विचार गरौः हाम्रा अमैत्री व्यवहारहरु सबै बालयौन दुव्र्यवहारमा पर्नसक्छन !

सन्दर्भः नजिकिँदै गरेको बालदिवस

सोमवार, भदौ २६, २०७४



- सिता ओझा

अहिले समुदायमा महिला ह्रिंसाका घटनाहरु बढिरहेका छन् । महिला हिंसाका घटना संगसंगै घटनालाई प्रतिकार गरिएका घटनाहरु हामीले संचार माध्यमबाट सुन्न, हेर्न र पढ्न पाएका छौ । महिला हिंसा जस्तै नजानिदो ढङ्गबाट, परिवार , समुदाय, विद्यालय र अन्य सार्वजनिक स्थलहरुमा बालबालिकाहरु प्रति भएका विभिन्न दुव्र्यवहारहरुलाई सार्वजनिकीकरण गर्दै यसलाई न्युनिकरण गर्न कानुनको दायरा सम्म ल्याउन अझै बाँकी छ । घटनाको विरोध या प्रतिकारकालागी बालबालिका सक्षम हुदैनन साथै केटा केटी हो भनेर निचमार्ने प्रवृतिले पनि घटना लुकेर बसेका छन ।

बालबालिकाहरु प्रति हुने यौनजन्य दूव्र्यवहारहरु अपराध हुन र यसो गर्न दिन हुन्न भनेर खुलेर बोल्दा न्युनिकरण गर्न सकिन्छ भन्ने मान्यता अझै बिकास भएको छैन । घर, परिवार, समुदाय, तथा विद्यालय जहाँ पनि कुनै पनि वयस्क व्यक्ति, नाता र सम्वन्ध, शिक्षक र स्वयम अभिभावक आफै तथा शक्तिको दुरुपयोग गरि अपराधिक मनोवृत्ति भएका जो कोही व्यक्तिले पनि बालबालिका माथी गर्ने यौन या यौन आसयसहित गर्ने व्यवहार नै बाल यौन दुव्र्यवहारहरु हुन । साथै बालबालिकालाई असजिलो लाग्ने गरि गरिएका सम्पूर्ण व्यवहार दोहोरीन्छन् भने त्यो नै दुव्र्यवहारमा पर्दछन । यस्ता कुराहरुमा हामी घर परिवार समुदाय तथा विद्यालयका शिक्षक होसीयार हुनुपर्दछ ।

बालबालिकाले आफ्ना अभिभावक तथा शिक्षकहरुलाई आफुलाई परेको अप्ठेरो विश्वासले भनिरहेका हुन्छन् । कतिपय व्यवहार बालबालिकाले डर, दहकस, लाजका कारण र आफु मैत्री वातावरण नभएका कारण बाहिर नआई बसेका हुन सक्दछ । त्यस्तो अवस्थामा बालबालिकालाई आफूलाई असजिलो लाग्नेगरी भएका व्यवहार अभिव्यक्त गर्न लगाउने वातावरण सृजना गरीदिंदा बालबालिकाको आवाज बाहिर आई उनिहरु माथि भएको अन्याय वा दुव्र्यवहारलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्छ । त्यसैले बालमत या विचारहरुको सम्मानपूर्वक सुन्ने र समस्या वुझ्ने प्रयास गर्नु पर्दछ ।

बाालक होस् वा बालिका दुवै यौन दुव्र्यवहारमा पर्न सक्छन् । बालयौन दुव्र्यवहारहरु दुई प्रकारले हुनसक्दछ । पहिलोः– छोएर – बालबालिकाको निजी अङ्ग (यौनाङ्ग) छुनु चलाउनु वा आफ्नो छुन चलाउन लगाउनु, जवरजस्ती गर्नु मुख वा हस्त मैथुन गर्नु, गराउनु ,दोस्रा ः– नछोएर – अश्लील शब्द प्रयोग गरेर बोलाउनु ,अश्लील इशाराहरु गर्नु, ध्वनीयन्त्र (मोवाइल ) मार्फत यौन जन्य पत्र (मेसेज) पठाउनु, अश्लील तस्विर तथा चलचित्र देखाउनु, आफ्नै निजी अङ्गहरु देखाउनु तथा बालबालिकालार्ई नै देखाउन लगाउनु आदी पुरुषबाट मात्र हैन महिलाबाट पनि बालबालिका माथी दुव्र्यवहार भइरहेको हुन सक्छ । बालयौन दुव्र्यवहारका छिटफुट घटना बाहेक धेरै जसो घटनामा पीडितले चिनेजाने कै व्यक्तिवाट भएको पाइन्छ । जस्तै आमा बुबा, हजुरआमा हजुरबा, दिदी दाजु, छिमेकी, मालिक, घरायसी कामदार, शिक्षक, प्रशिक्षक, कार्यालय सहायक, सवारीचालक, आदीबाट दूव्र्यवहार हून सक्छ । टाढाको व्यक्ति भए पनि उसको निरन्तरको आगमन वा भेटको कारण बालबालिकासंग राम्रो सम्बन्ध स्थापित गरि विश्वास जिते पछि मात्र उसले यौन दुव्र्यवहार गरेको पाइन्छ ।

विद्यालय, समुदाय, घर र आफ्नै आफन्तबाट बालबालिकाहरुलाई दुव्र्यवहारका कार्य भइरहेको हुन सक्छ । अध्ययनले ८० प्रतिसत बालयौन दुव्र्यवहार परिवार र विद्यालय भित्रैबाट हुने गरेको देखिन्छ । माया र सहजपूर्ण वातावरण दिएमा बालबालिकाले आफुलाई गरेको दुव्र्यवहारका घटना भन्न सक्छन । नत्र सजिलो वातावरण नभएका कारण वताउन सक्दैनन । दुव्र्यवहारका घटनामा बालबालिकाको अन्यत्र तस्वीर पठाउंदा या बालबालिका अन्यत्रजांदा पनि होस पु¥याउनूकन साथै श्रोत सामाजिक सञ्जाल र इन्टरनेट बाट पनि सुरक्षित रहनुपर्ने हुन्छ । त्यसका लागी हामीले–व्यक्तिगत विवरण नचिनेको व्यक्तिलाई नदिने, कुनै पनि सन्देश, तस्विर पढाउनु अघि सोधपूछ गर्ने , नेटमा दिएको विवरण सधै सहि नहुन सक्छ ,नेटमा चिनेको भरमा भेट्न जानेगर्नु जोखिम पूर्ण हुनसक्छ, अश्लील सन्देश, फोटो अथवा अन्य इमेल तथा पोष्टरहरुलाई प्रतिकृया नदिने, आफ्नो इमेल फेसवुक आदीको पासवर्ड अरुलाई प्रयोग गर्न नदिने आदि विषयहरुमा शिक्षक तथा अभिभावकहरुले बालबालिकाहरुलाई सिकाउनू पर्दछ ।

वच्चाले उपहार , पैसा वा खानेकुरा ल्याएमा त्यसको श्रोतको बारेमा जानकारी लिनू पर्दछ । अधिकास समय वालवालिका कहाँ हुन्छन भनेर जानकारी राख्नुपर्दछ । वच्चामा आएको व्यवहार र परिवर्तनलाई पनि बिषेशरुपमा ख्यालराख्नु पर्दछ । वालवालिकालाई उनीहरुको शरीर माथि उनीहरुको मात्र अधिकार हुन्छ भन्नेकूरा अभिभावकले जान्नै पर्दछ । उनीहरुलाई ठुलाबडाले गर्ने व्यवहार आफुलार्ई मन नपर्ने भएमा त्यस्ता व्यवहारलाई नाई भन्न सिकाउनु पर्दछ । सम्पुर्ण बिद्यालयले आफ्ना विद्यालयहरुमा वालयौन दुव्र्यवहार सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्न पर्दछ । वालवालिकामा आएको शारीरिक तथा व्यवहारिक परिवर्तनको बारेमा बिद्यालय तथा घरपरीवारबाट विशेष ध्यान र यसकोबारेमा सल्लाहदिनू पर्दछ । वालवालिकामा हुने दुव्र्यवहारहरु किशोर अवस्था भन्दा अघिको सवै उमेरमा हुन सक्छ । त्यो बालवालिकाले थाहानै नपाइकन पनि भइरहेको हुनसक्छ । त्यसैले त्यस्ता कूरामा सधैं अभिभावकहरु सचेत हूनूपर्दछ ।

बालबालिकामा हुने, गरीने दुव्र्यवहारका असर तथा संकेतहरु क्रमसः देखापर्दछन् ।यसक्रममा यौनकार्य सम्बन्धी खेल वा त्यस्ता शब्दहरुको प्रयोग गर्नु , वयस्क हुनु पहिले नै यौन कार्यमा रुची राख्नु, उमेर नमिल्दो व्यवहार देखाउनु जस्तै औला चुस्ने , ओछयानमा पिसाब गर्ने , लगातार पिसाबमा संक्रमण देखिने, शरीर तथा यौन अङ्गमा घांउ चोट लाग्नु÷ देखिनु, यौन अङ्ग वा मलद्वार आदीमा घांउ चोट देखिनु आदी देखिने वितिकै स्वस्थ्यकर्मी र मनोसामाजिककर्ता कहां जानु पर्दछ । अभिभावकले बालबालिकाको समस्याहरु बुझन र सम्झाउन सहयोग गर्न÷लिन सक्नुपर्दछ । यौन दुव्र्यवहारका घटना अपराधपुर्ण घटना हून् ,तसर्थ थाहा पाउने वित्तिकै उजुरी गर्नु पर्दछ । त्यसैले ३५ दिन भित्र उजुरी गर्दा मात्र काुनुनी दायरा भित्र अपराधीलाई ल्याउन सकिन्छ । नेपालको कानुन अनुसार बालबालिकाको नावालक हुने उमेर १६ वर्ष भनिएता पनि (यूएलसीआरसी) का अनुसार १८ वर्ष मुनिका बालबालिकासंग मञ्जुरी सहित वा बीना मञ्जुरी भएको यौनकार्यलाई नै यौन अपराध भनिन्छ ।

बालयौन दुव्यवहारलाई न्युनिकरण गर्न हामी सवैले बालयौन दुव्र्यवहार बारे खुलेर कुरा गर्नूपर्दछ । यस्ता बहस र छलफलले यस्ता अपराध हुने खतरालाई कम गर्न सहयोग गर्दछ । बालबालिका कहिले काँही कुनै वयस्कसंग एक्लै वस्नुपर्ने कुरामा कमि ल्याउने कोशिस गर्नूपर्दछ । आफ्ना बालबालिका वा विद्यार्थी कतै अरु व्यक्तिको अनावश्यक माया प्रलोभनमा वढी नजिकीदै छन भने सचेत हुनुपर्दछ र उनीहरुको व्यवहारवारे चासो राख्नुपर्दछ । त्यस्तो क्रियाकलाप गलत हो भनि आफ्ना नानी तथा विद्यार्थीहरुलाई नहिच्किचाई वताउनु पर्दछ र बालबालिकालाई आफ्ना कूरा खूलस्त राख्ने वातावरणलाई सहज र सरल बनाउन ध्यान दिनू पर्दछ । त्यस्ता कूरा नानीहरु आफैले वताउने प्रयास गरेमा वातावरण लाई अत्यन्तै सरल र सहज रुपमा लिनूपर्दछ ।

हाम्रा घर, परिवार, समाज र विद्यालयमा आफ्नै घरपरिवार समाज र विद्यालय भित्रै बाट बालबालिकामा हुने गरेका यौन जन्य अपराध थाहा पाउनू पर्दछ र होसियारी पनि अपनाउनू पर्दछ । बालबालिकाको भनाईलाई सम्बोधन र प्राथमिकता दिने गर्नूपर्दछ । यस्ता कार्यले बालबालिकामा हुने अपराधिक घटनालाई न्युनिकरण गर्न मद्दत पूग्दछ । अहिले अखवार तथा सुचना संसारबाट बालबालिकाहरुमा भइरहेका यौनजन्य दुव्र्यवहारका घटना छिटपुट रुपमा वाहिर आएका छन तर थुप्रै घटना सम्बन्धीत वालवालिका र पिडीत परिवारले अझै वाहिर ल्याउन सकेका छैनन । त्यसैले यस्ता अपराधहरुको सार्वजनिकीकरणका लागी घरपरीवार र समाजबाट विषेश ध्यान दिनू पर्दछ । यौनजन्य दूव्र्यवहारलाई कानुनी दायराभित्र ल्याउनू बालबालिका प्रतिको सामाजिक न्याय र असल नागरिकको दायित्व पनि हो । यौनजन्य दूव्र्यवहारको बारेमा घरपरीवार, विद्यालय र समाजबाट चासो राखी यस सम्बन्धि चेतनामुलक सल्लाह र सूझाव बालबालिकालाई निरन्तर प्रदान गनूपर्दछ । यौनजन्य दूव्र्यवहार अपराधिक घटनालाई कानूनी दायरामा ल्याई दोषी व्यक्तिलाई कडा कारवाही गर्न सम्बद्व सबै क्षेत्र र तहबाट गंम्भीरतापुर्वक ध्यानदिन सक्दामाात्र बालयौन दूव्र्यवहार न्युनीकरण गर्न सकिन्छ ।

त्यसैले विचार गरौ र राम्रा र हाम्राको नाममा गरिने हाम्रा अमैत्री व्यवहारहरु सबै वालयौन दुव्र्यवहारमा पर्न सक्छन भनेर सोच्ने बेला आईसकेको छ । हामीले अबोध देखेका मानिस समय र प्रविधिका कारण हामी भन्दा निकै अघि बढी सकेका छन । हामीले बच्चपनमा सहभातिामा देखाएको अमैत्री व्यवहार अहिले जेष्ठ नागरिकहरुलाई सन्तानले देखाउने प्रतिविम्व त होइन ? अबको समाजको ध्यान त्यता पनि पुग्नु पर्ला कि ? यस वर्षको बालदिवसको शुभकामना दिइरहदा “बाल मैत्री शासनः बाल अधिकारको सम्मान” र बाल मैत्री वातावरण र व्यवहारकालागि हाम्रो सरोकार भन्ने कुरामा हाम्रो ध्यान जानु पर्ला कि !

लेखक महिला अध्ययन केन्द्रकी अध्यक्ष हुन् ।

857 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank