम राय बन्दै गएको पाइन्छ । त्यसैले विविध बिचार जाति, वर्ग र लिङ्ग बीचका अन्तरहरुलाई समाप्त गर्नका लागि सबै पक्षको समान सहभागिताको मुद्दा अगाडी सारिएको देखिन्छ ।

नेपालमा जसरी राजनीतिमा हिमाल, पहाड र तराई मधेश तथा विविध जातीहरुबीच समान अवसरको मुद्दा अहिले केन्द्रमा छ भने विविध जाति, वर्ग, पुस्ता र लिङ्गको मुद्दा पनि अत्यन्तै प्रमुखताका साथ उठाइएको पाइन्छ । यस मध्ये पुरुष र महिला बीचको लिङ्ग भेदको सवालमा अन्तर्राष्ट्रिय मञ्चहरुमा निकै नै कसरत भईसकेको छ । बेइजिङ्ग सम्मेलन होस् अथवा वियोण्ड बेइजिङ्ग महिला अधिकार सम्बन्धी मञ्चहरुमा पुरुष सरह नै महिलाहरुलाई अधिकार प्रदान गरिनु पर्दछ भन्ने जोडदार माग भएको देखिन्छ । त्यसैको छत्रछायाँमा नेपालमा राजनीतिक नेतृत्व र महिला आम्दोलनकारीहरुको चाहना र दबाबमा महिला सहभागिताका लागि संविधानले विशेष व्यवस्थाका लागि हर क्षेत्रमा महिलाहरुको प्रतिनिधित्वलाई स्थापित गर्ने गतिलो प्रयास गरेको देखिन्छ । संसदमा, दलमा तथा नोकरीमा महिलाहरुका लागि विशेष प्रतिनिधित्वको व्यवस्थालाई प्रभावशाली रुपमा काम पाइन्छ ।

शासनमा र निर्णायक सवालमा आदि आकाशको प्रतिनिधित्वको सवाललाई मात्र प्रमुखता नदिएर समाज विकासको ऐतिहासिक सन्दर्भलाई महिला अधिकारकर्मीहरुले वर्तमान समाज, पृत्रीसतात्मक भएकोले हर क्षेत्रमा नारीलाई पुरुषको दबदबाबाट , अधिकारबाट बन्चित मात्र नगरेर शारिरीक रुपमा शक्तिशाली पुरुषले कमजोर लिङ्गलाई दमन गरेर निर्णयाक नेतृत्वबाट बन्चित गरेर समग्र नारीलाई घरको चुलो चौकामा सिमिति पा¥यो । यसरी बलिया पुरुषले कमजोर नारीलाई दमन गरेर हर क्षेत्रमा पछि धकेलेकोले त्यसको क्षतिपूर्ति वापत पनि महिलाहरुलाई आदि भन्दा बढी निर्णयाक नेतृत्व सुम्पिनु पर्दछ भन्ने माग दावी देखिन्छ । अहिले महिला आन्दोलन होस् अथवा अन्य कुनै पनि क्षेत्रका राजनीति , सामाजिक आन्दोलनहरु हुन् तिनका पृष्ठभूमिमा पश्चिमा दर्शनले काम गरेको छ ।

दक्षिण एशियाका नेपाल, भारत, वंगला देश, पाकिस्थान, श्रीलंका, म्यानमार जहाँका वुद्धिजीविहरु हुन् उनीहरुले सतप्रतिशत पश्चिमा चिन्तनलाई आफ्नो बैचारिक उठानको आधार बनाएका छन् । एशियामा केही विद्वानहरु भने पश्चिमा चिन्तनको दबाबबाट कुनै न कुनै रुपमा मुक्त देखिन्छन् । आफ्नो प्रारम्भिक अध्ययनको क्रममा जनवादी चिनको निर्माता माओसेतुङ्गले बेइजिङ्ग विश्व विद्यालयमा प्राध्यापक छन्त्यूस्यूको सहायक भएर चिनिया इतिहासको गहिरो अध्ययनको कारणले उनी पश्चिमा दर्शनको मोहबाट मुक्त थिए । त्यस्तै हिन्दू स्थानका राष्ट्रपिता महात्मागान्धी पनि पूर्वीय दर्शनको प्रखर ज्ञाता भएकोले पश्चिमा चिन्तनबाट मुक्त थिए । यस्ता नेपालमा हाम्रो समाज विकासको आदिम अवस्था देखिको यथार्थ स्वरुपको जानकारी राख्ने कतिपय व्यक्तिहरुको पहिचान गर्न गाह्रो भएपनि असम्भव देखिदैन । मानवतावादको प्रवर्तक जय पृथ्वीबहादुर सिंह हुन् अथवा इतिहासकार योगी नरहरिनाथ यिनीहरुका बैचारिक सोचमा महिला अधिकार नारी स्वतन्त्रताको पूर्वीय दार्शनिक परम्परालाई हामीले मौलिक धरातलमा व्याख्या गर्न सक्दछौं ।
“यत्र नार्यस्तु पुजन्ते रमन्ते तत्र देवता” भन्ने आशर्दबाट हाम्रो दाशर्निक सोचको प्रारम्भ भएको देखिन्छ ।

आधुनिक पश्चिमा जगतमा पुरुषलाई योद्धा शासक बनाउने र महिलाहरुलाई दासी वा सेविका बनाउने अवधारणाका पछाडी क्रिस्चियन र मुस्लिम धार्मिक, साँस्कृतिक सोचले काम गरेको छ । श्रीलंकाका राष्ट्रपति, पाकिस्थानमा प्रधानमन्त्री, वंगलादेशमा प्रधानमन्त्री र अहिले नेपालमा राष्ट्रपति सहजै बन्नुका पछाडी हाम्रो दाशर्निक प्रस्थान विन्दुबाट आएको सोचले काम गरेको छ । श्री माओ बन्दरा नायके , इन्दिरा गान्धी, बेनिजिरभुट्टो , खालीदाजिया र हसिना वाजेद र नेपालमा विद्यादेवी भण्डारी सहजै राष्ट्रको सर्वोच्च पदमा पुगेका होइनन् । आज पश्चिमा महिलाहरुलाई यति सहज छ जस्तो लाग्दैन जति विकास गरेको भनिएता पनि अमेरिकामा हिजो हिलारी किल्निटनलाई राष्ट्रपति जिताउन त्यहाँको समाजले कन्जुस्याई गरेको महसुस हुन्छ । अमेरिकालाई हामीले जति ठूलो र लामो प्रजातान्तिक शासन भएको देश मानेता पनि महिला अधिकारको सवालमा अमेरिका भन्दा नेपाल माथि छ । अमेरिकामा ४२ वर्ष अगाडी सम्म महिलाहरुलाई मतदानको अधिकार थिएन । त्यसैले महिला अधिकार र नारी स्वतन्त्रताको सवालमा पश्चिमा भन्दा पुर्व अगाडि छ र नारीको पूजा गरेर देवता किन रमाउने भनेर पंक्तिकारले एउटा कोटीहोममा इतिहासकार योगी नरहरिनाथसँग प्रश्न गर्दा उनले भनेका थिए हाम्रो शास्त्र अनुसार मानव जातीको रचना नारीबाट भएको छ । शक्ति अर्थात प्रकृतिले आफूलाई पुरुषको खाँचो महसुस् गरेर रचना गर्दा देवताहरुका देवता महादेवको सृष्टि भयो ।

देवता मानिस तथा सम्पूर्ण चराचर जगत शक्ति देविले सृजना गरेकोले आफ्नो रचना प्रति उनको आशक्ति स्वभाविक हुन्छ । सम्पूर्ण नारीमा शक्तिदेविको अंश छ । पुरुष लगायतको चराचर जगत नारीले सृजना गरेकाले उनीनै मात्रृ शक्ति हुन् । उनमा मात्रै आफ्नो सृजना प्रति अथाह प्रेम र समपर्ण हुन्छ । पुरुष उनको सृजना मात्र भएकोले नारीको बात्सल्य उसमा हुँदैन । त्यसैले नारीको स्थान माता पुज्य देवि र सृष्टिकर्ता आदि शक्ति भएकोले परम्म पुजनिय छन् । यो नारी प्रतिको जातिय दृष्टिकोण हो ।
पश्चिमा उपभोक्त वादी अवधारणका आधारमा समाज विकासको व्याख्या गर्नु र नारीलाई डिस्कोमा रक्सिको बोतलहरुसँगै मोजमज्जाको बस्तु बनाउने अनि अर्को तिर महिला अधिकारका कुरा गर्नेहरुको त्रुटीपूर्ण अवधारणा माथि आधारित उपभोक्ता वादी सोचको साम्यवादी नेताहरु जोसेफस्टालिन देखि माओ सम्मले कुनै न कुनै रुपमा औला ठड्याएको छन् भने पूर्वीय दर्शन जानेका जय पृथ्वीबहादुर, योगी नरहरि मात्र होइन गान्धी र डा. सर्वोपल्लि, राधाकृष्णन् जस्ता नेताहरुले त धेरै गहि¥याईमा पुगेर पश्चिमा अवधारण प्रति हामीलाई सचेत बनाएका छन् । आज महिला अधिकारकर्मी र राजनीतिक, सामाजिक नेतृत्वले आफ्नो दर्शन र परम्परालाई दह्रोसँग समातेर नारी मुक्तिको सवालमा पूर्वीय समाजको अग्र स्थानलाई स्थापित गर्न सक्नु पर्दछ ।

आज सम्मका हाम्रा चिन्तन र व्यवहार एकपक्षीय तदर्थवादी र त्रुटीपूर्ण छन् भन्ने सत्यलाई स्वीकार गरेर आत्मालोचना गर्नेपर्नु स्थितिलाई पनि सहज रुपमा स्वीकार गर्नु पर्दछ । देवता भन्दा उच्च शासन भएकी वात्सल्य र प्रेमकी देवी नारीलाई अधिकारका नाममा द्वन्दमा फसाउनुको बदला उसकाे सम्मान र प्रतिष्ठालाई सर्वोच्च स्थान दिने हाम्रो जातीय चिन्तनको परम्पराकै धरातलमा राख्नु आजको आवश्यक हो भन्दा अतियुक्ति नहोला ।

नेतृत्व सुम्पिनु पर्दछ भन्ने माग दावी देखिन्छ । अहिले महिला आन्दोलन होस् अथवा अन्य कुनै पनि क्षेत्रका राजनीति , सामाजिक आन्दोलनहरु हुन् तिनका पृष्ठभूमिमा पश्चिमा दर्शनले काम गरेको छ । दक्षिण एशियाका नेपाल, भारत, वंगला देश, पाकिस्थान, श्रीलंका, म्यानमार जहाँका वुद्धिजीविहरु हुन् उनीहरुले सतप्रतिशत पश्चिमा चिन्तनलाई आफ्नो बैचासिक उठानको आधार बनाएका छन् । एशियामा केही विद्वानहरु भने पश्चिमा चिन्तनको दबाबबाट कुनै न कुनै रुपमा मुक्त देखिन्छन् । आफ्नो प्रारम्भिक अध्ययनको क्रममा जनवादी चिनको निर्माता माओसेतुङ्गले बेइजिङ्ग विश्व विद्यालयमा प्राध्यापक छन्त्यूस्यूको सहायक भएर चिनिया इतिहासको गहिरो अध्ययनको कारणले उनी पश्चिमा दर्शनको मोहबाट मुक्त थिए । त्यस्तै हिन्दू स्थानका राष्ट्रपिता महात्मागान्धी पनि पूर्वीय दर्शनको प्रखर ज्ञाता भएकोले पश्चिमा चिन्तनबाट मुक्त थिए । यस्ता नेपालमा हाम्रो समाज विकासको आदिम अवस्था देखिको यथार्थ स्वरुपको जानकारी राख्ने कतिपय व्यक्तिहरुको पहिचान गर्न गाह्रो भएपनि असम्भव देखिदैन । मानवतावादको प्रवर्तक जय पृथ्वीबहादुर सिंह हुन् अथवा इतिहासकार योगी नरहरिनाथ यिनीहरुका बैचारिक सोचमा महिला अधिकार नारी स्वतन्त्रताको पूर्वीय दार्शनिक परम्परालाई हामीले मौलिक धरातलमा व्याख्या गर्न सक्दछौं ।

“यत्र नार्यस्तु पुजन्ते रमन्ते तत्र देवता” भन्ने आशर्दबाट हाम्रो दाशर्निक सोचको प्रारम्भ भएको देखिन्छ । आधुनिक पश्चिमा जगतमा पुरुषलाई योद्धा शासक बनाउने र महिलाहरुलाई दासी वा सेविका बनाउने अवधारणाका पछाडी क्रिस्चियन र मुस्लिम धार्मिक, साँस्कृतिक सोचले काम गरेको छ । श्रीलंकाका राष्ट्रपति, पाकिस्थानमा प्रधानमन्त्री, वंगलादेशमा प्रधानमन्त्री र अहिले नेपालमा राष्ट्रपति सहजै बन्नुका पछाडी हाम्रो दाशर्निक प्रस्थान विन्दुबाट आएको सोचले काम गरेको छ । श्री माओ बन्दरा नायके , इन्दिरा गान्धी, बेनिजिरभुट्टो , खालीदाजिया र हसिना वाजेद र नेपालमा विद्यादेवी भण्डारी सहजै राष्ट्रको सर्वोच्च पदमा पुगेका होइनन् ।

आज पश्चिमा महिलाहरुलाई यति सहज छ जस्तो लाग्दैन जति विकास गरेको भनिएतापनि अमेरिकामा हिजो हिलारी किल्निटनलाई राष्ट्रपति जिताउन त्यहाँको समाजले कन्जुस्याई गरेको महसुस हुन्छ । अमेरिकालाई हामीले जति ठूलो र लामो प्रजातान्तिक शासन भएको देश मानेता पनि महिला अधिकारको सवालमा अमेरिका भन्दा नेपाल माथि छ । अमेरिकामा ४२ वर्ष अगाडी सम्म महिलाहरुलाई मतदानको अधिकार थिएन । त्यसैले महिला अधिकार र नारी स्वतन्त्रताको सवालमा पश्चिमा भन्दा पुर्व अगाडि छ र नारीको पूजा गरेर देवता किन रमाउने भनेर पंक्तिकारले एउटा कोटीहोममा इतिहासकार योगी नरहरिनाथसँग प्रश्न गर्दा उनले भनेका थिए हाम्रो शास्त्र अनुसार मानव जातीको रचना नारीबाट भएको छ । शक्ति अर्थात प्रकृतिले आफूलाई पुरुषको खाँचो महसुस् गरेर रचना गर्दा देवताहरुका देवता महादेवको सृष्टि भयो । देवता मानिस तथा सम्पूर्ण चराचर जगत शक्ति देविले सृजना गरेकोले आफ्नो रचना प्रति उनको आशक्ति स्वभाविक हुन्छ । सम्पूर्ण नारीमा शक्तिदेविको अंश छ । पुरुष लगायतको चराचर जगत नारी सृजना  हो ।

589 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank