यौनजन्य काम कानूनी कि गैरकानूनी ?

बिहिबार, पुस १९, २०७५



- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

ए नानी कहाँ जाने ? म पुर्याइ दिउ ? कस्तो नबुझेको हो ? हामी पनि मान्छे नै हौ नि !  यसो नजर लगाउदा राम्रै हुन्छ । भन्दै मोटरसाइकल अघि बढ्थ्यो । मोटरसाइकल हिड्यो कि : म पुर्याई दिउ ? कता जाने ? ….. आदि फेरि एकोहोरो संवाद  सुरू भैहाल्ने गर्थ्यो । एक सामान्य महिला १० मिनेट  पुरानो बसपार्क छेउ साथी,यातायातको साधन या आफन्त कुरेर बस्दा बेहोर्नु पर्ने अमानविय समस्याको यो ज्वलन्त  उदाहरण  हो !

त्यस्तै  एक पटक हामी विशेष कामले बागबजारमा बैठक बसेका थियौ । बैठक अलि लामै भयो । नजिकै खाजा खाने ठाउँ नभएकोले  बैठक सकेर खाउला भन्ने समझदारीले हामी कामतिर लाग्यौ । बैठक सक्दा चार बजि सकेको रहेछ । घर फर्कन पनि ढिलै हुने जस्तो लागेर खाजा खाउ कि जस्तो लाग्यो  र यसो के पाइन्छ छिटो त्यै खोजेर खाउ भन्दै हामी गल्ली भित्रै सामान्य खाजा होटल खोज्दै हिडियौ ।  तर  सफा नभेटेको कारण निकैबेर यताउता गर्दै  डुल्दा एउटा खाजाको होटल भेटियो । कति खोज्नु यहीँ खाउ न त भनेर हामी भित्र  पस्यौ र सोध्यौं ।

” नानी यहाँ चिया खाजा छ नि ? ” ” के के छ नि ? हेरौं त । हामी त ६ जना छौ । खाने ताजा कुरा के छ  ?  ” ल ल चना चिउरा भए पनि हुन्छ तर तताएर देउ ल ! ”   हामी दुइतीन जनाले भन्यौ । अरू साथीहरू  भोकले खरिएको बेला मुख मिठ्याउदै  ”  ल ल छिटो गर है  नानी ” भन्दै बस्न खोजे । लगभग १४/१५ वर्षकी नानीले हुन्छ भन्दै ” बस्दै गर्नु न ”  भनिन्  । निकै बेर पछि  लगभग त्यहि उमेर कि अर्की  नानी आइन र  ” खास तताउने त चलन छैन ” भन्दै ठस परिन  !  नदिउ झै गरिन  र हिडिहालिन ।

पहिलेकी नानी निस्कन्छन् र हामीलाई चना चिउरा तताएर देलिन भनेर हामी  कुरिरह्यौ ।  कुरा हाम्रा आफ्नै थिए । बैठकका विषय र  ८ मार्चको कार्यक्रमको सन्दर्भमा चर्चा गर्यौ । निकैबेर खाजा आएन ।  अरू ग्राहाक पनि थिएनन् ।  तर पनि हामीलाई तिनीहरूले खाजै दिदै दिएनन् । यताउता हेर्छन फर्कन्छन । हामीहरूले तिनीहरूको चालडाल नै बुझेनौ !  रिस पनि उठे जस्तो भयो । हामी खाजाको बारेमा  सोध्न पनि छोडेका थिएनौं । खाजा आउने सुर पनि देखिएन ।

उठौ कि बसौं  ? गर्दै म बोल्न खोजिरहेको बेला अधबैसे लेखापढीतिर काम गर्ने  एकजना पुरूष  तिनीहरूको नाम सम्बोधन गर्दै आए ।  उनी आएको लगभग दुई मिनेट नहुदै हतारिदै तिनै नानीहरूले  भुटन तताएर ल्याइ दिए । नानीहरू  मटन तास , सेकुवा आदि बनाउन लागे । एउटी नानीले  आफु सँग-सँगै  एउटा वियर र   तीनवटा  ग्लास लिएर त्यो पुरूषको छेउमा बसिन । ग्राहाक एक जना  , ग्लास तीन वटा देखेर मलाइ आश्चर्य लाग्यो ।  भोकले आतुर भए पनि  सामान्य खाजा होटलमा तिनीहरूले गरेका क्रियाकलाप प्रति मैले हेरिरहें ।

एकै छिनमा नानीहरू दिन डाहाडै कम्मर माथी अर्ध नग्न नै भए । प्लेट एउटा , खाने सबैले । वियर पनि आलो पालोमा  पिलाउने ,बढो गजव ! अर्धबैसे पुरूष र नानीहरू दङ्ग थिए । हामीलाई उनीहरूले वास्तै गरेनन् । भोक लागेर   खान गएको हामी तीनीहरूका क्रियाकलाप हेर्न नसकेर   ” भो जाउ ! यो चर्तीकला हेर्नू भन्दा हिड्नु निको भनेर दुई घण्टा कुरेर भोकै  हिडियौं  ।एक जना मित्रले भन्नू भयो , ”  ए साथी मर्नु भन्दा बौलाहाउनु निको है धन्न हिडियौ । हैट के हो यस्तो दिनडाहाडै ? बचेर हिड्न नै मुस्किल रहेछ ! ” भन्दै होटलबाट बाहिरियौं ।

यी र यस्ता समस्या कहिले काहिँ भित्र पट्टीका मात्रै होइन बाहिरकैमा पनि देखिन्छन ।  गल्लीका त  सामान्य प्रकृतिका  नमुना मात्रै हुन कि जस्तो त्यस दिन हामीले महसुस गर्यौं । काठमाडौंका हरेक आकाशे पुल,रोधि घर,डान्सबार,सेकुवा कर्नर,सार्वजनिक शौचालयको आसपास लगायत होटल व्यवसाय र मेन पावर व्यवसाय सञ्चालन गर्ने कार्यलय आसपास पनि यस्ता यौनजन्य क्रियाकलाप बढेकै देखिन्छन । शहर भित्र गल्लि नजिक रहेका तर भित्र क्याविन लेखेका पर्दावाल साथै टेवुल भएका सबै खाजाभुजाका पसलमा यस्ता यौनजन्य कार्यहरूमा सामेल  विभिन्न उमेर समुहका  पुरूष र महिलाहरू निकै देखिन्छन ।

अलि वर्ष अघि भोटाहीटीको विपरीत दिशामा  प्रत्येक दिन जस्तै सानो बजार लाग्थ्यो । विषेश गरि कुखुराको  मासुको भुटुवा , खसीको  सेकुवा  र लेदो,भुटन,ह्याकुलो, फोक्सोको परिकार,साँधेको भटमास ,तारेको खुर्सानी र अचारसगँ चिउरा र दालमोठ ! मानिसले निकै मीठो मानेर खाएको देखिन्थ्यो । खानेहरू अधिकाँस केटाकेटी , र अधबैंसे महिला र पुरूष नै हुने गर्थे । वाड्नेमा १२ वर्ष मुनिका बालिकाहरू देखिन्थे । निकै महिना सम्म यो र यस्ता दृश्यहरू र क्रिया कलापहरूका बारेमा हामीले चर्चा गर्यौ। लगातार जाने आउने गरेपछि त्यस भित्रका अनेकौं गैरकानूनी क्रियाकलाप पनि हुने गरेको पत्ता लगायौ  ।  यसको समाधान या न्युनिकरण के हुन सक्ला भनेर सम्बन्धित निकायहरूमा चर्चा पनि गर्यौ तर समाधान देखिएन ।

अहिले पनि रत्नपार्क नजिकै रहेको शौचालय, रत्नपार्कको बगैचा, रानी पोखरीको दक्षिण आकासे पुल छेउमै बसेर  यौन कर्मिहरूले  यौनको तोलमोल गरेको खुला सुनिने गरिन्छ । रत्नपार्क बागबजार को मुखमा रहेको आकाशेपुल माथी लगभग साताको तीन / चार दिन जस्तो त ४ बजे पछि आकाशे पुलबाट हामीहरू जस्ताले पुल पार गर्न नै कठिन हुने अवस्था सृजना हुन्छ । उनीहरूको थक्का थक्की र प्रभावमा नपर्ने कमै होलान जस्तो लाग्छ
रत्नपार्कको आकाशे पुलको यौन बजारमा ५०० देखि १०,०० ० सम्मको तोलमोल सडकमा हिड्नेहरूले नै सुन्न सकिने गरि गरिन्छ । साथै यस्तो व्यापार मेलामा महिला र पुरूष यौन उपभोक्ता र  यौन समन्वय कर्ता पनि रहेछन भन्न सजिलै सकिन्छ ।

यस्ता  यौन व्यापारिक स्थलमा हुने खाने देखि हुँदा खाने सम्मका व्यक्तिहरूको उपस्थित र तोलमोल  मा सामेल रहेछन भनेर जो कोहीले  अनुमान गर्न सकिन्छ । यो र यो जस्ता मानविय तर गैरकानूनी क्रियाकलापले समाजमा हुने असामाजिक गतिविधि र किशोरीहरूमा हुने जोखिमका विषयमा पनि हामीले प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य सम्मका माननीयहरूसगँ  पनि न्युनिकरणका बारे चर्चा गर्यौं तर जवाफ या पहलमा खास प्रभाव पार्न नसकिने जवाफ आयो ।

सामान्य  रूपमा कुराको चुरो पहिल्याउने उदेश्य राखेर केही प्रहरी अधिकारीहरूसगँ कुरा गर्दा राजनीतिक संरक्षण रहेको कारण हल गर्न कठिन छ हजुर ! के गर्ने एक दुई पटक  हटाउन प्रयास गर्न खोज्यो । रङ्गे हात समात्यो । थुन्न  नपाइ ठुला ठुला राजनीतिक पाटीका नेताको फोन आउँछ । छुटिहाल्छन । कतिपय त नेतै पनि परेका छन । हाम्रो पहुँच बाहिर छ । माथीबाटै नियन्त्रण गर्ने कडा नियम बनाउन पहल गर्न पर्यो भन्ने मनसायको कुरा  व्यक्त गर्छन । यस्तो किन भइरहेछ भनेर सोध्ने,बुझ्ने र कार्वाही गर्ने निकाय नै छैन कि जस्तो देखिन्छ ।
देखिन्छ ।

यस्ता प्रकृतिका  यौन बजारमा कस्ता मानिसहरू संलग्न रहेका छन ? सरकार तथा आम नागरिकहरूको विषेश चासोको विषय हुनु पर्ने हो कि ? कतै आफ्नै परिवार भुषको आगो सरह जलिरहेको त छैन ! सबै पारिवारिक मानिसहरूले सोच्ने समय आयो कि जस्तो बुझिन्छ ।

त्यस्तै महिला र पुरूष बीचको यौन सम्बन्ध हुने/ राख्ने या यौन जन्य ब्यवसायका विषयमा बोल्ने या परिभाषित गर्ने काम त राज्यको नै दायित्वमा पर्छ होला ! यो र यस्ता विषयहरू  मानविय सम्बन्ध , स्वास्थ्य र पारिवारिक वातावरण साथै पारिवारिक सम्वृद्दिसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू हुन तर हामी नै अनविज्ञ जस्तो देखिन्छौ किन होला ? सरोकारवालाको ध्यान जान जरूरी देखिन्छ ।

विशेष गरेर  यो विषय र सन्दर्भ घर गृहस्थमा रमाउने महिलाहरूको  संविधानमा व्यवस्था गरेको दम्पतीको हक विरूद्दको कार्यमा पनि पर्छ कि जस्तो पनि लाग्छ ! तर यस्ता विषयको चर्चा र चासो कस्ले राख्ने होला !

यौनजन्य कार्य/ काम हो या पेसा व्यवसाय गर्ने  विषय के हो भन्ने कुरा राज्यले  परिभाषित गर्ने र व्यवस्थापन गर्न सक्ने विषय हो जस्तो लाग्छ ।  यदि गैर कानूनी कार्य हो भने पनि   तुरुन्तै नियन्त्रण गर्न या हुन जरूरी देखिन्छ ।

नत्र यस्ता  यौनजन्य काम या व्यवसायीहरूलाई अनुमतिपत्रको व्यवस्था गरि निश्चित स्थान तोकीदिए राज्यको वैधानिक रूपमा आम्दानी पनि बढ्ने थियो । यस्ता कार्य र अबस्थाबाट टाढा रहने र अबोध किशोरीहरू   स्वतन्त्र पुर्वक बाच्न र  बचाउन सजिलो हुने थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata