उज्यालोको खोजीमा संघर्षका पाइला

शनिबार, भदौ ७, २०७६



- सीता ओझा

खिमा रिजाल माओवादी ससस्त्र संघर्षमा होमिएकी संगठन पट्टिकी एक होनहार योद्धा हुन् ।  उनले विचार र माक्र्सवादी आस्थालाई मुलुकको परिवर्तनको अभियानमा आदर्श मार्गको रूपमा छनौट गरिन् । नेपालको राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा काल माक्र्सको माक्र्सवाद भित्रको द्वन्द्ववाद र वर्गसंघर्षलाई आधार बनाएर राजनीतिक परिवर्तनको मार्ग अपनाएका  कम्युनिस्ट  समुहहरू निकै  थिए र अझै छन । आफुले आदर्श बनाएको दर्शन र विचार समूहमा आफू पारिवारिक वातावरण र कलेजमा अखिल क्रान्तिकारी (माओवादी निकट ) विद्यार्थी संगठनको प्रभावका कारण माओवादी जनयुद्धमा लागेको देखिन्छ ।

आन्दोलनमा लाग्ने मात्रै होइन : किशोरावस्थाको जोस र होसले उनलाई भुमिगत भएर  समाजमा भएको अन्याय,अत्याचार , विभेद र असमानतालाई अन्त्य गर्दै मुलुकलाई सम्वृद्दितिर लैजान आफ्नो भुमिकालाई निकै महत्त्वपूर्ण मानिन् र कठोर यात्रा तय गरिन् ।

त्यहि आन्दोलनको माध्यमबाट उज्यालोको खोजी गर्ने क्रममा जीवनको सहयात्री छनौट गरिन् । मार्क्सवादलाई आदर्श मानेर हिड्ने निधो गरेकी एक शसक्त योद्दा खिमाले समाजमा रहेका अन्धविश्वास र पछौटे सोचको रूपान्तरण गर्ने विषयलाई पाटीले प्रमुख सामाजिक मुद्दा बनाएको भेट्दा निकै खुसी मानिन् र आफ्नो व्यवहार पनि त्यहीँ अनुरूपको बनाउदै गइन् । त्यसै अनुरूपको आन्दोलनको योद्धालाई प्रेम गरिन् । दुबैबीच मौलाएको प्रेमको अनुराग राजनीतिक सहमतिमा विवाहमा परिणत भयो । उनीहरूको राजनीतिक यात्रा भित्र जीवन र जगतलाई हेर्ने दृष्टिकोण फरक थियो । घर, परिवार,रक्त नाता र सम्बन्ध भन्दा विचारले जोडिएको भावनाको नाता र सम्बन्ध ठूलो ठानेर  प्रगतिशील विवाह त्यो पनि सारा जीवन परिवर्तनको आन्दोलनमा समर्पण गर्ने सफथ सहित ५ वर्षपछि वि स २०६० सालमा बैशाख २० गते  विवाह गर्न पुगे र दुबै आ आफ्नो मोर्चामा पुनः समाहित भए ।

नव विवाहित प्रेमिलहरूको त्यो जोडी प्रेमपूर्ण स्पर्शमा नजिकिनु भन्दा युद्ध मोर्चाबाट मुलुकलाई गणतन्त्रमय बनाएर आफ्नो प्रेमलाई जिवन्त बनाउने र पुस्तौं पुस्तालाई अग्रगमनको सम्वृद्दिमा रमाउन सहयोगी बनाउने सोचतिर  समर्पित गर्दै युद्ध मोर्चा समाल्नतिर लागे ।

खिमालाई आफू संगठन पट्टी रहेको हुँदा निकै सुरक्षित जस्तो महसुस हुन्थ्यो । उनले साथीभाइ , सांगठनिक काम, विशेष जिम्मेवारी र जनताहरूको सम्पर्क र सम्बन्ध रहिरहदा युद्दको यात्रा जति कठिन भएपनि विर्सन सजिलो नै महसुस गर्थिन । तर शिवहरी तिमल्सिना ( उनको जीवन साथी ) फौजीपट्टी भएकोले खाने,बस्ने,मायाप्रेमका कुरा गर्ने अवस्थाको परिकल्पना पनि गर्न सक्दैनथे । त्यस्ता परिकल्पनालाई युद्दको नियमले सम्बोधन गर्न सक्दैनथ्यो । जीवनुभुतिको सुख भन्दा ठूलो सुख आम समुदायको ठानेर घर र परिवार त्यागेकाहरूले आफ्ना सयौं इच्चा र चाहानाहरू मारेका थिए । त्यहि कुरा यी जोडीमा पनि लागू भयो । कतिपय अवस्थामा प्रेम र जीवनको स्पर्शलाई यादमा समेटेर समालेका यी जोडिले सयौं रात कल्पनामा गुजारे । वि स २०५५ सालमा सप्त गन्डकी कलेजबाट सुरू भएको प्रेमानुभुति  उजायोको खोजीमा संघर्षका पाइला शिर्षकको बनाएर पोखेकी छन ।

युद्ध भन्नासाथ कठोर यात्रा भन्ने बुझाइ भएको हाम्रो समाजमा युद्ध भित्रको  प्रेम र प्रेमपुर्ण जीवनलाई कसरी लिन्छन् भन्ने जिज्ञासालाई पनि खिमा र शिवको प्रेमले प्रतिउत्तरमा भावना र सहकार्यलाई मानविय आवश्यकतासगँ जोडिदिएको छ  । यसरी जोडिएको प्रेम र जीवनका भावनाहरू राम्रोसँग घुलन्न  हुनै नपाइ युद्धको भुमरीभित्र प्रेमि हराउदा खिमालाई प्रेमानुभुति र विछोड सुन्न र बुझ्न नै कठिन भयो ।

वि स २०६० सालको वैशाख २० गते आन्दोलनलाई साक्षी राखेर जोडेको नाता वि स २०६० फाल्गुन १७ मै टुङ्गियो । मारिएका पतिको लास नपाउनु,अन्तिम श्रद्धाञ्जलीका दुइथुङ्गा फुल चडाउन नसक्नु / नपाउनु एउटी सचेत युवा अवस्थाकि केटीलाई पर्ने पीडा साथै यस्तो अवस्थामा एक्लै भौतारिदाका पिडा र छट्पटीले आफन्त गुमाएका मात्रै हैन आन्दोलन बाहिरका हामीहरूका आँखा पनि ओभाना रहन्न । विचारले पथ प्रदर्शन गर्ने माओवादी आन्दोलन तथा अन्य आन्दोलनमा शिरोपर गरिएको आदर्शले  व्यक्तिको मनो र आत्मकेन्द्रीत वेविचारी प्रवृत्तिलाई नरोकिदाका पीडा  र रगत सम्बन्ध भन्दा नजिक ठानेर जोडिएको विचारको नाता भित्र जीवन साथी नभएपनि आफ्नै घर र परिवार  हो भनेर ठान्दा पिटाइ खादै लखेटिनु पर्दाको पीडा सामान्य महिलालाई पर्ने भन्दा जटिल देखिन्छन् ।

आउने पुस्ताहरू यस्ता आन्दोलनमा लागिरहदा परिवारिक सम्बन्धभित्र फरक रक्त नाताको सम्बन्धलाई आन्दोलनभित्रका पात्रहरूले कसरी बुझेका र हेरेका हुदा रहेछन् र आफैमा लागू गर्नुपर्दा पर्ने जटिलताहरूको अनुभुति पनि यश पुस्तकमा भेटिन्छ ।

आन्दोलन प्रति जनताको समर्थन ,सहयोग साथै आन्दोलनकारीहरूको जीवन र युद्ध प्रतिको लगाव र जिम्मेवारी प्रतिको बफादारीतामा महिलाले खेलेको भुमिका पुरूषको तुलनामा सयौं गुणा ठूलो र बलिदानले ओतप्रोत भएको देखिन्छ । आन्दोलनलाई समर्थन गर्ने,सेल्टर दिने र कतिपय अबस्थामा लुकाएर राख्ने र खानदिएर जोगाउने जनताको भावनाको रूप र रङ्गलाई पनि खिमाले अति सहृदयी भएर व्यक्त गरेकी छन ।

योद्धाहरूको जीवनाभुति भित्रको प्रेम, विवाह र जीवनसगँ जोडिएको दाम्पत्य जीवन, परिवारको कल्पना भित्रको सन्तान सुखको अनुभुति र राग अरूले जन्माएको सन्तानबाट आफ्नो सन्तान मोहको मनोविज्ञानको  तृष्णा मेटाउदाको अनुभुति र नभेट्दाको वैराग्य / ले समाजमा सन्तान विहिन भएर बाच्नु पर्दाको पिडालाई पनि प्रतिनिधि पात्रको रूपमा उभ्याएको देखिन्छ । त्यस्तै युद्दमा गिरफ्तार हुनु,यातना सगैं बलात्कार हुनु,कस्टडी र जेलमा खान नपाउनु , नङ्याउनु लगायतका यातना सहदै जेल तोड्नु र पुनः स्थान परिवर्तन गर्दै रक्तरञ्जीत भएर युद्दमै लाग्नु,विरोधीहरूलाई परस्त गर्न माया प्रेमको नाटक गर्नु,रूप र यौनमा मोहित बनाउनु र विजय हासिल गर्नु जस्ता कुरा महिलाले आफ्नै चरित्र र सौन्दर्यको सौदा बाजि गरेर यहाँसम्म पुग्दा महिलाले राजनीतिमा टिक्क नसक्ने अवस्था भएको, राजनीतिलई पद,पैसा,बल सुर र बेसुरतिर लैजादै होकी जस्तो अहिले सबैलाई लागिरहेको कुरा लेखकलाई पनि लागेको देखिन्छ ।

महिलाको समावेशी र सहभागिताको सिद्धान्तले दिएको सहभागीताको प्राबधान पनि बर्गिय  हुननसकेको,बहुँच भएका र आसपासकाले पाउने अबस्था बनेको देख्दा हिजोको मुलुकप्रतिको समर्पण भाव परिवर्तनका लागि नभएर अवसरका लागि रहेछ कि जस्तो अनुभुती पोखिएको छ । यश सस्मरणमा लेखक लेख्दालेख्दै सयौं पटक झस्किएकी,तर्सिएकी,विचलित भएकी र विछिप्त भएर लेख्नै छोडेकी हुन कि भन्ने कुरा पनि युद्दका डोबहरूको पिडानुभुतिले औंल्याएको देखिन्छ ।

संघ/ संस्था या आन्दोलन भित्र इमानदारिता कायम गर्न हरेकले अनेकौं संस्थाहरूले नियम र कानुन बनाएका हुन्छ । ती नियम,कानुन या आचारसंहिता मान्नेहरूका लागि मात्रै हुन्छन् भन्ने कुरा अरूहरू जस्तै यो आन्दोलनमा पनि थियो र छ भन्ने कुरा पनि लेखकले तिथिमिति सहित लेखेकी छन । यहाँ माओका जनता कहाँ जादा राजनीति कार्यकर्ताले पालना गर्नु पर्ने नियमहरू बिर्सिएको हो कि,लामो पारिवारिक विछोडबाट पुरूषहरूमा  छचल्कीएको यौनकुन्ठा पोखिएको हो छुट्याउन कठिन देखिन्छ ।

जिउदो हुदा जुटाउने साथी र एक्लो हुदा पिछा ,दुर्ववहार र रोमान्सका लागि पिछा र प्रस्ताव गर्नेहरू नै माथिल्ला पदमा पुगेको देख्दा आन्दोलन अब कतातिर जादैछ ? के महिलाको यौनिकता प्रति गिद्दे नजर लगाउनु,दुख दिनु, रमाइलो मान्दै खेल्न खोज्नु माक्र्सवादी आदर्शभित्र पर्दछ र ?  यस्ता प्रवृत्तिहरूले आन्दोलनलाई टिकाउछ कि खियाउछ ? यौन र जीवनलाई महिलाले पनि यसैगरि प्रयोग गर्न थाले भने घर,परिवार र राज्यको परिकल्पना टिकिरहन्छ  र ? राज्यलाई चाहिने जनसंख्या महिला मात्रै ले घर र परिवार बनाएर र टिकाएर जोगाउने हो र ? के महिला एकल हुनु,विवाह नगर्नु , सम्बन्ध विच्छेद गरेर एक्लै बस्नु सामाजिक अपराध हो ? जन्मिएको घर परिवारभित्र विवाह नगर्दा,विधवाहुँदा या सम्बन्ध विच्छेद भएपछिको छोरीहरूको सम्बन्ध सकिन्छ ? यस्तो अवस्थाका छोरीहरूको  आर्थिकसामाजिक हैसियत समाप्त हुने र सडकमा बाच्नु पर्ने कुरालाई समर्थन गर्न गरिएको परिवर्तन हो र ? यसरी  बस्नु पर्ने बाध्यता महिलामा मात्रै लागू हुनुपर्ने कुरा सामाजिक न्याय र समानता भित्र पर्दछ ? यी र यस्ता विषयलाई आन्दोलन भित्रकाले पालना गर्न पर्दैन र ? अझै पनि यस्ता कुरा दल र दलसगँ आवद्ध भएकाहरूले गरिरहने हो भने महिला कार्यकर्ता राजनीतिक दलसँग आवद्द हुने कि नहुने ? सोचनिय विषयका रूपमा लेखक खिमा रिजालले उठाएकी छिन ? एउटी ससस्त्र जनयुद्धकि सहयात्रीले आफैले भोगेका,लडेका र देखेका सत्य अनुभुतिको सस्मरण पुस्तकको रूपमा निकै ठूलो राजनीतिक दवावका बाबजुद बजारमा ल्याउएकोमा लेखक,प्रकासक र सहयोगी सबैलाई हार्दिक बधाई तथा यस्ता जीवन्त गाथा लेखेर राजनीतिक साहित्य र सामाजिक दायित्वलाई जीवन्त र पूरा गरेकोमा  लेखकलाई शुभकामना !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata