कैलाली घटनाले उठाएका प्रश्नहरू

आइतवार, भदौ १०, २०७५



- सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र

”तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।” महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् ‘मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने केही नभएकाले प्रहरीले उसलाई फसायो ।” भनिरहेका कुरा अखवारहरूमा प्रसस्तै पढ्न पाइयो । यसरी सम्पुर्ण घटनाहरूको अध्ययन गर्दा निर्मला हत्या प्रकरण: अन्यायको हद नागेको घटनाको रूपमा निन्दा गर्नु पर्ने ठाँउमा पुगेको छ ।

कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या गरेको देखिन्छ । अपराधीक कार्यमा संलग्न गिरोहले राजनीतिक शक्ति र पदको संरक्षण पाएको कारण निर्दोष तथा मानसिक सन्तुलनको अवस्था गुमाएका एक सर्वसाधारण माथि प्रहरी प्रशासनले कानुन हातमा लिएर अरोप लगाएको देखिन्छ । बलात्कारमा संलग्न भएको अपराधीले सजाय नपाउनु भनेको “बाख्रा हराउनु हैन गाँउमा काल पल्कनु हो” भन्ने मनसाय आन्दोलनरत पक्षको रहेको देखिन्छ ।

अहिले हामी स्थानीय ,प्रदेशीक र राष्ट्रिय स्तरका तीनवटा सरकारको सुशासन भित्र ” सम्वृद्द नेपाल र सुःखी नेपाली” हुने परिकल्पनाको नारा भित्र जोडिएका छौँ । सुःखी र सम्वृद्दि भित्रको एउटा प्रमुख कुरा शान्ति सुरक्षा पनि हो । देशका हरेक लिङ्ग, क्षेत्र, धर्म, वर्ण र वर्गका आम जनताले आफ्नो देसमा स्वतन्त्र र स्वाधीनता साथ वाच्न पाउनु उसको मौलिक हकमा पर्दछ भन्ने कुरा नेपालको संविधानमा व्यवस्था गरेको छ । अहिले मुलुकको शासन सञ्चालन गर्न दुई तिहाइको स्थिर सरकार पनि छ तर पनि महिलाको आत्म रक्षासँग जोडिएको विषय प्रहरी प्रशासनको लापरबाहीको कारण सडकमा हावामा उडिरहेको देखिन्छ । यो संवेदनहिन अवस्थाको अन्त्य कहिले हुन्छ ?

नेपाली महिला र सर्वसाधारण नागरिकले अहिले स्थानीय ,प्रदेश र राष्ट्रिय सरकारलाई यहीँ नेर प्रश्न गरिरहेका छन । सरकार महिलाको यौनिकता तिम्रो खिसी उडाउने विषय होइन : तिमी र तिम्रो परिवारका हरेक छोरी तेजवी जस्तै हुन आम नागरिकहरूका छोरीबेटीहरू पनि ! अलिकति मानवीय संवेदना त देखाउ ! लगातार देशका विविन्न ठाँउमा अबोध बालिकाहरूको बलात्कार र हत्याका श्रृङखला बद्द घटनाले आहात भएको हाम्रो मनमा थोरै भए पनि सुरक्षाको आभाष दिएर शान्तिपूर्ण अवस्थाको संकेत देउ ।

यसरी आम जनताले सामाजिक सुरक्षा र न्यायकोलागि अनवरत सडकमा संघर्ष गरिरहदा पनि छानविनको प्रयास सम्म गर्न नसक्ने प्रान्तिय र राष्ट्रिय सरकारको नैतिक धरातल अब सकियो । त्यस क्षेत्रका राष्ट्रिय र प्रदेशिक माननियज्युहरूले जनताको धनजनको कुरा बोल्न नसक्ने अवस्था सृजना भएको हो कि राजनीतिक लगाम लागेको कारण मौन हुनुभएको प्रष्ट हुनु पर्ने बेला आएको देखिन्छ । यस्तै अराजकता , हत्या हिंसाको संरक्षणकालागि तपाईंको पद र भत्ता हो भन्ने ठान्नु भएको हो भने पनि अब मतदान गर्ने बेलामा सर्वसाधारणले सोच्नुस बाध्यता पनि सृजना हुने खतरा त्यतिकै देखिन्छ ।

सँगै महिला अधिकारका लागि स्थापना भएका राजनीति या गैरसरकारी महिला अधिकारवादी संङ्घ,संगठनहरूको सायद यो विषयमा बोल्दा राजनीति लाभको प्राप्तीको पद दलले खोस्न सक्छ या परियोजना नभएका कारण विरोध गर्न पनि पैसा नभएर हो खासै संस्थामार्फत वा सस्थागत रूपमा विरोधको सवर कहिँ कतै देखिएन । त्यस्ता घटनाको विरोध गर्न, वक्तव्य निकाल्न, मन्त्री प्रधानमन्त्री कहाँ डेलिगेसन जान के कुराले छेक्यो ? सोचनीय विषय बन्यौ । यस्ता कुराहरूको पनि त अनुगमन ,सुपरिवेक्षण हुनुपर्ने होला नि ! यी र यस्ता कार्य गर्न कुन कुन निकायलाई कति अधिकार प्रत्यायोजन गरेको रहेछ थाहा पाउन पर्ने भयो होला ।

यो वर्षको आठ मार्चको दिन कैलालीको घोडाघोडीमै एक छात्रालाई बोक्सीको आरोप लगाएर भरदिन एउटा लठयतले दिन भरि कुट्यो । विविध यातना दिन अरू पनि तम्सिएको घटना सामाजिक सञ्जालमा छ्याप छ्याप्ती नै भए । सारा गाँउले मुख दर्शक भएर कुटेको हेरिरहदा पनि त्यहाँको नागरिक समाज बालिकालाई दोषी देखाएर अपराधको संरक्षण गरिरहदा पनि सरकारले नागरिक समाज उपर कुनै सजाय तोक्न सकेन । अब सोचौं त पिडित पक्षले अब कसरी न्याय पाउला ? पहुँच बाहिरका नागरिककोलागि न्यायको अनुभुति गर्न कुरा झन जटिल बनाईरहेका त छैनौँ सोचौँ है !

अहिले कञ्चनपुरका जनताले निर्मला हत्या प्रकरणका दोषीलाई कानुन कठघरामा कसरी ल्याउने भन्ने विषयमा निकै जिम्वार भएर सोच्ने बेला आएको जस्तो देखिन्छ । कतिपय अपराधी नजिक भएकाहरू आन्दोलनको रापताप भित्र हिंसा भित्र्याएर दोषीलाई कानुनी दायराबाट भगाउने दाउमा लागेका हुन सक्छन । त्यस्ताहरूसँग पैसा,पद र शक्ति तीनै कुराको साम दाम, दण्ड को प्रयोग गर्ने र अर्कालाई दोषी देखाएर अपराध र कारबाहीबाट भाग्ने या कम्जोर बनाएर आफू बच्ने दाउमा हुन सक्छन । त्यसैले आन्दोलनमा संलग्नहरूले आन्दोलन गरिरहदा निकै साबधानी पुर्वक आन्दोलनका कार्यक्रम बनाउनु उत्तम देखिन्छ । निर्मालालाई परेको अन्याय र त्यस्ता अपराधीहरू समाजबाट विस्तापित गराउन निरनिर्मलाले न्याय नपाउन्जे नागरिक स्तरबाट आवाज़ बुलंद अपराधीलाई राजनीतिक संरक्षण र प्रशासनिक संरक्षण गर्ने उपर कानुन रूप मै कार्वाहीको माग गरौं । हत्याकाण्डमा संलग्नलाई कार्वाही माग गर्दै प्रदर्शनमा उत्रेका प्रर्दशनकारी माथि स्थानिय प्रहरी प्रशासनले बल प्रयोग गरेर स्थितिलाई आंतकित बनाएको अवस्थाको जन स्तरबाटै निन्दा , भत्सर्ना गरौ । कैलााली घटनाले आम नागरिकमा सुरक्षा निकाय प्रती प्रश्न उठाएको छ ।

वास्तविक दोषी पत्ता लगार्इ कार्बाहिको माग गर्दै शुक्रबार भएको प्रदर्शनकाक्रम प्रहरीको गोली लागेका भीमदत्त नगरपालिकाका १४ बर्षीय बालक सुन्नी खनाको निधन हुनुको कारण पत्ता लगाउने र घाइते लगायत मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था राज्यको तर्फबाट यथासिग्र व्यवस्था र स्वास्थ्य उपचारमा गर्नु पर्ने कुरामा राज्यका सबैनिकायको ध्यानाकर्षण होस । आन्दोलनको स्वरूप बदलि वार्ता र संवादको बाटो अवलम्बन गरि उच्चस्तरीय जाचबुझ समिती निर्माण गरि सुरक्षा उच्च ओहोदाको दुरूपयोग गर्ने गराउन भुमिका खेल्ने सबैलाई कानुनी दायरामा ल्याउने वातावरण बनाएर आम नागरिकलाई शान्ति सुरक्षाको अवस्था प्रत्याभूत गर्न स्थानिय,प्रादेशिक तथा राष्ट्रिय सरकारले तत्कालन सम्बोधन गरि कार्य प्रारम्भ भएको हेर्ने नागरिकको सुचनाको हकको सम्मान गरियोस् । विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरिएको विषयलाई विषेश आग्रह ठानि समस्याको समाधानको बाटो खोज्न सहयोग गरौ !

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरा समेत शंकाको घेरामा तानिएको अवस्था देखिएका अपराधीलाई कुनै हालतमा गिरप्तार नगर्ने गिरप्तार गरिहाले धरौटीमा छुट्ने अवस्थाको खतरामा कसरी अपराधीलाई कानुनी दायरामा ल्याउन सकिन्छ त्यो बाटोमा सबैले साथ र सहयोग गर्ने वातावरण बनाउन आम नागरिकलाई विषेश अपिल पनि गर्न पछि नहटौ । यो अपराध मात्रै होइन जघन्य र अमानविय अपराध हो । यसले मानविय मूल्य मान्यतालाई नै चुनौती दिएको अवस्था बनेको छ । हामी सबैको प्रयास र एक्यवद्धताले अपराधीलाई विषेश दवाव दिएर कानुनको कठघरामा उभ्याएर आजिवन कारावासको सजाय नपाउन्जेल आन्दोलनलाई जारी नै राखौं तर आन्दोलनको स्वरूप चाहिँ शान्ति प्रिय गर्नेतिर हामी सबैको ध्यान जानुपर्ला कि ! समाजका हरेक मानिस महिलाको यौनिकताको सुरक्षाकालागि सचेत भएर बोलौं । समाजलाई हिंसा रहित बनाउन भुमिका खेलौ ।

566 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank