सिंहदरबारको ताप र हिराको पहिचान !

फरकमत

सोमवार, अशोज १५, २०७५



- दीपेन्द्र पाण्डे

मनमोहन सरकार बिघटन भएसँगै खोसिएको उप महासचिब पद पछी नजिकको सम्बन्ध नबनेको बामदेव गौतमलाई सँगै राखेर वरिष्ट नेता नेपालले ‘वानेश्वर तीर ‘ छोडी सकेका छन । 

मिती तोकेर तुँइन बिस्थापित गरिने छ । देशमा फलाम , तामा , जस्ता खानी खोलिने छ । ग्याँस , पेट्रोलको खानी उत्खनन गरिने छ । भारत र चीनको रेल कुदाइने छ । सडकका खाल्टा खुल्टी बैशाख १५ भित्र पुरिने छ । सुरुङ्गमार्गबाट बंगलादेश व्यापार गरिने छ । ३३ किलो सुन गायब पार्ने अपराधीलाई पातालबाट निकालिने छ । सिण्डीकेट समाप्त पारिने छ । मुलुकमा कती कलेज खोल्ने , कहाँ खोल्ने आफै निर्धारण गरिने छ ।

काठमाडाै‌लाई मास्क मुक्त क्षेत्र बनाइने छ । दशैं अगाबै मेलम्चीको पानी खुवाइने छ । अन्याय , अत्याचार , बलात्कार , भष्ट्राचार , ढिलासुस्ती , कालाबजारी मुक्त गरिने छ । उल्लेखित भनाई नेकपाको कार्यकर्ताको हैन । प्रधानमन्त्री ओली र उनको मन्त्री परिषद सदस्यका मुखार बृन्दबाट आम जनताले सुनेका दिब्यवाणी हुन । साँचो अर्थमा जनताले ती काम चाहेका हुन । कहिले गर्छौ ? भनेर सोधेका पनि थिएनन । जब आफ्नै कमजोरीले चौतर्फी असफलता हात लाग्यो तब ओली सरकार जिब्रो चलाउने , रिसाउने मात्र हैन कुरा उठाउनेलाई प्रतिगामी देख्ने अवस्थामा पुग्दै छ ।

मुलुकको राजनीति विचित्र अवस्थाबाट गुज्रदैं छ । शान्ती , स्थीरता र समृद्धिलाई छाँयामा पार्ने काम सराकारको नपुगेको ढंगलाई मानिदैछ । आफ्नो हैसियत भन्दा बढी हौसिएको सरकार कोसँग , कहिले प्रतिस्पर्धा गर्ने र कहाँ पुग्ने भन्ने भुली सकेको छ । स्वदेशी , बिदेशी , अर्गानिक , हाईब्रीड मात्र हैन आर्टिफिसियल समस्याको समाधान कसरी गर्ने ? समयमै जवाफ पाउन सकीरहेको छैन । भारतीय व्यापारी धिरुभाई अम्बानीले सन १९९० मा मुख्यमन्त्री बन्नु अगाबै नरेन्द्र मोदीलाई खानाको निम्तो दिए । अम्बानी परिवारसँगै खाना खाईरहेको समय धिरुभाईले मोदीलाई देखाउँदै भने । उनी लामो रेसको घोडा हुन । उनी एक दिन भारतको प्रधानमन्त्री बन्ने छन । आज प्रधानमन्त्री मोदी तीनै धिरुभाईको खानाको ऋण तिर्दै अनिल अम्बानी ( धिरुभाइको सुपुत्र )लाई राफेल लडाकु विमान खरिदमा सहयोग गर्न विवश भएको चर्चा भारतीय राजनीतिमा ‘हटकेक ‘ बन्दैछ । मनमोहन सरकारको कुशल गृहमन्त्री , मदन भण्डारी पछीको कुशल बक्ता , माहाकाली सन्धी पछी नराम्रो हिसाब शिक्षक र भारतीय नाकाबन्दी पछी सम्पुर्ण देशवासीको ढुकढुकी वर्तमान प्रधानमन्त्री ओली स्वदेशी , विदेशी धिरुभाईको खाना कहाँ र कहिले खाए ऋण तिर्दै हैरान हुँदा उनले चाहे जस्तो परिणाम निकाल्न सकिरहेका छैनन ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नु अघी बन्द कोठाभित्र गरिएका वचन र सम्झौताले बाँधिएका प्रधानमन्त्री ओली चाहेर पनि हात पाउ खोलेर हिड्न र काम गर्न नसक्दा केवल जिब्रोबाट काम चलाउँदै छन । उनको बाध्यता र कमजोरीलाई राम्रो सँग बुझेको , देखेको र भोगेको नेकपाको वरिष्ट नेता कमरेड माधब नेपालले गत बिहिबार संसदमा बोल्न बाध्य भएका कुराहरु आम जनताले हरेक दिन भोगीरहेको र पोखिरहेका हुन ।

सरकारको दैनिकी , कार्यदक्षता र क्षमता प्रती कटाक्ष गर्न कञ्जुस्याँई नगरेका कारण नेपाली धिरुभाईहरु नेपालको गतिबिधी बिरुद्ध जाईलाग्नु आफ्नो पेटको निम्ती हो भन्ने आम नागरिक राम्रो सँग बुझ्दछन । ‘लोकतन्त्रमा जनवादी केन्द्रियता नहुने कम्युनिस्ट पार्टी लोकतन्त्रको मुल्य मान्यतामा नचल्ने ‘ पुँजीवादीहरुको आरोपलाई सत प्रतिशत स्वीकार्दै अगाडी बढेको नेकपाका दुई जमिन्दारहरुको थिचोमिचो नसहने , हरेक कुराको राजनैतिक ट्याकल गर्ने सोचको साथ वरिष्ट नेता नेपाल द्वारा चालिएको पछिल्लो कदम पछी नेपाली धिरुभाईहरु सामाजिक सञ्जाल मार्फत टोक्न तम्सिएका छन ।

विगतमा कमरेड ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउँन सहयोग नगरेका जतीलाई नेकपामा कुनै स्थान नदिने उनको अघोसित नीति सत्ता प्राप्ती पछी सतहमा देखिदा कम्युनिस्ट पार्टी भित्रको खान्दानी रोग फेरी बल्झिएको मानिदै छ । 

मनमोहन सरकार बिघटन भएसँगै खोसिएको उप महासचिब पद पछी नजिकको सम्बन्ध नबनेको बामदेव गौतमलाई सँगै राखेर वरिष्ट नेता नेपालले ‘बानेश्वर तीर ‘ छोडी सकेका छन । आफु बिदेश जाने समय गरिएको भद्र सहमती तोडदै अघी बढ्ने ओली कार्यशैलीको राजनैतिक जवाफ नेकपा स्थायी समिती सदस्यहरुलाई भेटघाट मार्फत जानाकारी गराई सकेका छन । गौतमलाई साथ राख्दै नेता नेपालले छोडेको तीरको असर मिडियामा स्थान बनाउँदै छ । “मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन शुरू गरिन्छ !” भन्दै ट्वीट गर्ने प्रधानमन्त्रीको प्रमुख राजनैतिक सल्लाहकारले बानेश्वर भेटघाटलाई सरकार गिराउने खेल भन्न भ्याई सकेका छन । प्रधानमन्त्री ओलीले नेपालको थिङ्क ट्याङ्क मानेका निर्वाचनमा काठमाडाै‌ ४ का जनताले पर्खन आदेश दिएका अर्का नेताले शनिबार बिहान ट्वीटमा लेखेका छन्, ‘सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहे जति गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?’ भन्ने भनाईले ओली सरकार जे जस्तो भए पनि खान लाउन पाउनु पर्छ भन्ने रोदन नेकपालाई अपाङ्ग बनाउन काफी छ ।

 पार्टीमा बिधी , पद्धती , बिधान , कार्यक्रम  , योग्यता , क्षमता र योगदानलाई कदर गर्ने परम्परा बसाऔं भन्ना साथ सरकार बिरुद्ध चालिएको कदम मान्ने ओली सरकारको धिरुभाईहरुको भोक मेटाउँदा सम्म नेकपा प्रती जनताको धारणा के हुने छ ? उनीहरुलाई कुनै प्रबाह छैन । पार्टीका सम्पुर्ण निकायलाई चलायमान बनाउँदै सरकार मार्फत आम जनतामा नयाँ बिश्वास पैदा गरौं भन्ने धारणा माथी संकाले हेरिने अवस्था मात्र हैन स्वयम प्रधानमन्त्री नै शाब्दिक प्रतिकारमा उत्रने काइदा पछी नेकपा भित्र नयाँ उतार चढाब आउने राजनैतिक बिश्लेशकहरुको राय छ ।

विगतमा कमरेड ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउँन सहयोग नगरेका जतीलाई नेकपामा कुनै स्थान नदिने उनको अघोसित नीति सत्ता प्राप्ती पछी सतहमा देखिदा कम्युनिस्ट पार्टी भित्रको खान्दानी रोग फेरी बल्झिएको मानिदै छ । आफ्नो कमी कमजोरी देख्नै नचाहाने , उनको हरेक कृयाकलापलाई सही देख्नु पर्ने , जुनसुकै कुरालाई समर्थन गर्नु पर्ने नयाँ रोग अमेरिका पुग्दा पनि नरोकिँदा सानो नीति कथा पस्कँदै छु ।

एउटा वहुमुल्य हिरा र अर्को काँचको नक्कली हिरा बोकेको व्यापारी दरबारमा पुग्दै राजालाई बिन्ती बिसायो । सरकार म सँग भएको यी दुई हिरा मध्य असली हिरा कुन हो चिन्नु होस । हजुरले चिन्न सकेको खण्डमा बहुमुल्य हिरा हजुरलाई दिनेछु । नचिने हजुरले पाँच हजार स्वर्णमुद्रा मलाई दिनु पर्नेछ । राजाले मञ्जुरी दिए । आफ्नो राज्यमा भएको नामुद हिरा व्यापारीलाई बहुमुल्य हिरा चिन्न आदेश दिए । व्यापारीले लाख कोशीस गर्दा पनि असली हिरा चिन्न सकेन । सर्त मुताबिक राजाले उसलाई पाँच हजार स्वर्णमुद्रा दिए । हिरा व्यापारी अनेकौं राजा सामु पुग्यो । क्रमिक रुपमा यही सिलसिला दोरिदै गयो । राजाहरु हार्दै गए । व्यापारी धनी हुँदै ।

एक दिन व्यापारी एउटा राजा सामु यसरी नै हिरा देखाउँदै थियो । राजाको मानिसले हिरा चिन्न सकेन । एक दृष्टी बिहिन मानिसले आफुले हिरा चिन्ने बताए । केही बेर हातमा हिरा खेलाए पछी उनले हिरालाई खुला पञ्जामा राखे । करीब दश मिनेट चर्को घाममा नक्कली र सक्कली हिरालाई सेकाए पछी उनले असली हिरा बताई दिए । राजा , उपस्थीत भारदार र हिरा व्यापारी चकित हुँदै दृष्टी बिहिन मानिसलाई सोध्न पुगे । तपाईले कसरी चिन्नु  भयो ? उनले भने , केही बेर घाममा सुकाउँना साथ मैले थाहा पाए । सक्कली हिरा यती छिटो तात्दैन ।  नक्कली काँचको हिरा तुरुन्तै ताती हाल्यो । हिरा व्यापारी बहुमुल्य हिरा दिएर बाटो लाग्यो ।

उल्लेखित नीति कथामा जस्तै नेपालका राजनैतिक दलहरु अनेक नामका नक्कली हिरा लिएर जनता माझ पुग्ने चलन प्रजातन्त्र र लोकतन्त्रको बाध्यताले गर्दा भएको हो । अनेकौं पटक अनेक नामबाट जनता माझ पुगेको राजनैतिक हिरा व्यापारीको कुरा पत्याउँदै जनता ठगिएका हुन । लोकतन्त्रको आडमा सत्तामा पुगेका हिरा व्यापारी नक्कली भएको छुट्याउने आधार आफ्नै कमजोरी र सामान्य घटनामा तात्नुनै हो । बन्द कोठामा सहमती गर्ने , पदिय स्वार्थको निम्ती आफ्नै बिगत बिर्सने , अफठयारो परे वा पार्नको निम्ती उचित अनुचित भद्र सहमती गर्ने , बिधी र पद्धति मान्छु भन्ने , व्यबहारमा ठिक उल्टो गर्ने , सरकारै पिछे एउटै नियुक्ती र ठेक्का स्वदेशी धिरुभाईको निम्ती गरिने , आफुले गरे जबज अरुले गरे गुटबन्दी मान्दै अमेरिकाबाट छोडेको वाफलाई ‘सिंहदरबारको ताप’ मानिदैछ । जस्तो सुकै परिस्थितीमा चिसो रहँदै सक्कली हिराको परिचय दिनु पर्नेमा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई सम्मान गर्दै आँखा चिम्लेका जनता सामु अनुपयुक्त ताप सिर्जना गर्दै सिंहदरबार आफ्नो परिचय दिन तम्सँदै छ ।

1072 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank