प्रगतिका लागि दवाव

सन्दर्भः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

बुधबार, फाल्गुन २३, २०७४



- रम्भा पौडेल

विश्वभर मार्च ८ मा १०८ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस “प्रगतिका लागि दवाव” (press for progress) भन्ने नाराका साथ मनाइदैछ । महिला दिवस मनाउनुको उदेश्य मुलतः समाजमा देखिएको लैगिक बिभेदको अन्त्य गर्ने अभियानलाई निरन्तरता दिनु हो । यसका लागि, पारिवारिक सामाजिक, सांस्कृतिक, आर्थिक र राजनितिक क्षेत्रमा महिलाकोे भुमिका बराबरी हुनुपर्नै कुरा नै हाम्रा मुल मुद्धा हुन, जुन अझै सम्म पनि पुर्ण रुपमा प्राप्त हुन सकिरहेको छैनन् । हिजो परिवार भित्रको चौघेरो नाध्न नसकिरहेका महिलाहरु आज भिन्नै स्थान बनाउन सफल भएका छन, यसका पछाडि संसार भरिका महिलाहरुको संघर्षको लामो इतिहास छ ।

संघर्षशील इतिहास

आज भन्दा एक सय सात बर्ष पहिले शुरु भएको यसको इतिहासको आफ्नै महत्व रहेको छ । यो पर्व श्रमिक महिलाको सघर्षशिल इतिहाससंग जोडिएको छ । वर्गीय सत्ता मार्फत् व्यक्त हुने पुरुष सत्ताका सम्पूर्ण दमन, उत्पीडन, हैकम तथा पारिवारिक दासताले थोपरेका सवै प्रकारका श्रम शोषण बिरुद्ध परि लक्षित छ । महिला एकताको प्रतिकको रुपमा स्थापित यो दिन नेपाली महिलाहरुको पनि एक चाड हो ।

  •  युरोपमा औद्योगिक क्रान्ति भएपछि ठुला उद्योगको स्थापनाको लहर आयो । यसले साना उद्योग र हाते तानबाट कपडा बुन्ने, घरेलु उद्योग अन्त्य गर्यो । ठुलो मात्रामा बस्तु उत्पादन गर्ने र बेच्ने परम्पराको थालनी भयो । आफ्नै कुटीर उद्योगको कमाइमा बाँचेका स्वरोजगार श्रमिकहरु विस्थापित बन्न पुगे । अब मजदुरहरु कारखानामा काम गर्न थाले । यो कुरा अठारौं र उन्नाइसौ शताब्दितिरको कुरा हो । मजदुरहरुको श्रमको शोषणबाट नै पुजीपतिहरु मोटाउन थाले । श्रमिकहरु भने १६ घण्टासम्मको कठोर श्रममा जोतिन बाध्य थिए । कम पारिश्रमिक पाउने कुराले उनीहरुको अवस्था दिन प्रतिदिन दयनिय बन्दै गयो । श्रमिकहरुको सम्पुर्ण जीवन पुजिपतिको इच्छामा भर पर्दथ्यो । थोरै तल माथि भयो कि कामबाट निकालिनु पर्ने अवस्था आउथ्यो, जहाँ हक र अधिकारका विषय धेरै टाढाका कुरा थिए । प्रथम र दोस्रो बिश्व युद्धले विश्वका धेरै युवाहरु विनास ग¥यो । कतिपय देशका त गाउँका गाउँ नै युवा बिहिन बन्न पुगे । कारखानामा काम गर्ने युवा शक्तिको अभावले र आर्थिक मन्दीका कारण अब महिलाहरु पनि कारखानामा काम गर्न परिचातिल हुन थाले । महिलाको काम घरभित्र र बच्चा जन्माउने मात्र हो भन्ने सामाजिक मान्यतामा परिवर्तन हुन थाल्यो । पुजिँबादको बिकासले महिलाहरुलाई घरको चौघेराबाट कारखानामा प्रवेश गरायो । अव महिला पनि कारखानाका मजदुर बने तर महिला र पुरुषका वीच संगै र एउटै कामकावीच पनि ठुलो भिन्नता थियो । श्रमको लुटमा विकशित भएको पुजिवादले लैंगिक विभेद मार्फत् झनै ठूलो उत्पीडन र श्रम शोषण गर्न थाल्यो । मानवीयताको कदर हुन सकेन । यही भिन्नतालाई तोड्नका लागि महिलाहरु पनि मजदुर संगठनमा सामेल हुन थाले । सन १७८९मा सर्व प्रथम पेरिसका महिलाहरुले महगी बिरुद प्रदर्शन गरे ।
  •  सन १८३२मा हल्याण्डका महिलाले असमान ब्यबहार र असमान तलव–भत्ताको बिरोधमा आन्दोलनमा उत्रिए ।
  •  सन १८३५ मा बोस्टनका महिलाले १४ घण्टाको कामको बिरोध गर्दै कामको अवधि बढीमा १०घण्टा हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिए
  •  सन १८४८मा अमेरिकाका महिलाले समान अधिकार, पुरुषद्वारा गरिने शोषणको अन्त्य, पढ्न र कमाउन पाउनु पर्ने कुराको माग राखेर आन्दोलन गरे जुन आन्दोलनले घोषणा पत्र तयार ग¥यो ।
  • सन १८५७ मार्च ८का दिन कामको समय ८ घण्टा निर्धारण हुनुपर्ने माग राख्दै अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाले प्रर्दशन गरे ।
  •  सन् १९०७मा जर्मनको स्टुटगार्टमा महिलाहरुको पहिलो सम्मेलन भयो । यो समम्मेलनले महिला नेतृ क्लारा जेटकिनलाई महासचिव चयन ग¥यो । त्यस पश्चात अन्तर्राष्टिय महिला आन्दोलन अझ सशक्त रुपमा अगाडि बढ्यो ।
  •  सन १९०८को मार्च ८मा महिलाहरुले मताधिकारको माग गर्दै प्रर्दशन गरे ।

महिलाहरुले उठाइरहेका मुद्दामा राज्य पक्षले बिषेश चासो देखाएन भने ती कुरा जति सुकै जायज भएपनि पछाडि नै पर्दछन । युरोपमा भएको औद्योगिक क्राान्तिले महिलालाई कारखानासम्म त पु¥यायो तर शोषणबाट भने मुक्ति दिन सकेन । महिलाहरुले बिभिन्न क्षेत्रमा गरिरेहका विरोध प्रदर्शनले समाजलाई एकखालको दवाब त दिएकै थिए तर संस्थागत तवरबाट महिलाको पक्षमा अधिकार स्थापित भने हुन सकिरहेको अवस्था थिएन ।

सन १९४५मा संयुक्त राष्ट्र संघको स्थापना भयो । यसले आफ्नो कार्य क्षेत्रलाई फराकिलो बनाउन थाल्यो । यसै क्रममा यसको एक अंग आर्थिक तथा सामाजिक परिषद्ले संसारभरिका महिलाको अवस्था मापन गर्न एक महिला आयोग स्थापना ग¥यो जसलाइ Comission on the Status of women भनियो । यसै संस्थाको पहलमा पहिलो विश्व महिला सम्मेलन मेक्सिकोमा भयो । यो सम्मेलन महिलाको समानता, विकास र शान्तिका विषयमा लक्षित थियो । सम्पूर्ण सदस्य राष्ट्रहरुले महिला विकास र समानताको सिद्घान्तलाई ब्यावहारिक रुपमा अवलम्वन गर्दै अगाडि बढे । आज चारवटा विश्व महिला सम्मेलन सम्पन भैसकेका छन । यहाँ सम्म आइपुग्दा महिलाका सरोकारका विषयहरुले पनि फराकिलो क्षेत्र बनाएका छन् ।

नेपालमा यसको प्रभाव विश्वमा भएका आन्दोलन र सम्मेलनहरुले नेपाली महिलाहरुलाई पनि जागरुक बनाउन थाले । २००४ सालमा नेपाल महिला संघ र २००८ सालमा अखिल नेपाल महिला संघको स्थापना भयो । अब संगठित रुपबाट नेपालमा पनि महिलाका हक अधिकारको खोजी गर्न थालियो । २००७ को प्रजातन्त्रपछि महिलाहरुबाट नारी शिक्षा र बहुबिबाह, बालबिबाहको अन्त्य, नारी समानताका नाराहरु अगाडि ल्याइयो । थोरै संख्यामा भएपनि छोरीहरु डाक्टर, इन्जिनियर बन्न थाले । महिला संगठनहरुले आ–आफना कार्यक्रमहरुलाई सशक्त ढंगले देशभरि फैलाउन थाले । २०१७ सालमा बहुदलमाथि प्रतिबन्ध लगाइएपछि महिला अधिकारको आन्दोलन पनि स्वभावतः पछाडि प¥यो ।
पंचायती समय भर महिलाहरुले आफ्ना मागहरुलाई ८मार्चकै दिनमा खुलारुपमा बाहिर ल्याउन थाले । यसो गरिरहँदा कति महिलाहरुलाई जेल हाल्ने र यातना दिने सम्मको काम पंचायती शासकहरुले गरे । पंचायतकालामा एक हिसावले यो ८ मार्च नेपाली महिलारुको अधिकार स्थापित गर्ने संघर्षको कोशे ढुँगा जस्तै बन्यो । वि.सं.२०४६ सालको परिर्वतनले महिलाको अवस्थामा धेरै परिर्वतन ल्यायो । शिक्षा, स्वास्थ्य, संचार, सेना– प्रहरी, निजामति क्षेत्र लगायत सवै क्षेत्रमा महिलाहरुको रोजगारीको पहँुच पुग्न थाल्यो । महिलाहरुको राजनितिमा ब्यापक सहभागिता बढ्यो भने अर्को तर्फ अन्तर्राष्ट्रिय सम्म्ोलनहरुले पारित गरेका घोषणा, रणनीतिहरु र सन्धि–महासन्धिहरुको अनुमोदन नेपालले गरिसकेको छ । कार्यान्वयनका लागि योजनाहरु निर्माण भएता पनि ब्यबहारिक कार्यान्वयनमा भने दवाव र अनुगमनको आवश्यकता जरुरी छ ।

वि.सं. २०६२/६३को जनआन्दोलनले महिलाहरुका अधिकारलाई अझ ब्यापक र संस्थागत बनाएको छ । घरभित्र सीमित पारिएका महिलाहरु रोजगारीको खोजीमा अन्तराष्ट्रिय क्षेत्रसम्म पुग्न सफल भएका छन् । दोस्रो जन आन्दोलनले हाम्रो समाजको पुरानो संरचनालाई परिर्वतन गरेको छ । राज्य अब नया सिराबाट अगाडि बढने क्रममा छ । नयाँ सबिधानले दिएका महिलाका हक अधिकारहरु विस्तारै लागू हुदै छन । अहिलेको स्थानीय निकायमा भएको निर्वाचनको परिणमले महिलाहरुलाई घरको चौघेराबाट अझै अगाडि बढाएको छ । वर्तमान संविधानमा महिलाका पक्षमा यी केही राम्रा कुराहरु लेखिएका छन, जसलाई नेपाली महिलाहरुले संघर्षको उपलब्धिको रुपमा लिएका छन् ।

नेपाली महिला आन्दोलनका उपलब्धि

  •  आमाको नामबाट नागरिकता पाउने व्यबस्था भएको छ ।
  •  सम्पत्तिमा समान पहँुच  र नियन्त्रणको ब्यवस्था गरेको छ ।
  •  हरेक क्षेत्रमा महिला सहभागिताको लागि राज्यका सवै निकायमा महिलाको प्रतिनिधित्व समानुपातिक आधारमा गर्ने व्यबस्था भएको छ ।
  •  राज्यका सवै क्षेत्रमा महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गर्ने ब्यबस्था गरेको छ ।
  • राष्ट्रपति वा उपराष्ट्रपति राष्ट्रियसभाको अध्यक्ष तथा उपाध्यक्ष , सभामुख वा उपसभामुख मध्ये एकजना महिला हुनै पर्ने ब्यबस्था गरेको छ । राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगका रुपमा ब्यबस्था गरिएको छ ।
  •  शिक्षा र रोजगारीको क्षेत्रमा महिलालाई बिषेश प्राथमिकता दिइएको छ ।
    बर्तमान अवस्थामा राज्यका महत्वपुर्ण पदहरुमा महिलाकै उपस्थितीले हेर्दा लाग्छ– देश महिलामय भएको छ । पेशा–ब्यवसाय, राजनितिदेखि न्यायिक क्षेत्रसम्म महिलाकै सम्मानजनक उपस्थिती देखिँदैछ भने अर्कोतर्फ बाटो–घाटो, स्कुल–कलेज र कार्य स्थल महिलाका लागि झनै बढी असुरक्षित बन्दै गएको अवस्था पनि छ । महिलाहरु परिर्वतनतर्फ जति उन्मुख बन्दै छन, जति क्रियाशिलता उनीहरुको बढदैछ त्यति नै उनीहरु असुरक्षित बन्दै गएको अवस्था छ । दिनदिनै हत्या–हिंसा र बलात्कारका घटना यसका प्रत्यक्ष उदाहरुण हुन् । समाज पुजिवादी भएको छ । यसबाट महिलाहरु झन् बढी बजारका उपभोग्य वस्तु र विज्ञापनका साधन बन्दैछन । यी सबै परिस्थतीबाट माथि उठ्नका लागि महिलाहरु अझ सशक्त, सक्षम, योग्य र जिम्मेबार बन्न जरुरी छ ।

नयां परिवेश र नेपाली महिला आन्दोलनकारीहरुको जिम्मेवारी

हाम्रो देश अहिले नयाँ युगमा प्रवेस गरिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास भएको छ । स्थानीय, केन्द्र र प्रदेशका निर्वाचन सम्पन्न भैसकेका छन् । तीनै तहका निर्वाचन सम्पन्न हुनु महिला आन्दोलनका लागि थप अनुकूलता सिर्जना हुनु हो भन्ने कुरा बुझ्न आवश्यक छ ।

अब कानुनमा लेखिएका कुरा ब्यवारमै लागू गराउने काममा दबाब दिने र त्यस बाहेक अरु कुरा प्राप्तिका निमित्त महिलाको दवाव फेरी पनि जरुरी देखिदैछ । कुनैपनि प्रान्तमा महिला मुख्य मन्त्री बनाउने कुरामा सत्ताधारी दलको तर्फबाट ध्यान गएको देखिएन । यो देशको राष्ट्रपति र सभामुख बन्न सक्ने खुवी महिलामा छ भने प्रदेशको मुख्य मन्त्री बन्ने क्षमता पनि पक्कै थियो ? यो सोचनीय बिषय बनेको छ । यसले देखाउदैछ की हरेक क्षेत्रमा हाम्रो प्रगतिका लागि दवाव सृजना गर्न अझै जरुरी छ । पार्टीका नेताहरु भन्दैछन्– अव हाम्रा राजनितिक मुद्घाहरु सकिएका छन । अब देशलाई आर्थिक समृद्घितर्फ अगाडि बढाउनु पर्दछ । अहिलेको प्रत्यक्ष निर्वाचनले देखाउदैछ कि महिलाको दवाममुलक आन्देलन अगाडि बढेन भने प्राप्त उपलब्धि पनि गुम्नेछन् । यो देशको बिकास र समृद्घिमा हाम्रो पनि प्रभावकारी भूमिका रहनु पर्दछ । आफ्नो प्रगतिका निम्ति सवै क्षेत्रमा आफैले हस्तक्षेपकारी भुमिकाका लागि अग्रसर बनौं । सबै आमा–दिदी–बहिनी र छोरीहरुमा हत्या, हिंसा, बलात्कार र दुब्र्यवहारका विरुद्घ अगाडि बढ्ने उत्साह मिलोस् ।सबैमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को हार्दिक शुभकामना ।

थप समाचार:

भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदावारी दर्ता

मनोनयन दर्ताका लागि राष्ट्रपति भण्डारी बानेश्वर जाँदै

काँग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

महिला उद्यमशिलता नेतृत्व विकास

617 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank