नेपाली टोपी दिवसको आवश्यकता किन ?

आइतवार, पुस १७, २०७३

loading...


बिश्वका सबै मुलुकको आ–आफ्नै पहिचान झल्किने राष्ट्रिय पोशाक हुन्छ । नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकका रुपमा लिईन्थ्यो तर गणतन्त्रको आगमनसँगै यसलाई सूचिबाट हटाईएको छ । अहिले हामी राष्ट्रिय पोशाकबिहिन छौ । यो भनेको राष्ट्रिय पहिचानबिहिनको अवस्था हो । एकातिर यस्तो अवस्था छ भने अर्काेतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गउका छन् । आँखा चिप्लेरै विदेशी संस्कार, खानपिन र आकर्षणमा चुर्लुम्म दुब्न थालेका छन् । अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन् । आप्mनो पारिवारीक, सामाजिक र राष्ट्रिय विषयवस्तु अंगाल्दा पुरातन भईने डर छ उनीहरुमा । नजानेर होईन कि जानेरै अन्धाधुन्दरुपमा पश्चिमा प्रवृति अंगालीरहेका छन् ।
यसको मतलब सधै स्वदेशी सामाग्री र ब्यवहार मात्रै पालना-प्रयोग हुनुपर्छ भन्न खाजिएको भने होईन । पूर्वीय होस या पश्चिमा, त्यहाँको राम्रो कुराको मात्रै अनुशरण गर्नुपर्छ । यसो हुन सके मात्रै उत्कृष्ठ समाज निर्माण हुन्छ तर आधुनिकताको नाममा भएभरका कुराहरु सर्लक्कै आँखा चिम्लेर सिको गरि दिँदा हाम्रो समाज भड्काउमुखी बन्दै गएको छ । स्वतन्त्रताका सिमा नाघ्दै गएको छ । अहिले हामीले झट्ट हेर्दा पश्चिमेली मुलुकहरुले आकाश छोए जस्तो देखिए पनि ब्यवहारगत रुपमा कतिपय कुरामा उनीहरु पुर्वेली संस्कृतितर्फ आकर्षिक हुन थालेका छन् । तर हामी भने ? यावत कुराहरु मनमा खेल्दै गर्दा तीन बर्ष अगाडि एउटा सोच आएको थियो ।
अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होईन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो । एकातिर अंग्रेजी नयाँ बर्षलाई नेपालीपनले मनाउने सोच र अर्काेतिर नेपाली पोशाक हटाएको पीडा । यिनै कारणले नेपाली टोपी दिवसको जन्म भएको हो । त्यतिबेला मनमा उठेका जिज्ञासाहरुसहित सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी नयाँ बर्षलाई नेपाली टोपी दिवसका रुपमा मनाउने विषय पोष्ट गरेको थिए । कतै मेरो सोच असान्दर्भिक होला कि भन्ने डरै डरले पोस्ट भएको स्टाटसमा मित्रहरुको उत्साहजनक प्रतिक्रियाले मन चंगा भयो । जसले गर्दा अघि बढ्न हौसला र प्रेरणा मिल्यो ।
 केही महिनाअघि भारत भ्रमणमा जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा फोटो सामाजिक सञ्जालमा निकै आलोचित बन्यो । बिश्वका विभिन्न मुलुकमा प्रतिनिधीहरुसँगको उहाँको फोटोमाथि आलोचना हुनुको एउटै कारण थियो उहाँको पोशाक ।
सुभेच्छुक मित्रहरुसँगको अन्तक्र्रियापछि नेपाली टोपीमा सजिएर फोटो खिच्ने र फेसबुकमा हाल्ने निर्णय गरियो । यसरी पहिलो (२०१४) र दोश्रो (२०१५) नेपाली टोपी दिवस फेसबुकमा सिमित रह्यो । पहिलो बर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सिमित यो अभियानले दोश्रो बर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो । यो विषय फेसबुकमा भाइरल बनेलगतै विभिन्न क्लब, समुह तथा व्यक्तिहरुले आ आप्mनै तरिकाले नेपाली टोपी दिवस मनाउन थालेका छन् । दुई बर्षको अन्तरालमा देश विदेशबाट थुप्रै ऊर्जाजन्य उत्साहप्रद प्रतिक्रियाहरु प्राप्त भयो । त्यसपछि गत बर्ष सन् २०१६ देखि हामीले सडकमार्फत पनि टोपी दिवस मनाउने निर्णय ग¥यौ ।
जस अनुसार ‘जागरुक युवा अभियान नेपाल’ भन्ने समुह बनाएर हामी नेपाली टोपी दिवसलाई संस्थागत गर्न प्रयासरत छौ । देशभरका विभिन्न सहर र गाउँहरुमा विभिन्न समुहले टोपी दिवस मनाउँदै आएका छन् । भने विदेशमा रहेका नेपालीहरुले पनि विविध कार्यक्रमका साथ टोपी दिवसलाई निरन्तरता दिँदै आएका छन । हरेक क्रियाका पछाडि प्रतिक्रिया हुन्छ भने झै हाम्रो यस अभियानमा पनि केही गुनासोहरु नभएका होईनन् । तर विचारणीय कुरा के हो भने टोपीको महत्व र वास्तविकता बुभ्mन जरुरी छ । गणतन्त्रको आगमनसँगै नेपालमा समुदायपिच्छे हक अधिकार र पहिचानका कुरा उठ्न थालेका छन् । यो एकदमै जायज र स्वभाविक कुरा हो तर भई दियो के भने जातीय र सामुदायीक पहिचानको आवाज बुलंद बनिरहँदा राष्ट्रिय पहिचान भने संकटमा पर्दै गएको छ ।
तर वास्तवमा जातीय पहिचानसँगै राष्ट्रिय पहिचानको पनि जगेर्ना हुनुपर्ने हो । विगतका विविध तन्त्रहरुको पहिचान भन्दै दौरा सुरुवाललाई राष्ट्रिय पहिचानको सूचिबाट हटाएपछि हामी पहिचानबिहिन बन्न पुगेका छौं । हालैको एउटा प्रसंग नै काफी छ । केही महिनाअघि भारत भ्रमणमा जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा फोटो सामाजिक सञ्जालमा निकै आलोचित बन्यो । बिश्वका विभिन्न मुलुकमा प्रतिनिधीहरुसँगको उहाँको फोटोमाथि आलोचना हुनुको एउटै कारण थियो उहाँको पोशाक । त्यहाँ सबै प्रतिनिधी आ आप्mनो देशको पोशाकमा सहभागि हुँदा प्रधानमन्त्री ज्यू मात्रै एक्ला ‘पहिचानबिहिन’ पात्र जस्तो बन्न पुगे । तर उहाँ नेपाली टोपीमा सजिनु भएको थियो ।
जसले अलिकति भए पनि नेपालीपनको आभास दिलाउन सफल हुनुभयो । टोपीको कुरा गर्दा यसको इतिहासलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । नेपाली टोपीको इतिहास कैलाश पर्वतसँग पनि जोडिन्छ । इतिहासकार कमलमणि दिक्षितको एक आलेखमा उल्लेख भए अनुसार कवि मोतीराम भट्टले लगाए जस्तो कार्चाेपी टोपी टर्कीबाट नेपाल भित्रिएको हुन सक्ने आंकलन गरिएको छ । यो टोपी राणाकालमा सुब्बा वा सो भन्दा माथिल्लो दर्जाका अधिकारीले मात्रै लगाउन पाउँथे । कतिपयले भने मुसलमान समुदायको प्रवेशसँगै नेपाली टोपीको उदय भएको पनि बताउने गरेका छन् । अतः नेपाली टोपीको साइ्नो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
त्यसो त कतिपयले नेपाली टोपीलाई पहाडीयाको उपमा दिने गरेका छन् । तर सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली टोपीले हरेक जाती, क्षेत्र र वर्गको प्रतिनिधित्व गर्छ । टोपीको माथिल्लो चुच्चो भागले हिमाली, बीचको भिरालो भागले पहाडी र मूनिको समथर भागले तराईको प्रतिनिधित्व गर्छ । अर्काे कुरा हामी हिमाल, पहाड, तराई वा पूर्व र पश्चिम जहाँ पुगे पनि नेपालीको शिरमा यो टोपी सजिएको भेट्छौ । त्यसैले नेपाली टोपीलाई खस, क्षेत्रीको पहिरण भनेर आलोचना गर्नु पाच्य हुँदैन । नेपाली टोपी भन्नाले ढाकाटोपी, कालोटोपी, भादगाउँले टोपी लगायतलाई पनि लिन सकिन्छ ।
अर्काे कुरा हाम्रो देश बहुजातीय भएकाले जातीय पहिरण र यस अन्तर्गत विभिन्न जातीय टोपीहरु पनि नभएका होईनन् । तर बास्तविकता के हो भने बहुसंख्यक नागरिकले पयोग गर्ने यिनै टोपीहरु नै नेपाली टोपी हुन् । पहिचानका बहस भैरहँदा आखिर हामी नेपालीलाई चिनाउने मुख्य पहिचान के हो त ? भन्ने मूल र नैतिक प्रश्न उठेको छ । दौरा सुरुवाललाई जातीविशेष भन्दै हटाए पनि सबैको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई नेपालको पहिचानका रुपमा घोषणा गरियोस् भन्ने टोपी अभियानको माग हो । अग्रगामी क्रान्तिमा होमिनु भएका, दौरा सुरुवाल त्याग्नु भएका प्रधानमन्त्री दाहाल स्वयंले टोपीलाई स सम्मान शिरमा सजाउनु भएको छ । यो भन्दा अरु कुनै गतिलो उदाहरण होला र ? कुनै पनि कुरामा खोट खोतल्दै जाने हो भने शत प्रतिशत चोखो केही पनि हुँदैन ।
त्यसैले कुनै पनि कुराको कार्यान्वयन गर्नुअघि ध्यान दिनुपर्ने आधार भनेकै बहुसंख्यक जनमत हो । र, बिश्वमा सर्वमान्य तथ्य पनि यही नै हो । यस मानेमा युगौदेखि प्रचलनमा रहेको, कसैको आत्मसम्मानमा चोट नपु¥याएको र बहुसंख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् । अतः सक्नुहुन्छ भने सधै लगाऔं, सक्नु हुन्न भने औपचारिक कार्यक्रम र जनवरी १ का दिन नेपाली टोपी लगाऔ । जय नेपाली टोपी । 
बलामी नेपाली टोपी दिवसका संस्थापक अभियन्ता हुन्
670 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv