अबको आन्दोलन बेरोजगारी, अशिक्षा, रोग र भोकविरुद्ध केन्द्रित हुनेछ

मङ्लबार, जेष्ठ १, २०७५



- रमेश पौडेल अध्यक्ष, युवा संघ नेपाल

संविधान सभाबाट संविधान निर्माण र जारी भइसकेपछि धेरै विषय संस्थागत भएका छन् । अव कार्यान्वयनको दिशामा अगाडि बढ्नुपर्छ । यसअर्थमा फेरि पनि अधिकारको झण्डा, विषयबस्तु उठाउने भन्दा पनि रोजगारी, समृद्धि र विकासका मुद्दामा हामी केन्द्रित हुनेछौँ । नेपालमा ४३ प्रतिशत युवाको जनसंख्या छ । सवैभन्दा धेरै बेरोजगार पनि युवा छन् । त्यसकारण अवको हाम्रो आन्दोलन बेरोजगारी, अशिक्षा, रोग, भोकका विरुद्ध केन्द्रित हुनेछ । समृद्धि, स्वास्थ्य, शिक्षा, रोजगारी, खुःसी अव हाम्रा मुद्दा हुनेछन् । त्यसका लागि कसरी जाने भनेर योजनागत रुपमा युवाहरूलाई समृद्धिमा जोड्ने, युवाको स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा अभियान चलाउने, युवामा आशा भर्ने, उर्जा भर्ने र खुःसी भर्ने अभियान सञ्चालन गर्नेछौँ । यी नै युवा संघको अहिलेको प्रधान विषय हुन् । यसैमा केन्द्रित भएर सिंगो आन्दोलनलाई परिचालित गर्छौँ ।

उत्पादनमा युवा
हामी सीटीईभीटी, युवा स्वरोजगार कोष, युवा परिषद लगायत सरकारी निकायहरू र युएनडीपी, इभेन्ट लगायतका कार्यक्रम, सवै राजनीतिक दलका युवा संगठनहरू, संघसंस्थाहरू सवैको साथ सहयोग लिएर हरेक युवालाई सिप र रोजगारी दिने अभियान सञ्चालन गर्न गइरहेका छौँ । समृद्धि र सुशासनका लागि युवा परिचालन अभियानका रुपमा हामीले यो अभियानलाई अगाडि बढाउँछौँ । एक युवा, एक सिप, एक रोजगारी हाम्रो अभियानको रुपमा रहने छ । कतिलाई सिप चाहिएको छ भने कतिलाई वातावरण चाहिएको छ । व्यावासाय गर्ने वातावरण पनि एउटा सिप हो, कुरा गर्ने कला पनि सिप नै हो । राजनीतिक वातावरण बनाउने कुरा पनि सिपभित्रै पर्छ । प्रत्येक युवाको समृद्धि र ती युवाको परिचालनद्धारा मुलुकको सुशासनको लागि युवा संघ नेपालले युवा परिचालन गर्नेछ ।

तोकिएकै समयमा महाधिवेशन
असोजको ६, ७ र ८ गते युवा संघ नेपालको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ । त्यो मितिमा महाधिवेशन गर्नका लागि महाधिवेशन आयोजक समिति पुनर्गठन गरेका हौँ । माथि उल्लेखित जे–जे अभियान चलाएपनि हाम्रो मुख्य काम महाधिवेशन गर्नु हो । यी सवै विषय महाधिवेशनको ब्यानरमा, महाधिवेशनको तयारी सँगसँगै हुनेछन् । हामीले महाधिवेशनलाई प्रमुख विषय मानेका छौँ । मेरो अर्जुनदृष्टि महाधिवेशन हुनेछ । पार्टी एकता भयो भने पनि महाधिवेशनलाई प्राथमिकतामा राखेर, एकता गरेर पनि महाधिवेशन गराउनु मेरो काम हुने छ । त्यसका लागि मैले सवै खाले भूमिकाहरू खेल्दै महाधिवेशन गराएर सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण गर्ने र युवा संघलाई नयाँ दिशाबाट अगाडि बढाउन म लाग्नेछु ।

अव विवाद रहन्न
संगठनभित्रको आन्तरिक लोकतन्त्र प्रधान विषय हो । हामीले लहान र बुटवलमा नेतृत्व निर्माणका लागि लोकतान्त्रिक विधि अवलम्बन ग¥यौँ । जसका कारणले सांगठनिक जीवनभित्र अलिअलि समस्या पनि देखिए होला । तर अव संगठनलाई गति दिने, जीवन दिने, युवा आन्दोलनलाई आशा भर्ने, समृद्धिमा मुलुकलाई लान आम युवाको अभिभावकत्व ग्रहण गर्नका लागि मैले नेतृत्व लिदै गर्दा पनि अग्रज नेताहरूलाई साक्षी राखेर भनेको छु–म यो या त्यो नाममा कसैलाई अपमान गर्ने छैन । विभाजित हुन दिने छैन र विगतका सवै रेखाहरू अव अन्त्य हुनेछन् । देशैभरका कार्यकर्तालाई म अपिल गर्न चाहन्छु– अव हामी यो या त्यो नाममा विभाजित हुने होइन । मुलुकलाई समृद्ध बनाउन एकजुट भएर लाग्नुपर्छ । अव हाम्रो लडाईँ गरिवीको विरुद्ध, अशिक्षाको विरुद्ध हुनेछ । मुलतः यो लडाई वर्गीय हुनेछ । जुन वर्गलाई हामीले माथि उठाउने भनिराखेका छौँ, त्यसका लागि हामी आन्तरिक रुपमा एकजुट भयौँ भनेमात्र सफल भइन्छ ।

242 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank