तीज: दाम्पत्य जीवनको प्रेम र आधुनिकता

मङ्लबार, भदौ २६, २०७५



- सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र

विषेश गरि हरेक वर्ष पितृ दर्शन पश्चातको द्धित्तीया तिथिमा तीजको दर खाइने चलन रहेको पूर्वीय सभ्यताको सनातन धर्मावलम्बीहरूको प्रचलन देखिन्छ । दर खाइसकेपछिको भोलिपल्ट महिलाहरू हरितालिकाको निलहार व्रत बस्छन । महिलाका लागि यी दिनहरू अरू दिन भन्दा अलि स्वतन्त्र र निकै स्वछन्द भएर बितेका हुनकि जस्तो गर हामी धेरैले लिने गरेका छौ यसै सन्दर्भका दुइचार भनाइहरू यस्ता छन ।

“ल ल तीज आएछ अब महिलालाई छुन नसकिने भो ” ” आफ्नो रितिरिवाज मान्नै पर्यो नि ” ” हो नि पतिको दिर्घ जीवन र पारिवारिक सुखको कुरा छ ” ” सके नि नसकेनि मान्नै पर्यो नि ! आफ्नो संस्कृति ” ” नमानेर हुन्छ चलिआएको चलन ? ” त्यसै सुरू गरेको होइन होला त भगवानका पाला देखि ! ” रातो लाउने मीठो खाने माइती जाने दिन हो नी त तीज !” ” रातो पहिरन भित्र अटल सौभाग्यको कुरा छ ” म त पानी पनि खादिन जो सुकैले जेसुकै भनोस ” यी र यस्ता तर्क र विचार भित्र जोडिएर अघि बढ्दै गरेको अहिलेको तीज पर्व घर परिवार भित्रबाट अलगिएर पाटी प्यालेस , रेस्टुरेन्ट एण्ड बार, तारे होटल लगाएतका ठाउँहरूमा पुगेर खाने,पिउने र मस्त नाचेर रमाउने परिपाटी तिर उन्मुख भएको त होइन ? भन्ने प्रश्न अहिले बजारमा व्याप्त छ ।

हामीले मनाउने तीजको सुभारम्भ कहिले भयो एकिन तिथि मिति त भेटिदैन तर शिव र पार्वती विचको प्रेम र विवाहसगँ यसको सम्बन्ध जोडिएको छ भन्ने चाहिँ आधारहरू प्रसस्तै भेटिन्छन पनि । भेटिएका आधारहरूलाई विश्लेषण गर्दै बताउन सक्ने तथ्य खोज्ने हो भने हरितालिकाको व्रत सँग जोडिएको मानवतावादी कुरा चाहिँ निकै महत्वपूर्ण पक्षको रूपमा अहिलेको समाजले लिनुपर्ने देखिन्छ । आर्य कुलकी कन्या र मङ्गोल कुलका कुमार विचको गहिरिएको प्रेम र प्रेमको प्राप्तिकालागि गरिएको प्रतिज्ञाको एउटा रूप हो भनेर भन्न सकिन्छ । शिव र पार्वतीको जीवन लिला भित्र यस्ता अनेकौं महत्त्वपूर्ण जीवन घटनाका श्रृङखला जोडिएका छन जुन अहिलेको समाजकालागि निकै उपयोगी छन । यस्ता समाज र मानवजीवनको विकास र व्यवस्थापनतिरका ऐतिहासिक तथ्यको खोजविन तिर हामी किन लाग्न सकिरहेका छैनौ ? सोच्नै पर्ने विषय होकी जस्तो लाग्छ ।

सव्यताको विकासक्रमको कुरालाई यससँगै जोडेर हेर्ने हो भने मानव जातीको विकास भित्र परिवार,निजि स्वामित्व र राज्यको परिकल्पनाको विकसित तर प्रारम्भिक अवस्थामा शिव र पार्वतीको विवाह भएको देखिन्छ । समाजमा तीन ओटा शक्तिको राजनीतिक र सांस्कृतिक भुमिका रहेको तर एकले अर्काको शक्ति स्विकार्न निकै गार्‍हो परेको अवस्थामा सर्व साधारण मानिसको जन जीवनमा पर्न गएको शक्ति संघर्षको असरले महिला,बालवालिका र किशोरीहरूमा पर्न गएको मनोवैज्ञानिक प्रभावको विद्रोह पार्वतीका सखीहरूले पार्वतीको साहारा लिएर मानव मानव विचको सहिष्णुताकालागि गरेको सामाजिक विद्रोह पनि भन्न सकिने आधारहरू छन ।

मानिस मानिसमा रहेको अभिमानको दम्भले समाजमा रहेका कम्जोरहरूलाई पर्ने सामाजिक र मनोवैज्ञानिक असर र असहिष्णु रङ्ग र वर्ण, जातीय विभेदका विरूद्द शान्ती,सहिष्णुता ,मानवजातीमा हुनुपर्ने एकाता र सद्भावकालागि त्यो बेलाका किशोरीहरूले समाजलाई सिकाएको पाठ / सिकाइका रूपमा सिक्नु पर्ने पनि देखिन्छ । समुहको शक्ति र पारिवारिक जीवनको विकासतिर लम्कदै गरेको सव्यता भित्र एक समुहले अर्को समुहको ज्ञान,मान र स्थान ग्रहण अस्विकार गरेको अवस्थामा रक्त नाता तोडेर नयाँ नाता सम्बन्ध जोड्न कुरा चानचसने थिएन । त्यसमा पनि शिव त बल,वुद्दि र शक्तिले सम्पन्न नसामा मस्त व्यतित्व देखिन्छन । उनीसँग उनको अघिपछि लाग्ने नन्दी भिरङी,सर्प, जङ्गली ह्रिसक जनावर सधै साथमै रहने जटिल अवस्था भएका व्यक्तिलाई वरको रूपमा छनौट गर्ने कुरा पनि चानचुने थिएन ।

शिवले पहिलो विवाह गंगासगँ गरेका थिए । गंगासगँको सम्बन्ध राजा शन्तनुलाई मनुष्यलोकमा देवहरूकालागि राम्रो काम गरे वापत देव सभामा सम्मान ग्रहण गर्ने कार्यक्रम थियो । त्यहि समारोहमा गंगा र शन्तनु विचको नजरको सामिप्यताले शिवसगँको वैवाहिक सम्बन्ध तोडियो / तोडिदिए । देवकी पत्नी प्रति नजर लगाएकोमा राजा शन्तनुले र संगै मनुष्यसँगको नजर दोषका कारण गंगालाई समेत श्राप दिइयो । शिवको दोस्रो विवाह विष्णुले आफू र आफ्नो समुहको / राज्यको सुरक्षाका लागि राजा दक्ष प्रजापतीकी जेष्ठ सुपुत्री सत्यदेवीसंग दक्षप्रजापतिलाई छलेर गराए । शिव र सतीविच अगाध प्रेम र सम्मानपुर्ण जीवचार्या थियो । पिता दक्षप्रजापति छोरीको शिवसंगको विवाह तोड्न चाहान्थे । त्यो कुरा बुझेर आफ्नी प्यारी अर्धाङ्गीनीले पिताले आफ्नो प्रिय पतिको तेजोबध गरेको सहन सकणदिनन् भनेर दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा विना निमन्त्रण आफुलाई जान आग्रह नगर्न भने । पति प्रति पिताले गरेको व्यवहारले उनलाई पीडा भयो । उनी एक्लै माइती आइन । पितासंग अनेकौ अनुनय विनय गर्दा पनि पिता रूष्ठ भएको देखेर सतीले आफुलाई यज्ञकुन्डमा होमी दिइन । त्यो वैवाहिक सम्बन्धमा सतीको कुनै भुमिका थिएन तर पनि उनी पारिवारिक ह्रिसा सहन बाध्य भइन ।

सती यज्ञमा होमि कुराले शिवलाई असहिय भयो ।दक्षप्रजापतीले होम गरेको यज्ञकुन्डबाट जलेकी पत्नी काँधमा राखेर शिव महिनौ भौंतारिए । गंगाबाट विछिडिन पुगेका शिव द‍ोस्रो पटक विना कारण पत्नी विहिन हुन पुगे । त्यसमा शिवको कुनै दोष देखिन्न । शिव लोमो समयसम्म सम्पर्क विहिन भएर हिमालय पर्वतमा ध्यान मग्न भए । यी सब घटनाले तात्कालिन समाजका किशोरीहरूको मनोविज्ञानमा स्ट्रेस देखियो । आफुहरूको वैवाहिक जीवन पनि असुरक्षित हुने सम्भावना देखे पछि हिमालयकी छोरी पार्वती आफ्नी सखीसगँ शिवको विवाह गरिदिने प्रतिज्ञा गरे । त्यस प्रतिज्ञा प्रति पार्वती पनि सहमत थिइन । विवाह गराउने कुरा त्यति सजिलो थिएन । त्यहि जटिलता र जोखिमपूर्ण कामको सम्पन्नताकोलागि त्यो समय पार्वती र पार्वतीका सखीहरूले हरितालिकाको व्रत बसे । अहिलेको हिसाबले ” आमरण अनसन ” ।

त्यहि आमरण अनसनको सफलताको रूपमा अनेकौं प्रयत्न पछि पार्वतीका सखीहरूले पार्वतीको विवाह शिवसगँ गराउन सके । पार्वत राजा हिमालयकी छोरी थिइन् । पार्वतीका सखीहरू सामान्य नागरिकका छोरीहरू थिए उनीहरूको शिवसगँको विवाहले खास अर्थ लाग्दैन थियो । अर्थ शक्ति, मान, पहिचान र सार्मथ्यको थियो । जस्ले भोलीको समाज सहिष्णु बनाउन, शान्तिपूर्ण मानिसको दिनचार्याकालागि सहयोगी वातावरण र पर्यावरणसंगको सन्तुलनको पनि थियो । शिवसगं त्यो क्षमता ,सीप र ज्ञान थियो । आर्य कुल र अनार्य कुल दुबैको फ्युजन त्यो समयको आवश्यकता थियो । त्यहि कुराको समाधानका लागि चालिएको चलाखीपुर्णकाम र त्यसको सफलताका कथालाई नै अहिले सम्म हामीले तीजको रूपमा मानेका छौ । अब भन्नुस त माथी उठाइएका हामी महिलाका भनाइ र मनोविज्ञानसँग शिव र पार्वतीको संघर्षको कथा र सामाजिक भुमिका कहाँ र कसरी जोडिन्छ ?

हामीले मान्ने हरेक हाम्रा संस्कृतीको वैज्ञानिक आधार अझै हामीले नखोज्ने र लहै लहैलहैमा लाग्ने हो भन्ने अबको हाम्रोजस्तो ङर,परिवार र समाज कता पुर्याउने जमर्को गर्दैन छौ ? शिक्षाले महिलालाई घरबाट बाहिर निकाल्यो। घरबाट बाहिरिएसगै महिलाहरूको पनि परिवार बाहेक अनेकौं मानिससँग अन्तरक्रिया भयो । काम,रोजगारी ,व्यवसाय आदीमा महिलाको स्थान कायम भयो । कार्यलयीय जिम्मेवारीले महिलालाई अझै काम थप्यो । अहिले महिला हरेक ठाउँमा पुगेको र पहुँच वृद्दि गरेको छ तर महिलासगँ जोडिएका चाडपर्वहरू महिलाका नाममा सबैले मनाउने तर बदनाम महिला र चाडपर्वको गर्ने कुराले महिलालाई बदनाम गराइदैछ । यो र यस्ता कुरा समयमा नै बुझेर चाडपर्व लम्याएर मनाउने , भडकिलो र तडकभडक गर्ने कुराको अन्त्य गर्दै पारिवारिक र सरल बनाउन सबै नागरिक समाज र सहयोगी संरचनाहरूले विचार पुर्याउने होकी ! सोचौ है ।

मानिसबाट द्वितीया पर्व देखि ऋषि पञ्चमी सम्मका दिनहरू वितीज शव्दको नामोउच्चारणसंगै महिलाहरू हर्षित हुने गर्छन ।

2482 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank