राप्रपा महाधिवेशनः किन खोजिदैछ प्रचण्ड र कमल थापाको मिलन ?

विश्लेषण

आइतवार, फाल्गुन ८, २०७३



यो संसारमै हुन नसक्ने र नभएको सपना कमल थापाको पार्टीले देख्दै गर्दा प्रचण्ड राप्रपासंग भावनात्मक रुपमा किन एकताका कुरा गर्दैछन ? प्रचण्डलाई अर्को चमत्कार देखाएर राजासहितको तथाकथित संवद्र्धनवादको नाममा आफूसंग मिल भनेर भृकुुटीमण्डपबाटै आव्हान गर्ने क्षमता र साहस कमल थापाले कहाबाट कसरी पाईरहेका छन ?


 

राप्रपाको जारी महाधिवेशन त्यो दललाई अरु कुन दलले बढी आफ्नो बनाउने भनेर रस्साकस्सी देखाउने मन्च बन्यो भन्दा पक्कै अतिशयोक्ति हुने छैन । खासगरी जनयुद्धको पृष्ठभुुमिबाट सत्ता राजनीतिमा उदाएका प्रधानमन्त्री प्रचण्ड र विपक्षी दलका नेता केपी ओलीले राप्रपा महाधिवेशनको उदघाटन सत्रमा व्यक्त गरेका विचारले राप्रपा अब पुराना पञ्चहरुको क्लव वा प्रतिगामी शक्तिहरुको झुुण्डमा मात्रै सीमित नरहेको सन्देश प्रचण्ड र ओलीहरुले नै प्रवाह गरेका छन ।

२०४६ को प्रजातन्त्र पुर्नस्थापना गर्ने वाम प्रजातान्त्रिक संयुक्त संघर्षका सहयात्री कांग्रेस एमाले तथा २०६३ को जनआन्दोलनका सहयात्री दल काँग्रेस, एमाले र माओवादीका सभापति तथा अध्यक्षहरुले राप्रपाको प्रशस्ती गाईरहदा त्यो आन्दोलनका योद्धाहरुले कस्तो अनुुभुुति गरे होलान ? त्यो पाटो फरक छ, तर सत्य त्यही हो, प्रजातन्त्रका लागि लड्नेहरु आन्दोलनले हराएकाहरुसंग अब मिलापका सूत्र र सहकार्यका अवसर हेर्न विवश हुन थालेका छन । यसको एक खुल्ला संस्करण राप्रपा महाधिवशेनमा पनि देखिएको छ, पोखिएको छ ।


एमाले अध्यक्ष ओलीले संघीयतालाई बाख्राको टाउकोमा भैंसीको सिंगका रुपमा दिएको उपमा होस वा एमाले उपाध्यक्ष वामदेव गौतमले संघीयतालाई विषका रुपमा गरेको टिप्पणी होस, नेताहरुको तर्फबाट राप्रपासंगको कार्यगत एकता वा सैद्धान्तिक सामिप्यताका उदाहरण हुन ।


कमल थापाको करिष्मा
अवसरवाद र कमल थापा एक अर्काका पर्याय बनेको कठोर राजनीतिक यथार्थका वावजुत कमल थापा यो महाधिवेशनमा सबैका लागि करेष्मेटिक पात्र बने । खासगरी नेकपा एमाले अधयक्ष केपी ओलीले राप्रपा महाधिवेशनमा डा. बाबुुराम भट्टराईको नयाँ शक्ति लगत सिद्धान्तका जगमा बनेकोले राप्रपालाई नयाँ शक्ति बन्न तथा एमाले बाहेकका दललाई धक्का दिन दिएको शुुभकामना निकै अर्थपूर्ण छ । ३० वर्षे पंचायतमा तिनै पञ्चहरुको कारण जेल बसेर वा झापा विद्रोहको आलोकमा हाल एमालेका शक्तिशाली र लोकप्रिय अध्यक्ष बनेका ओलीले नै राप्रपालाई वैकल्पिक शक्ति बन्न कामना गर्नुुपर्ने राजनीतिक वाध्यता एक औपचारिक राजनीतिक दलको भाईचारा मात्रै होईन, भूधरातलीय राजनीतिक शक्ति सन्तुलनको वाध्यता पनि हो ।

ओलीले कमल थापासंग ९ महिने सत्ता सहयात्रा गरेको अनुुभव मात्रै छैन, राप्रपा र एमालेका धेरै नेताहरुको संघीयता विरोधी मतमा एकरुपता छ । एमाले अध्यक्ष ओलीले संघीयतालाई बाख्राको टाउकोमा भैंसीको सिंगका रुपमा दिएको उपमा होस वा एमाले उपाध्यक्ष वामदेव गौतमले संघीयतालाई विषका रुपमा गरेको टिप्पणी होस, नेताहरुको तर्फबाट राप्रपासंगको कार्यगत एकता वा सैद्धान्तिक सामिप्यताका उदाहरण हुन ।

अझ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपालाई मित्र शक्ति देख्दै उनीहरुको महाधिवेशनमा गरेको प्रशंसा प्रचण्डलाई भन्दा बढी सुुन्नेहरुलाई तीन छक पार्ने खालको छ । राप्रपासंग मिलौं मिलौं लाग्ने रहर प्रचण्डलाई तेस्रो दल भएपछि पलाएको छ । अझ दोस्रो पटक सत्ताको बागडोर सम्हालेका बेला लागेको छ । चमत्कारिक छलांगका नाममा आफू अनुुकल राजनीतिक र सैद्धान्तिक फड्को मार्न माहिर प्रचण्डलाई कमल थापा वा राप्रपासंग नजिकिने वाध्यता उनको खस्कदो क्रान्तिकारी विगतको स्खलनको सबक हो की उनमा आएको अब पुर्नरुत्थानवादीसंगको सहकार्यमा पुनः शक्ति आर्जन गर्ने स्वार्थ हो ? यो राजनीतिक पण्डितहरुका लागि नयाँ समीक्षाको विषय हो ।

गणतन्त्रसंग राजतन्त्र गाँसिन्छ र ?
राजावादीहरुका लागि एकल नेता झैं बनेको राप्रपाले राजासहितको हिन्दुु राज्य पुर्नस्थापनाको राजनीतिक लाईन पारित गरिसकेको छ । अपत्यारिलो सिद्धान्त राप्रपाले तय गरेको छ । गणतन्त्र र संघीयता वर्तमानको यथार्थ भएकोले स्वीकार गर्ने । अनि गणतन्त्रमा राजतन्त्रलाई पनि स्थान दिने । परिवर्तनका शक्तिहरु काँग्रेस, एमाले र माओवादीलाई पनि मनाएर राजसंस्था र हिन्दू राज्य पुर्नस्थापित गर्ने । यो संसारमै हुन नसक्ने र नभएको सपना कमल थापाको पार्टीले देख्दै गर्दा प्रचण्ड राप्रपासंग भावनात्मक रुपमा किन एकताका कुरा गर्दैछन ? प्रचण्डलाई अर्को चमत्कार देखाएर राजासहितको तथाकथित संवद्र्धनवादको नाममा आफूसंग मिल भनेर भृकुुटीमण्डपबाटै आव्हान गर्ने क्षमता र साहस कमल थापाले कहाबाट कसरी पाईरहेका छन ? राजनीतिमा असंभव केही हुुन्न भनिए पनि यी कथनहरु मासको ताली खान र र सबैको जाती हुन मात्र्र बोलिएका नहुुन सक्छन ।


राप्रपाका लागि त गणतन्त्र सित्तैमा मिलेको जिनिस हो । उसले गणतन्त्रवादीलाई काखमा राखेर हसाउँदा हसाउँदै, खेलाउँदा खेलाउँदै राजतन्त्रको छाता ओढाउन खोजेको हो भने सचेत हुुनपर्ने गणतन्त्रवादीहरुले नै हो ।


देशले वर्ष ०७३ को प्रजातन्त्र दिवस मनाउनुु ठीक एक दिन अघि फागुन ६ बाट सुुरु राप्रपाको पहिलो एकता महाधिवेशन उसको पार्टी जीवनको सबैभन्दा ठूलो कुुम्भ मेला हो । पार्टीको नारा र नाम नै प्रजातन्त्रसंग जोडिए पनि कठोर सत्य त्यही हो की प्रजातन्त्रका लागि कुनै बलिदानीपूर्ण संघर्ष बिना नै प्रजातान्त्रिक महिसा दल सावित हुने हक पाएको छ राप्रपाले ।

 राप्रपाका लागि त गणतन्त्र सित्तैमा मिलेको जिनिस हो । उसले गणतन्त्रवादीलाई काखमा राखेर हसाउँदा हसाउँदै, खेलाउँदा खेलाउँदै राजतन्त्रको छाता ओढाउन खोजेको हो भने सचेत हुुनपर्ने गणतन्त्रवादीहरुले नै हो । के त्यसमा प्रचण्डको निरन्तरतामा क्रमभंगता र क्रमभंगतामा निरन्तरत ागर्ने प्रचण्डपथको स्खलित क्रन्तिकारीता सचेत छ ? ओलीको राष्ट्रवादी अडान कति प्रखर रुपमा सफेद सुुझबुुझपूर्ण छ ?


थापा गाई चुनाव चिन्हधारी राप्रपा नेपालका अध्यक्ष हुन भने डा. लोहनी हलो पार्टीधारी गणतन्त्र मान्ने राप्रपाका हालका अध्यक्ष हुन । उनीहरु दुुबै महाधिवेशनसम्म एकीकृत भएर आएको दलका अध्यक्षद्धय पनि हुन ।


पूर्वराजाको शक्ति परीक्षाः
महाधिवेशन यो एक पार्टी राप्रपाको भए पनि खासमा यो छिमेकी भारत, पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका घरेलुु गणतन्त्रवादी दलहरुको त्रिपक्षिय शक्ति भीडन्तको महाकुुम्भ जस्तो हुुन पुुगेको छ । राजावादी राप्रपा नेपाल र गणतन्त्रवादी राप्रपा वीच मंसिर ६ मा भएको पार्टी एकतापछिको यो महाधिवेशनमा सर्वसम्मत अध्यक्षका लागि भएको लिखित सहमतिका मसी २४ घण्टाका दौरानमै बिलाईसकेको छ । यसले यो दलमा अध्यक्षका प्रत्याशीका रुपमा कमल थापा र डा. प्रकाशचन्द्र लोहनीलाई सतहमा उतारिसकेको छ ।

थापा गाई चुनाव चिन्हधारी राप्रपा नेपालका अध्यक्ष हुन भने डा. लोहनी हलो पार्टीधारी गणतन्त्र मान्ने राप्रपाका हालका अध्यक्ष हुन । उनीहरु दुुबै महाधिवेशनसम्म एकीकृत भएर आएको दलका अध्यक्षद्धय पनि हुन । अब उनीहरु महाधिवेशनका मैदानमा एक अर्काका प्रतिद्धन्दी हुने तय भैसकेको छ ।


राजाले फोन नै गरेर कमल थापालाई शुुभकामना दिए भन्ने प्रचारवाजी सत्य नभए पनि उनले थापाको नेतृत्वप्रति शुुभेच्छा प्रकट गरेकै हुुनुुपर्छ, व्यक्त वा अव्यक्त रुपमा । किन भने कमल थापाले पनि राजतन्त्रका कुरा गर्न छोेडिदिए ज्ञानेन्द्र एकलो हुदै जाने छन, राजनीतिक रुपमा ।


हल १२ दिने तराई मधेश भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहका लागि राप्रपा महाधिवेशन अति नै चासो र उत्साहको राजनीतिक मेला हो । कारण यही एउटा दल हो, जो शासन सत्तामा कुुनै न कुुनै रुपमा राजसंस्थालाई फर्काउन चाहने पूर्व राजा शाहको प्रयाशको प्रतिनिधित्व यही दलले गर्छ । कमल थापाले राप्रपालाई राजाको भजन मण्डली दल हैन भनेर स्पष्टीकरण दिए पनि राजतन्त्रको वकालत र हिन्दूू राज्य पुर्नस्थापनको मागकै आड्मा कमल थापाको राप्रपा नेपाल संसदमा चौथो ठूलो दलका रुपमा उदाउन सकेको मात्रै सत्य हो ।

राप्रपा नेपालले राजतन्त्रको मुद्धालाई चर्को रुपमा उरालेकै कारण उसले राजावादी कित्ताको मुख्य दल आफूलाई बनाउन सकेको हो । हाल पूर्वराजा आफैं कडा वक्तव्यहरुसहित सक्रिय भैरहेको बेला कमल थापाको राप्रपा केही मौन र केही शालिन भएकोले यस पार्टीको महाधिवेशनले लिने नीति तथा आउने नेतृत्व पूर्वराजा ज्ञानेन्द्रका लागि निकै प्रतिक्षापूर्ण छ । राजाले फोन नै गरेर कमल थापालाई शुुभकामना दिए भन्ने प्रचारवाजी सत्य नभए पनि उनले थापाको नेतृत्वप्रति शुुभेच्छा प्रकट गरेकै हुुनुुपर्छ, व्यक्त वा अव्यक्त रुपमा । किन भने कमल थापाले पनि राजतन्त्रका कुरा गर्न छोेडिदिए ज्ञानेन्द्र एकलो हुदै जाने छन, राजनीतिक रुपमा । संसदमा प्रतिनिधित्व गर्ने दल नै कमल थापाको दल हो पूर्वराजाका लागि साहारा ।


भारतीय रुचि डा. लोहनीलाई नै नयाँ नेता बनाउने हो की कमल थापालाई नेता बनाउने हो भन्ने देखिने गरी प्रकट भएको छैन तर बन्दसत्रसम्म पुुग्दा त्यो झल्को देखिने गरी सतहमा आए अब अनौठो मानिने छैन ।


भारतीय स्वार्थ हिन्दूत्व:

छिमेकी भारत र खासगरी हालको सत्तारुढ दल भारतीय जनता पार्टी नेपालमा कुनै न कुुनै रुपमा हिन्दुुत्वको पुर्नउदयका लागि शुुभकामना दिने र शुुभेच्छा राख्ने दल हो । हिन्द कुश क्षेत्रलाई नै समग्रमा हिन्दुु राज्य बनाउन लागि परेको भारतीय आरएसएसको डिजाईन अनुुसार विजेपीले नेपालमा हिन्दूराज्यको चर्को माग गर्ने राप्रपामा महाधिवशेन मार्फत हिन्दूवादी शक्ति, नीति र नेतृत्व आओस भन्ने अपेक्षा राख्नुु अस्वभाविक हैन । किन भने नेपालका कुुनै पनि दल भारतीय सत्ता राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभावबाट मुक्त छैनन । र , राप्रपाको यो महाधिवेशन त्यो खाले भारतीय छायाँबाट मुुक्त हुन सक्दैन ।

भारतको रुचि कमल थापा हुन की डा. प्रकाशचन्द्र लोहनी भन्ने एकीन भैसकेको छैन । तर डा. लोहनीले शीर्ष चार नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा , डा. लोहनी र थापा बीचको वुधवारको सहमति बिहिबार नै तोडेकोले यो सहमति उलंघनमा भारतको कुनै न कुुनै चलखेल छैन भन्न सकिन्न । पशुुपति समशेर राणा भारतले पत्याएका राप्रपाभित्रका सबैभन्दा जाने मानेका नेता हुन । उनी मौन रहदै उनको कित्ताबाट डा. लोहनीले संझौताको औचित्य समाप्त भएको र आफू पार्टी विधान, चुनाव चिन्ह हलोको रक्षार्थ उभिएको घोषणा गर्नुु भारतीय ईशारा बिनाको मात्रै कर्म हुन सक्दैन । भारतीय रुचि डा. लोहनीलाई नै नयाँ नेता बनाउने हो की कमल थापालाई नेता बनाउने हो भन्ने देखिने गरी प्रकट भएको छैन तर बन्दसत्रसम्म पुुग्दा त्यो झल्को देखिने गरी सतहमा आए अब अनौठो मानिने छैन ।


कम्तिमा वर्तमान संसद र सत्तासमीकरण रहदासम्म संसदमा ३७ सिट भएको राप्रपा सत्तापक्ष वा विपक्षी सबै गणतन्त्रवादी दलका लागि एक साहारा दल हो ।


गणतन्त्रवादीलाई राप्रपा भरः
घरेलु राजनीतिक शक्ति काँग्रेस, एमाले वा माओवादी वा मधेशवादी कुनै पनि गणतान्त्रिक शक्तिका लागि पनि राप्रपामा राजावादी भन्दा गणतन्त्रवादी धार, नीति र नेतृत्व आओस भन्ने चाहना र त्यसै अनुुरुपको शुुभकामना हुुनुु अस्वाभाविक होईन । किन भने कम्तिमा वर्तमान संसद र सत्तासमीकरण रहदासम्म संसदमा ३७ सिट भएको राप्रपा सत्तापक्ष वा विपक्षी सबै गणतन्त्रवादी दलका लागि एक साहारा दल हो । संविधान निर्माणमा सहयोगी र कार्यान्यनमा पनि लचिलो सहयोगी बन्दै आएको राप्रपालाई गणतान्त्रिक कित्तामा थप प्रतिवद्ध भएर महाधिवेशनबाट फर्कियोस भन्ने शुुभेच्छा गणतन्त्रवादीहरुको रहनुु स्वभाविक हो ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावको मिति तोक्ने र संसदमा रहेको संविधान संसोधन किनारा लगाउने स्वार्थकै लागि व्यस्त दैनिकीका बीच राप्रपाको उदघाटन सत्रमा सहभागीता जनाएर सबैलाई तीनछक पार्नेगरी गरेको भाषण स्मरणीय छ । काँग्रेस वा एमालेका नेताहरुले पनि आफुु अनुुकुल राजनीतिक मित्रता बढाउनै राप्रपा महाधिवेशनलाई शुुभेच्छा दिएका छन ।

यसरी संसदको चौथो ठूलो दल राप्रपाको महाधिवेशनमा कोे जित्ला राप्रपामा भन्ने त अझै क्लीयर छैन । तर अनुमान कमल थापा नै नयाँ नेतृत्वका रुपमा अनुमोदित हुने गरिदैछ । यो त तीन हजार बढी प्रतिनिधिले नै फैसला गर्लान । तर बिस्थापित शक्तिको यो स्तरको शक्ति आर्जनबाट गणतन्त्रवादी, प्रजातन्त्रवादी दलहरुले पाठ चाहि सिक्लान की नसिक्लान ?

6802 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank