सार्वजनिक यातायातमा यौन हिंसा !

आइतवार, माघ १३, २०७५



- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

हाम्रो समाजमा अझै पनि महिला दोस्रो दर्जाको रूपमा रहेको अवस्था नै देखिन्छ । हामीले नयाँ पारिवारिक नाता या सम्बन्ध कायम गर्दा या जोड्दा छोराका लागि बुहारी र छोरीका लागि ज्वाइँ खोज्ने परिपाटीलाई मानेकै छौ । यी र यस्ता प्रचलन या परम्पराहरू रहे सम्म यसरी बनाउने या जोड्ने सम्बन्धले महिला,पुरूषको निजी सम्पतिको रूपमा नै घर भित्र प्रवेश गर्ने अवस्था रहिरहन्छ ।

नव आगन्तुक परिवारको सदस्य घरायसी काम काज र प्रजनन र गृहस्थको व्यवस्थापन सगँ मात्रै राख्ने र हेर्ने दृष्टिकोण बनी रहने अवस्था अहिलेसम्मको पारिवारिक संरचनाले देखाउद आएको छ । यस्ता कुरामा हेक्का नपुरयाए परिवार एकल मात्रै होइन स्वतन्त्रताको नाममा एकल र स्वछन्द हुने खतरा पनि त्यतिकै देखिन्छ । यस्ता संक्रमण अवस्था भित्र अनेकौं प्रकारका परिवार विरोधी क्रिया कलाप र अपराधका घटनाहरू मौलाउने खतरा हुन्छ ।

महिलालाई अधिनमा राख्ने सोच पूर्वीय दर्शन र दार्शनिकहरूले परिवार बनाउनका लागि विकास गरेका थिए भन्ने कुरा हामीहरूले मनुस्मृति,शुक्र निति जस्ता अरू पनि उपनिषद्हरू पढ्दा भेटाएका छौ । अझ धेरै त यी र यस्ता आदीको अध्ययन गरेंयौं भने सबैले थाहा पाउन सक्छौ । पौराणिक काल खण्डको कुरा गर्ने हो भने शाक्त सव्यता ( देवि सव्यतामा पनि ) देव र दानवहरूको नाममा गणीय हितका लागि महिलाको यौन शक्तिलाई प्रयोग या उपयोग गरेर राक्षस ( फरक गण ) को नाममा फरक मानविय झुन्डको बध गरेर नै हामीले दशै या विजया दशमी जस्तो पर्व या हिन्दु धर्म संस्कृतिको रूपमा मान्दै आएका पनि छौ ।

रामको बनवासमा लक्षमणले सुपर्नखाको नाक काटेको कारण सीता रावणले हरेको प्रसङ्ग आदीलाई हामीले हाम्रो निकै महत्त्वपूर्ण कुल परम्परा मानेका र ठानेका छौ । त्यस्त बधमा पर्ने या मारिएकाहरू पनि पूर्वीय सनातन हिन्दु नै कहलिएको मानव वंश नै मारिएको देखिन्छ तर पनि हामी सुधार चाहान्नौ । त्यहि पाश्यगमनले पनि हामीले हिंसा सहेका त हैनौ । सोचनिय विषय छ । देव र दानवको नाममा भएको शक्ति संघर्षमा देव शक्ति ,अम्बा,अहिल्या, चन्डी काली, दुर्गा सबै महिला नै थिए । आफ्ना समुहका पुरूषहरूले विजय प्राप्त गर्न नसके पछि तिनै पुरूषहरूले निकै चलाखी पुर्ण तरीकाले महिलाहरूको नङ्न शरीर देखाएर , कल्पाई कल्पाई यौनिक तन्त्रमा लालची भएकाहरूलाई त्यै कुराले आकर्षण गर्दै एकान्त ठाउँ र जङ्गलको प्रयोग गरेर बध गरिएको कुरा हामीले नजानेका छैनौ ।

तर हरेक ऐतिहासिक तथा धार्मिक घटनाको सहि र वैज्ञानिक विश्लेषण या चिरफार हामीले गर्न नसकेको कारण पनि अझै महिला माथि विभेद र हिंसा हुने गरेको देखिन्छ । त्यस्तै महाभारत काल खण्डको कुरा गर्ने हो भने कुन्तिको सन्तान कर्णको जन्म सगँ जोडिएर विषयको गहिराइमा जाने हो भने त्यहाँ पनि कुन्ति बलात्कृत भएको देखिन्छ । राजसभाबाट धनु विद्याबाट पारङ्गत भएर वरमाला पहिरिएका अर्जुनले द्रौपदीलाई मित्र्याउन नपाई पाँच भाइले भोग गर्न माताले दिएको आदेश सिरोपर गर्ने राजकुमार । सत्तरी वर्षको बुढोसँग सात वर्षकी कन्यालाई विवाह गरेर पतिका साथ जानै पर्ने स्वस्थानी जस्तो कथा लेख्ने लेखक, राजसभाको बीचमा भएको द्रौपदीको बस्त्र हरण चुपचाप हेर्ने र मौनतामा अन्याय गर्ने संस्कार , विवाहित पत्निलाई जुवामा दाउ लगाउने र हार्ने पति जस्ता संस्कार बोकेका हामीहरूका लागि अहिले हुने गरेका र भइरहेका महिला हिंसाका घटनाहरू सामान्य लाग्ने कुरा चिन्तन या दृष्टिकोणले नै सामान्तवादी सोचहरू हुन ।

यस्ता विषयहरूमा हामीले भने पनि सुन्नेले यस्ताको कारण किन र कसरी जोडेर सुनुवाइ हुन नसकेक्ने अवस्थामा पुर्याउने प्रसस्तै चलन चलेका छन । यस्ता चलनको अन्त्यका लागि पहल कस्ले गर्ने भन्ने कुरा चाहिँ यहाँ महत्वपूर्ण कुरा बनेर आएको छ । महिलाहरू माथि हुने मानसिक,शारीरिक , मनोबैज्ञानिक , घरेलु हिंसाहरू भएका र हुने गरेका अनेकौ पटकका प्रदर्शन ,विरोध , दवाव का बावजुत अहिले सरकारले महिलाको हित र सुरक्षाको लागि महिला माथि हुने र गरिने हिंसाको न्युनिकरणको लागि कानुन बनायो ।

स्थानीय ,प्रदेश तथा संघीय निर्वाचन पश्चात् हिंसा न्युनिकरणको लागि प्रत्येक गाउँमा पालिका र नगरपालिकाको वडा सम्म प्रहरी नागरिक र संघ संस्थाहरू पुगुन र कोहि पनि महिला,बालिका तथा अन्य नागरिहिंसामा नपरोस् भनेर हिंसा न्युनिकरणको लागि प्रहरी अधिकृतको संयोजकत्वमा समितिहरू पनि निर्माण भएका या हुँदै गरेका छन तर पनि महिला माथि अनेकौ तरीकाबाट हिंसा हुन छोडेको छैन किन ? प्रश्न यहिनेर उठ्ने गर्छ ।

दुई चार दिन यता सामाजिक सञ्जालमा भाइरल भएको बस काण्डले अहिले छापा तथा विधुतिय सञ्चार माध्यममा निकै समाचार र बजार पाएको देखिन्छ । यो घटना दैनिक सार्वजनिक यातायात चल्ने स्थान विशेष स्थानमा नियोजित प्रकृतिले घटाएको होकी भन्ने कुरा युटुबमा राखिएको भिडियो हेर्दा अनुमान गर्न सकिन्छ । सुनियोजित नहुन पनि सक्छ तर त्यो बस भित्र घटना घटेको अवस्थामा चालक,सहचालक तथा अन्य खास यात्रु पनि देखिन्न । यात्रु नै नभएको अवस्थामा कोहि पुरूष यात्रु बसमा चडेर एकाएक हस्थ मैथुन गर्न थाल्छ कसरी ? त्यो पुरूषले हस्थ मैथुन गरिरहेको अवस्था बसमा चड्ने किशोरी तथा अध बैसें महिलाले नदेख्नु या नदेखेको भान गरेको हो कि जस्तो पनि भिडियो हेर्दा मानिसलाई लाग्छ सक्ने अवस्था देखिन्छ ।

पहिलो भिडियोमा निजामती सेवामा काम गर्ने महिला कर्मचारीको पोसाक लगाएकी महिला पनि बसमा चढेकी छन । ती कर्मचारी बस चड्दा बोल्दै चढेकी र यताउता हेर्दै सिट छानेर मन पर्ने सिटमा बसेको दृश्य पनि देख्न पाइन्छ । त्यसैले यो घटना प्रति सरकार,सुरक्षा निकाय र नागरिकहरूको चासो बढ्नु पर्ने देखिन्छ । भिडियो हेर्दा यो व्यापारीक उदेश्यले या युटुव भिडियो व्यापार या यस्ता सामाग्री उत्पादन गरेर व्यवसाय सञ्चालन र नगदसहित अन्य धन्दा सञ्चालन गर्न खोजेको त होइन ? जस्ता अनेकौं सवालहरू दर्शक,श्रोता र नागरिकहरूमा आएको देखिन्छ ।

त्यस्तै सिटमा बस्ने महिलाले त्यतिका बेर सम्म कुनै चासो नदेखाउनु , प्रतिक्रिया नदिनु, अन्य पनि मौन बस्नु गलत कुरा हो । यस्तो मौनताले कुनै बेला आफै माथि अपराध हुन सक्छ । अहिले सार्वजनिक यातायातमा महिलाहरू माथि हुने यौनजन्य हिंसा निकै बढेको देखिन्छ । यसरी बढ्नुमा सवारी चालक र सह चालकहरूको हेलचेक्याइ, हेपाहा र पाए आफैले हिंसा गर्ने प्रवृत्ति साथै सगैं बसको यात्रा गर्ने यात्रुहरूको मौनताको कारण पनि सार्वजनिक यातायातमा महिला माथि यौनजन्य हिंसा भएको या हुने गरेको देखिन्छ ।

बसमा सामान्य प्रतिवाद गर्ने,प्रहरीलाई १०० नम्वरमा डायल गर्ने, या बस रोक्न लगाउने र चालक सह चालकलाई कार्वाहीको दायरामा ल्याउने अभियान शुरु नगरे देखि आउने दिनहरूमा यो भन्दा निकृष्ट प्रकृतिको हिंसा हुन सक्ने खतरा बढ्दै छन कि जस्तो अनुमान लगाउन सकिन्छ । यो र यस्ता अपराधीक क्रियाकलापमा सम्लग्न अपराधीहरूलाई तुरुन्तै कानुनी दायरामा ल्याउन र कार्वाही गर्न सरोकारवालाले ध्यान पुर्याओस ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata