सँधै ‘उभ्ने’ हामी नेपालीहरु कहिले व्युँझने ?

बुधबार, चैत्र ३०, २०७३



  लोकतन्त्रले बोल्न पाउने अधिकार हामी सबैलाई दिलाएको छ । तर के कुरा कुन ठाउँमा बोल्ने त्यसले कसरी कुन क्षेत्रलाई प्रभाव पारेको हुन्छ ,पार्नेछ भन्ने कुरा हामीले सोच बिचार गरेर मात्रै आफ्नो विचार राख्नु हरेक विवकसिल नेपालीको दायीत्व पनि हो । हामीले आफ्नो दायीत्व कसरी पुरा गरिरहेका छौँ । अझै नेतृत्व वर्गका व्यक्तिहरुले यसलाई कसरी प्रयोग गरिरहेका होलान् ? देशलाई नै घात पुग्ने व्यक्तिगत स्वार्थ आपुर्ती गर्न यस्ता अभिव्यक्ति स्वतन्त्रताको अधिकारहरुलाई प्रयोग गरिरहेको पाईन्छ । पछिल्लो समयमा हाम्रो देशमा लोकतन्त्रको अनुभुत गर्न पाईने राम्रा गतिविधी पनि भैरहेका छन् ।

जस्तो कि राजसंस्था पुर्नःस्थापना गर्नुपर्छ भन्ने एक जमात अर्काे जमात विभिन्न पार्टीबाट विभिन्न थरिथरि विचारहरुका सवालहरु पनि स्वतन्त्र तवरले उठ्दै आएका छन् । यो लोकतन्त्रको राम्रो पक्षको रुपमा पनि स्विकार्न हामीले सक्नुपर्छ । तर त्यसैलाई नै निर्णयको मुर्त रुप दिने अधिकार केवल हामी जनतामा मात्रै निहित छ भन्ने कुरा पनि हामीले भुल्नु हुँदैन । लोकतन्त्रमा सबै नागरिकहरुले आफ्नो विचार र अभिव्यक्ति दिन पाउने व्यवस्था भएको हुन्छ तर यसले देशको कुन पक्षलाई कसरी प्रभाव पारिरहेको छ भनेर नजान्दा आज पनि भाई–भाई बिचको सम्बन्धमा चिसोपन छाएको छ ।

अहिले विभिन्न नामको पार्टीमा विभाजित रहेर विभिन्न अभिव्यक्तिहरु दिने र राजनीतिक माहोल बनाउने बाहानामा देशलाई नै असर पुग्ने अभिव्यक्तिहरु ठाडो भाषाहरुमा प्रस्तुत भैरहेको छ । उक्साहटमा लागेर ख्याली बजाएर नाच्ने पनि हामी नै ,तराईमा ताण्डव देखाएर रगत बगाउने पनि हामी नै,गुट र पार्टीहरुमा सहभागी भएर हौवामा सोच्दै नसोचि अवसरवादमा झुम्ने पनि हामी नै जसले जे भन्छ त्यो पत्याएर आफ्नै खुट्टा तास्ने पनि हामी नै अनि चाहिएको छ चाँहि हामीलाई बिकास ,निकास र सम्मृद्ध अनि कसरी पुरा होला त्यो चाहाना हामी नै अन्यन्त्र झुमेर रम्न थालेपछि अव गम्भीर भएर सोच्ने समय आइसकेको छ । भनिन्छ लोकतन्त्रमा कसैलाई पनि निषेध गरिँदैन त्यसकै आडमा टेकेर वर्गीयताको खाडलमा रहेकाहरुको जमातलाई ढाल बनाएर बषौँ देखी नै राजनीतिक क्षेत्र अडिएको छ हाम्रो देशमा !

पछिल्लो समय नयाँ शक्ति पार्टीका हिसिला यामीले बेहोसीमा दिएको खुला अभिव्यक्ति देश खारेज गर भन्ने नारा लगाएको २४ घण्टा पछिको व्यापक बिरोध पछिको पत्रकार सम्मेलनबाट माफि माग्नुले एकातर्फ नेतृत्व वर्ग कुन अवस्थामा अचेतको राजनीति गर्दैछन् भन्ने स्पष्ट दर्शाएको छ । यता सिके राउतहरु आफ्नो स्वार्थ पुर्तीको लागी खुलेआम अभिव्यक्ति दिँदैछन् । यस्ताहरुलाई देश रहे के नरहे के कुनै प्रर्वाह नै नभएको अभिव्यक्तिहरु र गतिविधिहरु खुला रुपमा गर्दैछन् । पुर्व प्रम समेत रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अझै देशमा पुर्ण रुपमा लोकतन्त्र नआएको भनेर अभिव्यक्ति दिनु कति उचित कति अनुचित अब यसको बिश्लेषण गर्ने समय आइसकेको छ ।

यो लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति प्रकट गर्न पाउनुको कतै दूरुपयोग पो भईरहेको छैन भन्ने आशंकाहरु पनि उब्ज्याएका छन् । न त निदाएका न त व्युँझिएका (उम्ने) हामी नेपाली माथी नेतृत्वरुपी बेहोसी हर्कतहरुले राजनीति गर्दा मौन समर्थन गर्दे सोहि सोहि गर्दै जसै भने पनि ,जसै गरे पनि हो मा हो मिलाउनेशैली हावी भएपछि सयौँ बेहोसीहरुले नेपालको राजनीतिमा ठाउँ पाएका छन् । कहिले सम्म नेपाली जनतालाई लोकतन्त्रमा उल्पमत ,बहुमतबिचको खाडल र स्वतन्त्रताले निम्त्याउने समस्याहरु यदि देशको कुनै पक्षलाई प्रत्यक्ष घात गर्छ भने त्यो किसिमको राजनीतिले दुरदर्शीता पुर्वक काम गर्न सक्दैन भन्ने पनि सबैले समयमा नै बुझ्नु जरुरी छ ।

अचेतको राजनीतिमा पिल्छएर बसेका हामी नेपालीले अब हुने स्थानिय निकायको चुनावबाट नै यस्तो हर्कतहरुलाई पत्तत्रासाफ गर्दै अगाडी लान सकेको खण्डमा मात्रै राजनीति भित्र शुद्धता हुँदै जान सक्ला भन्ने हो । यहाँ साम,दाम,दण्ड,बेदको राजनीतिमा नतावाद,कृपावाद मौलाएको छ अब त्यो जञ्जीर हामी नेपालीले विवेक पुर्याएर तोड्ने अवसररुपी चुनौतीको रुपमा स्थानिय निकायको चुनाव हामी सामु लामो समय पछि खडा भएको छ । राष्ट्रवादको नाममा गर्ने राजनीतिमा शुद्धता हुनु लोकतन्त्रको लागी अपरिहार्य छ । निरङकुष र लोकतन्त्र बिचको दुरी निकै टाडा भए पनि निकै गाडा सम्बन्ध पनि रहेको हुन्छ भन्ने पनि केहि राजनीतिक घटनाक्रमहरुले देखाउँदै आएको छ । पछिल्लो २ दशक यताको राजनीतिक घटनाक्रमले सबै नागरिकहरुलाई महत्वपुर्ण अधिकार सुम्पीएको छ त्यो अधिकार प्रयोग गर्ने नाममा हामीले आफ्नो देशप्रती गर्ने कर्तव्य मा पनि केहि हदसम्म चुक्दै आएका छौँ ।

लोकतन्त्र त्येस्तो प्रक्रिया हो जुन बेला हामी जनता नै सर्व हुनेछौँ । हामीले त्यो समय नै चिन्ह्र सकेनौँ भने हामी त्यसबाट नै चुक्यौँ भने पछुताउने बाहेक पश्चताप गरी अर्काे अवसर प्राप्त गर्ने नाममा अर्काे दशक विभिन्न नाममा दौडिरहने या बिकासको लागी ठोस निकास दिएर सम्मृद्धको बाटोमा लम्कने हो अब त्यो महत्वपुर्ण अधिकाररुपी निर्णय पनि हामी सामु नै छ भन्ने कुरा हामीले भुल्नु हुँदैन । अत्यमा महत्वपुर्ण सवाल केहो भने भोली देश दुर्घटनाको स्थीति आए त्यसको जिम्मेवार बेहोसीमा राजनीति गर्ने हुने की हामी ? खप्नुपर्ने हामी भएपछि पाउनुपनि हामीले नै पर्छ त्यसैले उम्नेशैली त्याग्दै बेहोसीमा राजनीति गर्नैहरुलाई जनताले पन्छाउन सक्नुपर्छ भन्ने हो त्यो समय आईसकेको छ त्यो हाम्रै हातमा छ गौण विचार गरी लागौँ र भबिष्यमा पछुताउने काम हामी नगरौँ भन्ने हो ।

अहिले हामीमा स्वतन्त्रताको प्रत्याभुती दिलाउने महत्वपुर्ण आधार हाम्रा कुरा सबै समक्ष राख्न पाउने हामी बिच नै छलफल गरी हर निर्णयहरु हुने र हामी बाट नै त्यसको कार्यन्वयन हुने हुँदा लोकतान्त्रीक पद्धतीलाई हामीले प्रलोभन भन्दा पनि विवेकशिल भएर प्रयोग गर्नुपर्नै अवस्था छ । उम्ने हामी नेपाली जनता माथी बेहोसीको राजनीति कहिलेसम्म ? कहिले सम्म व्यक्तिको बेहोसीको राजनीतिमा हामी जनताले दुःख पाइरहने ?

सँधै उभ्ने हामी नेपालीहरु कहिले सुत्ने ? कहिले व्युँझने ? यो देश कुनै बेहोसी र अर्धहोसीको हातमा सुम्पने हामी नेपाली अब पहिला आफै निन्द्रबाट व्युँझने चेष्टा राख्नुपर्छ अनि बेहोसीहरुको पत्तासाफ गर्न लाग्नुपर्छ तब मात्रै हाम्रो त्यो एउटै उदेश्य एउटै लक्ष्य सम्मृद्ध बन्ने सपना बिपनामैँ पुरा हुनेमा कुनै शंका नै छैन । यसकै लागी पनि भ्रष्टहरुलाई अब पराष्त गर्न हामी लाग्नु पर्छ खुम बहादुरहरु ,ल्यारक्यालहरु, सिकेहरु सलबलाउन नपरोस अब पनि नेपालको राजनीतिमा त्यसको लागी आएको अबसर हामीले समयमा नै सदुपयोग गरौँ र लागौँ।

784 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank