साहसी शीर्ष नेता, साहाना प्रधान

सन्दर्भः साहाना प्रधान जन्म दिवस

बुधबार, असार २७, २०७५



- रम्भा पौडेल

हाम्रो समाजको परिर्वतनका निम्ति थालिएका हरेक आन्दोलनलाई निर्णायक अवस्थामा पु¥याउन महिलाहरूको सक्रिय सहभागिता एव नेतृत्वदायी भूमिका अत्यन्त महत्वपूर्ण सावित भएको छ । हाम्रो देशको वीरतापूर्ण इतिहासलाई हेर्दा राष्ट्रियता र प्रजातन्त्र प्राप्तिका लागि भएका हरेक समयका आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रह्यो । नेतृ साहाना प्रधान एक तन्त्रीय राणाशासनको अन्त्यको लागि होस वा २०४६ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलनमा किन नहोस उहाँको योगदान महत्वपूर्ण रहयो ।

सच्चा राष्ट्रवादी कम्युनिष्ट पार्टीका सस्थापक नेता पुष्पलालको सच्चा जीवन संगिनीका रुपमा रहेर उहाँले नेपालभित्र वा प्रवासमा रहदा धेरै दुःख कष्टलाई आफना जीवनका भोगाई ठान्दै अगाडि बढनुभयो । २००४ सालको नागरिक अधिकारका लागि गरिएको आन्दोलन, २००७ सालमा भएको दिल्ली सम्झौताको विरोधको आन्दोलन लगायत २०४६ सालको प्रजातन्त्र स्थापनाको आन्दोलन । यी सवै आन्दोलनमा पटक–पटक जेल हिरासत यातना पनि भोग्दै आउनुभयो । यो आन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्रले बाध्य भएर वार्ताका लागि नेताहरूलाई बोलाउदा उहाँ पनि वार्तामा सहभागी भै एक निडर महिलाका रुपमा प्रस्तुत हुनुभयो । प्रजातन्त्र पुर्णरुपमा स्थापना नभएसम्म आन्दोलन नरोकिने अडान साहानाले राजासंग राखेको इतिहास हाम्रा सामु साक्षी छ ।

आज नेपाली महिलाले जे जस्ता हक अधिकारहरू प्राप्त गरिरहेका छन ती सवैका पछाडि साहाना प्रधान लगायतका कयौँ हाम्रा अग्रज दिदी आमाहरूको योगादान हो । आज महिला हिंसा विरुद्घको अभियान अगाडि बढेको छ । राजनीतिक पार्टी लगायत राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता, आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था, सम्पत्तिमा समान अधिकार प्रजननमा अधिकार राज्यका महत्वपूर्ण पदमा पनि महिला सहभागिता जस्ता कुरा सबिधानमै उल्लेख भएका छन । पूर्ण प्रजातन्त्र र दीगो शान्ति तथा मानवअधिकार, महिलाको राजनीतिमा सहभागिता, शिक्षा र रोजगारीमा पहुँच जे जति प्राप्त भएको छ त्यो सवै हाम्रा अग्रजहरूका देन हुन् । अग्रजहरूको साहस र संकल्पले आज हाम्रो देशले प्रजातन्त्रबाट गणतन्त्र समेत पाप्त गरिसकेको अवस्था छ । देश नयाँ सविधानमार्फत परिर्वतनको संघारतर्फ अगाडि बढिरहेको छ ।

आज हामीले पाएका हक अधिकारहरूको प्रयोग गरिरहदा, हामीले पाएको स्वतन्त्रताको अनुभुति गरिरहँदा हाम्रा अग्रजहरूको त्याग र बलिदानलाई भुल्यो भने हाम्रा अधिकार खोजीका पाइलाहरू आफै रोकिने छन् । तसर्थ अग्रजहरूको बौद्घिक व्यक्तित्व, जोस, जागर र उहाँका आदर्शबाट शिक्षा लिएर अगाडि बढनु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ । महिला सुरक्षा दवाव समुह साहानाका आदर्शहरुलाई जिवन्त राख्न प्रयत्नशिल छ । महिलाको पहिचान र सम्मान महिलाले नै गर्र्ने कुराको थालनी यो सस्थाबाट भएको छ, जुन निकै महत्वपूर्ण पनि छ । अहिले हाम्रा अधिकारहरू संविधानमा लेखिएका मात्र छन्, तिनलाई भोग्ने अधिकार अझै प्राप्त भएको छैन् । अधिकार भोग्नका लागि सक्षम र योग्य बन्न पनि उत्तिकै जरुरी छ ।

अव हामी हाम्रा अग्रजहरूका देनलाई आत्मसात गर्दै देश विकासमा अगाडि बढनुपर्दछ । अवका दिनमा हामी महिलाले प्राप्त भएका उपलब्धिलाई संरक्षण र सस्थागत गरौँ । थप उपलब्धिका लागि सघर्ष गराँै । अग्रणी नेता साहाना प्रधानको आज जन्मदिन उहाँप्रति हार्दिक श्रद्धासुमन ।।।

2835 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank