व्यावसायीहरुले गरेको विश्वाप्रति कहिल्यै घात गर्ने छैनः शुवर्ण श्रेष्ठ

सोमवार, असार २६, २०७४



बस्तावमा भन्ने हो भने म पनि आम मानिस जस्तै बैदेशिक रोजगार ब्यवसायलाई नकारात्मक रुपमै लिने गर्थें । किनभने हाम्रो घर वरपरबाट विदेशमा जाने  दाजुहरुको सधै नै नकारात्मक समाचारहरु सुन्ने गर्थे। तर भाग्यको खेल भनेजस्तै थाहै नपाइ म एकदिन म्यानपावर एजेन्सीमा जागिर खान पुगे ।

पत्रिकामा आकर्षक माग देखेर मैले पनि जागिरको लागि फारम भरें, एउटा अन्तरास्ट्रिय गैर सरकारी सस्थाको जागिर छोडेर । त्यतिबेला मलाई मात्र हैन, मेरो साथीहरु र मेरो परिवारलाई नै मेरो त्यो निर्णय गलत लागेको थियो । त्यसमा सायद कोही पनि गलत थिएनन । मैले त्यो संस्थामा आबद्द भएको पहिलो  दिन नै मलाई मन परेको थिएन र मनमनै सोचेको थिएँ, म एकदम गलत ठाउमा आइपुगे । तर मसंग अरु कुनै विकल्प थिएन । मलाई कुनैपनि हालातमा जागिरको आबश्यकता थियो । त्यसैले पनि होला, मैले मन नपरी कन भएपनि त्यो ठाउँमा दत्त चित्त भएर काम गरें ।

यसरी सुरु गरेको मेरो जागिर करिब ३ बर्षसम्म ३ वटा सस्थामा काम सिक्ने मौका पाएँ । यसरी काम गर्ने क्रममा मलाई यो ब्यवसाय सही लाग्यो । नीति, नियमभित्र रहेर पठाउदा कामदारले समस्या भोग्न नपर्ने कुरामा म ढुक्क भएँ । साथै यो त एकदमै राम्रो काम जस्तो लग्यो । एउटा बेरोजगार नेपाली युवाहरुलाई रोजगारी दिएर उस्को जिविकोपार्जन गर्न सहयोगी  भूमिका खेलें । एउटा पुलको रुपमा ब्यबसायीले काम गर्ने हुँदा यो त एउटा पुण्य को काम जस्तो लाग्यो ।

त्यसपछि मेरो ३ वर्षको जागिरको अनुभबबाट अब  म आफै केही गर्छु भनेर २०६४ सालमा मदिना इन्टर्नेशनलको स्थापना गरें । हालसम्म त्यसैलाई निरन्तरता दिँदै आएको छु र अझै रहीरहने छु यो ब्यवसायमा निरन्तर । बैदेशिक रोजगार ब्यवसाय सुरुगरे लगत्तै म नेपाल प्रगतिशील बैदेशिक रोजगार मञ्चसंग आबद्द भएँ । त्यसको प्रथम सम्मेलनबाट सदस्यमा निर्बिरोध निर्बाचित हुने अवसर प्राप्त भयो । त्यसपश्चात म यो क्षेत्रको गतिबिधिमा निरन्तर सहभागी हुँदै आएको छु ।

यसको हक, हितका लागि हर तरहबाट काम गर्न थालें । मेरो गतिबिधिहरु देखेर २०६६ सालको बैदेशिक रोजगार ब्यबसायी संघको चुनाबमा हाम्रो संगठनबाट बलबहादुर तामाङको नेतृत्वमा मलाई सदस्य पदमा उम्मेदवार बनाइयो । म निर्वाचित पनि भएँ । सदस्य पदमा हुँदा ब्यावसायिक हितमा आवाज उठाउदै अगाडि बढ्दै आएँ । सायद हाम्रो टिमबाट मसहित ३ जना सदस्य मात्र चुनाव जितेका थियौं । बिपक्षी टीमबाट सधै हेपाह प्रबृत्ति त्यस अवधिभर कायम रह्यो । सोमलाल बटाजु अध्यक्ष रहेको त्यो टिमले सधै  आफुखुसी निर्णयहरु गर्दै गयो । मेरो लागि त्यो सह्य भएन ।

मैले बिरुद्धमा आवाज उठाउन थाले । मेरो त्यो आवाजलार्इ बिद्रोहको रुपमा लिई मलाई निलम्बन पनि गरियो। मैले सहि एजेन्डा उठाएको र मेरो कुनै गल्ति नभए पनि ममाथि अन्याय गरेको हुदा मैले नेतृत्वबिरुद्ध जिल्ला प्रशासान कार्यालयमा न्याय दिलाई पाउ भनी निबेदन दिएँ । संघको बिधान बिपरित काम भएको हुँदा जिल्ला प्रशाशन कार्यालयबाट मलाई पुनर्बहाली भयो र म फेरी त्यही रफ्तारमा काम गर्न थालें । मलाई सम्पूर्ण ब्यबसायीहरुको साथ र सहयोग सधै रह्यो ।

म सदस्य हुदा संघको सबै गतिबिधिहरुमा सक्रिय भएर काम गरें । त्यतिबेला संघको आयोजनामा बिराटनगरमा गरिएको बैदेशिज रोजगार मेलाको सहसंयोजक भई कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्ने मौका मिल्यो। त्यसैगरी संघको बार्षिक उत्सबलगायत अन्य थुप्रै सामाजिक कामहरुमा सक्रिय रुपमा लागिरहें । सदस्य हुँदा ब्यबसायिक समस्याहरुको उत्थान र सधै ब्यबसायी हरुको आवाज उठाएकोले होला, फेरी संघको अर्को अधिबेशनमा मलाई पुनस् सचिबमा उठ्न दबाब थियो । सम्पूर्ण ब्यबसायीहरुको आग्रह र मप्रतिको बिस्वाशलाइ ध्यानमा राखी मैले पुनस् बलबहादुर तामाङको नेतृत्वमा मञ्चको तर्फबाट सचिब पदमा उम्मेदवारी दिएँ । र मैले जिते पनि । हाम्रो टिमबाट अध्यक्ष, सचिब र सदस्यहरुले जिते । संघको सचिबमा निर्बाचित भएपछि म माथि धेरै

जिम्मेवारीहरु थपिएको थियो । संघको तर्फबाट मलाई बैदेशिक रोजगार प्रबद्दन बोर्डमा प्रतिनिधित्व गराएर पठाइयो । बोर्डमा नियुक्ति भए पश्चात ब्यबसायी हकहितको बिषयमा आफ्नो आवाजलाइ झन् बुलन्द गर्ने मौको मिल्यो । भिभिन्न सभा, सेमिनार हरुमा ब्यावसायिक हक हितका मुद्दा राख्दै सम्पूर्ण ब्यबसायीहरुको प्रतिनिधि पात्र भएर काम गरें । त्यसै क्रममा फिलिपिन्समा आई ओ एमले आयोजना गरेको अन्तरास्ट्रिय सम्मेलनमा बैदेशिक रोजगार बिभागबाट मलाई छनौट गरि सम्पूर्ण ब्यबसायीको प्रतिनिधिको रुपमा पठाइयो । मैले नेपालको रिक्रुटमेन्ट सिस्टम, समस्या र समाधानको बिषयमा त्यो अन्तरास्ट्रिय मंचमा आफ्नो भनाईहरु राख्दाको क्षण मलाई अझै पनि याद छ ।
विभिन्न १८ मुलुकबाट आएका प्रतिनिधिहरु बीच म एक्लै युवा महिला थिएँ ।

अरु सवै म भन्दा पाको र पुरुष ब्यबसायीहरु थिए । मप्रति सरकारी निकाएको त्यो विश्वास र ब्यबसायीहरुको अपार साथ र मायाले मैले त्यो फोरममा आफ्नो कुराहरु राख्न पाएको थिएँ । त्यस्पस्चात पनि चाहे म संघको पद मा रहुँ वा नरहुँ, ब्याबसायिक मुद्दाहरुमा सधै सक्रिय रुपमा लाग्दै आएको छु। चाहे त्यो बयोमेत्रट्रक मेडिकलबिरुद्दको आन्दोलन होस् वा शुन्य लागत वा भीएलएनन या अन्य कुनै मुद्दा । मेरो यही अनुभवका आधारमा यस पटक रोहन गुरुङ नेतृत्वको टीमबाट द्धितीय उपाध्यक्षको उम्मेदवार बनेको छु । हाम्रो टीम काम गर्नका लागि संघको नेतृत्व लिन चाहिरहेको छ । बिगतमा जे जस्ता त्रुटी नेतृत्वबाट भयो, ब्यवसायको लागि त्या निकै ठुलो हानिकारक रहेको छ । त्यसलाई सच्याउन पनि हाम्रो जिम्मेवारी रहेको ठानी उम्मेदवार बनेको छु । हामी प्रष्ट योजनासहित चुनावी मैदानमा आएका छौँ । हामी गफ गर्ने होइन, काम गर्ने योजनासहित आएका छौँ ।

वर्तमान कार्यसमितिका महासचिवको नेतृत्वमा हामी चुनावी मैदानमा छौँ । वर्तमान कार्यसमितिका पाँच जना ‘संयुक्त व्यवसायिक समूह’मा हुनुहुन्छ । म आफैँ पनि विगतमा सचिव पदमा बसेर काम गरेको व्यक्ति हुँ । संघलाई कस्तो बनाउनुपर्छ भन्ने प्रष्ट योजना हामीसँग छ । हामीले उम्मेदवार चयनमा पनि समावेशितालाई ध्यान दिएका छौँ । हामीले घोषणापत्रमा १७ वटा प्रतिवद्धता प्रस्तुत गरेका छौँ । हामीले ती प्रतिवद्धता गफ गर्नका लागि होइन, निकै पटक छलफल गरेर, व्यवसायीहरुको सुझाव लिएर कसरी अघि बढ्न सकिन्छ भनेर नै तयार पारेका हौँ । हामी निर्वाचन जितेकै दिनबाट हाम्रा प्रतिवद्धता पूरा गर्न लाग्ने छौँ । वर्तमान नेतृत्वबाट दिक्क भएका व्यवसायीहरुले हामीप्रति गरेको विश्वासलाई विश्वासघात नगरी काम गर्ने छौँ ।

यो हाम्रो प्रतिवद्धता हो । त्यसैले हामीले सबैसँग आग्रह गरेका छौँ । हामीले हाम्रो ‘संयुक्त व्यवसायिक समूह’मा पहिला, आदिवासी जनजाति, मधेसी सबैलाई समावेश गरेका छौँ । सात जनाको पदाधिकारीमा हामीले महिला आदिवासी, जनजाति सबैलाई समेटेका छौँ । सत्र जनाको कार्य समितिमा हामीले दलित, मधेसी सबैलाई समावेश गरेका छौँ । हामीलाई केही साथीहरुले द्वितिय उपाध्यक्ष, कोषाध्यक्ष सदस्यमा दुई जना महिला समावेश गरेका छौँ । उनीहरुले महिलाले के गर्न सक्छन् र र भनेर आलोचना गरेको पनि हामीले सुनेका छौँ । म उहाँहरुलाई भन्न चाहन्छु, अहिले हाम्रो देशको सर्वोच्च पद राष्ट्रपति महिला हुनुहुन्छ । सभामुख महिला हुनुहुन्छ । केही समय अघिसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधश पनि महिला नै हुनुहुन्थ्यो । अहिले उद्योग बाणिज्य महासंघको अध्यक्ष पनि महिला नै हुनुहुन्छ । त्यसैले हामी उहाँहरुलाई पनि हामीबाट सिक्नुहोस् भन्ने सुझाव दिन्छौँ ।

शुवर्ण श्रेष्ठ, द्धितीय उपाध्यक्षका उम्मेदवार, नेपाल बैदेशिक रोजगार ब्यवसायी संघ

632 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank