प्रचण्डपथ भन्दा खतरनाक देउवापथ

खिर्रोबोट

बिहिबार, असार १, २०७४



- दीपेन्द्र खड्का

यदी दुई नम्बर प्रदेशमा निर्वाचन नै भएन भने त्यहाँ राजपाको जीत र लोकतन्त्रको हार ठहर्ने छ । नेपालको अखण्डता र राष्ट्रियतामा विस्तारवादी हिनहिनावट पैदा हुने निश्चित छ । अब छुट्याउनुहोस सत्र हजार नेपालीको जीवन समाप्त पार्ने तथा भारतमै बसेर उसैसंग विचारलाई बन्धकी राखेर बाह्य हस्तक्षेप निम्त्याउने प्रचण्डपथ र देशको अखण्डतालाई नै दाउमा राख्ने देउवापथ मध्य कुन बढी खतरनाक ?


२०४८ सालपछी तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टी भित्रैको कलहका कारण बहुमतको सरकार विघटन गरेर मध्यावधी चुनावको घोषणा गरे । सोही सरकारका गृहमन्त्री थिए जनआन्दोलन सकिएपछी भर्खरै नेपाल भित्रिएका शेरबहादुर देउवा । पार्टी सभापति कृष्णप्रसाद भट्टराई र अर्का वरिष्ठ नेता गणेशमान सिंहलाई तह लगाउन गिरिजाले बहुमतको सरकार पुरा अवधी चलाउन छोडेर मध्यावधी चुनाव घोषणा गरे । फलस्वरुप आन्दोलनको रापताप र युवाहरुको उर्जाले भरिएको तत्कालिन प्रतिपक्षी एमालेले अल्पमतको सरकार बनाउने अवसर पायो ।

एमालेका लागि २०५१ सालमा बनेको मनमोहन अधिकारी प्रधानमन्त्रीत्वको सरकार स्वर्णकाल बन्यो । आफ्नो गाउँ आफै बनाऔँ, सामाजिक सुरक्षा भत्ता लगायत नौ ‘स’ को कार्यक्रमले देश व्यापी लोकप्रियता हाँसिल गरिहँदा अहिलेकै देउवा खलपात्रका रुपमा आइपुगे । एमालेले अहिले पनि त्यसैको ब्याज खाइरहेको छ ।

फेरी खुमबहादुरलाई गिरिजाले फोन गरे । फोनमा खुमबहादुरले भने, ‘गिरिजाबाबु मैले चुनाव जित्ने निश्चित भयो । मलाई आर्शिवाद दिनुहोस’ भन्दै फोन राखे । फेरी फोनको घण्टी बज्यो । त्यो फोन पनि गिरिजाकै थियो । छोटो कुराकानीपछी खुमबहादुर हडबडाउँदै बाहिर निष्किए । केहीबेरमा मैले शेरबहादुरलाई छोडेँ भन्दै आए ।


एक जना काँग्रेसी नेताले एक वर्ष अगाडि देउवा पहिलो पटक प्रधानमन्त्री बन्दाको पृष्ठभूमी रमाइलोसंग बताउँदाको दृष्य यतिबेला मानसपटलमा घुमिरहेको छ । ती नेताका अनुसार गिरिजा सरकारका गृहमन्त्री देउवा भएपनि त्यतिबेलाको सरकारमा खुमबहादुर खड्का र शैलजा आचार्य हावी थिए । अझ खड्काले त गिरिजापछीको नेताको रुपमा आफुलाई विकास गर्दै लगेका थिए । तत्काल निर्णय गर्न सक्ने क्षमता, कार्यकर्ता संरक्षणमा देखाउने तदारुकता र आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्न सक्ने छबीका कारण खड्का काँग्रेस पंक्तीमा लोकप्रिय बन्दै थिए । मध्यावधी चुनावका बेला काँग्रेसको केन्द्रीय कार्यालय बानेश्वरमा थियो । पार्टी बहुमतबाट संसदको दोश्रो शक्ती बनेपछी कोइरालाले शैलजा आचार्य, खुमबहादुर र शेरबहादुरलाई संसदीय दलको नेता बनाउने नाममा खेलाइरहेका थिए । पार्टीले पराजय भोगे पनि संसदीय दलमा किसुनजी भन्दा गिरिजाकै हालीमुहाली थियो ।

संसदीय दलको नेता चयन गर्ने दिन गिरिजा पार्टी कार्यालय आएनन्, बरु उनले निवासबाटै फोन चलाएर राजनीति गरिरहेका थिए । संसदीय दलको नेताको रिङमा खड्का, देउवा, आचार्यका अलावा अर्जुननरसिंह केसी थिए । त्यतिबेलासम्म खड्काले ८० प्रतिशत सांसदहरुको समर्थन बटुलि सकेका थिए । खड्काको यो खेल नजिकबाट हेरिरहेका देउवाले पार्टी कार्यालयमै रहेको फोनबाट गिरिजासंग मात्र दुई मिनेट कुरा गरे । त्यसपछी उनको अनुहार गुलाब जस्तै फुल्यो ।

त्यस लगत्तै गिरिजाले खुमबहादुरलाई फोन गरे । एकाएक खुमबहादुर ओइलाएको सयपत्री जस्तो भए । उनले गिरिजासंग पहिलो पटक फोनमा कुरा गर्दा दलको नेताको निर्वाचन सुरु हुनै थालेको थियो । निर्वाचनको मुख्य निर्वाचन अधिकृत थिए, तारानाथ रानाभाट । उनले निर्वाचन कार्यक्रम सुरु भएको बताउनै लाग्दा किसुनजीले अपशब्द नै फोरेर गाली गरे । त्यतिबेला फेरी खुमबहादुरलाई गिरिजाले फोन गरे । फोनमा खुमबहादुरले भने, ‘गिरिजाबाबु मैले चुनाव जित्ने निश्चित भयो । मलाई आर्शिवाद दिनुहोस’ भन्दै फोन राखे । फेरी फोनको घण्टी बज्यो । त्यो फोन पनि गिरिजाकै थियो । छोटो कुराकानीपछी खुमबहादुर हडबडाउँदै बाहिर निष्किए । केहीबेरमा मैले शेरबहादुरलाई छोडेँ भन्दै आए । त्यसपछी भएको निर्वाचनमा देउवाले शैलजालाई हराएर संसदीय दलको नेता भए । त्यसको केही महिनामा एमाले नेतृत्वको अल्पमतको सरकार ढालेर उनै देउवा प्रधानमन्त्री बने । हो यहीँबाट हो देउवाको उदय भएको ।

देउवा संसदीय राजनीतिका विकृत, कुख्यात र बद्नामित पात्रका रुपमा दर्ज भएको । कुर्सी जोगाउन देउवाले यतिसम्म त गरे नै । त्यस भन्दा पनि बढी विदेशी राजदुतको पाउ मोल्न पाइजामा लगाएर भारतीय दुतावास जाने कार्यको समेत सुरुवात गरे ।


पहिलो पटक प्रधानमन्त्री बन्दा देउवाले विभिन्न रेकर्डहरु बनाए । जुन अहिले पनि सबैको जिब्रोमै झुण्डिएका छन् । इतिहासमै ५२ सदस्यीय मन्त्रीपरिषद, सांसदलाई भन्सार छुटमा पजेरो दिने निर्णय, सरकार ढाल्न र बचाउन गरिएका सुरा सुन्दरी काण्ड त देउवा प्रधानमन्त्रीत्वका उपहार नै थिए । त्यतिबेलै देखी हो देउवा संसदीय राजनीतिका विकृत, कुख्यात र बद्नामित पात्रका रुपमा दर्ज भएको ।

कुर्सी जोगाउन देउवाले यतिसम्म त गरे नै । त्यस भन्दा पनि बढी विदेशी राजदुतको पाउ मोल्न पाइजामा लगाएर भारतीय दुतावास जाने कार्यको समेत सुरुवात गरे । उनको कार्यशैली सम्झनेहरुका अनुसार देउवाको काम गर्ने शैली पनि बिछट्टैको थियो । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री जस्तो जिम्मेवारीमा रहेका मानिस बिहान सात बजेसम्म सुत्दथे । आठ बजेतिर उठेर नुहाइ धुवाई सकी अघिल्लो दिनको ह्याङ फाल्थे । र केही मानिसहरुलाई भेटेर एघार बजे सिंहदरबार पुग्थे । सिंहदरबारमा उनको कार्यकक्षसंग जोडिएको कोठालाई सयन कक्ष बनाएका थिए । त्यही कक्षमा चिसो बियर खाएर एक देखी डेढ घण्टा सुत्दथे । उनलाई जनताका समस्या र देशको फलिफाप हुने कुरामा भन्दा सुखसयल र रोमान्चिकताले छपक्कै छोपिसकेको थियो । प्रजातन्त्रलाई बद्नाम गराउने कार्यको चरम रुप यो पनि थियो । शासनलाई जनताप्रति उक्तरदायी बनाउने भन्दा पनि त्यसलाई बुटले कुल्चिने गरी शासन गरियो ।

देउवा नै हुन दोश्रो पटक प्रधानमन्त्री बन्दा नेपाललाई संकटकालको उपहार दिने । देउवा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसनग्रहण गरिरहँदा संकटकालमा सुरक्षाकर्मीहरुबाट मारिएका नेपालीहरुको आत्माले कसरी शान्ति पाइरहेका होलान ? सुरक्षाका नाममा राज्य कोष लुट्ने प्रवृक्तीको नाइके पनि शेरबहादुर देउवा नै हुन । यति भन्नालाई काँग्रेस नै त्याग्नु पर्दैन । चार तारे झण्डा ओढेरै देउवाले निर्वाह गरेको खलपात्रको अभिनयलाई उजागर गर्न किन कन्जुस्याई गर्दै छन् काँग्रेसी मित्रहरु ?


देउवा नै हुन अहिले उनैलाई काँध हाल्नेहरुले राखेका ४० सुत्रिय मागको अवमुल्यन गर्ने । तत्कालिन मशालले राखेका मागहरु सम्बोधनको साटो उनले अनुउक्तरदायी शासनको सुरुवात गरे । नेपालले निकै महत्वपुर्ण एक दशक द्धन्द्धमा खेर फाल्यो । यहि अवधीमा अधिकाँश सरकारी स्वामित्वका उद्योगहरु बन्द भए । कौडीको भाउमा बेचेर उदारवादका नाममा देशलाई परनिर्भर बनाउँदै खुलेआम कमिशन खाने परम्पराको सूरुवात भयो । यसको अपजस देउवा र गिरिजाको थाप्लोमा समान रुपले बाँडिन्छ । अहिले कतिपय काँग्रेसका नेताहरुले स्वदेशी उत्पादनले नेपाललाई घाटामा पुर्याएकोले नै हेटौँडा कपडा कारखाना, बाँसबारी छाला जुत्ता उद्योग, भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट कारखाना जस्ता उद्योगहरु बन्द गराएको दावी गर्ने गरेको यदाकदा सुनिन्छ । यस्तो भन्ने नेताहरुलाई एउटै मात्र प्रश्न, ‘बिउ मासेर खेती सप्रिन्छ ? यही थियो काँग्रेसजनहरुले भन्ने गरेको समाजवाद र समृद्धि ?’

प्रदीप पौडेल काँग्रेसका मात्र नभएर सिंगो देशले आशा गरेका युवा अनुहार हुन । तर आफ्नो विचार दिन लेखिएको आलेखमा उनले जसरी एमाले र अध्यक्ष ओलीमाथी विष वमन गरे, त्यसले राजनीति भन्दा पर रहेको हाम्रो पुस्तालाई उनीप्रतिको आस्थाबाट विकर्षित गर्यो । युवा बौद्धिक जमातले उनलाई राजनीतिक संस्कारबाट च्युत नेताकै कोटीमा राखेको मेरो मुल्याङकन छ । पौडेलजीहरुले बुझ्नुपर्छ की, केपी ओली व्यक्ती मात्र होइनन् । उनी संस्था हुन ।


देउवा नै हुन दोश्रो पटक प्रधानमन्त्री बन्दा नेपाललाई संकटकालको उपहार दिने । देउवा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसनग्रहण गरिरहँदा संकटकालमा सुरक्षाकर्मीहरुबाट मारिएका नेपालीहरुको आत्माले कसरी शान्ति पाइरहेका होलान ? सुरक्षाका नाममा राज्य कोष लुट्ने प्रवृक्तीको नाइके पनि शेरबहादुर देउवा नै हुन । यति भन्नालाई काँग्रेस नै त्याग्नु पर्दैन । चार तारे झण्डा ओढेरै देउवाले निर्वाह गरेको खलपात्रको अभिनयलाई उजागर गर्न किन कन्जुस्याई गर्दै छन् काँग्रेसी मित्रहरु ? अझै भनौँ देउवा नै हुन जनताले बलिदानी गरेर ल्याएको प्रजातन्त्र दरबारमा बुझाउने । सक्ता जोगाउन तत्कालिन राजा ज्ञानेन्द्रको पाउ मोल्ने पात्र गणतन्त्रमा पनि प्रधानमन्त्री बनेको देख्दा ती सहीदहरुको आत्मले कसरी शान्ति पाउलान ? देउवाले नै हो विद्रोही नेता प्रचण्ड र बाबुरामहरुको टाउकाको मुल्य तोक्ने देखी रेड कर्नर नोटिशसम्म जारी गर्न अमेरिकालाई उकासेको । यसो भनिरहँदा माओवादी युद्धमा योगदान गरेका मित्रहरु के सोच्दै होलान ?

केही दिन अघि कान्तिपुर दैनिकमा काँग्रेसका युवा नेता प्रदिप पौडेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथी शब्द वाण प्रहार गरेको लेख पढ्ने मौका मिल्यो । प्रदीप पौडेल काँग्रेसका मात्र नभएर सिंगो देशले आशा गरेका युवा अनुहार हुन । तर आफ्नो विचार दिन लेखिएको आलेखमा उनले जसरी एमाले र अध्यक्ष ओलीमाथी विष वमन गरे, त्यसले राजनीति भन्दा पर रहेको हाम्रो पुस्तालाई उनीप्रतिको आस्थाबाट विकर्षित गर्यो । युवा बौद्धिक जमातले उनलाई राजनीतिक संस्कारबाट च्युत नेताकै कोटीमा राखेको मेरो मुल्याङकन छ । पौडेलजीहरुले बुझ्नुपर्छ की, केपी ओली व्यक्ती मात्र होइनन् । उनी संस्था हुन । उनका पछाडी देशभरको एमालेको संगठन र कार्यकर्ता छन् । विगतमा गरेका राम्रा कामहरुको फेहरिस्त छ ।

गणतन्त्रप्रति उनले अभिव्यक्त गरेका एकाध कुराहरुलाई लिएर गरिएका हल्लाका भरमा कच्चा टिप्पणी किन प्रिय बन्दैछ काँग्रेसजनहरुलाई ? ओली र एमालेका विरुद्ध आगो ओकल्नुको साटो भारतीय नाकाबन्दीमा देशलाई लम्पसारवादी बनाउने आफ्नै नेताहरुलाई सच्याउन किन आवाज नउठाएको ? हो, प्रदीप पौडेल जीहरुलाई ओलीको राष्ट्रवाद खोक्रो र नक्कली लागिरहेको छ । तर पहिलो चरणको स्थानीय निर्वाचनले खोक्रो कि भरिलो भन्ने जवाफ दिएन र ?

तत्कालिन राजाको शब्दमा असक्षम शेरबहादुर देउवाले फेरी त्यस्तै कदम तर्फ आफुलाई उन्मुख गराउँदै छन् । त्यसको सुरुवात दुई नम्बर प्रदेशको निर्वाचन सारेर गरिसकेका छन् । अंगिकृतलाई देशका मुख्य मुख्य पदहरुमा पुग्न दिनुपर्ने, तराईको समथर भू भाग जती सकभर एक नभए दुई प्रदेशमा राख्नुपर्ने जस्ता राष्ट्रघाती मागहरु सम्बोधन गर्न पुष्पकमल दाहाल मात्र होइन प्रचण्डपथ र देउवा पथ तमशरणम गर्दै छन् । सत्ताधारी दलहरु राजपालाई एकलौटी गर्न दिए जसरी दुई नम्बर प्रदेशमा निर्वाचन नगराउने प्रपञ्चमा लागे । यदी दुई नम्बर प्रदेशमा निर्वाचन नै भएन भने त्यहाँ राजपाको जीत र लोकतन्त्रको हार ठहर्ने छ । नेपालको अखण्डता र राष्ट्रियतामा विस्तारवादी हिनहिनावट पैदा हुने निश्चित छ । अब छुट्याउनुहोस सत्र हजार नेपालीको जीवन समाप्त पार्ने तथा भारतमै बसेर उसैसंग विचारलाई बन्धकी राखेर बाह्य हस्तक्षेप निम्त्याउने प्रचण्डपथ र देशको अखण्डतालाई नै दाउमा राख्ने देउवापथ मध्य कुन बढी खतरनाक ?

4834 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank