हाम्रो संस्कृतिका वैज्ञानिक पक्ष : पश्चिमतिर अभिमुख हुन पर्दैन

शनिबार, पुस ९, २०७३

loading...


मानव सभ्यताको कालखण्ड देखिनै शारीरिक कार्यलाई घटाउदै छिटो र सजिलो होस् भन्ने भावनाबाट  अनुसन्धानले यो आधुनिकता सम्भव भएको कुरामा दुइमत नहोला | यो दौरानको विकासलाई हेर्दा पश्चिम निकै नै अगाडी रहेछन, अनुसन्धान तथा विज्ञान उनीहरुको नै उपच हो भन्ने लग्नु स्वभाविक हो | तर यो सबको बिचमा हाम्रो पूर्वीय दर्शनलाई शास्त्र मात्र संज्ञा दिएर यसको उपलब्धिलाई विर्सनु हाम्रो भुल हुनेछ |

     पूर्वीय दर्शनका महान ऋषिमुनिहरू वास्तविक वैज्ञानिक हुन् भन्ने धेरैलाई थाहा नहोला किनकि हामीले हिन्दु धर्मलाई एक दर्शन/शास्त्रको रुपमा मात्र चिनेका छौ | हाम्रो दर्शन विज्ञानको बिउ हो किनकि यो सबैभन्दा पुरानो, शाश्वत, नित्य र परिमार्जित छ | सायद इतिहासमा सप्तऋषि लगायतका महात्माहरुको विवरण एकिनका साथ कुनै किताबमा वर्णन छैन जसकारण हामी उहाहरुको अस्तित्व माथि नै प्रश्नचिन्ह गर्दछौ तर जन्ममिति भएका आधुनिक वैज्ञानिकलाई हामी असली विज्ञानका प्रवर्तक मान्छौ किनकि हामीलाई नतिजा हेर्छौ प्रक्रिया होइन | चिकित्सा शास्त्रका पिता भनेर आज हिप्पोक्रेट्सको नाम आउछ तर उनीभन्दा हजारौ वर्ष अगाडी ‘चरक’ नामका ऋषिले चिकित्साको वर्णन आफ्नो पुस्तक चरक संहिताबाट गरेका छन् | त्यसमा उनले रोगका वर्णन र चिकित्सा मात्र नभएर स्वास्थ्य रक्षाका उपाय लेखेका छन् जुन अहिले आधुनिक चिकित्सका संग मिल्दोजुल्दो छ | प्रविधिले सम्पन्न नभएको बेलामा पनि उनले आज माइक्रोस्कोपले पत्ता लगाएको जीवाणु हजारौ वर्ष अघि नै वर्णन गरेका छन् | अर्का ऋषि सुश्रुतलाई आज पनि भारतीय शल्य शास्त्रका पिता मानिन्छ | उनले सर्वप्रथम मृत शरीरलाई चिरेर अध्ययन गरि आजको आधुनिक चिकित्साले बताए जस्तै मानव शरीरका अङ्गप्रत्यंगको वैज्ञानिक वर्णन गरेका छन् |

नाकको शल्यक्रिया गरेर उनले प्लास्टिक सर्जरीको अवधारणालाई स्थापित गरेका हुन् भन्ने आजका चिकित्सकहरु सहमत छन् | यस बाहेक न्युटनले पत्ता लगाएका प्रसिद्ध गुरुत्वाकर्षण बलको सिद्धान्तको सोच उनि भन्दा अगाडी ब्रम्हगुप्त नामका ऋषिले अविष्कार गरेका हुन् भन्ने धेरैलाई थाहा छैन विडम्बना यति मात्र हो कि उनले प्रमाणित गर्न सकेनन किनकि प्रविधि त्यतिबेला थिएन तर उनको वैज्ञानिक सोच भने अवश्य थियो | हाम्रो शास्त्रले निर्देश गरेको संस्कृति परम्परा पूर्णतया वैज्ञानिक छन् | मानिसको जन्म देखि मृत्यु सम्मका नियमहरु आज पनि एउटा वैज्ञानिक धरातलमा छन् | मानिसलाई सारै बिरामी हुदा तुलसीको मोठ्मा लगेर राख्ने हाम्रो परम्परालाई तिनै पश्चिमका वैज्ञानिकले अध्ययन गर्दा तुलसीलाई अक्सिजनको सर्वोत्तम स्रोत भनेर भन्दा सो गार्हो अवस्थामा तुलसीले शरीरमा अक्सिजनको संचार गराउने देखिन्छ | साउनमा मेहेन्दी लगाउने परम्परा हाम्रो माझ अझै पनि छ |

त्यसबेला छालामा ढुसी(fungi) तथा जीवाणुको संक्रमणको सम्भावना बढेर जान्छ जसको सुरक्षा मेहेन्दीले गर्दछ | विवाहित  हिन्दु महिलाले सिन्दुर लगाउनुमा पनि वैज्ञानिक कारण देखिन्छ | सिन्दुरमा पारद(mercury) तत्व प्रधान हुन्छ जसले  शरीरमा रक्तसंचारमा मदत गर्छ जसकारण यौन अभिलाषा बढेर जान्छ त्यसकारण विदुवा नारीलाई सिन्दुर प्रतिबन्धित गरिन्छ | हाम्रा हजुरबुवा/हजुरआमा हरुले उत्तर दिशामा शिरानी नराख्नु भनेको हामी सम्झन्छौ | वास्तबमा उत्तर दिशामा पृथ्वीको चुम्बकीय धुर्व हुन्छ जसकारण चुम्बकीय क्षेत्र (magnetic field) को असमनताले गर्दा मस्तिष्कमा नकरात्मक विकिरण प्रवाह हुने र सो सम्वन्धित रोग हुने सम्भाव्य बढेर जान्छ भन्ने अनुसन्धानबाट प्रमाणित भएको छ |

परम्परागत शैलीमा पानी चादी र तामाको भाडोमा मात्र राखिन्थ्यो किनकि चांदी र तामामा जीवाणुनाशक गुण छ र आज पनि तामाको भाडामा राखेको पानीको सेवन ग्यास्टिकको उपचारमा चिकित्सकहरु सल्लाह दिन्छन | हामीले दुई हात जोडेर गर्ने नमस्कार मुद्राले अकुप्रेसर पोइन्टहरुले आँखा, कान र मस्तिस्कलाई सक्रिय बनाउछ जसले गर्दा सो व्यक्तिलाई सम्झने क्षमता बढ्छ र जीवाणुको संक्रमण पनि हुन पाउदैन |

          यसकारण हाम्रो विज्ञान अतुलनीय छ ,सम्पन्न छ | यसलाई बुझेर यसको सम्मान तथा संरक्षणमा अघि बढेर हामीले आफ्नो पृथक पहिचान स्थापित गर्न सक्छौ | हामीले हाम्रो गर्व गर्न लाएक सभ्यता पाएका छौ संस्कृति पाएका छौ , हामी धन्य छौ र अबको आउने पिडिले पनि यही भन्न पाउने वातावरण निर्माणमा लागौ |

 

 

772 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv