सहभागिताका लागि : दृष्टिकोणमा सुधार र व्यवहार निखार चाहिएको छ

सन्दर्भ : अन्तराष्ट्रिय नारी दिवस

बुधबार, फाल्गुन २५, २०७३



- सीता ओझा

मानव जातीको उत्पति र विकासक्रमको अध्ययन गर्ने हो भने पृथ्वीको उत्पती पश्चात जब चराचरजिवको उत्पती र विकास भयो अनिमात्र मानिस जातीको उत्पति र विकास भएको देखिन्छ । मानव जातीको विकासको गतिलाई बढाउन र जोगाउन महिला र पुरुषको समान भुमिका रहेको कुरा तथ्यले बताउछ । त्यस्तै मानवको विकासको कालखण्डको अध्ययन गर्दा पनि कामको आवश्यकता हेरि गुजाराकोक्रममा महिला र पुरुषको अस्तित्व र भुुुमिका स्थान अनुसार बराबरी र महत्वपुर्ण रहेको कुरा इतिहासले पुष्टि गरेको छ । सव्यताको विभिन्न खण्डमा भएका समाजका विकासक्रमको अध्ययनले परुुुुषले भन्दा बढि जिम्मेवारी लिएर मुलुकको विकास र सम्वृद्दिका लागि सकृय सहभागिता गरेको ऐतिहासिक तथ्य सबै सव्यताभित्र पढ्न पाइन्छ । यसरी भेटिएका तथ्य र प्रमाणको आधारमा सव्यता र विकासको कालखण्डको अध्ययन र विश्लेषण गर्दा मानविय आवश्कता, विकासक्रमले दिएको दायित्व र दायित्वको व्यबस्थापनमा महिला र पुरुषलाइ जैविकीय गुणका आधारमा बुझ्न र विश्लेषण गर्न अलिक सजिलो हुन्छ ।यसरी विश्लेषण गर्दा विशेष गरेर नेपालमा पाँचओटा सव्यताभित्र र त्यसको विकासक्रमसँग महिलाको सहभागिता र सकृयतालाई पहिचान गरि भुभिकासगं जोडेर हेर्याे भने अहिले उठेको महिलाको सहभागिताको आवश्यकता बुझ्न सजिलो हुन्छ ।

शाक्त र शैवसव्यता ः यो सव्यतालाइ मानव जातीको विकासको पहिलो सव्यताको विकासक्रमको रुपमा लिनुपर्दछ । यसकालखण्डसम्म आइपुग्दा मानिसले परिवार, नीजि सम्पति र राज्यको कल्पना गरिरहेको अवस्था थियो । यो काल खण्डमा नेतृत्व विशेष गरेर महिलामा नै थियो । विस्तारै महिला बालबच्चाको स्याहार र  घरको व्यवस्थापनतिर केन्द्रीत हुने कुरा पारिवारीक जिम्मेवारी,आवश्यकता, सृष्टीको निरन्तरता,उत्तराधिकरीको स्वामित्वमा अपनत्वका कारण घरभित्र मात्र सिमित हुन थाल्दैथिए । त्यो कुरा त्यो समयमा मानवको मानविय आवश्यकताको युगको रुपमा विकास भएको कुरा थियो ।सबै आवश्यकताहरु मानवकै अनुभुति र प्रयोगमा निरभर थिए । मानव जिवनका आवश्यकताहरु आफै आविष्कार भइरहेका थिए । यसरी बुझ्दा यो समयसम्म महिलाको भुमिकालाई समानतापुर्ण भएको कालखण्डकोरुपमा सजिलै बुझ््न र बुझाउन सक्ने समय भन्न र लिन सकिन्छ ।

शिव अथवा शैव सव्यताभित्र आर्य र मङ्गोल विचको हत्या ह्रिसा,युद्ध र दम्ब विरुद्द राजनीतिक सन्तुलन,मानवतावाद र सहष्णिुताकालागि महिलाको समन्वयकारी भुमिकाको कालखण्डको रुपमा लिन सकिन्छ । सो कुरा तीज पवको उत्पति र विकासको क्रम पढ्दा थाहा हुन आउछ । जव मानिसले परिवारको कल्पना गर्याे अनि मात्र पारिवारीक आवश्यकता र सङ्गरक्षणलागि निजी सम्पतिको महसुस भयो । निजी सम्पतिको आवश्यकताले समुहको विकास र सामुहिककार्य गर्न मानिसलाई बाध्य पार्याे । यहि बाध्यताले गण ,कवलिा हुदै मानिस राज्यको परिकल्पना सम्म पुगेर राज्य बनाएको कुरा ऐतिहासिक अध्ययनको विश्लेषणबाट प्रष्ट हुन्छ ।यस पछि पहिले जिम्मेवारी बहन गरिरहेका महिलाहरु विस्तारै समुहबाट राज्यतिर फट्को मार्ने क्रममा बालबच्चा,खानपान र अन्य ब्यवस्थापनका कारण अप्रत्यक्षरुपमा भुमिकाबाट हराइरहेका थिए । यसरी यो समयको विकासक्रमसम्म परिवार व्यबस्थापन देखि राज्य सञ्चालन सम्म महिलाको पहुँच रहेको कुरा महाभारतकालमा राजा सन्तनु ,गंगा,मत्स्यगन्धा र विचित्रविरका दाजुभाइको निसन्तान देहबसानले निम्त्याएको उत्तराधिकारीको समस्याको समाधान वा निकासमा अबलम्वन गरिएको विधी र प्रकृयाको विश्लेषणबाट सजिलै बुझ्न सकिन्छ ।

यो हैसियतको प्राप्ति पछि आफनो समुहको शक्तिको सन्तुलन मिलाउन राम्रैसंग महिलाहरुलाइ प्रयोग गरेर वा गराइएर सुरुवात गरेको इतिहास पटक पटक हामीले पढ्ने र बुझ्ने गरेका छौ । यसपछि क्रमस महिलाहरु विभिन्न बहानामा प्रयोगगर्न र प्रयोग हुन थालेको पाइन्छ । त्यस ज्वलन्त उदाहरणका रुपमा हामीले द्रोपदीलाइ लिन सक्छौ । पछि महिलाहरु निर्णय गर्ने ठाँउमा नहुने र खासगरि बाहिरीकामको जिम्मेवारी विशेष जम्मिेवारी नपाउने कारण विस्तार महत्व नै नदिने प्रचलनको सुरुवात पनि यहि कालखण्डबाट अत्याधिक बढे्को पाइन्छ । शिवकालिन समयको मध्य समयबाट नै महिलाहरु वँशियरुप मै विराशत विलनि हुन र गराउने क्रम सुरुवात भइसकेको अवस्था देखिन्छ । यसरी विश्लेषण गर्दा- अध्ययन गर्दा महिला आदीमकालको मध्य समयबाटै विस्तारै विस्तापित हुदै र गराइदै पनि थिए । त्यसबेला त्यसरी बाहिरीकाममा सहभागितामा हुदै गरेको ह्रासले विकासको पछिल्लो कालमा यसरी असर गर्नेछ भन्ने ज्ञान पनि थिएन होला ।

विस्तारै महिलाहरु राजकाज ,शक्तिको सन्तुलन वा समुहको मजबुतिका लागि यौनिकताको उपयोगकोगर्ने विधिमा प्रयोग हुन थाले । यौनिकता मानविय आवश्यकताको अजय शक्ति थियो । तर भन्न र भनाउन सकिरहेका थिएन । यो विषय अहिले पनि पुर्वियसव्यतामा कठिन नै बनाइएको छ ।अझै हामीले यौनलाई अजय शक्ति मान्न चाहानौ । यौनलाई गोप्य तर नभइ नहुने स्थानमा राखेर कुरा गर्ने गछौ । जवसम्म यौनलाइ मानवजातीको जैविक विकासको महत्वका रुपमा महत्व दिएर राजनीतिक छलफलको विषय बनाइन्न त्यो बेला सम्म महिला शक्तिमा पुग्ने कुरा निकै कठिन कार्य नै हुनेछ । यस्ता विषयमा बहस नभए महिला मात्र घरायसीकामको कामदार हुने खतरा अहिले पनि देखिन्छ । त्यो पनि यौनिक दासको रुपमा ।यस्ता कार्य महिला ह्रिसाको रुपमा सरल तरिकाले नाता जोडाएर, जोडिदिएर, जर्वजस्त गरेर,अपहरण वा गीत सङ्गीत र नृत्य अनि मनोरञ्जनको माध्यममा कुटनैतिक सरलताको विधी अबलम्बन गरेर । यस्ता कुराको सुरुवात देव र दानवको नाम होस या राज्य जोगाउने वा आफनो अस्थित्व बचाउने विभिन्न नाममा गरिएका सतित्व हरण या दानवीय शक्तिको पराजयको नाममा भएका युद्दहरुमा महिलाहरुलाइ उनिहरुको यौनिकताको उपयोग गरेर वा हुने र गराउने  उद्देश्यले मात्र विशेष जिम्मेवारी दिएका छन ।

त्यसैले अहिले पनि महिलाले थाहा पाउनै पर्ने विषय  राजनीतिमा यस्ता जोखिमहरु देखिए वा शक्ति र पदमा हुदा आफ्नोलागि आवश्यकता जस्तो लाग्यो भने महिलाको यौनिक अधिकार जोखिममा पर्छ र पारिन्छ, दोष महिलालाइ लगाइन्छ, फाइदाभने पुरुषलाइ नै हुन्छ ।  त्यसतो अवस्थामा शक्तिको असन्तुलन र पदको दुरुपयोग  गर्ने पुरुष भन्दा साधारण काममा भएको महिलालाइ खराब बनाइन्छ । त्यो पुरुषको नैतिक मुल्य मान्यता भन्दा ठुलो उसको दल वा समुह हुन्छ । उनीहरुको समुहको इज्जतकोलागि त्यो महिलाको यौनिकता,सपना र स्वतन्त्रता स्खलन गर्ने परिपाटीको अधिक विकास यहि समयबाट बढेको थियो । त्यसको परिस्कृतरुप अहिले सम्मै छ । यो नै महिला अधिकारको प्राप्ति र उपभोगमा देखिएको अहिले सम्म कै प्रमुख चुनौति बनेको छ ।

विकासकोअर्को चरणमा विस्तारै मानवजातीको विकास राज्य,शक्ति,सत्ताकालागि महिलालाई घर परिवार,सम्पतिको ब्यवस्थापन, नाता सम्बन्ध, पशुमाल बालबच्चा र पतिको सङ्गरक्षणका लागि मात्र हेरियो र महिला पनि त्यसैमा रमाउन थाले ।त्यो उनीहरुको बाध्यता थियो । फरक जिम्मेवारीको विषय सोचेनन÷सोचिएन । त्यसको जिवन्त उद्धाहरण मिथिला सव्यताका प्रसिद्ध राजा जनकले आफ्नी पौरखी छोरी सीताको विवाहमा गरेको वा देखाएको बढकपन या सीताले गरेको स्वयंंवर प्रकृयाको विश्लेषण गर्दा थाहा पाइन्छ । यी र यस्ता विषय राजा जनकले आफ्नो शक्ति र मानको स्थान प्राप्तिकालागि देखाएको सान सौगात र कन्याको दानको उपहारले,शक्तिशाली घर र राजघरनासगँ नाता जोड्न,आफ्नो राज्यको सुरक्षाको बन्दोवस्ति मिलाउन सिवाय खास अरु कुनै महत्व राखेको अध्ययनमा भेटिन्न । यसरी महिलाको काम वा राजनीतिक दायित्व र भुमिकाको आवश्यकताको महसुस गरि राज्यको अङ्ग नै नबनेको तथ्य छर्लङ्ग देखिन्छ । सङ्गरक्षण या सहभागितामा भन्दा लोककल्याण र दान पुन्यकालागि मात्र प्रयोग हुने र गरिने परम्परा त्यस पछि अझ बढेको पाइन्छ । यहि परम्परा शक्ति र भक्तिधाराको प्रभावले महिलाको शक्ति कम्जोर पार्दै दोस्रोदर्जामा पुर्याइयो । विस्तारै राज्यको विस्तारको प्रतिष्पर्दाले हारेका राजामहाराजाहरु मारिने वा बन्धक गरिने । पत्नी,छोरी,बुहारीहरु भोग गरेर सत्ताको श्री को मनोरञ्जन लिने प्रचलनले महिला कम्जोर मात्र होइन निरिह बन्न पुग्यो ।

पुर्विय सव्यताको विकासक्रमले देखाएको मानवविकासक्रममा लैङ्गगिक सन्तुलनको हेक्का राखेको खास कतै पाइदैन । त्यस्तै शिक्षाको विकासको थालनी पनि मात्र राजकाज, राज्य सञ्चालन साथै राज्यको सञ्चालनार्थ आवश्यक व्यक्ति र ब्राहमण कुल र गुरु पुरोहित हिताय मात्र प्राप्त गर्न पाउने नियमले महिलामात्र होइन सव्यताको कालखण्डका मानवजाति नै अन्धकारमय अवस्थामा जिउन बाध्य भए । यस्तो प्रतिष्पर्दाले साम्राराज्य विस्तारमा पुरुषत्वको उच्च मुल्याकंन र महिलाको अस्तित्व नै जोखिममा परेका मात्र होइन युद्ध आक्रमणका शिकार पनि महिलाहरु नै भएको पाइन्छ । पछिल्लो अवधि छोरीको अस्मिता रक्षार्थ बालविवाहले समाज आक्रान्त बनेकोछ । पुर्वियदर्शनमा महिलाले यो कालखण्डमा यौनीकक्रियाकलापमा प्रयोग हुने र गरिने साधनका रुपमामात्र काम पाउने कुरायस्ता पदमा मात्र महिलाहरु राखेको तथयले देखाउछ । महिलाले,सुसारे,युद्ध अपराधीका रक्षक,भान्से र नर्तकी जस्ता तल्लो तहका बाहेक माथिल्लो तहका जिम्मेवारी पाएको र दिएको भेटिदैन । राजा महाराजाहरुले नै आफ्नो विवाहकालागि कन्याका घरमा गएर वा कुनै पराक्रमबाट कन्यालाई जितेर ल्याउने वा हरणगर्ने, आदी प्रचलन बनाएको देखिन्छ । विवाहमै बहुपत्नी भित्रयाउदा आफुलाई उपल्लो दर्जाको हुने र देखिने वातावरणमा महिला पनि रमे।त्यो समय महिलाको हातमा निणर्य थिएन । महिला मात्र पुरुषको इज्जतकालागि उत्पति र विकास गरेको होकि भन्ने गरि सामाजिक विधीविधानहरुमा व्याखा गरियो ।

अहिलेको समाजमा विकास भएको पति पत्नीविचमा हुनुपर्ने एकनिष्टता विरुद्धको अन्यसगको यौन सम्बन्धमा चाहार्ने प्रवृति त्यसैको अवशेष जस्तो देखिन्छ । यसलाई त्यसमा संलग्न  महिलाले अधिकार ठानेका हुन सक्छन ! स्वतन्त्रता पनि मानेका होलान ! समझ्दारीमा हुने र गरिने कार्यमा परिभाषित गर्न पनि सक्छन तर अहिले संविधानले ब्यवस्था गेको दम्पतीको हक सरासर तोडिएको हुनेछ ।  यस्तो कामले पत्नी वा पतिले एकअर्कालाइ गरिएको अन्तरघात हुनजान्नछ भनेर बुझ्न जरुरी देखिन्छ । यस्तो कार्यले परिवारलाई अन्यायगरेको र परिवारमा अशान्ति भित्र्याउने तत्वको सज्ञा दिदा राम्रो हून्छ । यसलाई विना जोखिम पुरुषले महिलाको यौनिकताको उपयोग गरेर महिलालाई सहभागिताबाट बन्चित गराउन खोज्ने जोखिमका रुपमामहिलाले लिनुपर्ने हुन्छ । अहिले सम्म हामीले सङ्गरचनाकालागि परविारले परिवार कैलागि खोजेर गर्ने परम्परागत सोच अपनाएका छौ । विवाहलाई जव सम्म व्यत्तिको आवश्यकता ठान्दैनौ पति पत्नीमा प्रेम,हार्दिकता र मैत्रि वातावरण बन्न सक्दैन ।यस्ता कुरा हेर्दा सामान्य छन तर महिलाको दम्पतीको हक कुन्ठित पार्रे कारक बन्ने गरेका छन । यी विषय अहिले पनि महिलालाई प्रयोग गर्ने गराउने प्रचलनको आधुनिक तरीका भनेर बुझ्दा राम्रो होला । महिलाले स्वतन्त्रताको उपयोगगर्दा यस्ता विषयमा हेक्का राख्नुपर्ने प्रमुख विषय हो ।

माथिको विषयको विश्लेषणबाट हामी यो निष्र्कषमा पुग्न सक्छौ । अधिकारकालागि भए गरेको पछिल्लो कालखण्डको नागरिकतहको विद्रोह वा जागरण अभियानमा देखएिका महत्वपुर्ण विषयहरु राजनीतिक अधिकारसगै र्धािर्मकसामाजिक सुधारकोबाटोबाट मात्र उठेका छन ।  त्यो योगमायाको समयमा उठाइएको सामाजिक न्यायको अभियान होस या राणा विरोधी र नागरिकको राजनीतिकअधिकारको आन्दोलन नै किन नहोस । । महिलाहरुको सहभागिता सर्मथन मात्र होइन सुधारका अभियान पनि कम महत्वका छैनन् र थिएनन् । तर पनि अझै सहभागितामा किन कन्चुस्याइ ? विकासकालागि सबै जनसख्याको सहभागिता अपरिहार्य छ । सहभागिता भएन भने विकास दिगो हुन्न तर पनि आधाभन्दा बढी जनसख्याको सहभागिताको विषयलाइ जटिल बनाउने प्रचलन दृष्टिकोणीय समस्या हो भनेर अहिले पनि विचारमा सुधार र व्यबहारमा निखार ल्याउन आवश्यक देखिन्छ ।हरेक समयमा महिलालाई कम्जोर पार्न जुनसुकै बहानामा महिलाको यौनिकता नै किन समस्या बनेर देखिन्छ ?त्यहि यौनिकता महिलाको प्रजननहक,सन्तानको उचित पालनपोषणको आवश्यकता हो भनेर मान्न अझै समस्या बनाएर किन महिलालाई पन्साउने गरिन्छ ? अब यस्ता विषयलाई महिलाको बहसको प्रमुख विषय बनाउनु पर्दछ होला ।अब गरिने बहसहरुमा महिला र पुरुष दुबै सम लैङ्गगिक दृष्टिकोण बाट बहसकालागि तयार हुनुपर्दछ नत्र प्राप्त उपलब्धि गुम्ने खतरा पनि देखिन्छ ।
लेखिका  महिला अध्ययन केन्द्रकी अध्यक्ष हुनुहुन्छ

1960 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank