एउटी नायिकाको खुलापत्र–महिला भनेका केवल हिँडडुल गर्ने योनी होइनन्

मङ्लबार, माघ १६, २०७४



पद्मावतका निर्देशक भन्सालीलाई एउटी नायिकाको खुलापत्र
प्रिय भन्साली सर !
सर्वप्रथम तपाईंको महान् फिल्म पद्मावत रिलिज भएकोमा बधाई । यद्यपि तपाईको फिल्म पद्मावतीबाट पद्मावत भएको छ, दीपिका पादुकोणको आकर्षक कम्मर गायब भएको छ र समग्रमा फिल्मबाट ७० सिन गायब भएका छन् । तर, तपाईं आफ्नो फिल्म थिएटरमा पुगेको छ, हामी भाग्यमानी हौँ, यो सब हुँदा पनि सबैको टाउको गर्धनमै छ, र नाक ठाउँको ठाउँ नै छ । कुनै अनिष्ट भएको छैन । यो किन पनि आश्चर्य हो भने आजको ‘सहनशील’ भारतमा जहाँ मासु गाईको हो वा खसीको भन्ने विवादमा मान्छे मारिएका छन् । प्रेम गर्ने किशोर–किशोरीबाट परिवारको इज्जत जोगाउन उनीहरूको हत्या गरिन्छ । यस्तो परिवेशमा पनि तपाईंको फिल्म रिलिज भएको छ, त्यसैले तपाईं बधाईका भागीदार हुनुहुन्छ ।

असाधारण प्रस्तुतीका लागि तपाईंका कलाकारहरूलाई पनि बधाई । निश्चय पनि चलचित्रका दृश्यलाई तपाईंले भव्य बनाउनुभएको छ । तपाईंंजस्तो उत्कृष्ट निर्देशकबाट हामीले जे आशा गर्न सक्छौँ, त्यो पाएको छौँ किनकि तपाईं यस्तो मानव हो जसले जे छुन्छ, त्यो अमर बन्छ ।

संयोगले मैले तपाईंलाई भेटेकी छु । तपाईंलाई सम्झना नहुन सक्छ, मैले तपाईंको फिल्ममा काम पनि गरेकी छु । फिल्म गुजारिसमा सानो भूमिकामा अभिनय गरेकी थिएँ केवल दुईवटा दृश्यमा । मेरा लागि संवाद पहिले नै लेखिएको थियो । तर, त्यो संवाद कस्तो छ भन्ने विषयमा तपाईंले मेरो राय माग्नु भएको थियो । सञ्जयलीला भन्सालीले मेरो संवादको विषयमा मेरो धारणा मागेका थिए भन्ने सम्झनाले पनि मलाई महिनाभर गौरवान्वित बनाएको थियो । मैले यो पनि सम्झिएको छु, त्यही निर्देशकले अर्को एउटा सिनका लागि जुनियर आर्टिस्टसँग गरमागरम बहस गरिरहेको थियो, त्यस्तै, ‘जिम्मी जिब’ अपरेटरसँग पनि पटक–पटक सल्लाह गरिरहेको थियो । त्यसपछि मैले आफैँलाई भनेकि थिएँ, ‘हेर, यो कस्तो अनौठो मान्छे, आफ्नो फिल्मको हरेक विषयप्रति कति सजग ।’ म तपाईंबाट निकै प्रभावित छु सर ।

तपाईले हर एक पर्खालहरू भत्काउँदै कसरी एकपछि अर्को फिल्म बनाइरहनुभएको छ र कलाकारहरूलाई उत्कृष्ट प्रदर्शन दिन मञ्च तयार पार्नुभएको छ, यो सब मैले अवलोकन गरिरहेको छु सर । म तपाईंको प्रशंसक हुँ र भविष्यमा पनि रहनेछु ।

तपाईले हर एक पर्खालहरू भत्काउँदै कसरी एकपछि अर्को फिल्म बनाइरहनुभएको छ र कलाकारहरूलाई उत्कृष्ट प्रदर्शन दिन मञ्च तयार पार्नुभएको छ, यो सब मैले अवलोकन गरिरहेको छु सर । म तपाईंको प्रशंसक हुँ र भविष्यमा पनि रहनेछु ।

तपाईंलाई सविनय जानकारी गराउन चाहन्छु कि तपाईंले पद्मावती बनाएदेखि नै सो चलचित्रको पक्षमा संघर्ष गर्दै आएकी छु । युद्धभूमिमा होइन, ट्विटरजस्तो सामाजिक सञ्जालमा फिल्मको पक्षमा मैले आफ्नो वर्कतले भ्याएसम्म आवाज उठाएकी छु । टेलिभिजन क्यामराका अगाडि उभिएर मैले सबै कुरा भनेँ जो तपाईले चाहेर पनि बोल्न सक्ने अवस्था थिएन किनकि तपाईको एक सय ८५ करोड दाउमा थियो ।

मैले तपार्इंको व्यक्तिगत हितका लागि पनि यो सब बोलेकी होइन सर । किनकि म इमानपूर्वक यो विश्वास गर्छु कि तपार्इंं र यस देशका हरेक नागरिकलाई आफूले चाहेको कथा लेख्न र भन्न पाउने अधिकार छ त्यो पनि उनीहरूले चाहेको शैलीमा । यसो गर्दा कसैको घर अथवा कार्यशाला जलाइनुपर्ने, टिमका सदस्यहरू कुटिनुपर्ने र मान्छे मारिनुपर्ने कुनै कारण छैन । मान्छेले त्यसैगरी फिल्म बनाउन र हेर्न पाउनुपर्छ जसरी विद्यार्थी विद्यालय जान र पढ्न पाउनुपर्छ ।

अझ त्योभन्दा अघि बढेर म तपाईंलाई यो पनि भन्न चाहन्छु फिल्म तपाईंको रिलिज हुँदै थियो, उत्साही म थिएँ । म चाहन्थेँ, तपाईंको फिल्मले अभूतपूर्व सफलता हासिल गरोस्, बलिउड बक्स अफिसका सबै इतिहास तोडोस् । त्यही उत्साह र मोहले मैले पद्मावतको पहिलो दिनको पहिलो सोको टिकट बुक गरेकी थिएँ, परिवारको ‘कुक’सहित सम्पूर्ण सदस्यलाई फिल्म हेर्न लगेकी थिएँ । म आफैँले लिएको अपनत्वका कारण होला, मैले फिल्म हेरेँ र त्यसपछि मेरो मनमा जे लाग्यो, त्यो सीधै तपाईंलाई सम्बोधन गरेर लेख्न तयार भएँ । मैले भन्नुपर्ने धेरै भए पनि संक्षेपमा व्यक्त गर्दै छुु । तर, सबै कुरा भन्नुअघि म केही विषय स्पष्ट पार्न चाहन्छु ।

सर, बलात्कार अभिशाप हो, तर त्यो विपत्ति भोग्नैपरेछ भने त्यसपछि पनि बाँच्ने अधिकार महिलालाई छ ।

दुर्भाग्यवश श्रीमान्को मृत्यु हुन सक्छ, उनका संरक्षक, मालिक वा यौन नियन्त्रक जुनै पुरुषको अवसान हुन सक्छ, त्यो अवस्थामा पनि महिलालाई बाँच्ने अधिकार छ ।
अझ त्योभन्दा पनि आधारभूत रूपमा म यो भन्न चाहन्छु–
महिला भनेका केवल हिँडडुल गर्ने भेजाइना (योनी) होइनन् ।
अझ त्यो भन्दा पनि आधारभूत रूपमा म यो भन्न चाहन्छु, महिला भनेका केवल हिँडडुल गर्ने भेजाइना (योनी) होइनन् । हो नारीसँग ‘भेजाइना’ हुन्छ, तर त्यसबाहेक अरू धेरै चिज उनीहरूसँग छन् । तसर्थ, समाजको सम्पूर्ण शक्ति ‘भेजाइना’ मा केन्द्रित गर्नु, त्यसलाई नियन्त्रण गर्नु र त्यसको पवित्रता कायम गर्नुमा लगाउनु अस्वीकार्य छ । हामी त्यस्तो विचारलाई खारेज गर्ने सामथ्र्य राख्छौँ ।

सर, बलात्कार अभिशाप हो, तर त्यो विपत्ति भोग्नैपरेछ भने त्यसपछि पनि बाँच्ने अधिकार महिलालाई छ । दुर्भाग्यवश श्रीमान्को मृत्यु हुन सक्छ, उनका संरक्षक, मालिक वा यौन नियन्त्रक जुनै पुरुषको अवसान हुन सक्छ, त्यो अवस्थामा पनि महिलालाई बाँच्ने अधिकार छ ।

‘भेजाइना’ को सम्मान हुन्छ भने सौभाग्य हो । तर, दुर्भाग्यवश त्यसको सम्मान भएन भने पनि महिलाको बा“च्ने अधिकार खोसिनु हँुदैन । यस्तो अवस्थामा पनि महिलालाई मृत्युको सजाय हुनु हुँदैन किनकि दोषी त्यो पुरुष हो जसले ती महिलाको सहमतिबेगर उनको ‘भेजाइना’लाई अपमान गरेको छ ।

समग्रमा, ‘भेजाइना’पछि पनि महत्वपूर्ण जीवन हो । मैले ‘भेजाइना’ को यति गहन वर्णन किन गरेँ भनेर तपाईंलाई कौतुहल जाग्न सक्छ । माफ गर्नुहोला सर, मैले यो सब गर्नुपर्‍यो किनकि तपार्इंकोे महान् फिल्मको अन्त्यमा मैले आफूलाई एउटा ‘भेजाइना’ मा संकुचित भएको महसुस गरेँ । महिला र महिला आन्दोलनले वर्षौँको संघर्षबाट प्राप्त गरेका उपलब्धि जस्तै– मतदान गर्ने अधिकार, सम्पत्तिमाथि महिलाको अधिकार, शिक्षाप्रतिको अधिकार, समान कामका लागि समान ज्याला, सुत्केरी बिदा, बालबालिका कोख लिने अधिकारलगायत सम्पूर्ण उपलब्धि व्यर्थ भएजस्तो लाग्यो । अब एउटा ‘भेजाइना’ को विवादमा बाँच्न पाउने कि नपाउने भन्नेजस्तो आधारभूत प्रश्नतर्फ हामी धकेलियौँ । हो, तपाईंको फिल्मले हामीलाई अँध्यारो युगतर्फ लग्यो जहाँ बारम्बार सोधिन्थ्यो– महिला, विधवा, बलात्कृत, किशोरी, वृद्ध र गर्भवतीलाई पनि बाँच्ने अधिकार छ र ?

आत्मदाह र सतीप्रथा हाम्रो सामाजिक इतिहासको अँध्यारो पाटो हो । यस्ता कुप्रथा समाजमा वास्तवमै थिए । ती घटना नारकीय थिए । अझ १९औँ शताब्दीसम्म पनि अमेरिकामा श्वेतहरूले अश्वेतमाथि जघन्य अपराध गरेका थिए । इतिहासमा यस्ता विभेद र अत्याचार कति भए कति । त्यसको अर्थ ती विषयमा फिल्म बनाउनु हुँदैन भन्ने पक्का होइन । तर, एउटा कुनै निर्देशकले त्यस्ता नारकीय अपराधमाथि आफ्नो कुनै दृष्टिकोण नराखी फिल्म बनाउन कसरी सक्छ ? अर्को कुनै दुष्टले गरेको अपराधको सजायस्वरूप निर्दोषले पाउने मृत्युदण्डलाई गौरवान्वित गर्ने ढंगले फिल्म बनाउन कसरी मिल्छ ? तपाईंजस्तो सचेत र सफल निर्देशक वा अरू कसैले पनि त्यस्तो जघन्य अपराधलाई गौरवान्वित बनाएर प्रस्तुत गर्नु मानवीय हो भन्ने मलाई लाग्दैन ।
सर, तपाईंं पनि सहमत हुनुहुँदोरहेछ कि सती र जौहर अर्थात् आत्मदाह गौरवान्वित गर्ने विषय होइनन् । सम्मान, बलीदान, पवित्रताजस्ता प्राचीन विचारले महिलालाई यस्तो प्रथा स्वीकार्न अभिप्रेरित गरेका हुन् । तर, समग्रमा त्यो महिलाको अमूल्य जीवनप्रति पितृसत्ताले गरको घृणा र आक्रमण हो । महिलाकोे जनेन्द्रिय अपवित्र हुन सक्छ भन्ने आधारमा उनको जीवनको बली चढाउने कुनै पनि घटनालाई भव्य बनाएर प्रस्तुत गर्नु पाशविक अपराध हो । १३औँ शताब्दीमा त्यसो गर्नु र २१ शताब्दीमा त्यसलाई गौरवपूर्ण प्रस्तुत गर्नु उत्तिकै अमानवीय हो । महिलाको समानताको अधिकारलाई हस्तक्षेप गर्ने कुनै पनि कदम अस्वीकार्य छ । तर सर, तपाईंले प्रस्तुत गरेको कथाले महिलाको बाँच्न पाउने अधिकारलाई अस्वीकार गरेको छ ।

तपार्इंको फिल्म रिलिज हुनु एक साताअघि हरियाणाकी एक दलित किशोरीमाथि सामूहिक बलात्कार भयो । सो घटनाले सन् २०१२ मा देशको राजधानी दिल्लीमा चिकित्साशास्त्रकी एक छात्रामाथिको भएको बलात्कारको घटनाले सम्झाइदियो । सती र बलात्कार एउटै दिमागका दुई पाटा हुन् । बलात्कारीले महिलाको जनेन्द्रियमा आक्रमण प्रयास गर्छ र निर्घात आक्रमण गर्छ । सती अथवा जौहर प्रथामा पनि महिलाको जनेन्द्रिय ‘अधिकारप्राप्त’ पुरुष मालिकको नियन्त्रणमा गुमेपछि महिलाको बाँच्ने अधिकार नै समाप्त हुन्छ । दुवै अवस्थामा महिलाको अमूल्य जीवनलाई उनीहरूको जनेन्द्रियमा सीमित पारिएको छ ।

अझ त्यो भन्दा पनि आधारभूत रूपमा म यो भन्न चाहन्छु, महिला भनेका केवल हि“डडुल गर्ने भेजाइना (योनी) होइनन् । हो नारीसँग ‘भेजाइना’ हुन्छ, तर त्यसबाहेक अरू धेरै चिज उनीहरूसँग छन् । तसर्थ, समाजको सम्पूर्ण शक्ति ‘भेजाइना’ मा केन्द्रित गर्नु, त्यसलाई नियन्त्रण गर्नु र त्यसको पवित्रता कायम गर्नुमा लगाउनु अस्वीकार्य छ । हामी त्यस्तो विचारलाई खारेज गर्ने सामथ्र्य राख्छौँ ।

तपाईं भन्न सक्नुुहुनेछ कि फिल्मले सुरुमा सती वा जौहरलाई समर्थन गर्दैन भनेर खण्डन गर्नुहुनेछ । सर, तर दुई घन्टा ४५ मिनेट लामो कहानीपछि सो विषय खुलेको छ, जहाँ सम्मानित राजपुत महिलाको साहस देखाइएको छ जो शत्रुको हातमा पर्नुभन्दा खुसीपूर्वक आगोको ज्वालामा दन्किन चाहन्छन् । तपार्इंंको हिरोइनले जौहरका लागि अनुमति मागेकी छिन् किनकि पतिको अनुमतिविना उनी मर्न पनि सक्दैनथिन् । क्लाइमेक्समा सास नै रोकिने सट थियो, एक उत्तेजित मुस्लिम अगाडि बढेपछि दुर्गाभवानीको जस्तो रातो पोसाकमा सजिएका हजारौँ महिला जौहरको आगोमा हामफाल्छन् र संगीतको एउटा ट्र्याकले दर्शकलाई द्रवित गराउँछ र उनीहरूको प्रशंसा गर्छन् । सर, यदि यो सती वा जौहरलाई गौरवान्वित गराउन खोजिएको होइन भने वास्तवमै यो के हो ? मैले बुझ्न सकिन । फिल्मको क्लाइमेक्स भयावह किन पनि छ भने गर्भवती महिला र सानी बालिकासमेत आगोमा थिए ।

सर,शान्तपूर्वक फिल्म सुट गर्न र रिलिज गर्ने अधिकार सबैलाई छ । तपार्इं, तपाईंका नायक,नायिीा निर्माता, तपार्इंको स्टुडियो र दर्शक तोडफोड र धम्कीबाट सुरक्षित होऊन् । म तपाईंको अभिव्यक्ति स्वतन्त्रताका लागि ट्रोल र टेलिभिजन टिप्पणीकारविरुद्ध लड्ने बाचा गर्छु, तर सार्वजनिक उपभोगका लागि तपाईंले निर्माण गर्ने कलामाथि प्रश्न गरिरहने बाचा पनि गर्दछु ।
०००

(स्वारा भास्कर ‘अवार्ड विनिङ’ भारतीय कलाकार हुन् । दिल्ली विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक र जबारहलाल नेहरु विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर उनले रांझना, प्रेम रतन धन पायो, तनु वेड्स मनुका दुई सिरिज र अनारकली अफ आराहमा प्रभावशाली अभिनय गरेकी छिन् । यो पत्र भारतीय अनलाइन द वायरबाट साभार गरिएको हो ।) नयाँ पत्रिकाबाट

495 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank